For faster navigation, this Iframe is preloading the Wikiwand page for विकिपिडिया:उल्लेखनीयता.

विकिपिडिया:उल्लेखनीयता

उल्लेखनीयता नीति विकिपिडिया सम्पादन गर्ने सम्पादकहरूद्वारा कुनै विषयको एउटा छुट्टै लेख हुनुपर्छ वा हुनुहुँदैन भन्ने तय गर्नको लागि प्रयोग गरिने मापन हो।

विकिपिडियामा भएका लेखहरूले विशेष रूपमा सम्पूर्ण पाठकहरूको ध्यानाकर्षण गरिरहेका हुन्छन्। यस्ता विषयहरू मुख्य रूपमा विकिपिडियाको दायराभन्दा बाहिर रहेका हुँदैनन्। विकिपिडियामा राखिने जानकारीहरू प्रमाणित गरिनुपर्छ, यदि कुनै विषयको बारेमा विश्वसनीय स्रोत र स्वतन्त्र स्रोत उपलब्ध छैन भने त्यो विषयको बारेमा एउटा छुट्टै लेख बनाउनु हुँदैन। उल्लेखनीयताको निर्देशिका पृष्ठको विषयवस्तुमा निर्भर रहँदैन भने यसले विषयमाथि पृथक लेख निर्माण गर्ने तर्कशक्तिलाई निर्धारण गर्दछ। विकिपिडियामा रहेका लेखहरूमा राखिएका जानकारीहरू तथ्य र निष्पक्षपूर्ण हुनु आवश्यक छ। यो आधारभूत मापदण्डले उल्लेखनीयताको धारणा समावेश गर्दछ भने यसले विकिपिडियामा अन्धाधुन्ध लेखहरू बन्नबाट रोक्नका लागि मद्दत गर्दछ। लेख र सूचीजस्ता विषयहरू उल्लेखनीय हुनु आवश्यक हुन्छ भने यसको साथसाथै यी लेखहरू सबैको ध्यानाकर्षण गराउने खालका हुनु पनि पर्दछ। विषयको उल्लेखनीयता यसको प्रतिष्ठा, ख्याति, लोकप्रियतामा निर्भर हुँदैन। यद्यपि विषयले तल वर्णन गरिएका दिशानिर्देशहरू पालना गर्दछ भने यसले विषयको स्वीकृति बढाउनमा सहयोग गर्दछ।

  • यदि कुनै विषय छुट्टै लेखको लागि योग्य मानिन्छ भने सो विषयले तल दिइएको उल्लेखनीयताको साधारण दिशानिर्देशनहरू पुरा गरेको हुनुपर्छ; र
  • उक्त विषयका लागि विकिपिडिया के होइन भन्ने नीति अपरिहार्य हुँदैन।

सम्पादकहरूले उनीहरूको विचार र विवेचनाको आधारमा एकै प्रकारका विभिन्न लेखहरूलाई एकै लेखमा गाभ्न वा सोही लेखको एक खण्डमा लेख्न सक्छन्। तल दिइएको दिशानिर्देशले कुनै एक विषयमा एउटा छुट्टै लेख वा सूचीका राख्नु कत्तिको उपयुक्त छ भन्ने विषय आधारित एक रूपरेखा दिन्छ। लेख वा सूचीको सामग्री यतिसम्म सीमित नभएतापनि यसले सूचीमा सामेल गर्नका लागि रहेका मापदण्डहरूलाई पुरा गरेको हुनु पर्दछ (जस्तै एक विद्यालयका पूर्व विद्यार्थीहरूको सूची)। लेखमा राखिएका विषयवस्तुहरू कस्तो हुनुपर्छ भन्नका लागि तटस्थ दृष्टिकोण, प्रमाणिकता, मूलअनुसन्धानमा लेख निषेध, विकिपिडिया के होइनजीवित व्यक्तिको जीवनी नामक नीतिहरू हेर्नुहोस्। यी मूलनीतिहरू एक अर्काको पूरक हुन्छन् यी नीतिहरूलाई पृथक् नगरि एकमुष्ठ रूपमा हेरिनु पर्दछ।

उल्लेखनीयताका साधारण सूचकहरू

[सम्पादन गर्नुहोस्]

यदि कुनै विषयसँग सम्बन्धित विषयवस्तु स्वतन्त्र रूपमा लेखिएको छ र उक्त विषयलाई पुष्टि गर्ने सकिने महत्त्वपूर्ण स्रोतहरू लेखमा रहेका हुन् भने उक्त लेख विकिपिडियाको उल्लेखनीयता भित्र पर्दछ र त्यस विषयलाई विकिपिडियामा राख्न सकिन्छ। विषयलाई विकिपिडियामा उल्लेखनीय मान्नका लागि उक्त विषयले लामो समयदेखि चर्चा पाएको हुनु पर्दछ भने त्यससँग सम्बन्धित विश्वसनीय स्रोतहरूलाई पनि उल्लेख गर्नु पर्दछ।

