For faster navigation, this Iframe is preloading the Wikiwand page for मष्टो देवता.

मष्टो देवता

मष्टो देवता
खस जाति
कुलधामीले बोका काटेपछि त्यसको रगत पिउदै उफ्रदै नाँच्दै धामीले मण्डव परिक्रमा गर्दै गरेको दृष्य
अन्य नाम१. थार्पु मष्टा [थार्प मष्टा, खापर द्यौ ( दैव )] २. बाविरामष्टा ३. क्वामष्टा ४. बुडुमष्टा ५. कालाशीलामष्टा ६. दुग्धशीलामष्टा ७. मटेश्वरमष्टा ८. छान्नामष्टा ९. काँडामष्टा १०. विनायकमष्टा ११. तलिगोठीमष्टा १२. लिउदीमष्टा
जनावरचौरी गाईको पुच्छर (चम्मर),
दिनवैशाख पुर्णिमा, वैशाख चर्तुदशी,जेठ पुर्णिमा, मंसिर पुर्णिमा ,पौष पुर्णिमा र भाद्र अनन्ते चतुर्दशी भाद्र पुर्णिमा
Offspringबोका तथा भेडा
क्षेत्रनेपालका बाइसी चौवीसी क्षेत्र (अहिले कर्णाली र सुदूरपश्चिम)
Ethnic groupखस
चाड पर्वमष्टो देवता पूजा

मष्टो देवता खस जाति को कुल र मुल मष्ट हुन । मष्ट पुजा वा कुलपूजालाई देवाली भन्दछन् । मष्टो दुई थरिका छन् दुधे र रक्त । दुधे मष्टलाई बलि हुँदैन भने अन्य मष्टलाई बलि गरिन्छ। दुधेमष्ट बाहेक अन्य मष्टको कुलपूजामा बोकाको वलि चडाईन्छ ।

कुलधामीले बोका काटेपछि त्यसको रगत पिउदै उफ्रदै नाँच्दै धामीले मण्डव परिक्रमा गर्दै गरेको दृष्य

कुलधामीले बोकाको भोग (रगत) खान्दछन् । बोकालाई काटेर बोका तथा भेडालाई अंगालोमा राखेर आलो पालो रगत पिउदै मुल धामी मण्डल परिक्रमा गर्छन् । सेतो वस्त्रको पहिरन लगाएका १२ भाइ मष्टाका धामीहरू हातमा चौरी गाईको पुच्छर (चम्मर), घण्ट, धजा समाती भाइ मष्टाका नामहरु उच्चारण गर्दै बाजाको तालमा आँगनमा खेल लगाउँदै नाँच्ने गर्दछन् । यही क्रममा पूजा भनेर वलि गरिदै गरेका वोकाहरूको रगत पिउदा तिनको त्यो सेतो वस्त्र रगतले भिजेर रातो हुन्छ । धामीको टाउकोमा वलि गरिएको बोकाको रगत छर्कने गर्दा धामी खुशी हुन्छ । वलिको बोका काट्नेलाइ धामीले धाप दिन्छ । बोका काटेपछि त्यसको खुन पिउदै उफ्रदै नाँच्दै धामीले मण्डव परिक्रमा गर्दै गरेको दृष्य देखिन्छ । वलि गरिएको बोकाको मासु त्यहाँ गएकाहरु प्रसाद भनेर सबै बाँडेर खाने गर्दछन् । यस पूजामा नौ वहिनी मालिका, बाह्भाइ मष्टा अठार डाईनी मसानी भूत पिचासको पूजा हुन्छ । नरवलिको स्थानमा नरवलि नगरेर त्यहाँ नरिवल वलि गर्ने चलन छ । नरिवल मूल देवताको मण्डवको ढोकाम लगेर काट्ने गरिन्छ ।

पुजा हुने समय

[सम्पादन गर्नुहोस्]

