For faster navigation, this Iframe is preloading the Wikiwand page for स्विडेन महिला राष्ट्रिय फुटबल टोली.

स्विडेन महिला राष्ट्रिय फुटबल टोली

स्विडेन
Shirt badge/Association crest
उपनाम(हरू)Blågult
(निलो र पहेँलो)
सङ्गठनSvenska Fotbollförbundet/स्विडेनी फुटबल सङ्घ
सङ्घयुरोपेली फुटबल महासङ्घ (युरोप)
प्रमुख प्रशिक्षकपिटर गेर्हार्डसन
कप्तानक्यारोलिन सेगेर
सर्वाधिक उपस्थितिथेरेस सोग्रानले (२१४)[]
सर्वाधिक गोलकर्तालोत्ता सिलिन (८८)[]
गृह रङ्गशालागम्ला ओलेभी
फिफा कोडSWE
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताSteady (१६ अप्रिल २०२१)[]
उच्च वरीयता(जुन २००७)
निम्न वरीयता११ (जुन २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 स्विडेन ०–० फिनल्यान्ड 
(मारिहाम्न, फिनल्यान्ड; २५ अगस्ट १९७३)
ठूलो विजय
 स्विडेन १७–० अजरबैजान 
(योहतेबोर्य, स्विडेन; २३ जुन २०१०)
ठूलो हार
 ब्राजिल ५–१ स्विडेन 
(रियो दि जेनेरियो, ब्राजिल; ६ अगस्ट २०१६)
विश्वकप
उपस्थिति८ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाउप-विजेता (सन् २००३)
युरोपेली प्रतियोगिता
उपस्थिति१० (पहिलो खेल सन् १९८४)
उत्कृष्ट नतिजाविजेता (सन् १९८४)


स्विडेन महिला राष्ट्रिय फुटबल टोली  (स्वीडेनी: svenska damfotbollslandslag) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्विडेनको प्रतिनिधित्व गर्ने एक राष्ट्रिय फुटबल टोली हो।[] यसलाई स्विडेनी फुटबल सङ्घले (स्वीडेनी: Svenska Fotbollförbundet) नियन्त्रण गर्दछ। यस स्विडेनी राष्ट्रिय टोलीले सन् १९८४ को युरोपेली महिलाको उपाधि जितेको थियो भने यसले सन् २००३ को फिफा महिला विश्वकपको उप विजेता बनेको थियो। टोलीले सन् १९८७, सन् १९९५ र सन् २००१ को युरोपेली महिलाको उपाधि जित्न सफल भएको थियो। टोली हालसम्म ६ वटा ओलम्पिक खेल, ८ वटा फिफा महिला विश्वकपका साथसाथै १० वटा युरोपेली प्रतियोगितामा सहभागिता जनाइसकेको छ। स्विडेनी राष्ट्रिय महिला टोली सन् १९९१, सन् २०११ र सन् २०१९ फिफा महिला विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको थियो।[]


फिफाले सन् २००३ मा फिफा महिला विश्व वरीयताको परिचय गराएपछि, टोलील सन् २००३ मै तेस्रो देखि छैटौँ स्थान सम्म कायम रहन सफल भएको थियो। सन् २०१५ मा, टोलीमा केही परिवर्तन आएसँगै यो फिफा महिला विश्व वरियताको सातौँ स्थानमा पुगेको थियो।[]

