For faster navigation, this Iframe is preloading the Wikiwand page for मौनाबुधुक.

मौनाबुधुक

मौनाबुधुक
पूर्व गाविस
मौनाबुधुक बजारको एक दृश्य
मौनाबुधुक बजारको एक दृश्य
मौनाबुधुक is located in कोशी प्रदेश
मौनाबुधुक
नेपालको नक्सामा मौनाबुधुकको अवस्थिति
मौनाबुधुक is located in नेपाल
मौनाबुधुक
मौनाबुधुक (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८७°२०′E / २७.१२°N ८७.३३°E / 27.12; 87.33निर्देशाङ्कहरू: २७°०७′N ८७°२०′E / २७.१२°N ८७.३३°E / 27.12; 87.33
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा जिल्ला
जनसङ्ख्या
 • जम्मा२,५६९
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

मौनाबुधुक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, धनकुटा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५६९ रहेको थियो जसमध्ये १११४ पुरुष र १४५५ महिला रहेका थिए भने यहाँ ५८४ घरधुरी रहेको थियो।[][] यो जिल्ला सदरमुकाम धनकुटाबाट करिब ३५ किलोमीटर पूर्व-दक्षिण दिशामा अवस्थित छ भने धरानबाट करिब २४ किलोमीटरको दूरिमा पर्दछ।

केहि परबाट हेर्दा मौनाबुधुक
मौनाबुधुकमा रहेको बुधुक माध्यमिक विद्यालय
बुधुक क्यापस कार्यालय

यस गा.वि.स.को मेलबोटे टाहारमा एउटा सानो पोखरी रहेको थियो ।जसलाई लिम्बू भाषामा “मावना” भन्ने गरिन्थ्यो । त्यहा एउटा सानो हाट लाग्ने गर्दथ्यो जसलाई मौनागोला भनियो । “मा व ना” शब्दको अर्थ लगाउँदा लिम्बू भाषामा 'मा' भनेको श्रोत, 'व' भनेको पानी छ र ना भनेको माछा अर्थात माछा भएको पोखरी भन्ने अर्थ लाग्दछ । यसरी “मावना” शब्द अपभ्रंस भएर मौना भएको हो । यसरी उक्त स्थानमा पहिला माछा पोखरी रहेको भएता पनि हाल पोखरी नभएर ढुङ्गेस्तम्भ अध्यावधी छ ।

अर्कोतिर बुधुकको नामकरण “पुधुक” भन्ने लिम्बू शब्दबाट भएको भनाई छ । पु भनेको चरा र धुक भनेको वासस्थान अर्थात चरा बस्ने वासस्थान भएकोले “पुधुक” भनियो जुन शब्द अपभ्रंस भएर बुधुक भएको भन्ने भनाई रहेको छ । यसरी नामाकरण भएका मौना र बुधुक शब्दले यस क्षेत्रको परिवेसलाई चरितार्थ गर्ने भएकोले उक्त मौना र बुधुक शब्दलाई एकै शब्दमा जोडी मौनाबुधुक भन्न थालिएको हो भन्ने आख्यान रहेको छ ।

राजनीतिक विभाजन र सिमाना

[सम्पादन गर्नुहोस्]

यस मौनाबुधुक गा.वि.स.को पूर्वमा कुरुलेतेनुपाबसन्तटार गा.वि.स., पश्चिममा खुवाफोक गा.वि.स, उत्तरमा बोधे गा.वि.स. र दक्षिणमा राजारानी गा.वि.स. पर्दछ । यस गा.वि.स.मा नौ वटा वडाहरु रहेका छन् । गा.वि.स.को कार्यालय वडा नं. २ मा रहेको छ । मौनाबुधुक धनकुटा जिल्लाको इलाका नं. २ मा पर्दछ भने निर्वाचन क्षेत्रको आधारमा क्षेत्र नं. १ अन्तर्गत पर्दछ ।

ऐतिहासिक पृष्टभूमि

[सम्पादन गर्नुहोस्]