  • महत्त्वपूर्ण उल्लेखले विषयमाथि पहिलेदेखिनै व्यापक रूपमा छलफल गरिएको र कुनै आधारभूत अनुसन्धान बिना विषयलाई प्रस्तुत गर्न सकिन्छ भन्ने कुरालाई बुझाउँछ। महत्त्वपूर्ण उल्लेख एक झलक उल्लेखभन्दा बढी गहन हुने भएतापनि यी स्रोतहरू लेखको मुख्य सामग्री हुन हुँदैन।
    • उदाहरण: टेक बहादुर खत्रीद्वारा लेखिएको 'नेपालको सैनिक इतिहास' नामक पुस्तक स्पष्टरूपमा महत्त्वपूर्ण प्रचार सामग्रीहरूको‍ अभाव भएतापनि यसमा जङ्गबहादुर राणाको बारेमा लेखिएका कारण यसमा जङ्गबहादुरको उल्लेखनीयतालाई प्रमाणको रूपमा राख्दा उचित हुन्छ।
    • अर्कोतर्फ विनोद चौधरीको जीवनीमा उनको छोरा निर्वाण चौधरीको बारेमा गरिएको वाक्यांशहरूलाई निर्वाणको उल्लेखनीयताको प्रमाण मान्न सकिँदैन।
  • विश्वसनीयताले भरपर्न सकिने स्रोतको निर्देशावलीको अनुसार उल्लेखनीयताको प्रासङ्गिक सत्यापनलाई मूल्याङ्कन गर्दछ भने यसको अनुसार सम्पादकीय सत्य स्रोतहरुलाई विकिपिडियाको लेखमा राख्नु पर्दछ। सन्दर्भ कुनै पनि रूप, मध्यम र भाषामा प्रकाशन गर्न सकिन्छ। यदि सुरुवाती वा माध्यमिक स्रोत (प्राथमिक वा विश्वकोशीय स्रोत बाहेक) कुनै विषयको बारेमा फेला पर्छ भने यसले लेखको उल्लेखनीयातलाई सङ्केत गर्दछ।
  • स्रोत लेखमा समाविष्ट स्रोतहरू माध्यमिक (दोस्रो स्तरको) हुनुपर्दछ, किनकि यी स्रोतहरू उल्लेखनीयताका सबैभन्दा गहन अवैयक्तिक प्रमाणहरू हुन्। कुनै विकिपिडिया लेखमा जम्मा कति स्रोतहरू राख्नुपर्दछ भन्ने बारे कुनै निश्चित नियम तय गरिएको छैन किनकि स्रोतमा समावेश गरिएका विषयहरू फरक स्रोत अनुसार फरकफरक पर्न सक्दछन् तर एउटै विषयको बारेमा गरिएको वर्णनलाई लेखको फरकफरक भागमा राख्नु उचित हुँदेन। यदि स्रोतले लेखको विविध कुराहरूलाई दर्साउँछ भने उक्त लेखमा विभिन्न स्रोतहरू थप गर्न सकिन्छ। यहाँ कुनै स्रोतलाई लिखित रुपमा निश्चित वेबसाइटमा फेला पार्न सकिन्छ वा नेपालीमा लेखिएको हुनुपर्छ भन्ने कुनै निस्चय हुँदैन। सोही लेखक वा सङ्गठनहरुद्वारा बहु प्रकाशित स्रोतहरूलाई प्राय उल्लेखनीयता निर्धारणको लागि एकल स्रोतको रूपमा लिइन्छ।
  • सामग्रीको स्वतन्त्रताले कुनै एक विषयमाथिका सन्दर्भहरू, जसको बारेमा लेख लेखिएको वा लेखको सामग्रीसँग सम्बन्धित कुनै पनि व्यक्तिद्वारा लेखिएको हुनु हुँदैन भन्ने कुरालाई बुझाउँछ। उदाहरणको लागि, विज्ञापन, विज्ञप्ति, आत्मकथा, वा सम्बन्धित व्यक्तिद्वारा स्वामित्वको वेबसाइटहरू स्वतन्त्र स्रोत मानिँदैनन्।

उल्लेखनीयताको दिशानिर्देशहरू एक लेख भित्र रहेको विषयवस्तुका लागि लागु हुँदैनन्

[सम्पादन गर्नुहोस्]