सन् २००३ फिफा महिला विश्वकप स्विडेनमा त्यस वर्षको सबैभन्दा धेरै हेरिएको खेल बनेको थियो। स्विडेन महिला राष्ट्रिय टोलीका लागि लोत्ता सिलिन सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रको लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हालसम्म ८५ गोल गरिसकेकी छिन्। लोत्ता सिलिनले २९ अक्टोबर २०१४ मा, जर्मनी विरुद्धको खेलमा हाना ल्युङबर्ग को ७२ गोलको किर्तिमानी भङ्ग गरेकी थिइन्। थेरेस सोग्रानले स्विडेनको महिला टोलीको प्रतिनिधित्व गर्दै हालसम्म राष्ट्रको लागि २१४ उपस्थिति बनाएकी छिन्। टोलीको प्रमुख प्रशिक्षकको रूपमा सन् २००५ देखि २०१२ सम्म थोमस देनबीले रहेका थिए भने सन् २०१२ देखि सन् २०१७ सम्म, यो पदमा पिया सुन्धगेले नियुक्त भएकी थिइन्। हाल टोलीका मुख्य प्रशिक्षक पिटर गेर्हार्डसन हुन्।[] सन् २००८ मा, चीनको राजधानी बेइजिङमा भएको ओलम्पिक खेलको दुईवटा छनोट खेलमा टोलीले डेनमार्कलाई पराजित गरेसँगै स्विडेनी ओलम्पिक समितिले नतिजा आफ्नो पक्षमा पर्ने अभिलाषाका साथ टोलीमा केही रकम लगानी गरेको थियो। खेलाडीहरूको स्तर उन्नति गर्नका लागि समितिले डेढ लाख भन्दा बढी स्विडेनी क्रोना लगानी गरेको थियो भने यसले समग्रमा १० लाख भन्दा बढी रकम बजेटको रूपमा छुट्याएको थियो। सन् २००५ र सन् २००६ को दमलसेभेस्कनका लागि समितिले कोषमा १००% ले वृद्धि गरेको जनाएको थियो। सन् २०१३ देखि, राष्ट्रिय टोलीको विकास तथा अवस्थाको बारेमा स्विडेनको राष्ट्रिय टेलिभिजन स्भारियाले देन आन्द्रे स्पोर्तेन नामक एक वृत्तचित्र शृङ्खला प्रस्तुत गरेको छ।[]

स्विडेनी महिला राष्ट्रिय टोलीले २६ जुलाई १९७४ मा, फिनल्यान्डको विरुद्धमा आफ्नो पहिलो आधिकारिक खेल खेलेको थियो। यसभन्दा अगाडि सन् १९७१ मा, टोलीले पहिलो अनौपचारिक विश्व च्याम्पियनसिपको छनोटको खेल डेनमार्कको विरुद्धमा खेलेको थियो जसमा टोली ०-५ गोल अन्तरले पराजित हुन पुगेको थियो। त्यसपछिका वर्षहरूमा, टोलीले स्क्यानदिनेभियाका छिमेकीहरू विरुद्ध अधिकांश खेलहरू खेलेको थियो। सन् १९८४ मा स्विडेनी महिला टोलीले पहिलो पटक युरोपेली उपाधि हात पारेको थियो जसमा फाइनल खेल दुईवटा चरणमा खेलाइएको थियो। पहिलो पटक स्विडेनले इङ्गल्यान्ड विरुद्धको घरेलु खेलमा १-० ले जित निकालेको थियो। इङ्गल्यान्डसँग टोलीले खेल बराबरी गरेपछि पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले टोलीले खेल जितेको थियो। सन् १९८७ को युरोपेली प्रतियोगितामा टोली फाइनलमा नर्वेसँग पराजित हुँदै उप विजेता बनेको थियो भने सन् १९८९ मा, इटाली विरूद्ध २-१ को जित पछि टोलीले तेस्रो स्थान प्राप्त गरेको थियो।

सन् १९९१ मा चीनमा भएको पहिलो विश्वकपमा स्विडेनले जर्मनीलाई ४-० गोल अन्तरले पराजित गरेको थियो। सन् १९९५ मा, युरोपेली प्रतियोगितामा स्विडेनले जर्मनीको विरूद्धको अन्तिम खेलमा २-३ ले खेल गुमाउन पुगेको थियो र सन् १९९५ मा आफ्नै देशमा भएको विश्वकपमा स्विडेन क्वार्टर फाइनलमा चीन विरुद्ध पेनाल्टी पछि पराजित भएको थियो र सन् १९९९ फिफा महिला विश्वकपमा टोली क्वार्टर फाइनलमा नर्वेसँग पराजित भएको थियो।[]

