For faster navigation, this Iframe is preloading the Wikiwand page for रैका राजवंश.

रैका राजवंश

रैका/रैगाईं राजवंश नागराजका वंशज मानिने जुम्लादुल्लुमा राज्यमुकाम राखेर कर्णाली क्षेत्रमा राज्यगरी बसेका राजाका पूर्वजहरू चापिल्ल, चल्ल हुँदै मल्ल, पदवी, पद, थरबाट परिचित रहन पुगेका थिए । विभिन्न नामका मस्टो अन्तर्गतका देबी देवतासँग सम्बन्धित यी राजाले आफ्ना ताम्रपत्रमा राईका भाषा भई, राईका माया चितोई, राइका, रायका, रैका, भनेर आफुलाई परिचित गरेको कारण यी राजालाई राइका अथवा रैका राजा भनिन्थ्यो । यिनका ताम्रपत्रमा पनि यो शब्द भेटिन्छ । जुम्ला र दुल्लुबाट डोटी कत्युरी पाल राज्य बिजय गरेर डोटीमा स्थापित भएको यो वंशजले डोटीमा रैका राजा नागीमल्लको समयदेखि रैकाराजा शाके १४८० रैका राजा भूपति मल्लको राज्यकालसम्म मल्लथरले परिचित भयो । यसपछि महिपति शाही शाके १५०२ बाट शाही थर लेख्न थालेको इतिहास ताम्रपत्रबाट देखिन्छ । जुम्लाबाट डोटी गएको र रैका अथवा राईकाबाट परिचित भएको कारण यस वंशजलाई जुमलाको रैका मल्ल राजा पनि भन्ने गरिएको हो ।

डोटी रैका राजाको डोटी गनारी गौंडा कोट (दरवार)को भाग्नावासेष/बि.स १८४७ साल भाद्रमा गोर्खा राजाको एकिकरणमा धोस्त गरिएको
डोटी गनारी गौंडा कोट (दरवार)को भाग्नावासेष / बि.स १८४७ साल भाद्रमा गोर्खा राजाको एकिकरणमा धोस्त गरिएको
डोटी गनारी गौंडा कोट (दरवार)को भाग्नावासेष /बि.स १८४७ साल भाद्रमा गोर्खा राजाको एकिकरणमा धोस्त गरिएको -3
डोटी रैका राजवंश सम्बन्धि संछिप्त (छोटकरी) जानकारी
विवरण  अन्य जानकारी
प्रथम राजा नागराज १२औ शताब्दी जुम्ला सिंजा
कर्तिकेयपुरी धोस्त गर्ने राजा क्रचल्ल, अशोकचल्ल बि.स.१२८०  
देवतासंग युद्द गरेर चर्चित बनेका राजा नागी मल्ल  बि.स.१४४१  
गोर्खाले बिजय गरेका राजा दीपा शाही ( १८४७ भाद्र ३१ गते )
अन्तिम राजा पहाडी शाही  बि स १८५५
राजाको गोत्र शौनक
राजाको वंश सूर्यवंश
राजाको कुलदेवता टेडी मस्टो र निमौने (दाडे मस्टो /खापर)
पुर्खा आगमन जुम्ला /दुल्लु
राजभाषा पाली
बोलचालको भाषा खस
राजाको युद्द्निती कटुयुद्द नीति
पुर्खाका ब्राह्मण कश्यप र अत्रि गोत्रीय मस्टो कुलदेवता भएका
लेख्ने गरेको थर मल्ल ,शाही र शाह
जुम्ला दुल्लुबाट सैन्य फौज लगेर राजा क्रचल्ल र राजा अशोकचल्लले कुमाऊ गडवाल कत्युरी राज्य धोस्त गरेर कुमाऊ गडवालमा पनि केहि समय राज्य गरे ।  कुमाऊका नागरिक र अधिनस्त रहेका कुमाऊका चन्द राजाले बिद्रोह गरे पछि डोटी क्षेत्रमा फर्केर आई राज गरी बसेका हुन् ।

रैका राजाको वंशावली

[सम्पादन गर्नुहोस्]

