For faster navigation, this Iframe is preloading the Wikiwand page for सचिन तेन्दुलकर.

सचिन तेन्दुलकर

सचिन तेन्दुलकर
राज्यसभाका सदस्य, भारत रत्न, अर्डर अफ अस्ट्रेलिया
व्यक्तिगत जानकारी
नामसचिन रमेश तेन्दुलकर
उपनामलिटिल मास्टर, तेन्देल्या, क्रिकेटको भगवान,[] मास्टर ब्लास्टर,[] द मास्टर,[][] द लिटल च्याम्पियन,
उचाई५ फिट ५ इन्च []
ब्याटिङदाँया हाते
बलिङदायाँ हाते लेग स्पिन, अफ स्पिन, मध्यमगति
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १८७)१५ नोभेम्बर १९८९ विरुद्ध पाकिस्तान
अन्तिम टेस्ट१४ नोभेम्बर २०१३ विरुद्ध  वेस्ट इन्डिज
ओडिआई पहिलो खेल (क्याप ७४)१८ डिसेम्बर १९८९ v पाकिस्तान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१८ मार्च २०१२ v पाकिस्तान
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१०
घरेलु टोली जानकारी
वर्षटिम
१९८८–२०१३मुम्बई
२००८–२०१३मुम्बई इन्डियन्स (इन्डियन प्रिमियर लिग)
१९९२योर्कशिर
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआई प्रथम श्रेणी सूची ए
खेल २०० ४६३ ३१० ५५१
कुल रन १५,९२१ १८,४२६ २५,३९६ २१,९९९
ब्याटिङ औसत ५३.७९ ४४.८३ ५७.९२ ४५.५४
१००/५० ५१/६८ ४९/९६ ८१/११६ ६०/११४
शीर्ष अङ्क २४८* २००* २४८* २००*
कुल बल ४,२४० ८,०५४ ७,५६३ १०,२३०
विकेट ४६ १५४ ७१ २०१
बलिङ औसत ५४.१७ ४४.४० ६२.१८ ४२.१७
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट - -
उत्कृष्ट बलिङ ३/१० ५/३२ ३/१० ५/३२
क्याच/स्टम्प ११५/- १३५/- १७४/- १७५/-
स्रोत: [] क्रिकइन्फो, १५ नोभेम्बर २०१३

सचिन तेन्दुलकर (/ˌsəɪn tɛnˈdlkər/ ( ); जन्म २४ अप्रिल १९७३) भारतको भुतपूर्व खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् ।[][][][१०][११] उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् ।[१२] एकदिवसीय म्याचहरूमा पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमा खेलेका थिए ।

सन् २००२ मा आफ्नो करियरको आधा बाटोमै विज्डन क्रिकेट खेलाडी्स अल्मानाकले उनलाई टेस्ट क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा राखेको थियो, उनीभन्दा अगाडि अस्ट्रेलियाका डन ब्र्याडम्यान थिए । त्यसैप्रकार एकदिवसीय क्रिकेटमा पनि उनलाई दोस्रो स्थान प्राप्त भएको थियो, उनीभन्दा अगाडि वेस्ट इन्डिजका भिभ रिचर्ड्स रहेका थिए ।[१३] तेन्दुलकर २०११ क्रिकेट विश्वकप भारतले जित्दा सो टिममा प्रमुख खेलाडीको रूपमा थिए, उनले भारतको लागि खेलेका ६ क्रिकेट विश्वकपहरू मध्ये पहिलो जित थियो ।[१४] उनी त्यसभन्दा पहिले दक्षिण अफ्रिकामा भएको २००३ क्रिकेट विश्वकप प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट भएका थिए । सन् २०१३ मा विज्डन क्रिकेट खेलाडी्स अल्मानकको १५०औँ वार्षिकोत्सवको अवसरमा विश्व क्रिकेट इतिहासमा विश्व टेस्ट एघारको सूचीमा आफ्नो स्थान बनाउन सफल उनी मात्र एकजना भारतीय क्रिकेट खेलाडी थिए ।[१५][१६][१७]

