For faster navigation, this Iframe is preloading the Wikiwand page for रामानुजाचार्य.

रामानुजाचार्य

रामानुजाचार्य
चित्र:Ramanujacharya.jpg
व्यक्तिगत
जन्म
रामानुज

वि.सं १०७४ सन १०१७
श्रीपेरंबदुर, तमिलनाडु, भारत[]
मृत्युसन ११३७
दर्शनविशिष्टाद्वैत
पदस्थापना
साहित्यिक कार्यहरूश्रीभाष्य, गिताभाष्य,वेदार्थसंग्रह, आदि
सम्मानयतिराज, भाष्यकार रामानुज
प्रचारकविशिष्टाद्वैत

रामानुजाचार्य (उच्चारण, अङ्ग्रेजी: Ramanuja जन्म: १०१७ - मृत्यु: ११३७) विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्म अन्तर्गत श्रीसम्प्रदायका आचार्य थिए। उनको भक्तिमा परम्पराको धेरै प्रभाव रहेको छ ।[][] उनी वेदान्त दर्शनमा आधारित विशिष्टाद्वैतका प्रवर्तक हुन् । उपनिषद, भगवदगीताब्रह्मसूत्रको आदि शंकराचार्यको अद्वैतपरक व्याख्यालाई प्रतिपादको रूपमा रामानुजले विशिष्टाद्वैतको प्रतिपादन गरेका थिए । उनको समयमा जैन धर्मबौद्ध धर्मको प्रचारको कारण वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा रहेको थियो। रामानुजले त्यो सङ्कट सफलतापूर्वक प्रतिकार गरे । साथै उनले शंकराचार्यको अद्वैत मतलाई खण्डन गरेर आफ्नो मतको प्रवर्तनको लागि अनेक ग्रन्थहरूको रचना गरेका थिए ।[] वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यका कुरेश आदि प्रमुख पाँच शिष्य थिए । त्यस्तै अन्य प्रसिद्ध रामानन्द पनि रामनुजाचार्यको शिष्य परम्परामा थिए ।[] यस्तै रामानन्दको शिष्य परम्परामा भने स्वामी नारायण भएका थिए । [] रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टा द्वैत वेदान्त लेखेका थिए। रामानुजाचार्यले वेदान्त वाहेक सातौँ - दशौँ शताब्दीका रहस्यवादी र भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पञ्चरात्र परम्परालाई आफ्ना विचारको आधार बनाएका थिए।[] रामानुजाचार्यले मोक्षको लागि जुन मन्त्र सार्वजनिक गर्न निषेध गरिने परम्परा थियो त्यसलाई उनले एक सभा बोलाएर जातपात धनी गरीब सबैको लागि उच्चारित गरिदिएका थिए । उनले भनेका थिए मन्त्रले कष्टनाश हुन्छ त्यो कुनै एकको लागि होइन यो सबैको अधिकार हो । रामानुजाचार्य धेरै परोपकारी सन्त थिए ।[]