डोटी रैका मल्ल शाही राजाको जुम्ला र दुल्लु पश्चात डोटीमा स्थापित प्रमाणित वंशावली निम्न अनुसार छ । [३]

  • १) नागराज

१२औ सताब्दीका राजाधिराज नगराज देखि पृथ्बीमल्ल सम्मनको वंशावली तिब्बती वंशावलीमा पनि उल्लेख छ ।

  • २) चाप
  • ३) चपिल्ला
  • ४) क्राशी चल्ल
  • ५) क्राधि चल्ल
  • ६) क्रचाल्ल

कत्युरी राजवंशकत्युरी नरेशहरूको कुमाऊ कार्तिकेयपुरी राज्य धोस्तगर्ने राजा यिनै हुन् । यिनका अभिलेखमा पनि यो कुरा उल्लेख छ । कुमाऊँको बालेश्वर मन्दिरमा राजा क्राचल्लदेवको संस्कृत भाषामा लेखिएको एउटा ताम्रपत्र भेटिएको छ । त्यस अनुसार क्राचल्लले वि.स. १२८० मा कुमाऊँमाथि विजय प्राप्त गरेका थिए । त्यस वखत उनको राजधानी दुल्लु नजिकै श्रीसम्मपन्न नगरमा थियो । क्राचल्लका छोरा अशोक चल्लले त्यस भन्दा अझै पश्चिमको गढवाल विजय गरेका थिए । गढवाल गोपेश्वरको अभिलेखमा अशोक चल्लले आफ्ना सर्वगामिनी सेनाद्वारा केदारभूमि (कुमाऊँ–गढवाल) विजय गर्नु भयो भनिएको छ [४]।

  • ७) अशोक मल्ल

अशोक चल्ल/मल्लको पालामा खश अधिराज्य अन्तरगत कर्णाली प्रदेश,गण्डकी प्रदेश, खारी प्रदेश (कैलाश मानसरोवर), केदारखण्ड (कुमाऊँ गढवाल) समेत समावेश थियो। यो एउटा ठूलो साम्राज्य नै थियो। अशोक चल्ल पछि उनका छोरा जितारी मल्ल राजा भए जितारी मल्लको पालादेखि खश राजाहरुले नेपाल उपत्यका (तत्कालिन काठमाडौं उपत्यका)मा आक्रमण गर्न थाले। गोपाल वंशावली अनुसार वि.स. १३४४ देखि १३९१ सम्म नेपाल उपत्यकामा जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्लले आक्रमण गरेका थिए [५]।

  • ८) जितारी मल्ल
  • ९) अक्षय मल्ल
  • १०) रिपुमल्ल
  • ११) आदित्य मल्ल

शाके १२३८ (बि.स.१३७३)

श्री शाके १२४३ (वि.स.१३७८) श्री श्री आदित्य/मदादित्य मल्ल "राइका " आदेश ताम्रपत्र सामागाउँ गाविस ९ साम्दो निवासी डुइटुप लामासँग सुरक्षिता [६] (यिनको एउटा ताम्रपत्र तिब्बतसँग युद्ध लड्न जाँदा बासा गाउँको एउटा गुम्म्बामा भेटिएको छ, त्यसमा शाके १२४३ (बि.स १३७८ उल्लेख छ र "राइका " आदेश शब्द पनि उल्लेख छ । यसमा रैका ज्यु भेनेको छ ।,

  • १२) पुण्य मल्ल /श्री मल्ल

शाके १२५८ (बि.स.१३९३)

  • १३) पृथ्बी मल्ल /अभय मल्ल

शाके १२७९ (बि.स १४१४) (यी कत्युरी पाल राजा सँगको युद्दमा सक्रिय रैका राजाहरू ) (पृथ्बी मल्लको ताम्रपत्र बैतडी मल्लो स्वराडमा बि.सं.१४१४ मा जारी भएको छ । त्यस ताम्रपत्रमा "कटक स्वराडी" उल्लेख भएको कारण त्यस समय बैतडीका स्वराडी चन्द पृथ्वी मल्लका कटक (सेना) रहेको प्रमाणित हुन्छ | त्यो ताम्रपत्रमा रैका/राईका आदेश उल्लेख छ ।[७] त्यही "राईका आदेश" भन्ने सब्द नै " रैका /राईका " बनेको हो । त्यसकारण डोटीको मल्ल/शाही राजालाई "रैका राजा " भिनिन्थ्यो ।

