For faster navigation, this Iframe is preloading the Wikiwand page for यार्चागुम्बा.

यार्चागुम्बा

यार्चागुम्बा
यार्चागुन्बु मृत झुसिलकिराबाट उम्रदैँ
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
O. sinensis
वैज्ञानिक नाम
Ophiocordyceps sinensis
(Berk.) G.H.Sung, J.M.Sung, Hywel-Jones & Spatafora (2007)
पर्याय[]

Sphaeria sinensis Berk. (1843)
Cordyceps sinensis (Berk.) Sacc. (1878)

यार्चागुम्बा དབྱར་རྩ་དགུན་འབུ། एक बहुमुल्य जडिबुटि हो । लामा हिमालीयान भोटे भाषामा यार्चाको अर्थ यार-དབྱར།-बर्ष चा-རྩ། घाँस बार्खेघाँस र गुन्बु गुन्-དགུན། हिउँदो बु-འབུ། किरा अर्थत हिउँदेकिरा हुन्छ । विश्वमा अहिले सम्म Cordyceps वर्गमा पर्ने ढुसीहरू (sac fungus)का ६८० भन्दा बढी प्रजातीहरू पत्ता लागेका छन् । यी मध्ये सबैभन्दा परिचित ढुसी यार्चागुम्बालाई अङ्ग्रेजीमा Caterpillar fungus भनिन्छ । यसको बैज्ञानिक नाम Cordyceps Sinensis हो । ल्याटीन शब्दहरू cord "club", ceps "head" र चिनीयाँ भन्ने अर्थमा sinensisबाट यसको वैज्ञानिक नाम Cordyceps Sinensis राखिएको हो । यार्चागुम्बा नेपालतिब्बतདབྱར་རྩ་དགུན་འབུ། को हिमाली भागमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटरको उचाईमा पाइन्छ । यसलाई तिब्बती भाषामा यार्चागुम्बा भनिन्छ । यार्चागुम्बा एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सकिएपछि बैशाख तिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फूल्न शुरु गर्छ, त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन । सोहि पुतलिको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीन मुनि पुग्छ र उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ । जमीन मुनिको भाग ४ मि. मि. मोटो र ४ से. मि. जति लामो तथा माथीको भाग मसिनो ५-६ से. मि. जति लामो हुन्छ । यार्चागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समुद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ। जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले शेर्पा भाषामा यसलाई ‘यार्चागुम्बा’ भनिन्छ ।

नामाकरण तथा विभिन्न नामहरू

[सम्पादन गर्नुहोस्]

यार्चागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंस भएर आएको शब्द हो । तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ ।  जसमा 'यार'को अर्थ वर्षा,'सा'को अर्थ घाँस र 'कुन्भु'को अर्थ हिउँदे किरा अर्थात वर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्चागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र किडाजडी भनिन्छ भने कसै कसैले त अश्लील नामले समेत चिन्ने गरेको पाइन्छ । कर्णाली अञ्चलको जुम्लाहुम्लाका भोटेहरूले यसलाई यार्साकिमु भन्छन्[]

नेपाली यार्चागुम्बा

विश्वमा १००, चीनमा २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्चागुम्बा पाइन्छन् । यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ । पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ । खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनिया औषधी विधि अनुसार सेवन गरिन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ । स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ । हाल यार्चागुम्बालाई चामल, चिया आदिमा मिसाएर बजारमा बिक्री वितरण भइरहेको छ । नेपालको हिमाली भेगमा पाइने यार्सागुम्वा प्रकृतिको अनुपम उपहार हो। यार्सागुम्वा सन् २००१ सम्म व्यपारिक प्रयोजनमा थिएन र मुल्यपनि थिएन। २८ लाख सम्म पर्छ यसको गुणस्तर कम हुदा मुल्य पनि कम हुन्छ । अहिले १ न को यार्सा प्रतिलिको २८ लाख नेपाली रुपैया पर्छ । अत्यन्त महङ्गो मूल्य बिक्री हुने यार्चागुम्बालाई नेपालमा येल्लो लिभिङ गोल्ड (अंग्रेजी:Yellow Living Gold) का रूपमा समेत पहिचान दिन थालिएको छ।[] नेपालमैं पाइने ३ प्रकारका यार्चागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्चागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्चागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्चागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्चागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रूपमा प्रयोग गरिन्छ । हुनत यार्चागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रूपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । तर यसलाई औषधिको रूपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन । उसका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्चागुम्बाको प्रयोग गरिन्छ । यार्चागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्चागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ । कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्चागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् । कतिपयको भनाइमा भने तीन वटा यार्चागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ । बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग यार्चागुम्बालाई मिसाएर लगातार ३ वर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले यार्चागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रूपमा बिक्री गरिन्छ । हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामा भोटेहरू भने यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउनका लागि उपयोग गरिने बताउछन् । उनीहरूका अनुसार ३ तोला यार्चागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३/३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउछन् । त्यसरी नै आधा लिटर रातो गाईको दूध, लिगातुर झार अलिकति, ५ तोला यार्चागुम्बा, ५ तोला यार्चागुम्बा, आधा लिटर कालो गाईको दूध १ तोला काँडे धुप्पी चौथाइ तोला भालुको पित्त, अलिकति पाहाको मासु र अलिकति हिमाली भेकमा पाइने सर्पको मासु जम्मा गरेर दूधबाहेक अरुलाई पिसेर दूधमा पकाएर साना साना मटरका दाना जत्रै गोली बनाएर एक महिनासम्म बिहान बाहिर हावामा ननिस्की ३ चक्की र बेलुका आगोलाई नछोइकन ३ चक्की खाएमा स्मरण शक्ति बढ्ने कुरा बताउछन् साथै उल्लेखित मात्रा भन्दा बढी खाएमा मान्छे पागल हुने कुरा उनीहरू बताउँछन् । अन्त्यमा वर्षायाम शुरु हुँदा नहुँदै पश्चिम उत्तरका मानिसहरू घर नै छोडेर यार्चागुम्बाको खोजीमा जान्छन् । कतिपय विद्यालय समेत बन्द हुन्छन् र विद्यार्थीहरू समेत उक्त कार्यमा सरिक हुन्छन् । यार्चागुम्बा टिप्न भने त्यति सजिलो भने छैन । घर बाहिरको बास र हिमपातका कारण ज्यान नै जोखिममा पर्ने हुन्छ । भर्खरै मात्र पनि १९ जना व्यक्तिहरू हिमपातमा परी मरिसकेका छन् । तर पनि बजार मूल्य राम्रो भएका कारण मान्छेहरूको यस प्रतिको आकर्षण घटेको पाइदैन । नेपाल सरकारले यार्चागुम्बा टिप्न प्रतिबन्ध नलगाए पनि करका रूपमा पैसा उठाउँदै आएको बताउछन् यार्चागुम्बा टिप्न जानेहरू ।[]