श्रीसम्प्रदायको लोगो

सन् १०१७ मा तथा ज्योतिषीय गणना अनुसार वि.सं. १०७४ जब सूर्य मेष राशिमा थिए अर्थात वैशाख महिनाको आद्रा नक्षत्र शुक्ल पञ्चमी बिहिबारको दिन भएको थियो []दक्षिण भारतको तमिलनाडु राज्यको पेरम्बदुरू भन्ने ठाउँको तिरुकुदुरु भन्ने गाँउमा उनको जन्म भएको थियो ।[][] एक राजपरिवारसँग सम्बन्धित उनका माता-पिताको नाम कान्तिमती र आसुरीकेशव थियो । उनको बाल्यकाल पेरम्बदुरूमा नै व्यतीत भयो । १६ वर्षको उमेरमा उनको विवाह रक्षकम्बलसँग भयो । पिताको मृत्यु पछि रामानुजाचार्य काञ्ची गए त्यहाँ उनले यादव प्रकाश नामक गुरुबाट वेदाध्ययन प्रारम्भ गरे । यादव प्रकाशको वेदान्त टिकाहरू शंकर-भाष्यबाट प्रेरित थियो र मायावादी विचारहरूको प्रतिपादन गर्दथ्यो । रामानुजाचार्यको बुद्धि तीक्ष्ण भएकोले उनी आफ्नो गुरुभन्दा विस्तृत व्याख्या गर्दिन्थे । गुरु यादव प्रकाशलाई आफ्नो शिष्य रामानुजाचार्यद्वारा प्रस्तुत तर्क आफूभन्दा राम्रो रहेको महसुस हुन थाल्यो । रामानुजको विद्वत्ताको ख्याति निरन्तर बढ्दै गयो। उनको शिष्य-समूह पनि बढ्न थाल्यो । अन्ततः रामानुजका गुरु यादव प्रकाश पनि उनको शिष्य बने ।[] श्रीरामानुजाचार्य एक विद्वान, सदाचारी, धैर्यवान र उदार त थिए नै उनी चरित्रबल र भक्तिमा समेत अद्वितीय थिए ।

श्रीरामानुजाचार्य भारतको काञ्चीपुरममा निवास गर्थे । उनी त्यहाँ श्रीवरदराज भगवानको सेवा पूजा गर्थे। काञ्चीपुरमको दक्षिण-पश्चिममा ३०० किलोमिटर टाढा कावेरी नदीको तटमा पवित्र स्थल श्रीरङ्गम (तिरुचिरापल्ली) छ।

श्रीरङ्गम

श्रीरङ्गमको मठाधीश प्रसिद्ध आलवार सन्त श्रीयामुनाचार्यलाई उनले गुरु मानेका थिए । रामानुजले गुरु यमुनाचार्यको इच्छा अनुसार ब्रह्मसूत्र, विष्णुसहस्रनाम, र दिव्यप्रबन्धको टिपण्णी (व्याख्या) गरे । श्रीरामानुचार्य गृहस्थी थिए, तर उनलाई गृहस्थमा रहेर आफ्नो उद्देश्य पूरा गर्न कठिन लाग्यो, त्यसैले उनले गृहस्थ आश्रमलाई त्यागेर उनी