इतिहासकारहरूको मत अनुसार छैंटौ सताब्दीका आठ किराँतहाँङ्गहरु माथि ताईसेनवंसी दश सरदारहरूले विद्रोह गरी दश लिम्बुवान सङ्घिय राज्य स्थापना गरे । दश सङ्घिय राज्य मध्ये लदोहाङ्ग राज्य एक हो । लदोहाङ्गको यक सागुरियक हो । कालान्तरमा गएर यस प्रदेशलाई चौबिस मिकलुङ्गथुम भनियो । यही ऐतिहाँसिक सङ्घिय राज्य र पछिको थुमको सीमा भित्र मौनाबुधुक पर्छ । अरुण नदी पूर्वको लिम्बुवान राज्य विं सं. १८३१ श्रावण २२ गतेको संधिपत्र, सम्झौता (लालमोहर) पूर्व स्वतन्त्र थियो । तत्कालिन लिम्बुवान राज्यमा दश सङ्घिय राज्य थिए जसको केन्द्रिय सदरमुकाम विजयपुर थियो । वि. सं. १८३१ पश्चातका केन्द्रिकृत शाहवंशी राजाहरूबाट लिम्बुवानको सन्धि पत्रमा उल्लेख भएका राजनीतिक, आर्थिक स्वायत्तता र आत्म निर्णयको अधिकार कटौती गर्दै प्रशासनिक जिल्ला स्थापना गर्ने क्रममा धनकुटा गौडाको स्थापना भयो । स्वार्गवासी पूर्व राजा महेन्द्र विरविक्रम शाहले प्रजातन्त्रको गला रेटी वि. सं. २०१७ पौष १ गते पञ्चायती शासन व्यवस्था लादे पश्चात देशलाई प्रशासनिक १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरियो । उक्त ७५ जिल्ला मध्येको धनकुटा जिल्लामा विं सं. २०१९ सालमा ३६ गाउँ पञ्चायत गठन भयो ।

धनकुटा जिल्लाका ३६ गाउँ विकास समिति मध्ये मौनाबुधुक गाउँ विकास समिति एक हो । धनकुटा जिल्लाको सदरमुकाम धनकुटा बजारबाट पूर्व– दक्षिणमा पैदल यात्रा गर्दै तमोर नदीको याक्चाना घाटमा घिर्लिङ्ग तरेर नौकोषको पैदल यात्रा तथा सदरमुकामबाट बसको यात्रा गर्दा धनकुटा देखि ३८ कि. मि. र भेडेटारबाट २३ कि. मि. पूर्व बसको यात्रा पूरा गर्दा उत्तर मोहोडाको भूगोलमा सुन्तलाको जंगलभित्र अवस्थित ग्रामिण बस्तिमा पुगिन्छ । त्यही सुन्तलाको जंगलभित्र अवस्थित गाविसको नाम हो मौनाबुधुक । जिल्ला भरिका ३५ गाविसहरु मध्येमा जिल्ला विकास धनकुटाले गरेको भौतिक तथा चेतना विकास र सामुदायिक संस्था परिपक्वता मूँयाङ्कका आधारमा जिल्लामा उत्कृष्ट छानिएका गाविसहरुमध्ये यो गाविस एक हो । प्राकृतिक सुन्दरतालाई संरक्षण गरिएको र कञ्चनजंघा हिम श्रृंखलाको मनमोहक दृश्यावलोकन गर्न सकिने रमणिय गाउँको रूपमा यो गाउँ रहेको छ । यस गाविसको वडा नं. २ र ३ को सिमानामा अवस्थित बुधुक बजार यस गाविसको सदरमुकाम हो ।

भौतिक पूर्वाधार

[सम्पादन गर्नुहोस्]

यस मौनाबुधुक गाविसमा आधारभूत सबैखाले विकासका पूर्वाधारहरूको विकास भएको छ । सडक यातायात, बिजुली, खानेपानी, सञ्चार, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधारहरूको राम्रो विकास भएको छ । यस गाविसमा एउटा स्वास्थ्य चौकी तथा उच्च अध्ययनका लागि दश जोड दुई बुधुक उच्च माध्यमिक विद्यालय र स्नातकको पठनपाठन हुने त्रिभुवन विश्वविद्यालयबाट संम्बन्धन प्राप्त बुधुक क्याम्पस पनि रहेको छ । 

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
{{bottomLinkPreText}} {{bottomLinkText}}
मौनाबुधुक
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?