For faster navigation, this Iframe is preloading the Wikiwand page for रिया रिप्ली.

रिया रिप्ली

रिया रिप्ली
सन् २०२० जनवरीमन रिप्ली
वास्तविक नामडेमी बेनेट
जन्म (1995-10-11) ११ अक्टोबर १९९५ (उमेर २८)
एडिलेड, दक्षिण अस्ट्रेलिया, अस्ट्रेलिया
निवासस्थानओल्लान्डो फ्लोरिडा, अमेरिका
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामडेमी बेनेट
रिया रिप्ली
उचाई१.७१ मी (५ फिट ७ इन्च)
तौल६२ किग्रा (१३७ पाउन्ड; ९ स्टोन ११ पाउन्ड)
उत्पत्तिएडिलेड, अस्ट्रेलिया
पदार्पण२९ जुन २०१३

डेमी बेनेट (जन्म: 11 अक्टोबर 1995) एक अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा कार्यरत छिन् जहाँ उनले रिया रिप्लीको नामले कुस्ती खेल्दै आएकी छिन्। उनले एनएक्सटी महिला उपाधिको र एनएक्सटी पदोन्नति अन्तर्गत एनएक्सटी युके महिला उपाधि पनि जित्न सफल भएकी थिइन्। उनी एनएक्सटीमा महिला कुस्ती खेलाडीहरूका लागि बनाइएको दुवै उपाधि जित्ने पहिलो अस्ट्रेलियाली महिला कुस्ती खेलाडी बन्न सफल भएकी थिइन्।

व्यवसायिक कुस्ती कार्यकाल

[सम्पादन गर्नुहोस्]

स्वतन्त्र सर्किट (सन् २०१३–२०१७)

[सम्पादन गर्नुहोस्]

बेनेटले सन् २०१३बाट औपचारिक रूपमा कुस्तीक‍ लागि एक सङ्काय रायट सिटी रेस्लिङका लागि कुस्ती खेल्न सुरु गरेकी थिइन्। उक्त पदोन्नतिमा केही वर्ष प्रशिक्षण तथा खेलहरू खेलेपछि उनले त्यहाँ दुई पटक आरसिडब्ल्यू महिला उपाधि जित्न सफल भएकी थिइन्।[] बेजेटले न्यु होराइजन प्रो रेस्लिङ पदोन्नति अन्तर्गत २४ मे २०१४ मा उक्त पदोन्नतिमा पर्दापण गरेकी थिइन्। एक प्रतिस्पर्भात्मक खेलमा उनीलाई मार्सिडेस मार्टिनेज समूह चरणबाट बाहिराएकी थिइन्। बेनेटले सन् २०१४ जुन १४ मा दिन मेरबर्न सिटी रेस्लिङ पदोन्नतिमा पर्दापण गरेकी थिइन् जहाँ उनले आफ्नो आरसिए महिला उपाधि साभाना समर्स र टोनी स्टोर्मको विरुद्धमा दाउमा लगाएकी थिइन्।[] ९ अगष्ट २०१४ का दिन बेनेटले एमसिडब्ल्यू क्लास अफ द टिटान्समा मायामीलाई हराउँदै महिला उपाधि रक्षा गर्न सफल भएकी थिइन्।[] बेजेट तात्कालिक समयमा एक अपराजित यात्रा कायम गरेकी थिइन् जहाँ उनले लगातार तीन कुस्ती खेलमा आफ्ना प्रतिस्पर्धीलाई हराउन सफल भएकी थिइन्।[] २२ अप्रिल २०१७ का दिन बेनेटले उक्त पदोन्नति अन्तर्गत उनको अन्तिम खेल खेलेकी थिइन् जहाँ आफ्नो महिला उपाधि केलियनको विरुद्धमा जित्न सफल भएकी थिइन्।[]

डब्ल्युडब्ल्युई

[सम्पादन गर्नुहोस्]

मे योङ क्लासिक (सन् २०१७–२०१८)

[सम्पादन गर्नुहोस्]