सन् २००१ मा टोली युरोपेली प्रतियोगिताको फाइनल पुगेको थियो तथापि टोली जर्मनीसँग पराजित हुँदै उप विजेतामा चित्त बुझाएको थियो। क्लाउडिया मुलरको एक उत्कृष्ट गोलको सहायताले जर्मनीले टोलीलाई १-० ले पाखा लगाएको थियो। संयुक्त राज्य अमेरिकामा सन् २००३ मा भएको [फिफा महिला विश्वकप]]मा, टोली पहिलो पटक विश्वकप फाइनलमा पुगेको थियो र जर्मनीसँग पुन: पराजित भएको थियो।

स्विडेनले सन् १९९६ एतलान्ता र सन् २००० मा सिड्नीमा भएको ओलम्पिक फुटबल प्रतियोगितामा भाग लिएको थियो। टोली तेस्रो हुँदै प्रारम्भिक चरणबाटै बाहिरिएको थियो। सन् २००४ मा युनानमा भएको ओलम्पिक फुटबल प्रतियोगितामा स्विडेनले तेस्रो स्थानको खेल ०-१ गोल अन्तरले जर्मनीको विरुद्धमा गुमाउन पुगेको थियो। सन् २००७ मा भएको फिफा महिला विश्वकपमा स्विडेनी टोली पहिलो पटक फिफा महिला विश्वकपको प्रारम्भिक चरणबटै बाहिरिएको थियो। सन् २००८ मा, स्विडेनले ओलम्पिक खेलको क्वार्टर फाइनलमा जर्मनीलाई ०-२ ले हराउन सफल भएको थियो। स्विडेनले आल्गार्भे कप तीन पटक (सन् १९९५, सन् २००१ र सन् २००९) मा जितेको छ र टोलीले सन् १९९६ मा, यसमा दोस्रो स्थान हासिल गरेको थियो। सन् २०१० मा तेस्रो स्थानमा पुगेपछि टोलीे निम्न वर्षहरूमा वरियतामा चौथो स्थानमा परेको थियो।[]

२००८ को ओलम्पिकको लागि छनोट भएपछि स्विडेनी महिला टोली

फिफा महिला विश्वकपको छनोटमा टोलीले डेनमार्कलाई हराएसँगै टोली सन् २०११ मा जर्मनीमा भएको फिफा महिला विश्वकपमा सहभागी हुने अवसर प्राप्त गरेको थियो। टोलीले विश्वकै शीर्ष स्थानमा रहेको संयुक्त राज्य अमेरिकालाई क्वाटर र अस्ट्रेलियालाई सेमिफाइनलमा हराएको थियो। भविष्यको विश्व विजेता जापान विरूद्ध ३-१ ले पराजित भएको टोलीले तेस्रो स्थानको लागि फ्रान्स विरूद्धको खेलमा २-१ गोल अन्तरले जित निकालेको थियो। सन् २०१२ ओलम्पिक फुटबल प्रतियोगिताको लागि स्विडेनले सर्वश्रेष्ठ युरोपेली टोलीको रूपमा छनोट भएको थियो।[१०]

सन् २०१२ ओलम्पिक खेलहरूको समूह चरणमा, टोलीले विश्व विजेता जापानसँग गोल रहित बराबरी खेल खेलेको थियो भने टोली क्यानडासँग पनि २: २ मा बाँधिएको थियो। टोलीले पहिलो पटक दक्षिण अफ्रिकालाए ४-१ गोल अन्तरले पराजित गरेको थियो। क्वाटरफाइनलमा टोली फ्रान्ससँग १-२ गोल अन्तरले पराजित भएको थियो। ओलम्पिक खेल पश्चात्, स्विडेनी अन्तर्राष्ट्रिय महिला फुटबल खेलाडी पिया सुन्धगेले टोलीको प्रशिक्षकको रूपमा नियुक्त भएकी थिइन्।[११]

सन् २०१३ मा, स्विडेनले दोस्रो पटक युरोपेली प्रतियोगिताको फाइनलको आयोजना गरेको थियो, जसले स्वचालित रूपमा टोलीलाई छनोट गरेको थियो। मनपर्नेको रूपमा सुरु भएको टोली सेमिफाइनलमा पूर्व विजेता जर्मनीको विरूद्ध पराजित भएको थियो। टोली पछि विश्वकपमा जर्मनीसँग पुन: १-४ गोल अन्तरले पराजित भएको थियो।[१२]