श्रीरङ्गममा रहेका यतिराज नामक सन्यासीसँग सन्यास आश्रमको दिक्षा प्राप्त गरी सन्यास धर्मको दिक्षा लिए । पछि गएर उनले धेरै परिश्रम गरेर गोष्ठीपूर्णबाट दिक्षा र मूलमन्त्र लिए भनिन्छ दिक्षा प्राप्त गर्न रामानुजाचार्य १८ पटक धाएका थिए । रामानुजाचार्यलाई गुरुले अष्टाक्षर मन्त्र ॐ नम नारायणाय उपदेश दिएर समझाए - वत्स! यो परम पावन मन्त्र जसको कानमा पर्छ , त्यो समस्त पापबाट छूट्छ । मरेपछि त्यो भगवान नारायणको दिव्य वैकुण्ठधाममा जान्छ। यो अत्यन्त गुप्त मन्त्र हो, यसलाई कुनै अयोग्यलाई नसुनाउनु किनकी त्यो यसको आदर गर्दैन । गुरुद्वारा निर्देश थियो कि रामानुज उनले भनेको मन्त्र कुनै अन्य व्यक्तिलाई नभन्नु तर जब रामानुजलाई ज्ञात भयोकि मन्त्र सुने पछि मानिसलाई मुक्ति मिल्छ रामानुज मन्दिरको मन्दिरको छतमा चढेर सयौ नर-नारिको समक्ष कराई कराई त्यो मन्त्रको उच्चारण गर्न थाले । यो देखेर क्रुद्ध गुरुले उनलाई नरक जाने श्राप दिए तब विनम्रपूर्वक रामानुजले उत्तर दिए— यदि मन्त्र सुनेर हजारौ नर-नारिलाई मुक्ति मिल्छ भने म एउटा नरक जान पनि स्वीकार गर्छु । रामानुजको यो उत्तर सुनेर गुरु पनि प्रसन्न भए ।[] श्रीरामानुजाचार्यले भक्तिमार्गको प्रचार गर्नको लागि सम्पूर्ण भारतवर्षको यात्राको क्रममा उनी नेपालको मुक्तिनाथ आईपुगे जसलाई भूवैकुण्ठको उपनाम दिएका थिए । उनले भक्तिमार्गको समर्थनमा गीता र ब्रह्मसूत्रमा भाष्य लेखे । वेदान्त सूत्रमा उनको भाष्य श्रीभाष्यको नामले प्रसिद्ध छ । उनीद्वारा चलाइएको सम्प्रदायको नाम पनि श्रीसम्प्रदाय हो। यो सम्प्रदायको आद्यप्रवर्तिका श्रीमहालक्ष्मी मनिन्छिन्। श्रीरामानुजाचार्यले देश भरी भ्रमण गरेर लाखौ मानिससँग भक्तिमार्गमा प्रवृत्त गरेर यात्राको समयमा अनेक स्थानमा आचार्य रामानुजले कयौ जीर्ण भएका पुराना मन्दिरहरूको पनि पुनर्निमाण गराए । ती मन्दिरमा प्रमुख रूपले श्रीरङ्गम, तिरुनारायणपुरमतिरुपति बालाजी मन्दिर प्रसिद्ध हुन ।