  • १४) सुर्य मल्ल

शाके १२८९ (बि.स. १४२४)(डोटी पाल संग युद्द गर्न सेना पठाउने राजा ) ,

  • १५) अभय मल्ल

शाके १२९८ (बि.स.१४३३)(डोटी पाल राज्य बिजेता जुम्ली राजा )जुम्लाको राज्य आफ्ना धर्मपुत्र बलिराज लाई दिएर डोटी आएका हुन्। ( प्रा ,डा सुर्यमणि अधिकारी बाइसे राज्यको इतिहास प्रस्ट ३० ) []

  • १६ ) नाग मल्ल

शाके १३०६ -१३१५ (बि.स.१४४१-१४५०)( डोटी कत्युरी पाल राज्य बिजय गरेर राजधिराज बनेका रैका राजा ) (यिनका ताम्रपत्रमा पनि "राईका आदेश" उल्लेख छ । बि.स. १४४१ पछि जारी भएका डोटी रैका राजा नागी मल्लका ताम्रपत्रमा जुम्ला तिर भेटिने जातिहहरू बुढा, थापा , रोकाया जस्ता थरका मानिसहरू साँक्षी भेटिन्छन् । नागिमल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा आछ्म तिमल्सेना गाउँकी बिधवा ब्राह्मणीसँग सल्के भन्ने किवदन्ती यिनको इतिहाससँग सम्बन्धित छ । यसैले यी जुम्लाबाट डोटी क्षेत्रमा पाल राज्य कब्जा गरेर बसेको पाईन्छ । यी राजा कत्युरी गणका नभएर जुम्लामा राज्य गर्ने नागराजको वंशजका चल्ल /मल्ल राजाका उत्तराधिकारी राजा हुन् । नागी मल्ल सिंजाली वंशावलीका पुरुष थिए र निरयपाल देवका छोरा थिएनन् । भन्ने आधारहरुमा प्रयाप्त प्रमाण दिन सकिने हुँन आएको छ ।[८] डोटी पाल राज्य बिजय गरेपछि पाल राजाका पुरोहित (ब्राहमण)का कुलदेवता प्राचीन (शिव) बागेश्वर जसलाई डोटी डडेल्धुरा क्षेत्रमा भागेश्वर भनिन्छ यी देवतासंग तँ देवता होइनस् तँलाई म मान्दैन तँ भन्दा म ठुलो हुँ भन्दै भागेश्वर को अवहेलना गर्दै विवाद गरेपछि भागेश्वर ले नागी मल्लको बिथिति मचाउँदा नागिमल्लले भागेश्वरसंग हार स्वीकार गर्दै मानव कलंकको रुपमा रहेको डोटी क्षेत्रमा देउका देउकी प्रथा चलाएका थिए । यस वंशका वृद्दव्यक्तित्वहरूले आफ्ना जिजुबाजेको मुखबाट सुनेअनुसार पनि वहाँहरूको पूर्वज जुम्लाबाट डोटी आएको हो । जुम्लाबाट जारी गरिएका यी राजाहरूका अभिलेखहरूमा यिनले आफूलाई खस राजाधिराज भनेको भेटिन्छ । त्यसैले इतिहासकारहरूले यी राजालाई खस राजा भनेर लेखेका छन् । डोटी बिजय गरे पछि यिनले खस भन्ने शब्द प्रयोग गरेनन् तर रैका(राईका) भन्ने शब्द भने प्रयोग गर्दै रहे, त्यसैले यस खान्दानका राजाका ताम्रपत्रमा रैका भन्ने शब्द भेटिन्छ । यिनै राजाका ताम्रपत्र ,अभिलेख अनुसार नेपालको संविधान २०७२ मा खश आर्य भनेर ठकुरी ब्राह्मण सहितकालाई उल्लेख गरेको हो । )

  • १७) त्रिभुवन मल्ल

शाके १३१७ (बि.स १४५२)

  • १८) रिपुमल्ल

शाके १३३६ (बि.स १४७१)

