For faster navigation, this Iframe is preloading the Wikiwand page for नेपालका अञ्चलहरू.

नेपालका अञ्चलहरू

नेपालका अञ्चलहरू
नेपालका अञ्चलहरू

नेपाललाई १४ भागमा विभाजित गरिएको छ जसलाई अञ्चल भनिन्छ। यी प्रशासनिक अञ्चलहरू पाँच विकास क्षेत्रमा वर्गीकृत गरिएको छ।[]

नेपालका अञ्चलहरू

[सम्पादन गर्नुहोस्]

नेपालको पूर्वी सीमा मेची नदीको आधारमा मेची अञ्चल भन्ने नाम राखिएको हो । मेची नदीको नाम कसरी रहन गयो भन्ने बारेमा सम्भवतः मेचे जातिको बसोवास क्षेत्रमा बग्ने नदी हुनाले मेची नाम रहन गएको भनाई छ । यो नदी भारत र नेपालको साँध छुट्याएर उत्तर इलाम जिल्ला र भारतको दार्जिलिङ जिल्लाको साँधै साँध पहाडबाट झर्दै तराईमा झापा जिल्लाको पूर्वी सिमानामा बगेको छ । पहाडतर्फ ताप्लेजुङ, पाँचथर, इलाम र तराईतर्फ झापा समेत गरी चार जिल्लाहरू समावेश भएको मेची अञ्चलको क्षेत्रफल ८,१९६ वर्ग किलोमिटर छ ।

कोशी नदीको नाउँबाट नामाकरण गरिएको अञ्चल हुनाले कोशी अञ्चल भनिएको हो। कोशी नाम कसरी रह्यो भन्ने विषयमा थुप्रै भनाईहरू रहेको पाउँछौ, त्यसमध्ये विश्वामित्रकी दिदी कौशिकीको नामबाट नदीको नाम कौशिकी रहन गएको वर्णन वाल्मिकीको रामायणमा पाइन्छ भने अर्को कथनअनुसार पार्वतीको शरीरको कोशबाट पैदा भएकी हुनाले नदीको नाम कौशिकी रहेको हो, जुन पछि कोशी भनिन थाल्यो सोही नदीको नामबाट कोशी अञ्चल को नाम रहन गएको भनाई रहेको छ । पहाड तर्फ संखुवासभा, धनकुटा, तेह्रथुम, भोजपुर र तराईतर्फ मोरङ र सुनसरी समेत गरी ७ जिल्लाहरू समावेश भएको कोशी अञ्चलको क्षेत्रफल ९,६६९ वर्ग किलोमिटर छ ।

सगरमाथा अञ्चल

[सम्पादन गर्नुहोस्]

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारमा अञ्चलको नाम नै सगरमाथा अञ्चल राखिएको छ । संस्कृत भाषामा आकाश लाई सगर र शिर लाई माथा भनिने हुँदा आकाशसम्म मस्तक पुगेको अर्थमा संसारको सबैभन्दा अग्लो चुचुरोको नाम नै सगरमाथा हुन गएको हो । सगरमाथाको उचाईं समुद्र सतहबाट ८,८४८ मिटर रहेको छ । पहाडतर्फ सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर तथा तराईतर्फ सिरहासप्तरी गरी ६ जिल्लाहरू समावेश भएको सगरमाथा अञ्चलको क्षेत्रफल १०,५९१ वर्ग किलोमिटर छ ।

जनकपुर अञ्चल

[सम्पादन गर्नुहोस्]

जनकपुरधामको आधारमा अञ्चलको नाम पनि जनकपुर अञ्चल रहन गयो । मिथिलाका राजा सीरध्वज जनकको राजधानी रहेको ठाउँ हुनाले जनकपुर भनिन थाल्यो । पौराणिक मतले यस प्राचीन नगरको घेरा पाँच कोसको मानिन्छ । पूर्वमा कमला नदी बग्दछिन् । नगरका पूर्वद्वारको रक्षा कपिलेश्वर, दक्षिणद्वारको रक्षा कल्याणेश्वर, पश्चिमद्वारको रक्षा जलेश्वर र उत्तरद्वारको रक्षा क्षीरेश्वरले अद्यापि गर्दछन् । पहाडतर्फ दोलखा, रामेछाप, सिन्धुली र तराईतर्फ महोत्तरी, धनुषासर्लाही गरी ६ जिल्लाहरू समावेश भएको जनकपुर अञ्चलको क्षेत्रफल ९,६६९ वर्ग किलोमिटर रहेको छ ।