मष्टो[] पूजा मुख्य तया वैशाख पुर्णिमा, वैशाख चर्तुदशी,जेठ पुर्णिमा, मंसिर पुर्णिमा ,पौष पुर्णिमा र भाद्र अनन्ते चतुर्दशी भाद्र पुर्णिमाको सेरोफेरोमा गर्दछन् । तीन तीन वर्षको अन्तरमा गरिने कुलपुजामा कुलका सबैको जमघट हुने चलन छ । कुलदेवता पूज्ने तान्त्रिक चलन पूरानै देखा पर्दछ ।

मष्टलाई विभिन्न सम्प्रदायका मानीसहरुले मान्दै आएका छन । यी मस्टो १२ भाई र नवदुर्गा भवानी ९ वहिनी भनीन्छ, १२ भाइ मस्टोहरु भनिएता पनि कहिलेकाही १३ वटा नाम पनि निस्कन्छन । प्राचीन ग्रन्थ अनुसार १२ भाइ मष्टा/मष्टोहरुको नाम: १. थार्पु मष्टा [थार्प मष्टा, खापर द्यौ ( दैव )] २. बाविरामष्टा ३. क्वामष्टा ४. बुडुमष्टा ५. कालाशीलामष्टा ६. दुग्धशीलामष्टा ७. मटेश्वरमष्टा ८. छान्नामष्टा ९. काँडामष्टा १०. विनायकमष्टा ११. तलिगोठीमष्टा १२. लिउदीमष्टा

चलनचल्तीको प्रचलनमा रहेका १५ मष्टो देखिन्छन् । ठाउँ बिषेसले तिनीहरुको नाउ र संख्या फरक पर्न जान्छ । जुन देहाय बमोजिम छन् : (१) बुढ़मष्टो (२) कालामष्टो (३) बॉममष्टो (४) थापामष्टो (५) वाबिरामष्टो (६) लिउडीमष्टो (७) कामलमष्टो (८) सिममष्टो (९) रुमालमष्टो (१०) ढंडारमष्टो (११) दुसापानीमष्टो (१२) डढीसितलमष्टो (१३) दारेमष्टो (१४) कुर्मीमष्टो (१५) आद्यमष्टो (१६)सुनारगाउँ मष्टो