  • १९) आनन्द मल्ल

शाके १३५३ ,

  • २०) कल्याण मल्ल

शाके १३६९ ,

  • २१) सुर्तन मल्ल

शाके १३९० ,

  • २२) कृति मल्ल

शाके १३९९-१४०४ ,

  • २३) पृथ्बी मल्ल

शाके १४१९ ,

  • २४) अशोक मल्ल

शाके १४१९ ,

  • २५) प्रताप मल्ल

शाके १४२८-१४४४,

  • २६) राज मल्ल शाके १४७२ /
  • अर्जुन मल्ल शाके १४७२

शाके १४७७-१४९४,

  • २७) भूपति मल्ल

शाके १४८० -,

  • २८) महिपति शाही

शाके १५०२,

  • २९) हरि शाही

शाके १५१८-१५२०,

  • ३०) राम शाही

शाके १५२५-१५४० ,

  • ३१) रुद्र शाही

शाके १५३६-१५५५ ,

  • ३२) पहाडी शाही (क)

शाके १५५९-१५९४ ,

  • ३३) बिक्रम शाही

शाके १५९३-१६०७ ,

  • ३४) मन्धता शाही

शाके १६१०-१६४१ ,

शाके १६१२ डोटी रैका राजा मन्धता शाही द्वारा जारी ताम्रपत्र

  • ३५) रघुनाथ शाही

शाके १६४२-१६४८ ,

  • ३६) कृषण शाही

शाके १६८२-१६९४ ,

  • ३७) दीपा शाही

शाके १७०८ - १७१२ (बि.स १८४३-१८४७) गोर्खा राज्य बाटकब्जा गरिएका रैका स्वतन्त्र राजा ,

  • ३८) बिष्णु शाही

शाके १७१३ बि.स.१८४८ (गोर्खा राज्य अधिनस्त राजा ),

  • ३९) पहाडी शाही (ख)

शाके १७२० बि.स.१८५५ (गोर्खा राज्य अधिनस्त राजा र अन्तिम राजा डोटी ) यस वंशजका ठकुरीहरू डोटी, डडेल्धुरा, बझांग, कैलाली, कञ्चनपुर र भारतको सिंगाही, लखनउ क्षेत्रमा रहेका छन् । डोटी रैका राजाका वंशज भनेर चिनिन्छन् । जुम्लाबाट आएको यो वंशले डोटी पालराज्य बिजय गरेपछि राज्यमुकाम अजयमेरु, निरोलीसम्मन कब्जा गर्यो, अजयमेरुबाट बिस्थापित भएपछि राजपुरहुँदै गनैगौडा डोटीमा दरवार बनाएर बस्यो, यसै स्थानमा गोर्खाले कब्जा गरेर यहाँको दरवार नस्ट गरेको थियो । आज यो दरवार भाग्न अवस्थामा छ ।[९] रैका/रैगाईं वंशको बसोबास

  • क) शाही र शाह लेख्नेहरूको बसोबास स्थल — डोटी जिल्लाको राजपुर, केदारगाउँ, चैकोट, डुमराकोट, मुडेगाउँ, वनलेख, झुण्डा, गुठुरी, गडसेरा चौकी, जोरायलको लिड्केकोट, मान्नाकापडीको गर्खा, डडेल्धुरा जिल्लाको बोगटाकोट (बोगटा), डिलेली, चोरेला कैलालीको सहजपुर मस्से, भारतको सिहाई, तुर्कौली र गोरखपुरमा रहेका छन् ।
  • ख) रैका/रैगाईं मल्ल वंशजका मल्ल लेख्नेहहरू — डोटीको पचनाली, दियाली, तिछडा, धुरकोट, झुण्डा, डडेल्धुराको लुलानगर्षा गाङखेत र पस्से गर्खा चमसाल, बझाङको रायल, चिर, सुदडा, सैसु (सन्सु), सेरा, अछामको साँफेबगर नगरपालिका, तनहुँ, नुवाकोट, लमजुन. सहितका क्षेत्रमा रहेका छन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. बाइसे राज्यको इतिहास प्रस्ट ३०

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
रैका राजवंश
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?