सन् २०१६ को ओलम्पिक खेलमा, टोली पहिलो पटक अमेरिका र आयोजक ब्राजिललाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो जहाँ टोली जर्मनी विरुद्धको खेलमा १-२ गोल अन्तरले पराजित भएको थियो। केही अन्तर्राष्ट्रिय खेल पश्चात्, सुन्धगेले पदबाट राजिनामा दिएकी थिइन् र यो पदमा पिटर गेहार्डसन लाई नियुक्त गरिएको थियो। सन् २०१९ फिफा महिला विश्वकपका लागि छनोट भएको थियो र टोलीले तेस्रो स्थान प्राप्त गरेको थियो।[१३]

यसमा युइएफए महिला युरो २०२२ को लागि छनोट गरिएको टोली हो जसले २२ र २७ अक्टोबर २०२० मा, क्रमशः  लात्भिया आइसल्यान्ड सँग प्रतिस्पर्धा गरेको थियो।[१४]

0#0 स्था.. खेलाडी जन्म मिति (उमेर) खेल गोल क्लब
गोलरक्षक सचिरा मुसोभिच (1996-05-26) २६ मे १९९६ (उमेर २८) इङ्ल्यान्ड चेल्सी
गोलरक्षक जेनिफर फाल्क (1993-04-26) २६ अप्रिल १९९३ (उमेर ३१) स्विडेन बेका हेकेन
गोलरक्षक एमा होल्मग्रेन (1997-05-13) १३ मे १९९७ (उमेर २७) स्विडेन उप्सला

रक्षापङ्क्ति निला फिस्चर (1984-08-02) २ अगस्ट १९८४ (उमेर ४०) १८२ २३ स्विडेन लिङ्सपिङ
रक्षापङ्क्ति लिन्डा सेम्ब्रान्त (1987-05-15) १५ मे १९८७ (उमेर ३७) १२० ११ इटाली युभेन्टस
रक्षापङ्क्ति मागदालेना एरिकसन (1993-09-08) ८ सेप्टेम्बर १९९३ (उमेर ३१) ६२ इङ्ल्यान्ड चेल्सी
रक्षापङ्क्ति जेसिका विक (1992-01-30) ३० जनवरी १९९२ (उमेर ३२) ५९ स्विडेन रुसेनगोद
रक्षापङ्क्ति जोना एन्डरसन (1993-01-02) २ जनवरी १९९३ (उमेर ३१) ४८ इङ्ल्यान्ड चेल्सी
रक्षापङ्क्ति हाना ग्लास (1993-04-16) १६ अप्रिल १९९३ (उमेर ३१) ३६ जर्मनी बायर्न म्युनिख
रक्षापङ्क्ति अमान्डा इलेस्तद (1993-01-17) १७ जनवरी १९९३ (उमेर ३१) ३३ जर्मनी बायर्न म्युनिख
रक्षापङ्क्ति नताली ब्योर्न (1997-05-04) ४ मे १९९७ (उमेर २७) १९ स्विडेन रुसेनगोद

मध्यपङ्क्ति क्यारोलिन सेगेर (कप्तान) (1985-03-19) १९ मार्च १९८५ (उमेर ३९) २०४ २८ स्विडेन रुसेनगोद
मध्यपङ्क्ति कोसोभारे अस्लानी (1989-07-29) २९ जुलाई १९८९ (उमेर ३५) १४० ३७ स्पेन रियल मड्रिड
मध्यपङ्क्ति ओलिभिया स्कुग (1991-03-11) ११ मार्च १९९१ (उमेर ३३) ७४ स्विडेन Djurgårdens IF
मध्यपङ्क्ति जुलिया रोद्दर (1992-02-16) १६ फेब्रुअरी १९९२ (उमेर ३२) स्विडेन योहतेबोर्ग
मध्यपङ्क्ति फिलिपा कुर्मार्क (1995-08-02) २ अगस्ट १९९५ (उमेर २९) स्विडेन योहतेबोर्ग

