बर्लिन सङ्कट, १९६१
बर्लिन सङ्कट, १९६१ | |||||||
---|---|---|---|---|---|---|---|
शीतयुद्धको भाग | |||||||
U.S. M48 tanks face Soviet T-55 tanks at Checkpoint Charlie, October 1961. | |||||||
| |||||||
योद्धा | |||||||
सोभियत सङ्घ | संयुक्त राज्य अमेरिका | ||||||
सेनापतिहरू | |||||||
निकिता ख्रुश्चेभ | जोन एफ. केनेडी | ||||||
मृत्यु र क्षति | |||||||
शून्य | शून्य |
१९६१ को बर्लिन संकट ( जर्मनेली: Berlin-Krise ) शीतयुद्धको अन्तिम प्रमुख युरोपेली राजनीतिक र सैन्य घटना थियो जुन जर्मनीको राजधानी सहर, बर्लिन र दोस्रो विश्वयुद्ध पछि जर्मनीको स्थितिको बारेमा केन्द्रित थियो। पूर्वी जर्मनद्वारा बर्लिन पर्खालको निर्माणको साथ शहरको वास्तविक विभाजन भएर संकट समाप्त भयो।
बर्लिन संकट जून १९६१ मा सुरु भयो जब सोभियत प्रधानमन्त्री निकिता ख्रुश्चेभले अमेरिकी राष्ट्रपति जोन एफ केनेडीसँग भियना शिखर सम्मेलनमा भेटेर पश्चिम बर्लिनमा रहेका पश्चिमी सशस्त्र सेनाहरू सहित बर्लिनबाट सबै सशस्त्र सेनाहरू फिर्ता गर्न अल्टिमेटम जारी गरे। पूर्वी जर्मन सरकारको जनसंख्या बर्लिन हुँदै पश्चिमतिर भाग्ने गरेकाले "मस्तिष्क पलायन" रोक्न उपाय खोजिरहेका थियो । शहरको निःशुल्क यात्राको सुबिधाले यो भएको थियो। कुनै सम्झौता हुन सकेन र अगस्ट १९६१ मा, ख्रुश्चेभको समर्थनमा, पूर्वी जर्मन नेता वाल्टर उलब्रिचले सीमा बन्द गर्ने र पश्चिम बर्लिन वरपर पर्खाल निर्माण गर्ने आदेश दिए। अक्टोबरमा अमेरिकी पक्षधर राष्ट्रका कर्मचारीहरूको स्वतन्त्र आवतजावतमा विवाद पछि चेकपोइन्ट चार्लीमा अमेरिकी र सोभियत ट्याङ्कहरू बीचको एक गतिरोध भयो; ख्रुश्चेभ र केनेडीले ट्याङ्कहरू फिर्ता लिन र तनाव कम गर्न सहमत भएपछि यो टकराव शान्तिपूर्ण रूपमा समाप्त भयो।
इतिहास
[सम्पादन गर्नुहोस्]१९६१ बर्लिन अल्टिमेटम
[सम्पादन गर्नुहोस्]४ जुन १९६१ मा भियना शिखर सम्मेलन तनाव बढ्यो। अमेरिकी राष्ट्रपति जोन एफ केनेडी भेटमा सोभियत प्रधानमन्त्री निकिता ख्रुस्चेभले पूर्वी जर्मनीसँग छुट्टै शान्ति सन्धिमा हस्ताक्षर गर्न सोभियत अल्टिमेटम पुनः जारी गरे, उक्त सन्धिअनुसार अमेरिकी, बेलायती र फ्रान्सेलीहरूलाई पश्चिम बर्लिनमा पहुँच गर्ने र पूर्वी बर्लिनमा सोभियत सेनाद्वारा कब्जा गर्ने अधिकारको ग्यारेन्टी गर्ने विद्यमान चार-शक्ति सम्झौताहरूको अन्त्य गर्नु थियो । तर, यस पटक उनले १९६१ डिसेम्बर ३१ को समयसीमा जारी गरेर त्यसो गरे। तीन शक्तिहरूले कुनै पनि एकपक्षीय सन्धिले पश्चिम बर्लिनमा उनीहरूको जिम्मेवारी र अधिकारलाई असर गर्न नसक्ने प्रतिक्रिया दिए।[१]
बढ्दो तनाव
[सम्पादन गर्नुहोस्]बर्लिनको स्थितिलाई लिएर बढ्दो द्वन्द्वमा, केनेडीले १९६१ जुन मा ख्रुस्चेभसँगको भियना शिखर वार्ताको क्रममा आफ्नै बार्गेनिङ गर्ने स्थितिलाई कमजोर पारे। केनेडीले मूलतः बर्लिनको स्थायी विभाजनको लागि अमेरिकी सहमति व्यक्त गरे। त्यसपछि उनका सार्वजनिक बयानहरूलाई सोभियतहरूका लागि कम विश्वसनीय भए । केनेडीले आफ्ना युवा सलाहकारहरू द्वारा प्रस्तावित एक नरम नीतिमा निर्णय लिए, जसमा डीन एचेसनको वरपरका कट्टरपन््थिहरूलाई केही छुट दिइएको थियो । ।