विकिपिडियामा कुनै एक विषयको बारेमा लेख सृजना गर्न वा कायम राख्नका लागि मापदण्डहरू, सो लेखमा समाविष्ट हुने सामग्रीहरूमा लागु गरिएको हुँदैनन् (त्यस लेखको अनुच्छेदहरूमा)। उल्लेखनीयताको निर्देशिका कुनै एक लेख वा सूचीहरूको सामग्रीमा लागु हुँदैन (केही सूचीहरू अपवाद हुन्छन् जसले उल्लेखनीय विषय वा मानिसहरूको सूची समावेशलाई सीमित गर्दछन्)। कुनै पनि लेख वा सूचीमा सामग्री (उदाहरण- लेखहरूमा वा विशेष रूपमा उल्लेख गरिएका सूचीहरू) उचित स्वीकार्यता तथा अन्य सामग्री नीतिको सिद्धान्तहरूद्वारा नियन्त्रित हुन्छन्। सूची लेखहरूको बारेमा थप जानकारीको लागि, सूचीकरण उल्लेखनीयता सूची चयन मापदण्ड हेर्नुहोस्।

लेखको विषयवस्तुहरूले उल्लेखनीयता निर्धारण गर्दैनन्

[सम्पादन गर्नुहोस्]

उल्लेखनीयता विकिपिडियामा भएका लेखहरूको विशेषता होइन। यदि एक विषयलाई विकिपिडियाभन्दा बाहिर प्रकाशन गरिएको छैन भने विकिपिडियामा त्यस विषयलाई प्रकाशन गरि त्यस विषयको उल्लेखनीयतालाई सुधार गर्न सकिँदैन। तथापि, यदि सो विषयको बारेमा सन्दर्भ सामग्रीहरू उपलब्ध रहेका छन् भने विकी शैलीमा नलेखेर अन्य तरिकाले समेत लेखिएको विकिपिडियामा सो लेखको उल्लेखनीयतामा ह्रास ल्याउँदैनन्।

कुनै विषय उल्लेखनीय हुनका लागि निकै महत्त्वपूर्ण स्रोतहरूको आवश्यकता पर्दछ

[सम्पादन गर्नुहोस्]

विकिपिडियामा लेखको मुख्य प्रविष्टि विन्दु यसको प्रमाणिकतामा भर पर्दछ। कुनै एक लेखको उल्लेखनीयतालाई प्रमाणित नगरि सरलतापूर्वक ती विषयहरूलाई विकिपिडियामा समावेश गर्नुको कुनै अर्थ रहदैन। लेखको उल्लेखनीयतालाई प्रमाणित गर्न भरपर्दो स्रोतहरूबाट महत्वपूर्ण प्रतिवेदन प्रकाशित भएको हुनुपर्दछ भने उक्त स्रोतहरू स्वतन्त्रताका साथ लेखको सामग्रीलाई परिभाषित र प्रमाणित गर्न सक्षम भएको हुनुपर्दछ। कुनै लेखमा उद्धरणको अभाव (सूत्रको अस्तित्वबाट फरक रूपमा अनुपस्थित) रहनुको अर्थ लेख महत्त्वपूर्ण छैन वा सङ्केत गरिएको छैन भन्ने हुँदैन।

उल्लेखनीय अस्थायी हुँदैन

[सम्पादन गर्नुहोस्]

उल्लेखनीयता अस्थायी वा क्षणिक भन्ने हुँदैन जसले कुनै एक विषयले सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्नका लागि यस विषयले एक विश्वसनीय स्रोतबाट पर्याप्त प्रतिवेदन वा उल्लेख प्राप्त गरेको हुनु पर्दछ तर यसले समाचार स्रोतबाट हालसालै चलिरहेको उल्लेख प्राप्त गरेको हुनुहुँदैन। विकिपिडिया कुनै समाचारको स्रोत होइन जसले कुनै एक घटना वा विषय सम्बन्धित सञ्चार माध्यममा सङ्क्षिप्त प्रचार गरिएको भएतापनि यसलाई विकिपिडियामा राख्नुको पछाडि यथेष्ट प्रमाण हुँदैन। विशेषगरि जीवित मानिसको जीवनको क्षेत्रमा एकल घटनाको सङ्क्षिप्त विवरणको आधारमा विकिपिडियामा एकल व्यक्तिगत लेख समावेश गर्न पर्याप्त प्रमाण रहेको हुँदैन। (थप जानकारीका लागि जिमाजी हेर्नुहोस्)

उदाहरण: एक विषयको लागि नियमित समाचार प्रतिवेदन, यस्तै कुनै घोषणा, खेल प्रतिवेदन, ट्याब्लोइड पत्रकारिता र आत्म-निहित लेखहरूलाई विकिपिडियामा समावेश गर्न पर्याप्त आधारहरू रहेका छैनन्। विकिमिडियाको भातृ परियोजना विकिसमाचारमा भर्खरै प्राप्त गरिएका समाचारहरू समावेश गरिएका हुन्छन्। उल्लेखनीयतालाई पूर्वानुमान गर्न सकिदैन, यद्यपि एक विषयले छोटो समयमा यस दिशानिर्देशलाई पुरा गर्न सक्दैन तर यो समयसँगै उल्लेखनीयताको दिशानिर्देशलाई पुरा गर्न सक्दछ। लेख भविष्यमा विषयमाथि भारी प्रचार हुन सक्छ भन्ने सोचमा आधारित भएर लेखिएको हुनुहुँदैन।