सन् २०१७ मा रिप्लीले डब्ल्युडब्ल्युईसँगको आबद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्। डब्ल्युडब्ल्युईले एक विज्ञप्ति जारी गर्दै यो सार्वजनिक गरेको थियो कि उनी पहिलो मे योङ क्लासिकमा रिया रिप्लीको नामले प्रतिस्पर्धीको रूपमा भाग लिने जानकारी गराएको थियो।[] मे योङ क्लासिकको पहिलो चरणक‍ खेलमा रिप्लीले मिरिण्डा सिलिनासलाई हराउन सफल भएकी थिइन् तर पछि उनी डाकोटा काईसँगको खेलमा पराजित हुन पुगेकी थिइन्। रिप्लीले सन् २०१७ अक्टोबर २५ का दिन एनएक्सटीको एक श्रृङ्खलामा टेलिभिजन पर्दापण गरेकी थिइन् जहाँ उनले खाली रहेको एनएक्सटी महिला उपाधिका लागि भैरहेको महिला ब्याटल रोयलमा भाग लिएकी थिइन् तर उक्त खेल भने निकी क्रसले आफ्नो पक्षमा पारेकी थिइन्।[][] सन् २०२८ को मे योङ क्लासिकमा भने रिप्ली छुट्टै अन्दाजमा तथा शैलीका साथ कुस्ती खेल्न सुरु गरेकी थिइन् जहाँ उनले उक्त प्रतियोगिताका प्रारम्भिक खेलहरूमा एमजे जेनकिन्स, केसी केट्निजारो र टेगन नक्सलाई हराएकी थिइन् तर उनी पछि उक्त प्रतियोगिता रको सेमिफाइनल खेलमा लो साराईसँग पराजित भएकी थिइन्।[][१०][११]

पहिलो एनएक्सटी युके महिला विजेता (सन् २०१८–२०१९)

[सम्पादन गर्नुहोस्]

सन् २०१८ को मे योङ क्लासिकको अन्त्य पश्चात् रिप्ली डब्ल्युडब्ल्युई एनएक्सटीको अर्को एक सहायक कुस्ती पदोन्नति एनएक्सटी युकेमा सामेल भएकी थिइन्।[१२] सन् २०१८ अगष्टमा खेलाइएक‍ तथा नोभेम्बर महिना भरिसम्म सार्वजनिक गरिएको एनएक्सटी युकेको खेलमा पहिलो एनएक्सटी युके महिला उपाधिका लागि रिप्लीले आठ महिला कुस्ती खेलाडी समावेश खेलमा भाग लिएकी थिइन्।[१३][१४][१५][१६] उनले पहिलो एनएक्सटी युके महिला विजेता बन्नका लागि पहिलो चरणमा सिया ब्रुकसनइड, दोस्रो चरणमा डाकोटा काईलाई र उक्त प्रतिस्पर्धाको अन्तिम खेलमा टोनी स्टोर्मलाई हराउँदै पहिलो एनएक्सटी युके महिला विजेता बन्न सफल भएकी थिइन्। पहिलो उपाधिको जितसँगै उनी डब्ल्युडब्ल्युईका लागि जारी गरिएको महिला उपाधि जित्ने पहिलो अस्ट्रेलियाली महिला कुस्ती खेलाडी बन्न सफल भएकी थिइन्।[१७] अक्टोबर २०१८ मा रिप्लीले पहिलो सबै महिला पे पर भ्यु इभोलुसन आउन भन्दा अगाडि डाकोटा काईलाई हराउँदै सफलतापूर्वक उपाधि आफूसँगै कायम राख्न सफल भएकी थिइन्। १२ जनवरी २०१९ का दिन रिप्लीले आफ्नो महिला उपाधि एनएक्सटी टेक ओभर: ब्ल्याकपुलमा टोनी स्टोर्मको विरुद्धमा दाउमा लगाएकी थिइन् तर उनले उक्त खेलमा बेहोर्दै उपाधि गुमाएकी थिइन् जुन उनको उक्त पदोन्नति अन्तर्गतको पहिलो हार थियो।[१८]