मष्टो सम्बन्धमा इतिहासकार

[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्यका लेखक तथा नेपालका इतिहास विभाग निर्देशक डा. राजाराम सुवेदीका अनुसार कुलदेवता, मष्टो, भवानी, वराह, वन्दी गणका देवी देवता पूज्ने सबै खश हुन। आजकाल तागाधारण गर्ने क्षत्रियहरु ठकुरीहरु भारतीय राजपूत भएको दावा गर्दछन् । आजकालका ब्राह्मणहरु कान्यकुञ्ज र गौड देशका सपना देख्छन तर ती सबै खससंस्कृतिबाट पैदा भएका जाति हुन । नेपालका बाइसी चौवीसी राजाहरु र तिनका गुरु पुरोहितहरु पनि सोझै खशसँग सम्बन्धित छन् । प्रा.डा.सूर्यमणि अधिकारी, बाइसे राज्यको इतिहास पृष्ठ २७५ मा उल्लेख भए अनुसार बाइसे राज्यका शासकहरु ठकुरी परिवार आफ्नो पूर्खेउली भारतका राजपूतहरूसँग लगेर जोड्न खोज्दछन् तर उनीहरूको दावी सिद्ध गर्नसक्ने कुनै प्रमाण पाइएको छैन् । यसै पुस्तकको पृष्ठ २७४ मा के उल्लेख छ भने राजसत्ता प्राप्त गरेका खशहरूले पनि आफ्नोलाई ठकुरीको समकक्षमा स्थापित गरिसकेका थिए । खशहरूले राजालाई रिझाएर अथवा ब्राह्मण पूरोहितलाई दान दिएर जनै धारण गर्ने चलन पूर्वकालमा पनि थियो । यद्यपि प्रचलित छ ।[] | नेपालका प्राय: जातहरु सबै खस हुन । तिनीहरु हिन्दूधर्मको सम्पर्कमा आउनु अघि शुद्र सरहका मतवाली थिए । हिन्दू परम्परामा आवद्ध हुनु अघि जनै लगाउँदैनथे, धामी धर्म मान्दथे बाह् मध्येका कुनै एक मष्टा र नौ भवानी लाई पुज्दथे । खस भनेको ब्राह्मणबाट खसेको भन्ने आजको धारणा पनि सत्य छैन । कारण खसभन्नाले त्यस जाति भित्र ब्राह्मण समेत पर्दछन् । कर्णाली अञ्चलमा अहिले पनि मतवाली क्षेत्री वा खशहरु छँदैछन् जसको थर आजका क्षेत्री, ठकुरी र ब्राह्मणसँग ठ्यामै मिल्दछन । पहिले मध्यकालमा यिनीहरु नै स–साना राज्य (ठकुराई) का राजा भएका वखत राज परिवार जति ठकुरी जाति तथा उनिहरुका भारदारहरु जति क्षेत्री जाति भएर आफुलाई खश जाति भन्दा उच्चकोटीका क्षेत्री ठान्न थालेकाहुन् । [] इतिहासकार तथा इतिहास खोजकर्ताहरुका यस्ता भनाई छन् | यी भनाईले गर्दा मष्टो देवता कुलदेवता मान्नेहरु पनि आफ्नो कुलदेवता मष्टो होइन् भन्न सक्छन | डोटी क्षेत्रको बोगटान ,डडेल्धुरा बैतडी र दार्चुलामा मष्टा देवताको प्रभाव न्यून छ | भने डोटी सेतीनदी पूर्व, तेलेको लेक उत्तर , अछाम , बझांग ,बाजुरा ,कालिकोट सहित कर्णाली भेगमा मष्टा देवताको बिगबिगी छ | त्यहाँका ठकुरी, ब्राहमण, छेत्री, वैश्य र दलित भनिनेहरुका कुलदेवता विभिन्न नामका मष्टा र मष्टा अन्तर्गतका स्त्रिरूपहरु भेटिन्छन | कुमाऊबाट डोटी प्रवेशगर्ने कार्तिकेयपुरी कत्युरी नरेश वंशजसंग मष्टो देवता सम्बन्धित भेटिदैन तर जुम्ला दुल्लुबाट डोटी पाल राजा बिजय गर्ने जुम्लाको रैका मल्ल राजा का कुलदेवता बिभिना नामका मष्टो र मष्टासंग सम्बन्धित स्त्रिरूपहरु छन् |[]

