For faster navigation, this Iframe is preloading the Wikiwand page for विकिपिडिया:जीवित मानिसहरूको जीवनी.

विकिपिडिया:जीवित मानिसहरूको जीवनी

यदि तपाईँसँग एक जीवित व्यक्तिको जीवनीको बारेमा उजुरी छ वा तपाईँ विकिमिडिया फाउन्डेसनमा सम्पर्क गर्न चाहनुहुन्छ भने, हामीलाई सम्पर्क गर्नुहोस्

सम्पादकहरूले कुनै पनि विकिपिडिया पृष्ठमा जीवित व्यक्तिहरूको बारेमा जानकारी थप गर्दा विशेष ध्यान दिनुपर्छ। यस्तो सामग्रीमा उच्च स्तरको संवेदनशीलता चाहिन्छ। यो नीतिमा, र विकिपिडियाका तीन मुख्य सामग्री नीतिहरूमा नेपालका सबै लागू कानुनहरूको पूर्ण पालन गर्नुपर्छ:

आधार

विकिपिडिया एक उच्च भ्रमण गरिएको र परामर्श गरिएको वेबसाइट वा विश्वकोश हो। यसमा् जीवित व्यक्तिको बारेमा प्रकाशित सामग्रीले उनीहरूको जीवन, उनीहरूका परिवार, सहकर्मी र साथीहरूलाई प्रभाव पार्न सक्छ। जीवनी लेख्दा नीतिहरूमा आधार रहि लेखिनुपर्दछ। यस नीतिले न्यूनतम मापदण्डहरूको समूह प्रस्तुत गर्दछ।

लेखन र सम्पादन

लेखन शैली

जीवित व्यक्तिहरूको जीवनी जिम्मेवार तरिकाबाट एक विश्वकोशमा राख्न मिल्ने सामग्रीको आधारमा लेख्नु पर्दछ भने उक्त लेखहरू तटस्थ दृष्टिकोणमा लेख्नुपर्दछ। एक घटना रणनीति अन्य विषयहरूमा लागू हुन सक्छ, जीवित व्यक्तिको बारेमा नराम्रा शब्दहरू रेखाङ्कित गरि मेटाउनु पर्दछ।

उक्त लेखमा निष्पक्ष रूपमा दस्तावेज बनाउनुपर्नेछ भने विश्वसनीय तथा भरपर्दो सूचनाका स्रोतहरूले यस विषयको बारेमा थप्नु पर्दछ। केहि परिस्थितिहरूमा उक्त व्यक्तिले आफ्नै बारेमा केही कुरा प्रकाशित गर्न सक्दछन्। लेखन शैली तटस्थ र तथ्यमा आधारित हुनुपर्दछ। हाजिरी जवाफ खण्डहरू समावेश गर्नु हुँदैन भने त्यस्ता जानकारी लेखको मुख्य भागमा एकीकृत गर्नुपर्दछ।

बाह्य सूत्रहरू

बाह्य सूत्र उच्च गुणस्तरको हुनुपर्दछ भने यसले विकिपिडियाको बाह्य सूत्रको मापदण्ड पुरा गर्नु पर्दछ।

समालोचना

यदि तिनीहरू विषयमा उल्लेखनीय स्थापित गर्न महत्वपूर्ण छ भने समालोचकहरूको विचार प्रतिनिधित्व गर्नुपर्दछ र विश्वसनीय स्रोतहरुमा श्रेय दिन सकिन्छ। र जबसम्म लेख उनीहरूद्वारा अभिभूत हुँदैन वा आलोचकहरूको पक्षमा देखा पर्दैन। लेखमा बहुमतको हिसाबमा आलोचना बढी छ भने त्यसलाई घटाएर सन्तुलन गर्नु पर्छ। अल्पसङ्ख्यकको राय बहुमतको रूपमा देखा पर्न सक्ने प्रभावबाट लेखलाई बचाउनु पर्दछ। सम्पूर्ण प्रस्तुतीकरण व्यापक रूपमा तटस्थ छ भन्ने कुराको सुनिश्चित गर्न लेखको संरचनासँग सावधानी अपनाउनुपर्दछ।सामग्री विश्वसनीय स्रोतहरूबाट आउनुपर्दछ र उक्त व्यक्तिमा उक्त स्रोतको प्रभाव हुनुपर्दछ। दावीहरूको लागि होशियार रहनुपर्छ। जीवित व्यक्तिहरू बारे पक्षपा वा द्वेषपूर्ण सामग्री समावेश गर्नबाट रोक्न सम्पादकहरू पनि सतर्क रहनुपर्दछ।