यार्चागुम्बा नै सन्जीवनी

[सम्पादन गर्नुहोस्]

किंवदन्ती अनुसार रामरावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्चागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ । हुन पनि यो कहिल्यै मर्दैन । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शर्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्चागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रूपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।[]

के हो त यार्चागुम्बा

[सम्पादन गर्नुहोस्]

यार्चागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्चागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्चागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आफ्नो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ माटो मुनी मर्छ । माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् । यो विशेष गरेर उत्तरी क्षेत्रमा वर्षभरि पाउन सकिन्छ । यो ढुसी झुसिल्किराको शरीरबाट खाद्य पदार्थ प्राप्त गरेर विकसित हुन्छ । र यसका प्रत्येक दुई भाग हुन्छन् जमीनमाथिको भाग यार्सा र जमिनमुनिको भाग गुम्बा । यो परस्पर जोडिएको हुन्छ । जबसम्म बनस्पति पूर्ण विकसित हुँदैन तबसम्म प्राणी डुलिरहने हुनाले यसलाई डुलन्ते झार भनिएको हो । विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्चागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, ब्रिटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्चागुम्बा पाइन्छ ।[] । नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू वताउछन् । तर पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्चागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् । कोर्डिसेप्स साइनेन्सिस जातका यार्चागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्चागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागार्जूृनको जंगल, गोकर्ण मनाङमा पाइन्छ ।[] हुनत हिमाली भेगमा लामाहरू यार्चागुम्बा धर्मात्मा मानिसहरूले मात्र भेटाउछन् भन्छन् र कतिपय लेकबाट औषधि बेच्न आएका मानिसहरूले यार्सा भनेर झुक्याएर औषधि बेच्ने गरेको पनि पाइन्छ तर वास्तवमा यार्चागुम्बा च्याउ जस्तै भेटिने बस्तु हो तर के कुरा चाँही सत्य हो भने पहिला एउटा भेट्न चाँही निकै समस्या पर्छ । एउटा भेटिए पछि अरु सजिलै पाउन सकिन्छ किनभने अरु यार्चागुम्बाहरू आपसमा वरपर रहने हुनाले सजिलै पाउन सकिन्छ । यार्चागुम्बा भेटाउन धर्मी र पापी भन्ने कुरा चाँही सरासर गलत हो ।

नेपालमा यार्चागुम्बाको पहिलो खोजी

[सम्पादन गर्नुहोस्]

यार्चागुम्बाको अस्तित्व पौराणिक कालदेखि नै नेपालमा रहँदै आएको पाइन्छ । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका थिए । विभिन्न जडीबुटीका रूपमा प्रयोग भइरहेको यार्चागुम्बा पहिलो पटक खोजी गरेर प्रकाशमा ल्याइएको भने त्यति धेरै भएको छैन । यार्चागुम्बाको पहिलो पटक सङ्कलन गर्ने श्रेय सन् १९५२ मा ब्रिटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति सङ्कलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ । उनीहरूले ४२०० मिटरको उचाईमा रहेको च्याखुर लेकबाट अत्यन्तै मूल्यवान यार्चागुम्बा भेटाएर लगेका थिए । यार्चागुम्बाको उपयोगिता संसारमा पाइने १०० भन्दा बढी प्रजातिका यार्चागुम्बाहरू दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Ophiocordyceps sinensis (Berk.) G.H. Sung, J.M. Sung, Hywel-Jones & Spatafora 2007", MycoBank, International Mycological Association, अन्तिम पहुँच २०११-०७-१९ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ खैरेनी अनलाइन डट कम[स्थायी मृत कडी]
  3. नेपाल परिचय/नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय सूचाना विभाग

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
यार्चागुम्बा
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?