For faster navigation, this Iframe is preloading the Wikiwand page for श्रीनगर.

श्रीनगर

श्रीनगर
श्रीनगर
سِرېنَگَر
राजधानी
उपनाम: 
धरतीमा स्वर्ग
Settledतीसरी शताब्दी ई.पू.
जनसङ्ख्या
 (2001)
 • राजधानी८९४,९४०
 • महानगर
९७१,३५७
वेबसाइटwww.srinagar.nic.in

श्रीनगर भारतको जम्मू र कश्मीर प्रान्तको राजधानी हो । कश्मीर घाटीको मध्यमा रहेको यो शहर भारतको प्रमुख पर्यटन स्थल मध्ये एक हो । श्रीनगर एक तर्फ डल तालको लागि प्रसिद्ध छ र अर्को तर्फ विभिन्न मन्दिरहरूको लागि विशेष रूपमा प्रसिद्ध छ ।

१७०० मीटर ऊंचाईमा रहेको श्रीनगर विशेष रूपमा ताल र हाऊसबोटको लागि जानिन्छ । यस बाहेक श्रीनगर परम्परागत कश्मीरी हस्तकला र सिखा मेवाको लागि पनि विश्व प्रसिद्ध छ । श्रीनगरको इतिहास धेरै पुरानो छ । मानिन्छ कि यस ठाउँ को स्थापना प्रवरसेन द्वितीयले २,००० वर्ष पूर्व गरेका थिए । यस जिल्लाको चौतर्फि ५ अन्य जिल्ला स्थित छ । श्रीनगर जिल्ला कारगिलको उत्तर, पुलवामाको दक्षिण, बुद्धगमक्प् उत्तर-पश्चिमको बगलमा स्थित छ ।

श्रीनगर जम्मू र कश्मीर राज्यको ग्रीष्मकालीन राजधानी हो । यो शहर र यसको छेउछाउ को क्षेत्र एक जमानामा विश्वको सबैभन्दा सुन्दर पर्यटन स्थल मानिन्थ्यो, जस्तै डल ताल, शालिमार र निशात बाग, गुलमर्ग, पहलगाम, चश्माशाही, आदि । यहाँ हिन्दी सिनेमाको धेरै चलचित्रको शूटिङ्ग हुन्थ्यो । श्रीनगरको हजरत बल मस्जिद मा मानिन्छ कि त्यहाँ हजरत मुहम्मदको दाढीको एक कपाल राखिएको छ । श्रीनगरमा नै शंकराचार्य पर्वत छ जहाँ विख्यात हिन्दू धर्मसुधारक र अद्वैत वेदान्तको प्रतिपादक आदि शंकराचार्य सर्वज्ञानपीठको आसनमा विराजमान भएका थिए । डल ताल र झेलम नदी (संस्कृत : वितस्ता, कश्मीरी : व्यथ) मा आउने जाने, घूमने र बाजार र किन्नेको साधनमा खास तौरमा शिकारा नामको नाउ छ । कमलको फूलले सजी रहने वाला डल तालमा धेरै सुन्दर नाउमा तैरते घर पनि छ जसलाई हाउसबोट भनिन्छ । इतिहासकार मान्छन् कि श्रीनगर मौर्य सम्राट अशोक द्वारा बसाएको थियो ।

डल तालमा एक शिकारा

श्रीनगरदेखि केहि टाढा एक धेरै पुरानो मार्तण्ड (सूर्य) मन्दिर छ । श्रीनगरदेखि तीस किलोमीटर टाढा मुस्लिम सूफी सन्त शेख़ नूरुद्दिन वली को दरगाह चरार-ए-शरीफ छ, जसलाई केहि वर्ष अघि इस्लामी आतन्कवादियाले नै जलाइ दिएका तिए, तर पछि यसको फेरि मर्मत भयो ।

मुख्य आकर्षण

[सम्पादन गर्नुहोस्]

हजरतबल मस्जिद

[सम्पादन गर्नुहोस्]

हजरतबल मस्जिद श्रीनगरमा स्थित प्रसिद्ध डल तालको किनारमा स्थित छ । यसको निर्माण पैगम्बर मोहम्मद मोई-ए-मुक्कादसको सम्मानमा गरिएको थियो । यस मस्जिदलाई धेरै अन्य नामहरू जस्तै हजरतबल, अस्सार-ए-शरीफ, मादिनात-ऊस-सेनी, दरगाह शरीफ र दरगाह आदिको नामले पनि जानिन्छ । यस मस्जिदको छेउमा नै एक सुन्दर बगैचा र इश्‍रातत महल छ । जसको निर्माण १६२३ ई. मा सादिक खानले गरेका थिए ।