उल्लेखनीय विषयहरूले पर्याप्त समयका लागि ध्यानाकर्षण गर्दछन्

[सम्पादन गर्नुहोस्]

विकिपिडिया 'उल्लेखनीयताको एउटा ढिलो निर्देशक' हो। ढिलो आर्थिक सूचकहरूले विगतको आर्थिक गतिविधिहरूलाई सङ्केत गरे जसरी विकिपिडियामा कुनै विषय जब उल्लेखनीय बन्दछ तब ती विषयहरूले बाहिरी जगतको ध्यानाकर्षण गर्दछ। अनियमित रूपमा केही विषय माथिको केही समाचार प्रचारहरूले यथार्थ रूपमा उल्लेखनीयता प्रदर्शन गर्न असमर्थ हुन्छन्। यद्यपि लामो समयसम्म चलिरहेको समाचारले घटनाहरूको महत्त्वलाई वर्णन गरे बमोजिम उल्लेखनीयतालाई प्रकाश पार्दछन्। नयाँ कम्पनी र भविष्यका घटनाहरूले उल्लेखनीयतालाई उतिर्ण गर्न सक्ने भएतापनि सोही समयमा विषयले विकिपिडिया के होइन भन्ने नीतिको मापदण्डलाई पुरा गरेको हुनु पर्दछ।

यदि भरपर्दो स्रोतहरूले एक व्यक्तिलाई मात्र एक घटनामा औँल्याएको छ भने पनि उक्त व्यक्ति सार्वजनिक दृष्टिकोणबाट लुक्न सक्ने खतरामा पर्ने भएकाले हामीले सामान्यतया त्यस व्यक्तिको लेख लेख्नु हुँदैन।

एक स्वतन्त्र लेख बनाउन सकिन्छ वा सकिँदैन

[सम्पादन गर्नुहोस्]

एक उल्लेखनीय विषय सम्बन्धित नयाँ लेख निर्माण गर्दै गर्दा उक्त लेखले पाठकहरूलाई अधिकतम बुझाउन कसरी मद्दत गर्दछ भन्ने कुरा सम्पादकहरूले विचार गर्नु पर्ने हुन्छ। कहिलेकाँही धेरै जसो विषयहरूलाई एक पृथक् पृष्ठको माध्यमबाट प्रस्तुत गरेर त्यस सम्बन्धित विषयलाई बढी व्याख्या गर्न सकिने भएतापनि हामीले सोही गर्नु पर्छ भन्ने कुनै आवश्यकता हुँदैन। उल्लेखनीय विषयहरूलाई समावेश गर्नु राम्रो मानिन्छ जुन स्पष्ट रूपमा विकिपिडियामा बृहत् लेखको एक अंशको रूपमा राख्नु पर्दछ। एक बृहत् लेखको अंशको रूपमा मात्र महत्त्वपूर्ण शीर्षकलाई समावेश गर्ने निर्णयले उक्त विषयवस्तुको महत्त्वलाई कुनै पनि हिसाबले प्रभाव वा कम बनाउँदैन। पृथक् लेख बनाउने कि नबनाउने भन्ने प्रत्येक निर्णय सम्पादकीय निर्णयमा आधारित हुन्छ तर यी लेखहरू व्यक्तिगत रूपमा मनपर्ने वा मन नपर्नेमा मात्र नभई सबै मुद्दाहरूलाई कसरी बुझ्न सकिन्छ भन्नेमा विशिष्ट विचारहरूको आधारमा हुनुपर्दछ। विकिपिडिया एक डिजिटल विश्वकोश भएकाले विषयको सामग्री तथा यसको विवरण कुनै प्रकारले यसको उपलब्धताको बारे सीमित हुनु हुँदैन।

  • के अन्य जानकारीहरूले आवश्यक सन्दर्भ प्रदान गर्न सक्छ?