तेन्दुलकरले क्रिकेट खेलमा गरेको योगदानको कदर स्वरूप भारत सरकारले सन् १९९४ मा अर्जुन पुरस्कार, सन् १९९७ मा भारतको सबैभन्दा ठुलो खेल सम्मान राजीव गान्धी खेल रत्नका साथै सन् १९९९ र सन् २००८ मा क्रमसः पद्म श्रीपद्म विभूषणले सम्मानित गरेको थियो ।[१८] सन् २०१३ नोभेम्बर १६ मा आफ्नो क्रिकेट जीवनको अन्तिम म्याच सकेको केहीबेरमै प्रधानमन्त्री कार्यालय (भारत)ले उनलाई भारतको सबैभन्दा नागरिक सम्मान भारत रत्नले सम्मानित गर्ने निर्णय गरेको थियो ।[१९][२०] भारत रत्नले सम्मानित हुने हालसम्मका सबैभन्दा कान्छो र पहिलो खेलाडी हुन् ।[२१][२२]

सन् २०१२ डिसेम्बरमा, तेन्दुलकरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे ।[२३] उनी ट्वान्टी२० क्रिकेटबाट अक्टोबर २०१३ मा सन्यास लिए [२४] र यसै प्रकार सचिनले सन् २०१३ नोभेम्बर १६ मा मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिज विरुद्ध आफ्नो जीवनको २००औँ तथा अन्तिम टेस्ट म्याच खेलेर क्रिकेटको सबै स्वरूपबाट सन्यास लिएका थिए । तेन्दुलकरले ६६४ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेर जम्मा ३४,३५७ रन बनाएका थिए ।[१२]

प्रारम्भिक जीवनी

अञ्जली र सचिन एक सार्वजनिक समारोहमा

तेन्दुलकरको जन्म राजापुरको मराठी ब्राह्मण परिवारमा भएको थियो ।[२५] उनको बुवा रमेश तेन्दुलकर चिनिएका कथाकार थिए भने आमा रजनी एक जीवन विमा कम्पनीमा कार्य गर्थिन् ।[२६] सचिनको नाम उनको बुवाले आफ्नो मनपर्ने सङ्गीतकार सचिन देव बर्मनको नाममा राखेका थिए । उनको ठुलो दाई अजीत तेन्दुलकरले सचिनलाई क्रिकेट खेल्नका लागि प्रोत्साहित गरेका थिए । सचिनको एक भाइ नितिन तेन्दुलकर र एक बहिनी सविता तेन्दुलकर छन् ।[२७] सन् १९९५ मा सचिन तेन्दुलकरको विहे अञ्जली तेन्दुलकरसँग भयो । सचिनको दुई छोराछोरी छन् - सारा र अर्जुन ।

सचिनले मुम्बईको शारदाश्रम विद्यामन्दिरबाट आफ्नो शिक्षा पुरा गरेका थिए । त्यहिँ उनले प्रशिक्षक रमाकान्त अचरेकरको अचरजमा आफ्नो क्रिकेट जीवनको प्रारम्भ गरेका थिए ।