अग्रपङ्क्ति सोफिया याकोब्सन (1990-04-23) २३ अप्रिल १९९० (उमेर ३४) ११३ २१ स्पेन रियल मड्रिड
अग्रपङ्क्ति स्तिना ब्ल्याकस्तेनिउस (1996-02-05) ५ फेब्रुअरी १९९६ (उमेर २८) ५६ १४ स्विडेन योहतेबोर्ग
अग्रपङ्क्ति लिना हुर्तिग (1995-09-05) ५ सेप्टेम्बर १९९५ (उमेर २९) ३१ इटाली युभेन्टस
अग्रपङ्क्ति मिमी लारसन (1994-04-09) ९ अप्रिल १९९४ (उमेर ३०) २४ स्विडेन रुसेनगोद
अग्रपङ्क्ति पौलिन हामरलुन्द (1994-05-07) ७ मे १९९४ (उमेर ३०) १८ स्विडेन योहतेबोर्ग
अग्रपङ्क्ति आना आन्भेगोद (1997-05-10) १० मे १९९७ (उमेर २७) १४ स्विडेन रुसेनगोद
अग्रपङ्क्ति जुलिया जिगियोती ओल्मे (1997-12-24) २४ डिसेम्बर १९९७ (उमेर २६) १३ स्विडेन योहतेबोर्ग
अग्रपङ्क्ति लोरेता कुलासी (1999-05-20) २० मे १९९९ (उमेर २५) स्विडेन एस्किलस्तुना युनाइटेड
अग्रपङ्क्ति रेबेका ब्लुमक्भिस्त (1997-07-24) २४ जुलाई १९९७ (उमेर २७) स्विडेन योहतेबोर्ग

हालै अवकास लिएको

[सम्पादन गर्नुहोस्]

यो सूची अपूर्ण हुनसक्छ, र उपस्थिति र गोल समेत गलत हुनसक्छ।

स्थान खेलाडी जन्म मिति (उमेर) उपस्थिति गोल क्लब हालसालै सन्यास लिएको
गोलरक्षक हेदभिग लिन्दाल (1983-04-29) २९ अप्रिल १९८३ (उमेर ४१) १७० स्पेन आत्लेतिको मड्रिड v.  आइसल्यान्ड, २२ सेप्टेम्बर २०२०

रक्षापङ्क्ति एमा कुलबर्ग (1991-09-25) २५ सेप्टेम्बर १९९१ (उमेर ३३) स्विडेन योहतेबोर्ग v  आइसल्यान्ड, २२ सेप्टेम्बर २०२०


अग्रपङ्क्ति फ्रिदोलिनो रोल्फो (1993-11-24) २४ नोभेम्बर १९९३ (उमेर ३०) ४६ ११ जर्मनी भिएफएल उल्फ्सबर्ग v.  आइसल्यान्ड, २२ सेप्टेम्बर २०२०

एकल प्रतियोगितामा

[सम्पादन गर्नुहोस्]

सन् १९७३ देखि स्विडेनले खेलेका खेलहरू यस तालिकामा दिइएको छ।

[अद्यावधिक आवश्यक][१५][१६]