कहिलेकाँही एक उल्लेखनीय विषयलाई बृहत् लेखको एक अंशको रूपमा प्रस्तुत गर्न सकिन्छ जहाँ अधिक सान्दर्भिक विषयहरू एक स्वतन्त्र लेखमा गाभिन सक्छन्। (उदाहरण; बारक ओबामाको राष्ट्रपति निर्वाचनको अभियान, २०१२# अन्य पहल तथा मिट रमनीको राष्ट्रपति निर्वाचनको अभियान, सन् २०१२# अन्तर्राष्ट्रिय भ्रमण आदि। अन्य समय व्यक्तिगत लेखहरू निकै न्यायसङ्गत हुन सक्दछन् जस्तैः संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको साथसाथै प्रत्येक राष्ट्रपतिहरूको एक छुट्टै जीवनी) सोही समयमा तार्किक र गैर-तार्किक महत्त्वका विषयहरूलाई विचार गर्नुपर्दछ। उदाहरणका लागि; अस्वभाविक तत्व एक स्वतन्त्र पृष्ठ हुनको सम्भावना राख्दछ तर यसका लागि मुख्यधारा विचारहरूको बारेमा पृष्ठको गैर-तार्किक महत्व प्रदान गर्नुपर्दछ।

  • के प्रासङ्गिक विषयले आवश्यक सन्दर्भ प्रदान गर्न सक्छ?

कहिलेकाँही विभिन्न प्रसङ्ग सम्बन्धित विषय, जसमध्ये प्रत्येकले समान रूपमा महत्वपूर्ण विषय दर्शाउँछ भने ती विषयलाई एक छुट्टै लेखको रूपमा सङ्ग्रह गर्न सकिन्छ जहाँ ती लेख बीचको सम्बन्धलाई प्रत्येकका लागि एक छुट्टै लेखबाट राम्रोसँग वर्णन गर्न सकिन्छ। जस्तैः कुनै एक भिडियो खेलमा समावेश सङ्गीत तथा गीतहरू) अन्य समयमा, जब यस्तै धेरै उल्लेखनीय शीर्षकहरू देखा पर्दछन् तब तिनीहरूलाई एकल पृष्ठको रूपमा सङ्ग्रह गर्नु अव्यावहारिक हुन्छ जसको फलस्वरूप लेख अत्यन्त भद्दा हुने भएकाले यसलाई नियन्त्रण गर्न गाह्रो पर्दछ। यस्तो अवस्थामा एक प्रभावकारी विकल्पको रूपमा विस्तृत शीर्षकको लागि नयाँ सूची वा श्रेणी सृजना गरी यसलाई व्यक्तिगत लेखहरूमा जोडाउनु पर्दछ। (जस्तैः पोखरा अवस्थित होटेल तथा रेस्टुरेन्टहरूको सूची)

  • यहाँ कस्ता सूत्रहरू उपलब्ध हुन्छन्?

कहिलेकाँही, एक विषय उल्लेखनीय भएतापनि यस विषय बारे अधिक प्रचारहरू नभएकले लामो लेख बनाउने सम्भावना निकै कम हुन्छ। यस्तो अवस्थामा सम्पादकहरूले त्यस विषयमा स्थायी अपूर्ण लेख सृजना गर्नका फाइदाहरू र बेफाइदाहरू बारे विचार गर्नु आवश्यक पर्दछ। अर्कोतर्फ सन्दर्भहरूले सम्बन्धित शीर्षकको बारेमा वर्णन नगरी अन्य विषयमा वर्णन गरिएको हुनेभएकाले उक्त लेख सम्बन्धित थुप्रै स्रोतहरू विद्यमान भएतापनि लेखमा खाली ठाउँ हुनसक्दछ जसलाई एक वृहत् लेखमा गाभ्नु भन्दा ठुटो लेखलाई विस्तार गर्न राम्रो हुन्छ। कहिलेकाँही, जब भविष्यका घटनाहरू वा पछि आयोजित खेलहरूको बारे सम्बन्धित जानकारी अभाव हुने भएकाले यस्ता विषयलाई एकल लेखको रूपमा राख्नु भन्दा एक वृहत् लेखमा गाभ्नु राम्रो हुन्छ। अन्य समयमा भविष्यका घटना वा खेलहरूका लागि छुट्टै पृष्ठहरू सृजना गर्नु स्पष्टरूपमै उचित हुन सक्छ। (जस्तैः सन् २०१२ शीतकालीन ओलम्पिक)

विषय-विशेष उल्लेखनीयताको मार्गनिर्देशकहरू र विकिपरियोजना परामर्श पृष्ठहरूमा विशिष्ट विषयको सम्पादकीय निर्णयहरू कसरी गर्ने भन्ने बारे जानकारी समावेश भएको हुन सक्दछ। जब एक स्वतन्त्र लेख बनाइन्छ जब यी लेख भित्र समाविष्ट विषयहरू एक वृहत् पृष्ठबाट लिन सकिन्छ। यसको विपरीतमा जब एक लेख महत्त्वपूर्ण र सान्दर्भिक शीर्षकको साथ निर्माण हुँदैन तब पुनर्निर्देशन तथा अस्पष्टता पुनर्निर्देशहरूले शीर्षकसँग मिल्दोजुल्दो अनुच्छेदहरू खोज्न मद्दत गर्न सक्दछ।