तिरुपति"

सन् ११३७ मा १२० वर्षको आयु प्राप्त गरी उनी ब्रह्मलीन भए । उनले धेरै ग्रन्थको रचना गरेका थिए । भने ब्रह्मसूत्र माथि लेखिएका दुई मुख्य ग्रन्थ श्रीभाष्यम र वेदान्त सङ्ग्रह निकै लोक प्रिय छन् । [१०]

[११]

ऐतिहासिक पृष्ठभूमि

[सम्पादन गर्नुहोस्]

रामानुजको समयमा अर्थात १००० वर्ष पूर्व जैन धर्म र बौद्ध धर्मको प्रचारको कारण श्रीवैष्णव धर्म संकटग्रस्त थियो। रामानुजले त्यो संकट सफलतापूर्वक प्रतिकार गरे । साथै उनले शंकराचार्यको अद्वैत मतलाई खण्डन गरेर आफ्नो मतको प्रवर्तनको लागि अनेक ग्रन्थहरूको रचना गरेका थिए । जब यामुनाचार्यको मृत्यु निकट थियो , तब उनले आफ्नो शिष्यद्वारा श्रीरामानुजाचार्यलाई आफ्नो समीप बोलाए , तर रामानुज पुग्नु पहिला नै श्रीयामुनाचार्यको मृत्यु भयो । अश्रुपूरित नेत्र र भावपूर्ण हृदयसंग त्यहाँ पुगे पछि रामानुजले देखेकि श्रीयामुनाचार्यको दाहिने हातको तीन औलाहरू बन्द थिए । त्यहाँ उपस्थित सबै शिष्यहरूले यो रहस्यलाई जान्न खोजे श्रीरामानुजाचार्यलाई पनि ज्ञात भयो श्रीयामुनाचार्य रामानुजको माध्यमद्वारा केहि भनाउन र गराउन चाहन्छन ।[१२] उनले उच्च स्वरमा भने म अज्ञानमोहित मानिसहरूलाई नारायणको चरणकमलको अमृतवर्षा र शरणागतिमा लगाए सर्वदा निर्विशेषवाददेखि रक्षा गर्छुयति भन्ना साथ एउटा औलो खुलेर सिधा भयो । रामानुजले पुनः भने , म मानिसको रक्षाकोलागी समस्त अर्थ सङ्ग्रह गरेर मंगलमय परम तत्वज्ञान प्रतिपादक श्रीभाष्यको रचना गर्छु । यति भन्ना साथ अर्को पनि औला खुलेर सिधा भयो । रामानुजले पुनः भने, जून पराशर मुनिले मानिसहरू प्रति दयावश जीव, ईश्वर, जगत, उनका स्वाभाव तथा उन्नतिको उपाय स्पष्ट रूपले समझाउदै विष्णु-पुराणको रचना गरे, त्यो ऋण शोधन गर्नकोलागी म कुनै दक्ष एवं महान भक्त शिष्यलाई उनको नाम दिनेछु। रामानुजले यति भन्नासाथ अन्तिम औलो पनि खुलेर सिधा भयो । यो देखेर सबै धेरै विस्मत भए र यो कुरामा कसैलाई संदेह भएन यो युवक यथासमय आलवन्दार (श्रीयामुनाचार्य)को आसन ग्रहण गर्नेछ ।[१३] हिन्दू चोल वंश (भारतको कुनै प्रान्तको राज परिवार)को शासनको समयमा एक स्थिर समाजमा रामानुज तमिल संस्कृतिमा हुर्किए । यो समय बहुलवादी विश्वासमा एक थियो, जब वैष्णव, शैव,परम्परा अनि बौद्ध धर्म र जैन धर्म एक साथ बढी रहेका थिए। त्यस समय हिन्दू मठवासी परम्परामा अद्वैत वेदान्त प्रमुख थियो र रामानुजका गुरु यदाव प्रकास यस वेदान्तका विद्वान् थिए । रामानुज भन्दा पहिला नै श्रीवैष्णव सम्प्रदाय यमुनाचार्यको अधीन एक स्थापित परम्परा थियो, बाह्र आलवारको कारण भक्तित्वको विचार पहिलेदेखि नै दक्षिण भारतसंस्कृतिको अङ्ग थियो । रामानुजको प्रसिद्धि यो कारण पनि व्याप्त भयो किन की उनलाई शंकराचार्यको सिद्धान्तमा विवादित सताब्दीहरूमा प्रथम विचारक मानिन्थ्यो र उनले उपनिषद ग्रन्थको वैकल्पिक व्याख्या प्रस्तुत गरेका थिए । भनिन्छ त्यस समय श्रीरंगम् मा चोल देशको राजा कुलोत्तुंग(कृमिकंठ)को अधिकार थियो । त्यो धेरै कट्टर शैव थियो । त्यस राजाले श्रीरंगम् मन्दिर(विष्णुको मन्दिर)मा आफ्ना सेनालाई ध्वजा टाँग्नलाएको थियो जसमा लेखेको थियो "शिवात्परं नास्ति" (शिव भन्दा ठुलो कोई छैन)। जसले यसको विरोध गर्थ्यो उसलाई मृत्यु दण्ड दिइन्थ्यो । कुलोत्तुंगले रामानुजको शिष्य कुरेशलाई र महापूर्णलाई पनि धेरै दुःख दिएको थियो । त्यस समय रामानुजाचार्य मैसूर राज्यको शालग्राम नामक स्थानमा आएर बाह्र वर्ष भक्तसेवा गरेर बसे पछि चोल राजाको मृत्यु पछि श्रीरङ्गम् फर्किए । [१४]