बागमती अञ्चल

[सम्पादन गर्नुहोस्]

बागमती नदी बग्ने क्षेत्र भएको हुनाले बागमती अञ्चल भन्ने नाम राखिएको हो । बाग्मतीको नाम कसरी रहन गयो त ? शिवपुरी लेकको पूर्व–दक्षिण पानीढलो क्षेत्रको करिव २६५० मिटरको अग्लाईमा रहेको वाग्धारा भनिने मुहानबाट बाघको मुखबाट निस्केको नदी हुनाले बागमती भनिएको हो । एकअर्को कथनअनुसार प्रल्हदको तपस्याबाट खुशी भएका शिवको वचन वा हाँसो अर्थात् वाक्बाट निस्केकी नदी हुनाले वाग्मती नाम रहन गएको भनाई छ । उपत्यकाको काठमाडौँ, ललितपुर, भक्तपुर, पूर्वी पहाडका तर्फका काभ्रे, सिन्धुपाल्चोक र पश्चिमी पहाडतर्फका रसुवा, धादिङनुवाकोट समेत गरी ८ जिल्लाहरू समावेश भएको बागमती अञ्चल ९,४२८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

नारायणी अञ्चल

[सम्पादन गर्नुहोस्]

नारायणी नदीको आधारमा अञ्चलको नाम नै नारायणी अञ्चल राखिएको छ । नारायणी नदीको नाम कसरी रह्यो त ? शेषयायी नारायाण् काली र गण्डकीको संगममा सुतिरहेका छन् भन्ने जनधारणा अनुसार त्यस संगमपछि नदीको नाम नै नारायणी रहन गएको छ । मकवानपुर, चितवन, पर्सा, बारा, रौतहट गरी जम्मा ५ जिल्लाहरू भएको यस अञ्चलको क्षेत्रफल ८,३१३ वर्ग किलोमिटर छ ।

गण्डकी अञ्चल

[सम्पादन गर्नुहोस्]

गण्डकी नदीको प्रवाह क्षेत्रमा रहेको इलाका हुनाले गण्डकी अञ्चल नाम राखिएको हो । गण्डकी नाम कसरी रहन गयो भन्ने बारेमा हिमवत्खण्डमा उल्लेख भएअनुसार– गण्ड वा गण्डक नामक ऋषिले पहिले स्नान गरी तपस्या गरेको हुनाले गण्डकी नाम रहन गएको उल्लेख गरिएको छ भने एकअर्को कथनअनुसार विष्णुको गण्ड अर्थात् गालाबाट पसीनाको रूपमा बगेर आएको नदी हुनाले गण्डकी नाम पर्न गएको भनाई रहेको छ । पहाडतर्फका मनाङ, कास्की, स्याङ्जा, लमजुङ्, तनहुँगोर्खा समेत ६ जिल्लाहरू समावेश भएको गण्डकी अञ्चलको क्षेत्रफल १२,२७५ वर्ग किलोमिटर छ ।

लुम्बिनी अञ्चल

[सम्पादन गर्नुहोस्]

गौतम बुद्धको जन्मथलो लुम्बिनीको आधारमा अञ्चलको नाम नै लुम्बिनी अञ्चल राखिएको हो । एक अर्को कथनअनुसार रुम्मिनी देवीको नाउँबाट रुम्मिन देइ, रुपन्देही, रुम्मिनी, लुम्मिनी हुँदै लुम्बिनी नाउँ रहन गएको हो । पहाडतर्फ गुल्मी, अर्घाखाँची, पाल्पा र तराईतर्फ कपिलवस्तु, रुपन्देहीनवलपरासी गरी ६ जिल्लाहरू समावेश भएको लुम्बिनी अञ्चल ८,९७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

धवलागिरी अञ्चल

[सम्पादन गर्नुहोस्]

धवलागिरी पर्वतको आधारमा अञ्चलको नाम नै धवलागिरी अञ्चल राखिएको हो । धवलागिरी पर्वतको नाम कसरी रहन गयो त ? सेतो हिउँले ढाकिएको पर्वत हुनाले धवलागिरी भन्ने नाम रहन गएको भनिन्छ भने एकअर्को भनाई अनुसार पुलस्त्य ऋषिले सत्ययुगमा यहाँ तपस्या गरेका थिए भनिन्छ । यसको अग्लाई समुद्रको सतहबाट ८,१६७ मिटर छ । पहाडतर्फका मुस्ताङ, पर्वत, म्याग्दीबाग्लुङ गरी ४ जिल्लाहरू रहेको धवलागिरी अञ्चलको क्षेत्रफल ८,१४८ वर्ग किलोमिटर छ ।

