For faster navigation, this Iframe is preloading the Wikiwand page for मलाला युसुफजई.

मलाला युसुफजई

मलाला युसुफजई
ملاله یوسفزۍ
सन् २०१४ को गर्ल समिटमा मलाला युसुफजई
जन्मसन् १९९७ जुलाई १२
मिंगोरा, खैबर पख्तुनख्वा, पाकिस्तान
वासस्थानबर्मिंघम, संयुक्त अधिराज्य
राष्ट्रियतापाकिस्तानी
पेशाब्लगर, महिला अधिकार कार्यकर्ता तथा शिक्षाविद्
चिनारीको कारणमहिला अधिकार कार्यकर्ता, तालिबान बिद्रोहीबाट हत्या प्रयास
धर्मइस्लाम
आफन्तजियाउद्दीन युसुफजई (पिता)
पुरस्कार
२०१४ नोबेल शान्ति पुरस्कार[]
क्यानाडाको नागरिकता प्रदान[]
अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार
सखारोभ पुरस्कार

मलाला युसुफजई पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी कार्यकर्ता हुन्। सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मलाला नोबेल पुरस्कार पाउने हालसम्म कै सबभन्दा कम उमेरकी व्यक्ति हुन्। उनी स्वात उपत्यकामा तालिबानहरूले केटीहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेका कारण चर्चामा आएकी हुन्।

मलालाको जन्म १९९७ मा पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वात जिल्लामा भयो। उनी पाकिस्तानको मिंगोरा शहरमा आठ कक्षाकी छात्रा हुन् । [][] छद्म नाम प्रयोग गरी बिबिसीको लागि ब्लगिङ्द्वारा तालिबान शासनको अत्याचारको विरोध गर्ने मलाला १३ वर्षको उमेरमा नै स्वातमा रहेका महिलाहरूको नायिका बनिन् । अन्तर्राष्ट्रियस्तरमा बालअधिकारको वकालत गर्ने संस्था किड्स राइट्स फाउन्डेसनले उनलाई अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारको लागि नामाङ्कन गरेको थियो, उनी यस्तो पुरस्कारको लागि नामांकित पहिलो पाकिस्तानी बालिका हुन्। दक्षिण अफ्रीकाका नोबेल पुरस्कार विजेता देस्मुंड टूटू एम्स्टर्डमले नेदरल्यान्ड्समा एक समारोहमा २०११ को यस नामांकनको घोषणा गरे, तर युसुफजई यो पुरस्कार जित्न सफल भइनन् उक्त पुरस्कार दक्षिण अफ्रीकाकी १७ वर्षीय बालिकाले जीतिन्। यो पुरस्कार हरेक वर्ष बालबालिकाहरूको अधिकारको लागि काम गर्ने बालिकालाई दिइन्छ।[] मलालाले तालिबानको धम्कीको बावजुद बालिकाहरूलाई शिक्षित गर्ने अभियान चलाईरहेकी छिन्। यही कारण तालिबान आतंककारीहरूले उनलाई आफ्नो हिट लिस्‍टमा राखेका थिए । अक्टोबर २०१२ मा, मंगलबारको दिनमा करीब सवा १२ बजे स्वात उपत्यकाको कस्बे मिंगोरामा विद्यालयबाट फर्किरहेको समयमा आतंककारीहरूले हमला गरेका थिए। यस हमलाको जिम्‍मेवारी तहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी)ले लिएको छ।

पाकिस्तानको आदिबासी तथा द्वन्द्वग्रस्त स्वात उपत्यकामा जन्मिएकी पस्तो परिवारकी युसुफजाईलाई महिला शिक्षाको वकालत गरेकोमा तालिबानले सन् २०१२ मा टाउकोमा गोली हान्दा पनि बाँच्न सफल भएकी थिइन् । उनलाई वर्ष २०१३ मा 'भाइटल भोइसेज ग्लोवल लिडरसिप एवार्ड, इन्टरनेसनल पिस एवार्ड, क्लिन्टन ग्लोवल सिटिजन एवार्ड, इन्टरनेसनल इक्वालिटी एवार्ड, नेसनल युथ पिस पुरस्कारहरू पनि प्रदान गरिएको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पाकिस्तानी मलाला र भारतीय कैलाशलाई नोबेल शान्ति पुरस्कार", अनलाईन खबर, अन्तिम पहुँच २०१४-१०-१० 
  2. "Malala Yousafzai to get honorary Canadian citizenship", CBC News, १५ अक्टोबर २०१३, अन्तिम पहुँच १६ अक्टोबर २०१३ 
  3. "Diary of a Pakistani schoolgirl", BBC News, १९ जनवरी २००९। 
  4. "Pakistani girl, 13, praised for blog under Taliban", BBC News, २४ Nov. २०११। 
  5. "Swat girl falls short of getting world peace prize", PakTribune, २४ Nov. २०११।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०७-०५ मिति
  6. http://www.guardian.co.uk/world/2012/oct/09/pakistan-girl-shot-activism-swat-taliban

यी पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
मलाला युसुफजई
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?