शंकराचार्य मन्दिर

[सम्पादन गर्नुहोस्]

यो मन्दिर शंकराचार्य पर्वतमा स्थित छ । शंकराचार्य मन्दिर समुद्र तलदेखि ११०० फीटको ऊंचाईमा स्थित छ । यसलाई तख्त-ए-सुलेमनको नामले पनि जानिन्छ । यो मन्दिर कश्मीर स्थित सबैभन्दा पुरानो मन्दिरहरूमध्ये एक हो । यस मन्दिरको निर्माण राजा गोपादित्यले ३७१ ई. पूर्व गराएका थिए । डोगरा शासक महाराजा गुलाब सिंहले मन्दिर सम्म पुग्नको लागि सीढिहरू बनाएका थिए । यस बाहेक मन्दिरको वास्तुकला पनि धेरै सुन्दर छ ।

जामा मस्जिद

[सम्पादन गर्नुहोस्]

जामा मस्जिद कश्मीर को सबैभन्दा पुरानो र ठुलो मस्जिदहरु मध्ये को हो। मस्जिद को वास्तुकला धेरै अदभूत छ। मानिन्छ कि जामा मस्जिद को आधारशिला सुल्लान सिकंदर ले 1398 ई. मा राखेका थिए । यस मस्जिद को लंबाई 384 फीट र चौड़ाई 38 फीट छ। यस मस्जिद मा तीस हजार एक-साथ नमाज पढ्न सक्छन ।

खीर भवानी मन्दिर

[सम्पादन गर्नुहोस्]

श्रीनगर जिल्लाको तुल्लामुलामा स्थित खीर भवानी मन्दिर यहाको प्रमुख धार्मिक स्थलहरूमध्ये एक हो । यो मन्दिर माता रङ्गने देवीलाई समर्पित हो । प्रत्येक वर्ष जेष्ठ अष्टमी (मई-जून) को अवसरमा मन्दिरमा वार्षिक उत्सवको आयोजन गरिन्छ । यस अवसरमा ठुलो संख्यामा मानिस देवीको दर्शनको लागि विशेष रूपमा आउछन् ।

चट्टी पदशाही

[सम्पादन गर्नुहोस्]

चेत्ती पदशाही कश्मीरको प्रमुख सिख गुरूद्वारहरूमध्ये एक हो । सिखहरूको छैटौ गुरू कश्मीर घुम्नको लागि आएका तिए, त्यस समय उनी यहा केहि समयको लागि बसेका थिए । यो गुरूद्वारा हरी पर्वत किलादेखि खेहि नै दूरीमा स्थित छ ।

यस बगैचालाई १६३३ ई. मा नूरजहाको भाइ आसिफ खानले बनाएका थिए । यो बगैचा डल झीलको किनारमा स्थित छ । श्रीनगर जिल्ला मुख्यालयदेखि निशान्त गार्डन ११ किलोमीटरको दूरीमा स्थित छ यस ठाउदेखि झीलको साथ-साथ अन्य धेरै सुन्दर दृश्यहरूको नजारा देक्न सकिन्छ ।

पाच मील लामो र अढाई मील चौडो डल झील श्रीनगरको मात्र नभएर पूरा भारतको सबैभन्दा सुन्दर झीलहरूमध्ये एक हो । विश्व भरमा यो झील विशेष रूपमा शिकारहरू या हाऊस बोटको लागि जानिन्छ । डल तालको आस-पासको प्राकृतिक सुन्दरता धेरै संख्यामा मनिसहरूलाई आफुतर्फ आकर्षित गर्छ । डल ताल चार भागहरू गगरीबल, लोकुट डल, बोड डल र नागिनमा छरिएको छ । यस बाहेक यहा स्थित दुई द्वीप सोना लेक र रूपा लेक यस तालको सुन्दरको तर्फ बढाउछ ।

निकटवर्ती स्थल

[सम्पादन गर्नुहोस्]
  • गुलमर्ग
  • सोनमर्ग
  • कोकरनाग वेरीनाग

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Kashmiri: A language of India", Ethnologue, अन्तिम पहुँच २००८-०५-१४ 
  2. "Bhat re-elected Mayor", The Tribune (The Tribune Trust), ३० मार्च २००६, अन्तिम पहुँच २००७-०४-१४ 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
श्रीनगर
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?