किन हामीलाई यसको आवश्यकता रहेको छ

[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा कुनै विषयवस्तु माथि एक पृथक् र स्वतन्त्र लेख बनाउनु उचित छ कि छैन भन्ने कुराको निर्धारणका लागि सम्पादकहरू समस्त विषयको क्षेत्रमा योग्य मापदण्ड लागु गर्दछन्। यी मापदण्डको प्राथमिक उद्देश्य भनेको सम्पादकहरूले लेखहरू बनाउँदा सामग्री नीतिहरूको अनुरूप सुनिश्चित गर्नु हो।

  • हामीलाई भरपर्दो स्रोतहरूबाट महत्वपूर्ण समावेशी सामग्री चाहिन्छ जसकारण हामी वास्तवमै आधा अनुच्छेद वा त्यस विषयको परिभाषाको सम्पूर्ण कुरा लेख्न सक्दछौँ। यदि विषयको बारेमा स्रोतहरूद्वारा केही वाक्यहरू लेख्न र समर्थन गर्न सकिन्छ भने यो विषयले एक पृथक् लेखका लागि योग्यता आर्जन गर्दैन जसको सट्टामा एक वृहत् लेख वा प्रासङ्गिक सूची सम्बन्धि एक लेखमा समायोजन गर्नुपर्दछ। (लत परामर्श हेर्नुहोस्)
  • हामीलाई "भरपर्दो स्रोतहरू" को अस्तित्व आवश्यकता पर्दछ जसले गर्दा हामी अनियमित तथा भ्रमक सामग्रीहरूको पछाडि लागेका छैनौँ भनि।सुनिश्चित गर्न सक्छौँ।
  • सुरुमा हामी "तेस्रो पक्ष" वा "स्वतन्त्र स्रोतहरू"को सहायतामा एक निष्पक्ष र सन्तुलित लेख लेख्न सक्दछौँ जुन विकिपिडियाको तटस्थ दृष्टिकोण नीतिसँग अनुरूप छ जसले गर्दा लेखहरू उत्पादन, सेवा वा सङ्गठनहरूका विज्ञापन होइनन् भनेर निश्चित हुन्छ।
  • हामीलाई कम्तिमा तीन माध्यमिक स्रोतहरूको अस्तित्वको आवश्यकता पर्दछ जसकारण लेख विकिपिडियाको मूल अनुसन्धान गरी लेखिएको लेख होइन भनि सुनिश्चित गर्न सकिन्छ।
  • हामीलाई लेख पुष्टि गर्नका लागि थुप्रै स्रोतहरूको आवश्यकता पर्दछ जसकारण हामी एक तर्कसङ्गत सन्तुलित लेख लेख्न सक्दछौँ जुन लेख लेखकको दृष्टिकोणलाई प्रतिनिधित्व नगरी विकिपिडिया: तटस्थ दृष्टिकोणको पालना गर्दछ। यसकारण एउटै व्यक्ति वा सङ्गठनको बहु प्रकाशनहरू आवश्यकता पूरा गर्ने उद्देश्यका लागि एकल स्रोत मानिन्छ।

साधारण परिस्थिति

[सम्पादन गर्नुहोस्]

प्रचार सामग्री

[सम्पादन गर्नुहोस्]

एक विश्वसनीय स्रोत माथिको प्रकाशनलाई सधैँ मान्य प्रमाण मानिँदैन। विकिपिडिया प्रचारप्रसारको माध्यम होइन। आत्म प्रचार, आत्मजीवनी, उत्पादन र अधिक बिक्री भएका व्यापारिक सामान माथि विश्वकोशमा लेखहरू सिर्जना गर्न वैध तरिकाहरू छैनन्। उल्लेखनीयताको मापदण्ड यस्तो व्यक्ति जो कुनै निर्दिष्ट विषय (त्यसको उत्पादक, निर्माता, सृष्टिकर्ता, लेखक, उद्भावक वा विक्रेता) बाट स्वतन्त्र छ कि छैन भन्नेमा निर्भर गर्दछ जुन विषयलाई महत्वपूर्ण रूपबाट लेख्नका लागि पर्याप्त मान्दछ। यदि उनीहरू त्यस विषयमा केन्द्रीत आफ्नो पहलमा महत्वपूर्ण लेखक हुन् भने उनीहरू त्यस विषयमा सामेल व्यक्तिबाट प्रभावित नभई लेखहरू लेख्दै त्यसलाई प्रकाशन गर्न सक्दछन्।