विरुद्ध खेल जित बराबर हार गोल विरुद्ध गोल अन्तर
 अर्जेन्टिना +१
 अस्ट्रेलिया ११ २२ +१४
 अस्ट्रिया +७
 अजरबैजान २० +२०
 बेलारुस १२ +१२
 बेल्जियम १३ +१०
 बोस्निया र हर्जगोभिना +४
 ब्राजिल १० १४ −५
 क्यानडा २३ १४ ४३ २३ +२०
 चिली +२
 चीन २६ १० ३२ २४ +८
 कोलोम्बिया +१
 क्रोएसिया +६
 चेक गणतन्त्र +६
 चेकोस्लोभाकिया +१
 डेनमार्क ५६ ३१ १२ १३ ९० ५३ +३७
 इङ्ल्यान्ड २६ १५ ४८ २१ +२७
 फरोइ टापु १० +१०
 फिनल्यान्ड ३७ ३० ११८ १६ +१०२
 फ्रान्स २० ११ ३९ २५ +१४
 जर्मनी ३० २१ ३५ ५३ −१८
 घाना +२
 संयुक्त अधिराज्य ±०
 हङ्गेरी ४४ +४२
 आइसल्यान्ड १७ १३ ५५ ११ +४४
 इरान +७
 इटाली २३ १५ ४२ १५ +२७
 जापान १३ २५ १३ +१२
 लात्भिया २५ +२४
 माल्टा +३
 मेक्सिको +३
 मोल्दोभा +९
 नेदरल्यान्ड २२ १० ३२ १७ +१५
 नाइजेरिया +४
 उत्तर कोरिया +४
 उत्तर आयरल्यान्ड +७
 नर्वे ५४ २० १२ २२ ८६ ८८ −२
 पोल्यान्ड २७ +२६
 पोर्तगाल १० ३० +२२
 आयरल्यान्ड २२ +२१
 रोमानिया २२ +२२
 रुस १७ +१६
 स्कटल्यान्ड १७ +१५
 सर्बिया र मोन्टेनेग्रो +८
 स्लोभाकिया २६ +२५
 दक्षिण अफ्रिका +६
 दक्षिण कोरिया ११ +१०
 सोभियत सङ्घ +६
 स्पेन १० ३२ +२६
 स्विट्जरल्यान्ड १३ १२ ४४ +३७
 थाइल्यान्ड +४
 युक्रेन ११ +८
 संयुक्त राज्य अमेरिका ४१ ११ २३ ४० ७२ −३२
 वेल्स १२ +११
जम्मा

हालसालैका खेलेका खेल तथा नतिजाहरू

[सम्पादन गर्नुहोस्]