सन् २०१९ मा डब्ल्युडब्ल्युई द्वारा आयोजित रोयल रम्बलमा उनी पहिलोपटक डब्ल्युडब्ल्युईको मुख्य पर्दामा देखा परेकी थिइन् जहाँ उनी उक्त खेलमा २४ औँ सङ्ख्यामा रिङ प्रवेश गर्दै केसी केट्नीजारो, डाना ब्रुक र जेलिना भेगालाई खेलबाट निस्कासन गर्न सफल भएकी थिइन् तर उनलाई बेइलीले खेलबाट निस्कासन गराएकी थिइन्।[१९][२०] त्यसपछि रिप्लीको र भर्खरै डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा पर्दापण गरेकी पिपर निभिनको द्वन्द्व चर्किएको थियो। उनीहरूको बीचको खेल सन् २०१९ जुन १५ का दिन आयोनना गरिएको थिय‍ जहाँ रिप्ली निभिनसँग पराजित भएकी थिइन् जुन उनको एनएक्सटी युके पदोन्नति अन्तर्गतको दोस्रो हार थियो। [२१] रिप्ली र निभिनको खेल पुनः ३१ अगष्टमा (४ सेप्टेम्बर २०१९ मा सार्वजनिक गरिएको) जारी गरिएको थियो जहाँ रिप्लीले निभिनलाई हराउन सफल भएकी थिइन्।[२२] निभिनलाई ज्याजी गाबर्ट र जिनीले आक्रमण गर्न लाग्दा रिप्लीले निभिनलाई बचाएपछि उनीहरूको सत्रुता मित्रतामा परिणत भएको थियो।[२३][२४] रिप्लीले एनएक्सटी युके पदोन्नति अन्तर्गत उनको अन्तिम खेल सन् २०१९ अक्टोबर ५ का दिन खेलेकी थिइन् जहाँ उनले निना सामुएललाई एकल खेलमा पराजित गरेकी थिइन् तर उनीले एनएक्सटी युके महिला उपाधिका लागि पुनः खेल खेल्न भने पाइनन्।[२५][२६]

एनएक्सटी महिला विजेता (सन् २०१९–हाल)