स्वतन्त्र स्रोतहरूले पनि तटस्थ लेखको निश्चयता दिनै पर्दछ; आत्म-प्रकाशित स्रोतहरूको तटस्थताको बारेमा छलफल गर्न आत्मजीवनी हेर्नुहोस्।प्रचारमुलक नभएका स्वत प्रकाशित स्रोतहरू त्यस उत्पादनसँग जोडिएका प्राविधिक दिशानिर्देश महत्त्वपूर्ण साबित हुँदैन किनकि उनीहरू कुनै शीर्षकमा कति आकृष्ट छन् भन्ने बारे कुनै मापदण्ड हुँदैन।

विकिपिडिया एक समाचार स्रोत होइन: कुनै एक घटना वा विषय माथि महत्वपूर्ण प्रचार प्राप्त गर्नेका लागि नियमित समाचार प्रतिवेदनबाट अधिक समय लाग्दछ। उदाहरणको लागि, नियमित समावेशी समाचारहरूमा समाचार विज्ञप्ति, गीत प्रचार, खेल समाचार र टेबलोइड पत्रकारिता समावेश छन् जुन महत्वपूर्ण समाचार प्रचारक होइनन्। यहाँसम्म कि समाचार प्रतिवेदनलाई एक महत्वपूर्ण विश्लेषण प्रदान नगर्ने खाले उच्च प्रतिवेदनहरूलाई पनि महत्वपूर्ण समावेशी समाचार स्रोत मानिँदैन। विकिमिडिया परियोजना विकिसमाचारमा वर्तमान समाचार सामग्रीहरू समायोजित छन्। केही मामलामा, एक विवादास्पद निकायको (जस्तै एक पुस्तक) उल्लेखनीय उत्पन्न हुन सक्दछ किनकि त्यसको अस्तित्वनै महत्वपूर्ण थियोे वा यो एक विवादको कारण महत्वपूर्ण बनेको थियो - यहाँ दुवैलाई विचार गर्नु आवश्यक पर्दछ।

स्वतन्त्र तालिका वा सूची

[सम्पादन गर्नुहोस्]

उल्लेखनीयको दिशानिर्देशहरू स्वतन्त्र तालिका वा सूचीको समावेशमा पनि लागू हुन्छ। सूचीको उल्लेखनीयता ("कखगको सूची" वा "कखग" शीर्षकको बिनानै) समूहमा निर्भर गर्दछ। सूचीको उल्लेखनीयतालाई महत्वपूर्ण मान्नुको स्वीकार्य कारण भनेको माथिको दिशानिर्देशहरूको अनुसार यदि यसलाई समूहको रूपमा छलफल गरिएको छ वा स्वतन्त्र विश्वसनीय स्रोतहरू राखिएको छ भने; उल्लेखनीय सूची एक स्वतन्त्र सूचीका लागि उपयुक्त छन्। उल्लेखनीयका लागि स्रोतहरूमा सूचीको सम्पूर्ण दस्तावेज राख्नु आवश्यक पर्दैन, मात्र समूह वा साधारण श्रेणी राखे पुग्दछ। समूह महत्वपूर्ण हुनुको कारण फरकफरक वस्तु स्वतन्त्र रूपबाट महत्वपूर्ण हुँदैन, यद्यपि सम्पादकहरूले आफ्नो विवेकले मात्र स्वतन्त्र रूपबाट महत्वपूर्ण वस्तुहरूको सङ्ख्या वा विकिपिडियामा दर्ता गरिएको प्रविष्टीलाई सीमित गर्नुको विकल्प छनोट गर्न सक्दछन्। अधीक जटिल तथा अधीक वर्गीकृत सूचीको (जस्थै "क"को सूची, "ख"को सूची) उल्लेखनीयलाई कसरी मुल्याङ्कन गर्ने वा अन्य कुनै मापदण्डले स्वतन्त्र सूचीको उल्लेखनीयलाई वैधता दिन सक्दछ भन्ने बारे हाल कुनै सहमति भएको छैन। यद्यपि विकिपिडिया:विकिपिडिया के होइन भन्ने नीतिले अविश्वकोशीय अतिवर्गीकृत विषयको स्पर्श गर्दछ। स्वीकृत तथ्य, परिभ्रमण वा विकासको उद्देश्य परिपूर्ण गर्ने सूचीलाई प्रायः प्रदर्शित कुनै उल्लेखनीय बाहेकै राख्न सकिन्छ। व्यक्तिगत सूचीहरू बनाउनु अघि यसलाई समूहबद्ध गरेर सूचीको महत्त्व देखाउनुहुन सम्पादकहरूलाई अनुरोध गरिएको छ।

उल्लेखनीयको नीति अनुसार सन्तोषजनक नमानिने पृष्ठहरू

[सम्पादन गर्नुहोस्]