श्रेणीहरू

श्रेणीहरूमा स्पष्टीकरण हुनुपर्दछ र तिनीहरूको प्रयोग लेखको सामग्रीबाट पूर्ण रूपमा जायज हुनुपर्दछ। लेखले तथ्यहरूलाई सङ्केत गर्नुपर्दछ जुन श्रेणीको उपयोगको परिणाम हो, र यी तथ्यहरूलाई सन्दर्भित गर्नुपर्दछ। श्रेणीमा व्यक्तिको नराम्रो प्रतिष्ठा दर्शाउने खालको हुनु हुँदैन। व्यक्तिको धार्मिक विश्वास वा यौन झुकावको आधारमा व्यक्ति वर्गीकृत गरिन्छ र सोही आधारमा श्रेणीको निर्माण हुनु पर्दछ। व्यक्तिको विश्वास वा यौन झुकाव उसको सार्वजनिक गतिविधि वा उल्लेखनीय गतिविधिहरूमा निर्भर गर्दछ तसर्थ प्रकाशित विश्वसनीय स्रोतहरूका अनुसार श्रेणी निर्धारित गरिनु पर्दछ।

स्रोत

प्राथमिक स्रोतको दुरुपयोगबाट जोगिनुहोस्

प्राथमिक स्रोतहरूको प्रयोगमा अत्यधिक सावधानी अपनाउनुहोस्। एक जीवित व्यक्तिको बारेमा धारणा समर्थन गर्न परीक्षण र अन्य अदालत विवरण, वा अन्य सार्वजनिक कागजातहरू प्रयोग नगर्नुहोस्। व्यक्तिगत विवरणहरू समावेश गर्ने सार्वजनिक विवरणहरू प्रयोग नगर्नुहोस्। जस्तै घर मूल्य, ट्राफिक उद्धरण, सवारी दर्ता, र घर वा व्यापार ठेगानाहरू। प्राथमिक-स्रोत सामग्री एक विश्वसनीय स्रोतद्वारा छलफल गरिएको छ भने स्रोत स्वीकार्य हुनेछ।

स्व-प्रकाशित स्रोतहरू

लेखिएको लेखको विषयद्वारा उल्लेखनीय स्रोतद्वारा प्रकाशित नभएसम्म कुनै पनि जीवित व्यक्तिको सामग्रीको स्रोतको रूपमा पुस्तक, पत्रिका, वेबसाइट, ब्लग र टुइटसम्ममा सीमित नभई स्वयम् प्रकाशित स्रोतहरू प्रयोग नगर्नुहोस्। यसले "स्व-प्रकाशित ब्लग" व्यक्तिगत र समूह ब्लगहरू समावेश गर्दछ। केही समाचार सङ्गठनहरूले अनलाइन स्तम्भहरूको आयोजना गर्दछन् जसलाई उनीहरू ब्लगहरू भन्छन्, र ती लेखकहरू व्यावसायिक वा उल्लेखनीय हुन् भने उनीहरूद्वारा लिखित सामग्री स्रोतको प्रयोग गर्न सकिन्छ। पाठकहरूले छोडेका सामग्रीहरू स्रोतका रूपमा कहिल्यै स्वीकार्य हुँदैनन्।