यसमा राष्ट्रिय फुटबल टोलीले खेलेका र आगामी खेलहरू प्रस्तुत गरिएको छ।

सूचक

      जित       बराबर       हार       स्थगित वा सरेको       तय भएको खेल

२७ अक्टोबर २०२० (2020-10-27) युइएफए महिला युरो सन् २०२२ छनोट स्विडेन  २–०  आइसल्यान्ड योहतेबोर्य
१८:३० युटिसी+१
Report रङ्गशाला: गम्ला उलेभी
निर्णायक: स्टेफिनी फ्रापार (फ्रान्स)
१ डिसेम्बर २०२० (2020-12-01) युइएफए महिला युरो २०२२ छनोट स्लोभाकिया  ०–६  स्विडेन त्रनाभा, स्लोभाकिया
१८:०० युटिसी+१ Report
  • आङेल्दल Goal 22'73'
  • सेम्ब्रान्ट Goal 34'
  • रोल्फो Goal 44'
  • एन्डरसन Goal 49'
  • ब्लुमकभिस्त Goal 54'
रङ्गशाला: आन्तोन रङ्गशाला
निर्णायक: कारोलिन वाकर (जर्मनी)
१९ फेब्रुअरी २०२१ (2021-02-19) मैत्रीपूर्ण अस्ट्रिया  १–६  स्विडेन पााओला, माल्टा
१५:०० युटिसी+१
  • क्रिचबर्गर Goal 25'
Report
  • सेम्ब्रान्त Goal 20'
  • रोल्फो Goal 34'56'
  • हुर्तिग Goal 37'
  • आङेल्दल Goal 45+1'
  • याकोब्सन Goal 81'
रङ्गशाला: हिबेरनियान्स रङ्गशाला
निर्णायक: जुजाना भालेन्तोभा (स्लोभाकिया)
२३ फेब्रुअरी २०२१ (2021-02-23) मैत्रीपूर्ण माल्टा  ०–३  स्विडेन पाओला, माल्टा
१४:३० युटिसी+१ Report
रङ्गशाला: हिबेरनियान्स रङ्गशाला
निर्णायक: मारिया फेर्रियारी (इटाली)
१० अप्रिल २०२१ (2021-04-10) मैत्रीपूर्ण स्विडेन  १–१  संयुक्त राज्य अमेरिका स्टकहोम
१९:०० युटिसी+२
  • हुर्तिग Goal 38'
Report
रङ्गशाला: फ्रेन्ड्स एरिना
निर्णायक: लिना लेहतोभारा (फिनल्यान्ड)
१३ अप्रिल २०२१ (2021-04-13) मैत्रीपूर्ण पोल्यान्ड  २–४  स्विडेन उत्स, पोल्यान्ड
१७:३० युटिसी+२
  • पायोर Goal 26'48'
Report
रङ्गशाला: स्तादियोन मिएजस्की विद्जेवा
निर्णायक: रेका मोल्नार (हङ्गेरी)
१० जुन २०२१ (2021-06-10) मैत्रीपूर्ण स्विडेन  v  नर्वे काल्मार
--:-- युटिसी+२ प्रतिवेदन
प्रतिवेदन (सकरवे)
रङ्गशाला: गुल्दफोगल्न आरेना
२१ जुलाई २०२१ (2021-07-21) महिला प्रतियोगिता स्विडेन  v  संयुक्त राज्य अमेरिका टोकियो, जापान
१७:३० युटिसी+९ रङ्गशाला: टोकियो रङ्गशाला
२४ जुलाई २०२१ (2021-07-24) महिला प्रतियोगिता स्विडेन  v  अस्ट्रेलिया साइतामा, जापान
१७:३० युटिसी+९ रङ्गशाला: साइतामा रङ्गशाला २००२
२७ जुलाई २०२१ (2021-07-27) महिला प्रतियोगिता न्युजिल्यान्ड  v  स्विडेन रिफु, जापान
१७:०० युटिसी+९ रङ्गशाला: मियागी रङ्गशाला
फिफा महिला विश्वकप कीर्तिमान छनौट कीर्तिमान
वर्ष राउन्ड स्थान खेल वि बराबर* गरेको गोल खाएको गोल कुउ वि बराबर गरेको गोल खाएको गोल
चीन १९९१ तेस्रो स्थान तेस्रो १८ १३
स्विडेन १९९५ क्वार्टर-फाइनल ५औँ आयोजकको रूपमा छनौट
संयुक्त राज्य अमेरिका १९९९ क्वार्टर-फाइनल ६औँ १८
संयुक्त राज्य अमेरिका २००३ उप-विजेता दोस्रो १० २७
चीन २००७ समूह चरण १०औँ ३२
जर्मनी २०११ तेस्रो स्थान तेस्रो १० १० ४०
क्यानडा २०१५ १६औँ चरण १६औँ १० १० ३२
फ्रान्स २०१९ तेस्रो स्थान तेस्रो १२ २२
अस्ट्रेलियान्युजिल्यान्ड २०२३ निर्णय हुन बाँकी निर्णय हुन बाँकी
कुल उत्कृष्ट: उप-विजेता ८/९ ४० २३ १२ ७१ ४८ ५४ ४७ १८४ २७
  • युइएफए महिला युरो
    • विजेता: सन् १९८४
  • ओलम्पिक खेल
    • रजत पदक, सन् २०१६
  • आलगार्भे कप[१७]
    • विजेता: सन् १९९५, सन २००१, सन् २००९, सन् २०१८
  • नर्दिय प्रतियोगिता[१८]
    • विजेता: सन् १९७७, सन् १९७८, सन् १९७९, सन् १९८०, सन् १९८१
  • साइप्रस प्रतियोगिता[१९]
    • विजेता: सन् १९९०, सन् १९९२
  • उत्तर अमेरिका कप[२०]
    • विजेता: १९८७
  • अस्ट्रेलिया कप[२१]
    • विजेता: सन् २००३

फिफा विश्व वरीयता

[सम्पादन गर्नुहोस्]
अद्यावधिक २१ अप्रिल २०२१ [२२]

  सबैभन्दा तल्लो    सबैभन्दा माथिल्लो    ह्रास    वृद्धि  

स्विडेनको फिफा विश्व वरीयता
वरीयता वर्ष खेलिएका
खेल
जित हार बराबर उत्कृष्ट खराब
क्रम परिवर्तन क्रम परिवर्तन
सन् २०२१ वृद्धि ह्रास