[सम्पादन गर्नुहोस्]
सन् २०१९ मा रिप्ली

२८ अक्टोबर २०१९ का दिन एनएक्सटीको एक श्रृङ्खलामा रिप्लीले सबैलाई चकित पार्दे एनएक्सटीमा देखा परेकी थिइन् जहाँ उनले तात्कालिक डब्ल्युडब्ल्युई एनएक्सटी महिला विजेता सेइना बेज्लरलाई उनको उपाधिका लागि चुनौती दिएकी थिइन्।[२७] तात्कालिक एनएक्सटी महिला विजेता सेइना बेज्लरसँगको द्वन्द्वसँगै १ नोभेम्बर २०१९ का दिन रिप्ली र टेगन नक्स डब्ल्युडब्ल्युई स्म्याकडाउनमा देखा परेका थिए जहाँ उनीहरूको जोडीले मेण्डि रोज र स‍निया डभिललाई ट्याग टिम खेलमा हराउन सफल भएका थिए।[२८][२९] त्यसपछिको रात रिप्लीले ट्रिपल एचसँथ सहकार्य गर्दै डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र र स्म्याकडाउनको विरुद्धमा एक युद्ध घोषणा गरेका थिए जुन तीन फरकफरक ब्रान्डहरू बीचको सन् २०१९ को परम्परागत सरभाइभर सिरिजमा आयोजना भएको थियो। तीन ब्रान्ड बीचको द्वन्द्वसँगै रिप्लीले कि सार्लेट फ्लेयर र स्मयाकडाउनकी सासा बेङ्क्सलाई २२ नोभेम्बर स्म्याकडाउनको एक एक खेलमा श्रृङ्खलामा पराजित गर्न सफल भएकी थिइन्। एनएक्सटी टेक ओभर वारगेम्समा रिप्लीको नेतृत्वमा टिम रिप्लीको खेल टिम बेज्लरसँग (सेइना बेज्लर, लो सिराई र तात्कालिक एनएक्सटी युके महिला विजेता केलि रे) भएको थियो तर उक्त खेलमा टिम रिप्लीकी डाकोटा काईले आफ्नै साथी टेगन नक्सलाई आक्रमण गरेपछि रिप्ली एक्लै तीन जना विरुद्ध खेल खेलेकी थिइन् जहाँ उनले जित हासिल गर्न सफल भएकी थिइन्।[३०] सरभाइभर सिरिजको रात टिम एनएक्सटीको एक प्रतिस्पर्धीको रूपमा रिप्ली पनि खेलमा समावेश भएकी थिइन् जहाँ एनएक्सटी, र स्म्याकडाउनका पाँचपाँच महिला प्रतिस्पर्धी बीचको खेल आयोजना भएको थियो।[३१] उक्त खेलमा रिप्लीले स्म्याकडाउनकी कप्तान सासा बेङ्क्सलाई अन्तिममा निस्कासन गर्दै जित टोली एनएक्सटीको पक्षमा पर्न सफल भएकी थिइन्।[३२][३३] १८ डिसेम्बर २०१९ मा आयोजित एनएक्सटीको एक श्रृङ्खलामा रिप्लीले तात्कालिक एनएक्सटी महिला विजेता सेइना बेज्जरलाई हराउँदै एनएक्सटी महिला उपाधि जित्न सफल भएकी थिइन् जसले उनलाई एनएक्सटी युके महिला उपाधि तथा एनएक्सटी महिला उपाधि जित्ने पहिलो महिला कुस्ती खेलाडी बनायो।[३४][३५] उनले २५ जनवरी २०२० का दिन उनले उनको उपाधि सफलतापूर्वक टोनी स्टोर्मसँगको खेलमा आफूसँगै कायम गर्न सफल भएकी थिइन्।[३६] ३ फेब्रुअरी २०२० का दिन रिप्ली डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र मा देखा पर्दै सन् २०२० को महिला रोयल रम्बल विजेता सार्लेट फ्लेयरलाई आउँदो रेसलमेनिया ३७ मा एनएक्सटी महिला उपाधिका लागि खेल खेल्न आग्रह गरेकी थिइन्।[३७][३८]

उपाधि तथा उपलब्धिहरू

[सम्पादन गर्नुहोस्]
  • सिबिएस खेलकुद
    • वर्षको उत्कृष्ट पर्दापण कुस्ती खेलाडी (सन् २०१९)[३९]
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • १०० कुस्ती खेलाडी मध्ये ३५औँ स्थानमा पर्न सफल (सन् २०१९)[४०]
  • रायट सिटी रेस्लिङ
    • आरसिडब्ल्यू महिला विजेता (२ पटक)
  • स्पोर्ट्स इलुस्ट्रेटेड
    • १० मध्ये ७औँ स्थानमा पर्न सफल [४१]
  • डब्ल्युडब्ल्युई
    • एनएक्सटी महिला विजेता (१ पटक)
    • एनएक्सटी युके महिला विजेता (१ पटक)
    • एनएक्सटी युके महिला उपाधि प्रतियोगिता (सन् २०१८)