विषय स्वयम् प्रकाशित स्रोतको रूपमा विषयको प्रयोग

प्रेस विज्ञप्ति वा व्यक्तिगत वेबसाइटहरू मार्फत आफ्नो बारेमा सामग्री प्रकाशित गर्ने जिवित व्यक्तिहरूको सामग्री स्रोतको रूपमा मात्र प्रयोग गर्न सकिन्छ यदि:

  1. यो अनावश्यक रूपमा उक्त व्यक्तिको बढाइचढाईमा केन्द्रित नभएको खण्डमा
  2. तेस्रो पक्षहरूको बारेमा दावी समावेश नगर्ने भएमा
  3. घटनासँग प्रत्यक्ष सम्बन्धित नभएको विषयको बारेमा दावी समावेश नगर्ने भएमा
  4. यसको प्रामाणिकताको बारेमा कुनै शङ्का नभएको
  5. लेख मुख्य रूपमा त्यस्ता स्रोतहरूमा आधारित नभएको।
  6. यसमा कुनै प्रकारको विवाद नभएमा

राम्रो स्रोतहरू बिना आपत्तिजनक सामग्री हटाउनुहोस्

विश्वसनीय स्रोतहरू नभएको खण्डमा सम्पादकहरूले कुनै अपमानजनक सामग्री हटाउनु पर्दछ। प्रमाणीकरण मापदण्ड पुरा नगर्ने मापदण्ड पूरा नगर्ने स्रोतहरूबाट आएको सामग्रीको प्रयोग नगर्नुहोस्। अनुमानि विषयको समावेश गर्नु हुँदैन।

गोपनियताको सम्मान

जीवित व्यक्तिको जीवनी लेख्दा महत्त्वपूर्ण मापदण्ड भनेको "कुनै हानि नगर्नु हो"। विकिपिडिया एक विश्वकोश हो भने यो कुनै गन्थन पत्रिका होइन। विकिपिडिया संवेदनात्मक वा मानिसहरूको जीवनको बारेमा हल्ला फैलाउन प्राथमिक संयन्त्रको रूपमा सञ्चालित छैन। गोपनीयता संरक्षण गर्दै जीवनी परम्परागत ढङ्गले लेख्नुपर्दछ। व्यक्तिगत विवरणहरू समावेश गर्ने सार्वजनिक विवरणहरू प्रयोग नगर्नुहोस्। जस्तै घर मूल्य, ट्राफिक उद्धरण, सवारी दर्ता, र घर वा व्यापार ठेगानाहरू।

प्रतिलिपि अधिकार उल्लङ्घन

विकिपिडियामा भएका लेखहरू विभिन्न सञ्चार माध्यम, पुस्तक वा अन्य सामग्रीको आधारमा सृजना हुन्छन्। कुनै पनि लेखमा प्रतिलिपि अधिकार उल्लङ्घन गरिनु हुँदैन। प्रतिलिपि अधिकार उल्लङ्घन ३०% भन्दा माथि रहेको खण्डमा उक्त सामग्री हटाउन सकिन्छ वा यसमा महत्त्वपूर्ण सुधार गरि प्रतिलिपि अधिकार उल्लङ्घनबाट मुक्त गर्न सकिन्छ। तथापि, यदि १ महिना भित्र सुधार भएन भने पूर्ण प्रतिलिपि अधिकार उल्लङ्घन (६०% भन्दा माथि) लाई सुधार गर्ने सकिन्छ भने पूर्ण प्रतिलिपि अधिकार उल्लङ्घन (९०% माथि) गर्ने सामग्रीलाई वार्ता बिनानै हटाउन सकिन्छ। तसर्थ प्रतिलिपि अधिकार उल्लङ्घन प्रति विशेष ध्यान दिनु जरुरी छ।

सन्दर्भ सामग्रीहरू

बाह्य सूत्रहरू

{{bottomLinkPreText}} {{bottomLinkText}}
विकिपिडिया:जीवित मानिसहरूको जीवनी
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?