मष्ठ सम्बन्धी एक किंबदन्ति छ , प्राचिन कालमा जब जंगलबाट मानिसहरु घर बनाई बस्न थालेका थिए तब संसारमा खानेकुराको संकट सुरु हुन लाग्यो सबै अल्छि हुन थालेकोले जंगलमा गै खानेकुरा ल्याउन र पाउन धेरै दुख थियो,तेतिबेला खानेकुरा बचाउनको लागि संग संगै एउटा संस्कारको विकास भएको थियो बुढा बा आमालाई जंगल लगेर छोडिदिने...तेहि कुसंस्कार संगसंगै मष्ठ नाम गरेका एक बालक पनि हुर्किरहेका थिए जब मष्ठ १६ बहिनि भुवानि पछिका कान्छो एक्लो छोरा भएकोले १५,१६ बर्षको हुदा बाबा आमा निकै बुढा भएर थलिएर बसेका थिए,मष्ठलाई गाँउघरमा सबैले सल्लाह दिदै थिएकि तिम्रा बा आमालाई जंगल कहिले लिन्छौ?घरमा बुज्न खोज्दा बा ले भन्नुभयो हो बाबु संसारको रित यस्तै छ बुढा भएपछि तिमिहरुलाई हामि बोझ बन्छौ खानाको अनिकाल छ तिमिले एकदिन जंगल छोड्नै पर्छ....यो कुराले किसोर बालक मष्ठको मष्तिकमा ठुलो चोट पुग्छ उसलाई पचाउनै नसकिने पिडा आईलाग्छ तर पनि समाजको करकाप  कुसंस्कारको बाध्यताले उसले एकाविहानै नचाहादा नचाहदै बुवालाई डाँडाको जंगल लगेर एउटा कोटि ढुंगा बाट बनेको सानो थान मा छोडेर आउछ।उसलाई घर आईसकेपछि रोइ कराइ गर्छ तर पनि उसका कुरा कसैले सुन्ने पक्षमा छैनन,भोलि पल्ट गाउलेको आँखा छलेर लुकाउदै बा लाई खाना लगेर खुवाउछ बा ले धेरै अर्ति उपदेश दिएर घर पठाउछन,यसरि केहि दिन बितिसकेक हुन्छन तर एक दिन सँधै जस्तै खाना लगेर जाँदा उक्त कोटिमा मष्टका बाबा हुदैनन केवल उनले लगेको हतियार भाला आकारको लौरो(मौलो) बाहेक केहि हुदैन मष्टले यताउति हेर्दा राति भिषण आक्रमण भएजस्तो घटना स्थल देख्छन केहि रगतका थोपाहरु र बाघका रौ हरु र धस्सिएको जमिन च्यातिएका झारपातहरु...उनिले अनुमान लगाए बालाइ बाघले खाईसकेछ..तेतिबेलाको क्षण उनका लागि यति स्तब्ध भयोकि उनि अब वेहोस हुन मात्र बाँकि छ आँसुले वरपरको वातावरण हेर्न नि मुस्किल भैरहिको छ,....हत्त पत्त बाबाको हतियार समाउदै रगत झारपातले पुछ्दै छातिमा टाँसेर पश्चाताप मोडमा एकहोरो रोइरहन्छन एकटकले उभिएर मौनधारण सहित आँसु खसाउछन केहि समयपछि बाबाले छोडेर गएको अन्तिम चिनो लौरोलाई(मौलो) तेहि थान कुटिमा गाभेर पुजा गर्दै भन्छन वा ! ? तिम्रो आत्माले शान्ति पावस मलाई क्षमा गर्नु, सँधै मेरो रक्षा गर्नु रेखदेख गर्नु घरमा आउने राक्षसि सैतान बाट टाढा राख्नु म हरेक यहि समयमा तिमिलाई लिन आईरहेनेछु प्रसाद खान आउनु.....यस्तै भन्दै पतुर्दै काँप्दै बालाई ल्याएको खाना(प्रसाद) चढाएर घर फर्किएको दिन (पछि बनेको पात्रोमा) बैशाख चर्दर्शी हो भने बैशाख पुर्णिमाका दिन घरमा ल्याई बाबाको आत्मालाई भनारमा(घरको चोखो ठाँउ) पुजा गर्ने चलन चलिआएको कथन छ भने कार्तिक पुर्निमाको दिन आमाको अवसान भएको भन्ने किंबदन्ति छ

यहि चलन कतै कतै भाद्र एवं बैशाख महिना र अन्य औंसी पूर्णिमा जस्ता विशेष धार्मिक पर्वहरूमा मात्र पूजागर्ने गरिन्छ र त्यस बखत जात्रा-उत्सवहरू पनि मनाइन्छन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. नेपाल परिचय (२०५६), प्रकाशक रत्नपुस्तक भण्डार
  2. बाइसे राज्यको इतिहास पृष्ठ २७५
  3. खगेन्द्र निरौला-2 रत्न पुस्तक भण्डार भोटाहिटी काठमाण्डौ द्वारा प्रकाशित प्रथम संस्करण २०४८ को नेपाल परिचय, पेज नं ११९
  4. कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्यका लेखक तथा नेपालका इतिहास विभाग निर्देशक

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

नेपालमा वैदिक आर्य र खश आर्य र मगर मंगोल मुलका मान्छेहरु फरक फरक किसिमले आफ्ना कुलदेवताको पुजा (जांत /पर्ब ) मनाउने गर्दछन । हेरौ मस्टो कुलायन भएका खशहरु को पुजन बिधि यस्तो हुन्छ ,भिडियो यहाँ तल किलिक गर्नुहोस ।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
मष्टो देवता
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?