रामनुजाचार्यले आफ्नो प्रारम्भिक शिक्षा आफ्नै पिताजीबाट घरमा नै प्राप्त गरे । उपनयनादि संस्कार र वेदाध्यन सकिए पछि वेदान्तको विशेष अध्ययन गर्न रामानुज त्यस समयका प्रकाण्ड विद्वान श्रीयदाव प्रकाससंग वेदान्तको अध्ययन गर्न थाले यादव प्रकाशको वेदान्त टिकाहरू शंकर-भाष्यबाट प्रेरित थियो र मायावादी विचारहरूको प्रतिपादन गर्थ्यो । रामानुजाचार्यको बुद्धि यति कुशाग्र थियो कि उनी आफ्नो गुरुको व्याख्याबाट पनि अधिक विस्तृत व्याख्या गर्दिन्थे । रामानुजको गुरुले धेरै मनोयोगदेखि शिष्यलाई शिक्षा दिए। वेदान्तको ज्ञान उनलाई थोरै समयमा नै यति बढो की गुरु यादव प्रकाशलाई उनको तर्कदेखि पार हुन कठिन हुन थाल्यो पछि रामानुजले गरेको ब्याख्या नै वास्तविक रहेको भनि यादव प्रकास रामानुजका शिष्य बने । रामानुजाचार्यले केहि समय पछि अन्य भिन्न-भिन्न पाँच आचार्य महापूर्ण, शैलपूर्ण, गोष्ठीपूर्ण, वररङ्गाचार्य, मालाधार,बाट शिक्षा लिएका थिए।रामानुजले परमगुरु यामुनाचार्यलाई मानेका थिए यद्यपि यमुनाचार्यसँग रामानुजको कहिले भेट हुन सकेन तर पनि यामुनाचार्यकै कृपा भएको उनले मान्द थिए ।[१०]

यामुनाचार्य

देहत्याग (मृत्यु)

[सम्पादन गर्नुहोस्]

श्री रामानुजाचार्य १२० वर्षको आयु सम्म श्रीरङ्गममा रहे। वृद्धावस्थामा उनले भगवान् श्रीरङ्गनाथसंग देहत्यागको अनुमति लिएर आफ्नो शिष्यहरू समक्ष आफ्नो देहावसानको इच्छा घोषणा गर्दिए । शिष्यहरूको बीचमा घोर संताप फैलियो र सबै उनको चरण कमल समाएर यो निर्णयलाई परित्याग गर्ने याचना गरे । यसको तीन दिन पछि श्रीरामानुजाचार्य शिष्यहरूलाई आफ्नो अन्तिम निर्देश दिएर यस भौतिक जगतदेखि वैकुण्ठको लागि प्रस्थान गरे । [] [१०]

रामानुजाचार्यको महत्त्वपूर्ण र अन्तिम उपदेशहरू

[सम्पादन गर्नुहोस्]
  • सदैव यस्ता भक्तहरूको संगत गर जसको चित्त भगवान्को श्रीचरणमा लगेको होस र आफ्नो गुरुको समान तिनिहरूको सेवा गर ।
  • सदैव वेदादि शास्त्रहरूको एवं महान वैष्णवहरूलाई शब्दहरूमा पूर्ण विश्वास राख ।
  • काम, क्रोध एवं लोभ जस्ता शत्रुहरूदेखी सदैव सावधान रहनु , आफ्नो इन्द्रियहरूको दास न बन ।
  • भगवान् श्रीनारायणको पूजा गर एवं हरिनामलाई एकमात्र आश्रय सम्झेर त्यसमा आनन्द अनुभव गर ।
  • भगवान्का भक्तहरूको निष्ठापूर्वक सेवा गर किन भने परम भक्तहरूको सेवादेखि सर्वोच्च कृपाको लाभ अवश्य र अतिशीघ्र मिल्छ।[१०]

विशिष्टाद्वैत दर्शन

[सम्पादन गर्नुहोस्]

विशिष्टाद्वैतरामानुजाचार्यको दर्शनमा सत्ता अथवा परमसत् को सम्बन्धमा तीन स्तर मानिएको छ । ब्रह्म अर्थात् ईश्वर, चित् अर्थात् आत्म तत्व र अचित् अर्थात् प्रकृति तत्व। वस्तुतः यी चित् अर्थात् आत्म तत्त्व तथा अचित् अर्थात् प्रकृति तत्त्व ब्रह्म अथवा ईश्वरदेखि भिन्न होइन । वस्तुत यी विशिष्ट रूपले ब्रह्म (ईश्वर)को नै दुई स्वरूप हो यस्तै ब्रह्म अथवा ईश्वमा नै आधारित छ । वस्तुत : यो नै रामनुजाचार्यको विशिष्टाद्वैतको सिद्धान्त हो ।[१५]