विश्व रेकर्ड

  • सन् २०१२ को मार्च १६ मा बङ्गलादेशमा सम्पन्न एसिया कप क्रिकेटमा बङ्गलादेशविरुद्ध एक सय रन बनाई अन्तर्राष्ट्रिय क्रिकेटमा एक नयाँ विश्व कीर्तिमान कायम गरे। उनले टेस्ट र एकदिवसीय गरी शतकको शतक बनाए। यो खेल बङ्गलादेशको मिरपुरस्थित शेरे बङ्गला राष्ट्रिय स्टेडियममा भएको थियो ।
  • सन् २००९ मा भारतको ग्वालियरमा दक्षिण अफ्रिका विरुद्ध एक एकदिवसीय क्रिकेटमा नट आउट २०० रन बनाए । उनी अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा २०० रन बनाउने पहिलो खेलाडी हुन् ।
  • सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक प्रहार गरे।
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी (१७००० भन्दा बढी) रन ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ४९ शतक ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय विश्व कप प्रतियोगितामा सबैभन्दा बढी रन ।
  • टेस्ट क्रिकेटमा सबैभन्दा बढी ५१ शतक ।
  • अस्ट्रेलियाको विरुद्ध ५ नोभेम्बर २००९ मा १७५ रनको इनिङसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजार रन पुरा गर्ने विश्वको पहिलो ब्याट्सम्यान ।
  • टेस्ट क्रिकेटमा सबैभन्दा बढी रनको किर्तिमान ।
  • टेस्ट क्रिकेटमा १३००० रन बनाउने विश्वको पहिलो ब्याट्सम्यान ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा बढी म्यान अफ द सिरीज ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा बढी म्यान अफ द म्याच ।
  • अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा सबैभन्दा बढी ३०००० रन बनाउने कीर्तिमान ।

सचिन तेन्दुलकरका केही रोचक कुरा

  • सचिन तेन्दुलकर तेज बलर बन्न चाहन्थे । यही इच्छाले गर्दा सन् १९८७ मा उनले एमआरएफ पेस एकेडेमीमा पनि भर्ना भए । तर, उनलाई अस्ट्रेलियाका महान तेज बलर डेनिस लिले अस्वीकृत गरे।
  • सन् १९८७ को विश्वकपमा तेन्दुलकर बल ब्वाय थिए ।
  • सन् १९८८ मा अन्तरविद्यालय क्रिकेटमा उनले भारतकै पूर्वखेलाडी विनोद काम्बलीसँग मिलेर ६६४ रनको विश्व कीर्तिमान साझेदारी गरे । जसमा तेन्दुलकरको योगदान ३२६ रन थियो।
  • सचिन तेन्दुलकर इङ्ग्लिस काउन्टीमा खेल्ने सबैभन्दा कम उमेरका भारतीय क्रिकेट खेलाडी हुन् । सन् १९९२ मा उनले योर्कसायरबाट खेलेका थिए । उनी योर्कसायरका पहिलो ओभरसिज खेलाडी पनि हुन् ।
  • सचिन तेन्दुकलरले भारतको तीन सबैभन्दा ठूलो घरेलु प्रतियोगिता रन्जी ट्रफी, दुलिप ट्रफी र इरानी कपमा पहिलो खेलमै शतक बनाएका थिए ।
  • सचिन तेन्दुलकर आफ्नो आदर्श खेलाडी भारतका सुनिल गवास्कर तथा वेस्टइन्डिजका सर भिभियन रिचर्ड्सलाई मान्छन् ।
  • पाकिस्तानविरुद्ध कराँचीमा टेस्ट क्रिकेटमा पदार्पण गर्नेक्रममा तेन्दुलकरले सुनील गवास्करले उपहार दिएको प्याड लगाएका थिए ।
  • सचिन तेन्दुलकरले अन्य क्रिकेट खेलाडीलेभन्दा भारी ब्याट प्रयोग गर्छन् । प्रायः उनको ब्याटको तौल १ दशमलव ५ किलोको हुने गर्छ ।
  • सचिन तेन्दुलकरको एकदिवसीय क्रिकेटमा उत्कृष्ट वर्ष सन् १९९८ रह्यो । सो वर्ष उनले नौ शतकसहीत १,८९४ एकदिवसीय रन बनाएका थिए ।