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Rhea Ripley — Online World of Wrestling", Online World of Wrestling, अन्तिम पहुँच २९ अगस्ट २०१८ 
  2. "NHPW Australia – Past Shows", New Horizon Pro Wrestling, अन्तिम पहुँच २९ अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१८ मिति
  3. "2014 – MCW New Horizons (Women's Event)", MCW Encore, अन्तिम पहुँच २९ अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण २० डिसेम्बर २०१९ मिति
  4. "2014 – MCW Clash of the Titans", MCW Encore, अन्तिम पहुँच २९ अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण २० डिसेम्बर २०१९ मिति
  5. Michael, Casey, "Demi Bennett Wrestles Last Match Before Reporting To WWE", Squared Circle Sirens, अन्तिम पहुँच ३१ अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण ८ जनवरी २०२० मिति
  6. "20-year-old Australian phenom, Team 3-D Academy alumna added to Mae Young Classic", WWE.com, अन्तिम पहुँच २७ अगस्ट २०१८ 
  7. Powell, Jason, "Powell’s WWE Mae Young Classic Review: Episode Two featuring Sarah Logan vs. Mia Yim, Mercedes Martinez vs. Xia Li, Miranda Salinas vs. Rhea Ripley, and Marti Bell vs. Rachel Evers", Pro Wrestling Dot Net, अन्तिम पहुँच अगस्ट २८, २०१७ 
  8. Powell, Jason, "Powell’s WWE Mae Young Classic Review: Episode Six featuring the final second round tournament matches", Pro Wrestling Dot Net, अन्तिम पहुँच सेप्टेम्बर ५, २०१७ 
  9. "Nikki Cross won a 17-Superstar NXT Women’s Championship Qualifying Battle Royal", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच १६ अगस्ट २०१९ 
  10. Fewster, Sean, "Adelaide’s own WWE star, Rhea Ripley, tears through competition in 2018 Mae Young Classic", The Advertiser, अन्तिम पहुँच २७ अगस्ट २०१८ 
  11. "Australia’s Rhea Ripley to compete in Mae Young Classic 2018", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २७ अगस्ट २०१८ 
  12. Trionfo, Richard (१४ नोभेम्बर २०१८), "WWE NXT UK REPORTS: NXT UK WOMEN'S TITLE TOURNAMENT ANNOUNCED, BATE VERSUS DRAKE, SEVEN VERSUS GIBSON, AND MORE", PWInsider 
  13. Trionfo, Richard (२१ नोभेम्बर २०१८), "WWE NXT UK REPORTS: THE WOMEN'S TOURNAMENT CONTINUES, MARK ANDREWS, JORDAN DEVLIN, LIGERO, AND MORE", PWInsider 
  14. Trionfo, Richard (२१ नोभेम्बर २०१८), "WWE NXT UK REPORTS: THE WOMEN'S TOURNAMENT CONTINUES, MARK ANDREWS, JORDAN DEVLIN, LIGERO, AND MORE", PWInsider 
  15. Trionfo, Richard (२८ नोभेम्बर २०१८), "WWE NXT UK EPISODE 12 REPORT: THE FIRST NXT UK WOMEN'S CHAMPION IS CROWNED AND MORE", PWInsider 
  16. "Major news from Sunday night's NXT UK tapings (CAUTION: SPOILERS)", WWE.com, २७ अगस्ट २०१८। 
  17. "History made as Rhea Ripley becomes first Australian woman to win a WWE championship", Fox Sports Australia, १ सेप्टेम्बर २०१८। 
  18. Johnson, Mike (२८ अक्टोबर २०१८), "NXT UK TITLE DEFENDED AT WWE UK EVOLUTION", PWInsider 
  19. Trionfo, Richard (१९ डिसेम्बर २०१८), "WWE NXT UK EPISODE 17 REPORT: RIPLEY VERSUS DAWN, MOUSTACHE MOUNTAIN, AND MORE", PWInsider 
  20. Trionfo, Richard (२६ डिसेम्बर २०१८), "NXT UK EPISODE 20 REPORT: RIPLEY VERSUS PURRAZZO, BARTHEL VERSUS ANDREWS, AND MORE", PWInsider 
  21. "Rhea Ripley def. Xia Brookside; Piper Niven emerges to steal her thunder", WWE.com, अन्तिम पहुँच १ सेप्टेम्बर २०१९ 
  22. "Piper Niven def. Rhea Ripley", WWE.com, अन्तिम पहुँच १ सेप्टेम्बर २०१९ 