भक्ति मार्ग र सिद्धान्त

[सम्पादन गर्नुहोस्]

रामानुजको अनुसार भक्तिको अर्थ पूजा-पाठ अथवा कीर्तन-भजन नभएर वस्तुत ध्यान गर्नु अथवा ईश्वरको प्रार्थना गर्नु हो । सामाजिक परिप्रेक्ष्यदेखि रामानुजाचार्यले भक्तिलाई जाति एवं वर्गदेखि अलग तथा सबैलाई सम्भव बानाएका छन् । उनको अनुसार भगवान विष्णु नै पुरुषोत्तम हुन । उनी नै प्रत्येक शरीरमा साक्षी रूपबाट विद्यमान छन् । भगवान नारायण नै सत हुन । उनको शक्ति महा लक्ष्मी चित हो । भगवान श्रीलक्ष्मीनारायण इस जगतका माता-पिता हुन र सबै जीव उनका सन्तान हुन।

श्रीसम्प्रदाय

[सम्पादन गर्नुहोस्]

वैष्णवहरूको चार प्रमुख सम्प्रदाय प्रसिद्ध छन् र यो मानिन्छ कि यी सम्प्रदायको प्रवर्तन भगवानको इच्छाबाट नै भएको थियो । जस्तै श्रीसम्प्रदाय,निम्बार्क सम्प्रदाय,ब्रह्म सम्प्रदाय र रूद्र सम्प्रदाय चार सम्प्रदाय मध्ये रामानुजाचार्यद्वारा संरक्षित श्री सम्प्रदाय हो ।'श्री' अर्थात यो लक्ष्मीदेवीद्वारा प्रवर्तित छ । यसका आद्य आचार्य नाथमुनिका पौत्र[१६]यामुनाचार्यले यसलाई बढाए र रामानुजाचार्यले यसलाई गौरवको शिखरमा पुर्याए । यसलाई आजकल रामानुज सम्प्रदायको नामदेखि पनि जानिन्छ । यो सम्प्रदायको अनुयायी श्रीवैष्णव कहिन्छन् । यसको दार्शनिक सिद्धान्त विशिष्टाद्वैत हो ।[१७]

रामानुज सहस्राब्दी महोत्सव वि.सं २०१७

[सम्पादन गर्नुहोस्]

रामानुज सहस्राब्दीरामानुजाचार्यको १००० औ जन्म जयन्ती हो । सन् १०१७ मा रामानुजाचार्यको जन्म भएको १००० औ जन्म जयन्तीको अवसरमा नेपाल भारत तथा विश्वका अनेकौ देशमा रहेका हिन्दू धर्म अन्तर्गत श्रीसम्प्रदायका मानिसहरूले मनाएका थिए । नेपालमा पनि रामानुज जन्म सहस्राब्दीको अवसरमा एक महिने मेचीदेखि महाकाली रथयात्रा आयोजना भएको थियो र पश्चात देवघाट दिव्यधाममा आयोजित रामानुज महोत्सवमा भगवद्रामानुजाचार्यको २७ फिट अग्लो मूर्तिको दर्शन गराइएको थियो । रामानुजाचार्यको भव्य मूर्तिको षठकोप जीयर, श्रीवैष्णव परिषद्का अध्यक्ष देवराजाचार्य तथा विशिष्ठ वैष्णव आचार्यहरूको उपस्थितिमा नेत्रोन्मिलन गराइएको थियो । देशभरबाट १० हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको थियो । [१८] चिन्न जीयर स्वामीले रामनुजाचार्यको १००० औ जन्‍म जयन्ति समारोहमा भारतको हैदराबादमा रामानुजाचार्यको २१६ फुट अग्लो धातुको प्रतिमा स्‍थापना गरेका थिए ।[१९] त्यस्तै रामानुजाचार्यको जन्मसहस्राब्दीमा भारत सरकारले हुलाक टिक जारी गरेको थियो ।[] रामानुज सहस्राब्दीको अवसरमा यूट्यूबमा अनेकौ नाट्य बाद्यका भिडियो अपलोड गरिएका थिए ।[२०]