यी मापदण्डहरू पूरा नगर्ने विषयवस्तुलाई पृथक् लेखको रूपमा राखिने छैन। उल्लेखनीय लेखहरूसँग निकट सम्बन्ध भएका उल्लेखनीय विषयवस्तुहरू प्रायः ती पृष्ठहरूसँग समायोजित हुन्छन् भन्ने यस्ता विषयहरूलाई समायोजन नगरे मेटाउन सकिन्छ। यदि उल्लेखनीय स्पष्ट भएको खण्डमा ती खेलहरूलाई अन्तिम चरणमा मेट्न सकिन्छ।

यदि एक लेखमा विषयलाई पुष्टि गर्न उल्लेखनीय प्रमाणहरू पर्याप्त छैनन् भने तपाई स्वयमले सन्दर्भहरू खोज्न सक्नुहुनेछ; वा

  • लेखलाई पुष्टि गर्न सक्ने आवश्यक सन्दर्भहरू कहाँबाट लिन सकिन्छ भन्ने बारे मद्दतको लागि लेख निर्माणकर्ता वा विषयको पर्याप्त ज्ञान भएको कसैलाई सोध्नुहोस्। []
  • यदि लेखले हाम्रो शीघ्र मेटाउने वा हटाउने मापदण्ड पूरा गर्दछ भने कसैले त्यो पृष्ठमा सूचीबद्ध विशेष मापदण्डको चिनोहरू प्रयोग गर्न सक्दछन्।
  • शीघ्र मेटाउने मापदण्ड पूरा नगर्ने लेखहरूको लागि "मेटाउनका लागि नामाङ्कित" चिनो प्रयोग गर्नुहोस्; तर त्यस्ता सबै लेखहरू गैर-विवादास्पद रूपले मेटाउने योग्य विषयहरू हुनुपर्दछ। यदि लेख मेटाउनुमा कसैलाई पनि आपत्ति छैन भने मेटाउन नामाङ्कन गरिएको सात दिन पछि लेख स्वत मेट्न अनुमोदन गर्दछ। अधिक जानकारीको लागि "विकिपिडिया: मेटाउनका लागि नामाङ्कन" खण्ड हेर्नुहोस्। []
  • यदि तपाई लेख मेटाउनका लागि अनिश्चित भई लेखलाई मेटाउन नामाङ्कन गर्नुहुन्छ भने तपाईले मेटाउन नामाङ्कन गर्नुभएको लेखमा कसैले आपत्ति जनाउँछन् भनेर विश्वास गर्नुहुन्छ वा यदि अर्को सम्पादकले पहिले नै मेटाउनका लागि नामाङ्कन गरिएको लेखको बारेमा आपत्ति गरेको छ भने तपाई लेखलाई मेटाउने प्रस्ताव राख्न सक्नुहुनेछ जहाँ लेखको ग्रहणयोग्यता सम्बन्धित छलफल हुनेछन् भने ती छलफलहरू सात दिनसम्मका लागि हुनेछन्।

स्पष्ट रूपमा महत्त्वपूर्ण नभएका लेखहरू मेटाउने काम सबैभन्दा उचित कदम हुन सक्दछ, यद्यपि वैकल्पिक रूपमा समुदायलाई सहयोग गर्न कुनै पनि आवश्यक सामग्रीलाई सुरक्षित गर्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. कहिलेकाँही कुनै जीवनीले सम्बन्धित व्यक्तिसँग वा कुनै खास अवस्थामा सम्बन्धित संस्थाको प्रतिनिधिसँग सम्पर्क बिनानै कुनै जानकारीको स्रोत प्रदान गर्दछ। यस अवस्थामा सावधानीपूर्वक स्वतन्त्र स्रोतलाई अनुगमन र मूल्याङ्कन गर्नुपर्दछ। यदि त्यस विषय सम्बन्धित एक छुट्टै विकिपिडिया परियोजना छ भने तपाई त्यसलाई हेरेर मद्दतको लागि सोध्न सक्नुहुन्छ।
  2. यस अवस्थामा यदि कुनै कृतिमा उल्लिखित कुनै एक सामान्य चरित्र महत्त्वपूर्ण छैन भने त्यसलाई सोही कृतिको लेखमा समायोजन गर्न सकिन्छ। शिक्षण संस्थाको बारेमा रहेको लेखलाई त्यस शिक्षण संस्था अवस्थित सहर वा क्षेत्रको लेखसँग समायोजन गर्न सकिन्छ; प्रख्यात व्यक्तिको आफन्तको लेखलाई त्यस व्यक्तिको बारेमा लेखिएको लेखसँग समायोजन गर्न सकिन्छ; एक विशेष समूह वा घटनासँग सम्बन्धित हुनको लागि महत्वपूर्ण व्यक्तिको लेख त्यो समूह वा घटनासँग सम्बन्धित मूल लेखसँग समायोजन हुन सक्दछ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
विकिपिडिया:उल्लेखनीयता
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?