संयुक्त राज्य अमेरिकाले अब बर्लिनका लागि आफ्नो नीतिमा तिनवटा महत्त्वपूर्ण चासोहरू परिभाषित गर्यो, र ती सबैलाई शहरको पश्चिमी भागसँग मात्र जोडेको छः
- पश्चिम बर्लिनमा पश्चिमी सेनाको उपस्थिति-
- पश्चिमी क्षेत्रहरूको सुरक्षा र व्यवहार्यता-
- र तिनीहरूसम्म पश्चिमी पहुँच।[२]
बर्लिनलाई लिएर द्वन्द्व बढ्दै जाँदा, केनेडीले जुलाई २५ मा वासिङ्टनमा सीबीएस टेलिभिजन भाषण दिए, र अमेरिकामा राष्ट्रव्यापी प्रसारण गरे। उनले संयुक्त राज्य अमेरिकाले लडाइँ खोजिरहेको छैन र "मध्य र पूर्वी युरोपमा उनीहरूको सुरक्षाको बारेमा सोभियत सङ्घको ऐतिहासिक चिन्तालाई" स्वीकार गरेको दोहोऱ्याए। उनले वार्तालाई पुन: सुरु गर्न इच्छुक रहेको बताए, तर उनले कंग्रेसलाई सैन्य खर्चका लागि थप ३.२५ अर्ब डलर माग गर्ने घोषणा गरे, जसमा प्रायः परम्परागत हतियारहरूमा खर्च हुने थियो। उनी सेनाका लागि छवटा नयाँ डिभिजन र मरीनहरूका लागि दुईवटा नयाँ डिभिजन चाहन्थे, र उनले ड्राफ्टलाई तिन गुणा गर्ने र रिजर्भलाई बोलाउने योजनाको घोषणा गरे । केनेडीले घोषणा गरेः "हामी शान्ति खोज्छौँ, तर हामी आत्मसमर्पण गर्दैनौँ।"[३]
सोची कृष्ण सागर रिसोर्टमा छुट्टी मनाउँदै गरेका, क्रुश्चेव केनेडीको भाषणबाट रिसाए।। सोभियत सङ्घमा रहेका केनेडीका निशस्त्रीकरण सल्लाहकार जोन जे म्याक्लोय ख्रुस्चेभसँग सामेल हुन आमन्त्रित गरिएको थियो। क्रुश्चोभले म्याकक्लोयलाई केनेडीको सैन्य निर्माणले युद्धको खतरा निम्त्याएको बताए।
बर्लिन पर्खालका लागि योजना
[सम्पादन गर्नुहोस्]सन् १९६१ को प्रारम्भमा, पूर्वी जर्मन सरकारले आफ्नो जनसङ्ख्यालाई पश्चिमतिर जानबाट रोक्ने उपाय खोज्यो। वाल्टर उलब्रिच्ट, समाजवादी एकता पार्टी (एसईडी) का प्रथम सचिव र स्टाटस्र्याट अध्यक्ष र यसरी पूर्वी जर्मनीका प्रमुख निर्णयकर्ताले सोभियत सङ्घलाई यो गति रोक्न बल आवश्यक छ भनेर विश्वास दिलाए, यद्यपि बर्लिनको चार-शक्ति स्थितिले क्षेत्रहरू बीच स्वतन्त्र यात्राको अनुमति आवश्यक थियो र बर्लिनमा जर्मन सेनाको उपस्थितिलाई निषेध गर्यो।[१]
सीमा बन्द
[सम्पादन गर्नुहोस्]शनिबार १२ अगस्ट १९६१ मा, पूर्वी जर्मनीका नेताहरूले पूर्वी बर्लिनको उत्तरमा जङ्गली क्षेत्रमा रहेको डल्न्सीको सरकारी अतिथिगृहमा बगैँचामा भोजमा भाग लिए र वाल्टर उलब्रिच्टले सीमा बन्द गर्ने र पश्चिम बर्लिन वरिपरि पर्खाल खडा गर्ने आदेशमा हस्ताक्षर गरे।
बर्लिन यात्रा विवाद
[सम्पादन गर्नुहोस्]सैन्य गतिरोध
[सम्पादन गर्नुहोस्]समाधान
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Berlin Crisis", GlobalSecurity.org, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१६।"Berlin Crisis". GlobalSecurity.org. Retrieved 23 September 2016.