श्रीवैष्णव परम्परामा ९ संस्कृत ग्रन्थलाई रामानुजद्वारा रचना गरिएको छ । वेदार्थ सङ्ग्रह (शाब्दिक रूपमा "वेदको सारांश" अर्थ हो), श्रीभाष्यम (ब्रह्मसूत्रको समीक्षा र टिप्पणी), भगवद्गीता (भगवद गीतामा समीक्षा र टिप्पणी),, र वेदान्तद्वीप, वेदान्तसार नामक लघुकार्य, गद्यत्रयं (जो तीन ग्रन्थहरूको सङ्कलन हो , जो शरणागति गद्य, श्रीरंग गद्य र श्रीवैकुण्ठ गद्य) र नित्यग्रन्थमा केहि आधुनिक विद्वानले प्रामाणिकतामा प्रश्न उठाका छन् । तर रामानुजलाई श्रेय दिने तीन मुख्य कृति- श्रीभाष्यम्, वेदार्थ सङ्ग्रह र भगवदगीता हुन् । [२१][२२]

  • श्रीभाष्य (श्रीवेदव्यासको ब्रह्मसूत्रमा टिप्पणि )
  • श्रीगीताभाष्य (श्रीमद्भगवद्गीतामा टिप्पणि)
  • वेदार्थसंग्रह
  • वेदान्तदीपम
  • वेदान्तसारम
  • शरणागतिगद्य
  • श्रीरंगागाद्य
  • श्रीवैकुण्ठगद्य
  • नित्यग्रंथ [२३]

चित्रग्यालरी

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ sivanandaonline
  2. २.० २.१ C. J. Bartley 2013, पृष्ठ. 1–4, 52–53, 79.
  3. ३.० ३.१ Jon Paul Sydnor (२०१२), Rāmānuja and Schleiermacher: Toward a Constructive Comparative Theology, Casemate, पृ: 20–22 with footnote 32, आइएसबिएन 978-0227680247 
  4. ४.० ४.१ ४.२ "डिस्कवरी", Bharatdiscovery, भारत डिस्कवरी। 
  5. "Book.google", Book.google.com 
  6. "College star", College Star 
  7. Hermann Kulke; Dietmar Rothermund (२००४), A History of India, Routledge, पृ: १४९, आइएसबिएन 978-0-415-32920-0 
  8. ८.० ८.१ भरतसरकार
  9. [पुस्तक- श्रीरामानुजाचार्य एवं विशिष्टाद्वैत पृ.१२]
  10. १०.० १०.१ १०.२ १०.३ Hindiiscondesiretree
  11. gaudiahistory
  12. Jon Paul Sydnor (२०१२), Rāmānuja and Schleiermacher: Toward a Constructive Comparative Theology, Casemate, पृ: 84–87, आइएसबिएन 978-0227680247 
  13. "Iskondesiretree", Hindi.skondesiretree 
  14. श्रीप्रपन्नामृत श्रीवैष्णव युवा परिषद अध्याय ४३
  15. विशिष्टाद्वैत
  16. यामुनाचार्य
  17. "Shree vaishnav", Nathdwara Temple 
  18. devaghat वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०५ मिति
  19. narendramodi.in
  20. यूट्यूब
  21. Robert Lester (1966), Rāmānuja and Shri Vaishnavism: the Concept of Prapatti or Sharanagati, History of Religion, Volume 5, Issue 2, pages 266-282
  22. Jon Paul Sydnor (२०१२), Rāmānuja and Schleiermacher: Toward a Constructive Comparative Theology, Casemate, पृ: 3–4, आइएसबिएन 978-0227680247 
  23. श्रीसिद्धान्तआश्रम

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
रामानुजाचार्य
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?