For faster navigation, this Iframe is preloading the Wikiwand page for विद्यादेवी भण्डारी.

विद्यादेवी भण्डारी

विद्या देवी भण्डारी
भण्डारी संयुक्त राष्ट्रसंघमा
नेपालको दोस्रो राष्ट्रपति
कार्यकाल
वि.सं. २०७२ कार्तिक ११ – वि.सं. २०७९ फागुन २८
प्रधानमन्त्री
उपराष्ट्रपति
पूर्वाधिकारीरामवरण यादव
उतराधिकारीरामचन्द्र पौडेल
रक्षा मन्त्रालय
कार्यकाल
वि.सं. २०६६ जेठ ११ – वि.सं. २०६७ माघ २३
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीमाधव कुमार नेपाल
पूर्वाधिकारीरामबहादुर थापा
उतराधिकारीविजयकुमार गच्छदार
वातावरण तथा जनसङ्ख्या मन्त्रालय
कार्यकाल
वि.सं. २०५३ चैत १२ – वि.सं. २०५४ असोज २१
एकाधिपतिराजा वीरेन्द्र
प्रधानमन्त्रीलोकेन्द्रबहादुर चन्द
प्रतिनिधि सभाको सदस्य
कार्यकाल
वि.सं. २०५० पुस – वि.सं. २०५१ साउन
पूर्वाधिकारीदमननाथ ढुङ्गाना
उतराधिकारीभक्कुप्रसाद सुवेदी
निर्वाचन क्षेत्रकाठमाडौँ २
कार्यकाल
जनवरी १९९४ – अगस्ट १९९४
पूर्वाधिकारीमदन भण्डारी
उतराधिकारीमनमोहन अधिकारी
निर्वाचन क्षेत्रकाठमाडौँ १
व्यक्तिगत विवरण
जन्म (1961-06-19) १९ जुन १९६१ (उमेर ६३)
भोजपुर मनेभञ्ज्याङ नेपाल[]
राजनीतिक दल
जीवन साथीमदन भण्डारी
सन्तान(हरू)२ उषाकिरण भण्डारी
निशाकुशुम भण्डारी []
मातृ शिक्षाप्रतिष्ठानबेहेरेश्वर प्राथमिक विद्यालय भोजपुर
विद्योदय व्यवसायिक सेकेन्डरी स्कुल
भोजपुर क्याम्पस, भोजपुर
महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर (बि.ए.)

विद्यादेवी भण्डारी (जन्म: वि.सं. २०१८ असार ५) नेपालको दोस्रो राष्ट्रपतिको रूपमा सेवा गर्ने एक नेपाली राजनीतिज्ञ हुन्। उनले यसअघि रक्षामन्त्रीवातावरण तथा जनसङ्ख्या मन्त्रीको रूपमा सेवा गरिन्। गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन्।[][][] उनी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन्। उनलाई विश्व प्रसिद्ध फोर्ब्स पत्रिकाले वर्ष २०१६ का शक्तिशाली महिलाहरू मध्ये ५२औँ स्थानमा सूचिकृत गरेको थियो।[]

सुरुवाती जीवनी

[सम्पादन गर्नुहोस्]

विद्यादेवी भण्डारीको जन्म भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा भएको थियो। विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा सकृय भण्डारी वि.सं. २०३७ मा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन्। उनको वि.सं. २०३९ सालमा तत्कालिन नेकपा मालेका नेता मदन भण्डारीसँग भूमिगत रूपमा विवाह भएको थियो। मदन भण्डारीको वि.सं. २०५० साल जेठ ३ मा विवादास्पद जीप दुर्घटनामा मृत्यु भएपछि यिनी राजनीतिमा पुनः सक्रिय भएकी थिइन्। मदन भण्डारीको निधनपछि रिक्त काठमाडौँ १ मा वि.सं. २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि राजनीतिमा भण्डारीको परिचय व्यापक हुन पुगेको थियो।

राजनितिक जीवन

[सम्पादन गर्नुहोस्]

भोजपुर क्याम्पसमा कला सङ्कायमा प्रवीणता प्रमाण पत्र तहको अध्ययनको थालनिसगै वि.सं. २०३५ देखि नेकपा मालेको युवा लिगमा सङ्गठित हुँदै विद्याले राजनीतिक जीवनको थालनी गरेकी थिइन्। भण्डारी वि.सं. २०५४ सालमा नेपालगञ्जमा भएको एमालेको छैटौँ महाधिवेशनदेखि एमालेको केन्द्रीय समितिमा रहेर काम गरेकी छन्। करिब २ दशकदेखि उनी पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घकी अध्यक्ष छिन्। वि.सं. २०६५ सालमा बुटवलमा भएको आठौँ र काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

भण्डारी वि.सं. २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।[]

वैवाहिक जीवन

[सम्पादन गर्नुहोस्]

मदन भण्डारी सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग पहिलो भेट भएको थियो। पछि विद्या उच्च शिक्षाका लागि विराटनगर गएपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्यतिबेला राजनीतिको एउटा केन्द्र थियो। मदन भूमिगत राजनीति गरिरहेको समयमा त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनको सम्बन्ध गहिरिएको थियो। कठोर भूमिगत कालमै वि.सं. २०३९ सालमा विद्या र मदन वैवाहिक बन्धनमा बाँधिएका थिए।[]

बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको शुरुवात गरेकी विद्याले विद्योदय व्यवसायिक सेकेन्डरी स्कुल, भोजपुरबाटै एसएलसी उत्तिर्ण गरिन्। भोजपुर क्याम्पस, भोजपुरमाबाट प्रवीणता प्रमाण पत्रको अध्ययन पुरा गरी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बि.ए.अध्ययन गरेकी हुन्।

यो पनि हेर्नुस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
विद्यादेवी भण्डारी
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?