सन्दर्भ सूची

  1. "The God of Cricket Joins Twitter", Bollywood.com, अन्तिम पहुँच २१ डिसेम्बर २०१० 
  2. "Elegy for the Long Player", Content-aus.cricinfo.com, अन्तिम पहुँच २१ डिसेम्बर २०१० 
  3. Arora, Nishant, "India will need Sachin for next 2–3 years: Srikkanth: Cricket Next", Cricketnext.in.com, अन्तिम पहुँच २७ नोभेम्बर २००८  वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २००८ मिति
  4. Berry, Darren (२६ अक्टोबर २००८), "Despite the loss of ageing stars, India is on the brink of a golden era", Melbourne: Theage.com.au, अन्तिम पहुँच २७ नोभेम्बर २००८ 
  5. "Sachin Tendulkar Height, Weight, Age, Measurements, Net Worth", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०१-२७ 
  6. http://www.espncricinfo.com/ci/content/player/35320.html
  7. "Sachin Tendulkar is greatest cricketer in history – Brian Lara", BBC, अन्तिम पहुँच १९ नोभेम्बर २०१३ 
  8. "Is Sachin Tendulkar the greatest batsman of all time?", The Daily Telegraph, अन्तिम पहुँच १९ नोभेम्बर २०१३ 
  9. Alex Brown (11 October 2013). "Cricket's greatest batsmen: Sachin Tendulkar v Don Bradman." वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-१६ मिति News.com.au
  10. "Revealed! What makes Sachin Tendulkar the greatest batsman...", rediff.com, अन्तिम पहुँच ५ अगस्ट २०१४ 
  11. "Greater than Bradman", Wisden Almanack, अन्तिम पहुँच १९ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २०१६ मिति
  12. १२.० १२.१ "Records / Combined Test, ODI and T20I records / Batting records ; Most runs in career", ESPNcricinfo, १७ नोभेम्बर २०१३, अन्तिम पहुँच १७ नोभेम्बर २०१३ 
  13. "Tendulkar second-best ever: Wisden", Rediff.com, अन्तिम पहुँच २७ नोभेम्बर २००८ 
  14. "Reliving a dream", The Hindu, ६ अप्रिल २०११, अन्तिम पहुँच ६ अप्रिल २०११ 
  15. "Don Bradman, Shane Warne in Wisden's XI", theaustralian.com, २३ अक्टोबर २०१३, अन्तिम पहुँच २३ अक्टोबर २०१३ 
  16. "WG Grace and Shane Warne in Wisden all-time World Test XI", BBC, २३ अक्टोबर २०१३, अन्तिम पहुँच २३ अक्टोबर २०१३ 
  17. "Sachin Tendulkar in Wisden's All-time World Test XI", NDTV, २३ अक्टोबर २०१३, अन्तिम पहुँच २३ अक्टोबर २०१३ 
  18. "Padma Awards", Ministry of Home Affairs, Government of India, २०१५, अन्तिम पहुँच २१ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण १५ अक्टोबर २०१५ मिति
  19. "Sachin first sportsperson to win country's highest civilian honour Bharat Ratna", Hindustan Times, New Delhi, १६ नोभेम्बर २०१३, अन्तिम पहुँच १६ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १७ जनवरी २०१४ मिति
  20. "Bharat Ratna for Prof CNR Rao and Sachin Tendulkar", Prime Minister's Office, १६ नोभेम्बर २०१३, मूलबाट १९ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  21. "Sachin Tendulkar and CNR Rao conferred Bharat Ratna", The Times of India, ४ फेब्रुअरी २०१४, मूलबाट ४ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४ 
  22. "CNR Rao, Sachin receive Bharat Ratna", The Hindu, ४ फेब्रुअरी २०१४, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४ 
  23. "Tendulkar announces limited-overs retirement", Wisden India, अन्तिम पहुँच २३ डिसेम्बर २०१२ 
  24. "Tendulkar calls time on IPL career", Wisden India, २६ मे २०१३। 
  25. "Sachin born at Nirmal Nursing Home", अन्तिम पहुँच १८ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १९ डिसेम्बर २०१३ मिति
  26. Thani, L.; Mishra, R. (१९९९), Sensational Sachin, Diamond Pocket Books, पृ: ११३, आइएसबिएन 81-288-2573-9, "His mother Rajni Tendulkar worked in L.I.C." 
  27. "Sachin Tendulkar", Mahalo.com, अन्तिम पहुँच १८ डिसेम्बर २०१२ 

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्


{{bottomLinkPreText}} {{bottomLinkText}}
सचिन तेन्दुलकर
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?