  23. "NXT UK RESULTS: PIPER NIVEN VS. RHEA RIPLEY", f4wonline, सेप्टेम्बर ४, २०१९, अन्तिम पहुँच डिसेम्बर २१, २०१९ 
  24. "NXT UK TV Tapings Spoilers – October 4, 2019", WrestleTalk, अन्तिम पहुँच डिसेम्बर २१, २०१९ 
  25. "NXT UK Live Spoilers – October 5 TV Tapings", WrestleTalk, अन्तिम पहुँच डिसेम्बर २१, २०१९ 
  26. "NXT RESULTSWWE RESULTS WWE NXT UK SPOILERS FOR OCTOBER 5, 2019", Ringside News, अन्तिम पहुँच डिसेम्बर २१, २०१९ 
  27. "NXT Women’s Champion Shayna Baszler backed down from Rhea Ripley", WWE.com, अन्तिम पहुँच १ सेप्टेम्बर २०१९ 
  28. https://www.fightful.com/wrestling/shayna-baszler-matt-riddle-keith-lee-appear-wwe-smackdown
  29. https://www.f4wonline.com/wwe-news/nxt-invasion-takes-place-wwe-smackdown-296371
  30. Zucker, Joseph (फेब्रुअरी ४, २०२०), "WWE Raw Ratings Drop from 2.4M to 2.168M Viewers over a Week After Royal Rumble", Bleacher Report, अन्तिम पहुँच फेब्रुअरी ६, २०२० 
  31. Moore, John (२३ नोभेम्बर २०१९), "11/23 NXT Takeover: WarGames results – Moore's live review of Undisputed Era vs. Tommaso Ciampa, Keith Lee, Dominik Dijakovic, a partner in a WarGames match, Rhea Ripley, Candice LeRae, Tegan Nox, and Mia Yim vs. Shayna Baszler, Io Shirai, Bianca Belair and Kay Lee Ray in a WarGames match, Finn Balor vs. Matt Riddle", Pro Wrestling Dot Net, अन्तिम पहुँच २३ नोभेम्बर २०१९ 
  32. Clapp, John (२४ नोभेम्बर २०१९), "Team NXT def. Team Raw and Team SmackDown (Women's Survivor Series Elimination Triple Threat Match)", WWE, अन्तिम पहुँच २४ नोभेम्बर २०१९ 
  33. Powell, Jason (२४ नोभेम्बर २०१९), "WWE Survivor Series results: Powell's live review of Brock Lesnar vs. Rey Mysterio in a No Holds Barred match for the WWE Championship, "The Fiend" Bray Wyatt vs. Daniel Bryan for the WWE Universal Championship, Becky Lynch vs. Shayna Baszler vs. Bayley in a non-title match", Pro Wrestling Dot Net, अन्तिम पहुँच २४ नोभेम्बर २०१९ 
  34. Barrasso, Justin (डिसेम्बर २०, २०१९), "Rhea Ripley Reflects on Winning NXT Women’s Championship: ’I Was Ready for That Moment‘", Sports Illustrated, अन्तिम पहुँच डिसेम्बर २१, २०१९ 
  35. Chiari, Mike (डिसेम्बर १९, २०१९), "Rhea Ripley vs. Shayna Baszler Helps WWE NXT Beat AEW Dynamite in Ratings", Sports Illustrated, अन्तिम पहुँच डिसेम्बर २१, २०१९ 
  36. Benigno, Anthony (जनवरी २५, २०२०), "NXT Champion Rhea Ripley def. Toni Storm", WWE, अन्तिम पहुँच जनवरी २५, २०२० 
  37. Berge, Kevin (फेब्रुअरी ६, २०२०), "WWE NXT Results: Winners, Grades, Reaction and Highlights from February 5", Bleacher Report (अङ्ग्रेजीमा), अन्तिम पहुँच फेब्रुअरी ६, २०२० 
  38. Boone, Matt (फेब्रुअरी १६, २०२०), "WrestleMania Title Match Confirmed After Charlotte Attacks Rhea Ripley At NXT TakeOver: Portland", Daily Wrestling News, अन्तिम पहुँच फेब्रुअरी १६, २०२०  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १७, २०२० मिति
  39. https://www.cbssports.com/wwe/news/2019-wrestling-awards-kofi-kingstons-wwe-title-win-at-wrestlemania-is-the-moment-of-the-year/
  40. "Pro Wrestling Illustrated Top 100 Female Wrestlers Results", रेस्लिङ ट्राभल, अन्तिम पहुँच ९ नोभेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण १५ नोभेम्बर २०१९ मिति
  41. Barrasso, Justin, "The Top 10 Women Wrestlers of 2019", SI.com, अन्तिम पहुँच डिसेम्बर ३१, २०१९ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
रिया रिप्ली
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?