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. थेरेसको उपस्थिति र गोल
  2. सिलिनको उपस्थिति तथा गोलहरू
  3. "फिफा/कोकाकोला महिला विश्व वरीयता क्रम", फिफा, १६ अप्रिल २०२१, अन्तिम पहुँच १६ अप्रिल २०२१ 
  4. "Förlust i Örebro mot Tyskland", स्विडेनी फुटबल सङ्घ (स्विडेनीमा), २९ अक्टोबर २०१४, अन्तिम पहुँच २९ अक्टोबर २०१४ 
  5. FIFA-Weltrangposition Schweden वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-१२ मिति
  6. Mats Bråstedt, "'SOK lovar damerna en storsatsning'", Expressen.se, अन्तिम पहुँच २६ अक्टोबर २००७ 
  7. "Förlust i Örebro mot Tyskland", Swedish Football Association (स्विडेनीमा), २९ अक्टोबर २०१४, अन्तिम पहुँच २९ अक्टोबर २०१४ 
  8. Mats Bråstedt, "'SOK lovar damerna en storsatsning'", Expressen.se, अन्तिम पहुँच २६ अक्टोबर २००७ 
  9. ९.० ९.१ Eva (२१ सेप्टेम्बर २००३), "Genombrottet för svensk damfotboll", idrottsforum.org, Malmö universitet, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 
  10. "Damfotbollens historia". वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-२७ मिति halmia.se. Läst 15 augusti 2016.
  11. "महिला विश्व वरियतन - स्विडेन" (स्भेन्स्कामा), Fifa, अन्तिम पहुँच १६ mars २०१५ 
  12. "Olympic play-off draw made", uefa.com, मूलबाट १९ februari २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ सेप्टेम्बर २००७ 
  13. Anders Sännås Lundqvist Följ skribent (२९ juli २०१७), "Förlust mot Nederländerna – Sverige ute ur EM" (स्भेन्स्कामा), Dagens nyheter, अन्तिम पहुँच ३१ juli २०१७ 
  14. https://www.svenskfotboll.se/nyheter/landslag/2020/10/truppen-till-em-kval-oktober/
  15. "Sveriges motståndare 1973–2016" (स्विडेनीमा), SvFF। 
  16. "Sveriges motståndare 1973-2020" (PDF), Svensk fotboll (स्विडेनीमा), स्विडेन फुटबल सङ्घ, अन्तिम पहुँच ४ अप्रिल २०२१  यो सूची प्रत्येक वर्षको डिसेम्बर/जनवरीमा अद्यावधिक गरिन्छ।
  17. आलगार्भे कप
  18. नर्दिय महिला प्रतियोगिता सन् १९७४–१९८२ आरएसएसएसएफ डटकम/ अभिगमन मिति २००९–०३–१३।
  19. साइप्रस प्रतियोगिता (महिला) सन् १९९०–१९९३ आरएसएसएसएफ डटकम अभिगमन मिति १२ अक्टोबर २०१३।
  20. उत्तर अमेरिका कप १९८७ आरएसएसएसएफ डटकम अभिगमन मिति १२ अक्टोबर २०१३।
  21. अस्ट्रेलिया कप सन् १९९९–२००४ ।आरएसएसएसएफ डटकम अभिगमन मिति १२ अक्टोबर २०१३।
  22. "The FIFA/Coca-Cola World Ranking - Associations - Sweden - Women's", फिफा, १६ अप्रिल २०२१, अन्तिम पहुँच २१ अप्रिल २०२१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  • आधिकारिक वेबसाइट
  • फिफामा जानकारी पृष्ठ
  • वेब्याक मेसिन [https://web.archive.org/web/20190918014620/https://d01.fogis.se/svenskfotboll.se/ImageVault/Images/id_69553/ImageVaultHandler.aspx171212105537-uq अभिलेखिकरण २०१९-०९-१८ मिति स्विडेनका अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरू (सन् २९७३–२०१७)]
  • वेब्याक मेसिन [https://web.archive.org/web/20190918014705/https://d01.fogis.se/svenskfotboll.se/ImageVault/Images/id_1048/scope_0/ImageVaultHandler.aspx171128110313-uq अभिलेखिकरण २०१९-०९-१८ मिति स्विडेनका अन्तर्राष्ट्रिय खेलहरू (सन् १९७३–२०१७)]
{{bottomLinkPreText}} {{bottomLinkText}}
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?