राप्ती अञ्चल

[सम्पादन गर्नुहोस्]

रापती नदीको आधारमा अञ्चलको नाम राप्ती अञ्चल रहेको हो । प्यूठान जिल्लामा बग्ने झिमरूक धर्मावती तथा माडी माण्डवी नदी उत्तरबाट दक्षिणतर्फ बग्दै प्यूठान जिल्लाको बांगेसाल गाउँनेर ऐरावती भन्ने ठाउँमा आएर मिलेपछि रापती नामले बग्न थाल्छ । पुरानो नाउँ अचि रावतीको अपभ्रंश भई ऐरावती र त्यसैबाट राप्ती नाम रहन गएको भनाई छ । पहाडतर्फका रुकुम, रोल्पा, सल्यान, प्युठान र तराईतर्फको दाङ समेत गरी ५ जिल्लाहरू भएको राप्ती अञ्चल १०,४८२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

कर्णाली अञ्चल

[सम्पादन गर्नुहोस्]

कर्णाली नदीको जलाधार क्षेत्रमा अवस्थित अञ्चल हुनाले कर्णाली अञ्चल नाम रहन गएको हो । कर्णाली झैं कलनाद गर्ने नदी हुनाले कर्णाली नाउँ रहन गएको भनाई छ । पहाडतर्फका हुम्ला, मुगु, कालीकोट, जुम्लाडोल्पा गरी ५ जिल्लाहरू भएको कर्णाली अञ्चलको क्षेत्रफल २१,३५१ वर्ग किलोमिटर छ ।

भेरी नदी बग्ने क्षेत्र भएको हुनाले भेरी अञ्चल नामकरण गरेको हो । भेरी रणबाघ बजेको जस्तै गरी सुसाएर बग्ने नदी भएको हुनाले भेरी नाम रहन गएको हो । पहाडतर्फका दैलेख, जाजरकोट, सुर्खेत र तराई तर्फका बाँके तथा बर्दिया गरी ५ जिल्लाहरू रहेको भेरी अञ्चलको क्षेत्रफल १०,५४५ वर्ग किलोमिटर छ ।

सेती नदीको आधारमा अञ्चलको नामनै सेती अञ्चल राखिएको छ । सेतो रंगको स्वच्छ पानी बग्ने नदी हुनाले संस्कृतमा शुक्लागंगा भनिएको र त्यसैको अपभ्रंश भई सेती नाम रहन गएको हो। अर्को कथनअनुसार पहाडको एक मनोरम स्थलमा शिवपार्वती विहार गरी बसेको बखत पार्वतीलाई प्यासले सताउँदा शिवले झटपट आफ्नो त्रिशूलले हिमालय पर्वत छेदन गरी पवित्र स्वच्छ गङ्गाजलको धार उत्पन्न भई नदीको रूपमा बग्न थाल्यो । ढुंगाबालुवाको रंग पनि पूरै सेतो भएको र निर्मल पानी पनि नैनसूत झैं गोरो देखिने हुनाले नदीको नामनै सेती रहन गयो । पहाडतर्फका बझाङ, बाजुरा, डोटी, अछाम र तराई तर्फको कैलाली समेत गरी ५ जिल्ला समावेश भएको सेती अञ्चल १२,५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

महाकाली अञ्चल

[सम्पादन गर्नुहोस्]

महाकाली नदीको आधारमा सुदूर पश्चिमको क्षेत्र महाकाली अञ्चल भनिएको हो । महाकालीको नाम कसरी रहन गयो भन्ने कुरामा पानी भित्रको कुनै पनि चीज देख्न नसकिने ज्यादै नै कालो रंगको धमिलो पानी बग्ने खोला हुनाले महाकाली अर्थात् ज्यादै नै काली भन्ने अर्थमा नदीको नाम समेत महाकाली रहन गएको भनाई छ । पहाडतर्फ दार्चुला, बैतडी, डडेलधुरा र तराईतर्फ कञ्चनपुर समेत गरी जम्मा ४ जिल्लाहरू भएको यस अञ्चलको क्षेत्रफल ६,९८९ वर्ग किलोमिटर रहेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
नेपालका अञ्चलहरू
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?