- ↑ Daum (2008)
- ↑ "RADIO AND TELEVISION REPORT TO THE AMERICAN PEOPLE ON THE BERLIN CRISIS, JULY 25, 1961", John F Kennedy Presidential Library and Museum।
सहभागीहरू र उल्लेखनीय तथ्याङ्कहरू · अष्ट्रेलिया, न्युजिल्यान्ड, संयुक्त राज्य सुरक्षा सन्धि · नेटो · असंलग्न अभियान · दक्षिणपूर्व एशिया संधि संगठन · वार्सा सन्धि संगठन | |
१९४०स | याल्टा सम्मेलन · सञ्चालन अज्ञात · पोट्सडम सम्मेलन · गौजेनो इफेयर · भियतनाममा युद्ध (१९४५–१९४६) · ईरानको संकट 1946 · ग्रीक गृहयुद्ध · कोर्फ च्यानल दुर्घटना · जर्मनीमा नीतिको पुनर्स्थापना · पहिलो हिन्दचीन युद्ध · ट्रमन सिद्धान्त · एशियाई सम्बन्ध सम्मेलन · मार्शल प्लान · चेकोस्लोवाक वर्ल्ड यिनी फोटोज 1948 · टिटो-स्टालिन विभाजन · बर्लिन ब्लकड्रेड · पश्चिमी धोखाधडी · फलामे पर्दा · पूर्वी ब्लक · चिनियाँ गृहयुद्ध (दोस्रो चरण) |
१९५०स | कोरियाली युद्ध · १९५३ ईरानी 'कु' · पूर्वी जर्मनीको 1953 को उत्थान · 1954 ग्वाटेमेला कुपोरेट डेट · भियतनाम विभाजन · पहिलो ताइवान स्ट्रेट संकट · जिनेवा शिखर सम्मेलन (1955) · पोजनन्ना 1956 विरोध · हंगेरी क्रान्ति 1956 · स्वेज सङ्कट · स्पुत्न्न्निक संकट · दोस्रो ताइवान स्ट्रेट संकट · क्युबा क्रान्ति · भान्सा बहस · एशियाई-अफ्रिकी सम्मेलन · ईटाई संशोधन · म्याकर्तिवाद · ओपरेशन ग्लेडियो · हेलस्टीन सिद्धान्त |
१९६०स | कंगो संकट · चीन-सोभियत विभाजन · १९६० यू-२ घटना · बे अफ पिग्स आक्रमण · बर्लिन सङ्कट, १९६१ · बर्लिन पर्खाल · क्युबा मिसाइल संकट · भियतनाम युद्ध · 1964 ब्राजीलियन कुर्सी डीटीटी · संयुक्त राज्य अमेरिका डोमिनिकन रिपब्लिक को (1965–1966) · दक्षिण अफ्रिका सीमा युद्ध · रोड्सियन बुश युद्ध · नयाँ अर्डरमा संक्रमण · डोमिनो सिद्धान्त · आसियान घोषणा · लाओटिन गृह युद्ध · ग्रीक सैन्य कोन्टा को 1967–1974 · छ-दिनको युद्ध · उत्तेजनाको युद्ध · सांस्कृतिक क्रान्ति · भारत-चीन युद्ध · प्राग स्प्रिंग · गौलाश कम्युनिस्ट · चीन-सोभियत सीमा विवाद |
१९७०स | डिटेन्टे · परमाणु गैर-प्रसार सन्धि · जोर्डन मा कालो सेप्टेम्बर · कम्बोडियन नागरिक युद्ध · ऋएअल्पोलितिक · पिङ पङ कुटनीति · बर्लिनमा चार पावर सम्झौता · १९७२ निक्सन चीन भ्रमण · 1973 चिली को सेना डीटीटी · योम किपुर युद्ध · रणनीतिक शस्त्र सीमा वार्ता · अंगोला गृहयुद्ध · मोजाम्बिकन गृहयुद्ध · ओगेडेन युद्ध · चीन-अल्बेनियन् विभाजन · कम्बोडिया-भियतनाम युद्ध · चीन-भियतनाम युद्ध · ईरानी क्रान्ति · ओपरेशन कन्डक्टर · बाङ्लादेश स्वतन्त्रता युद्ध · कोरियाली एयरलाइन्स उडान 902 |
१९८०स | अफगानिस्तानमा सोभियत युद्ध · ईरान-इराक युद्ध · १९८० र १९८४ ग्रीष्मकालीन ओलम्पिक बहिष्कार · ठोसता (सोभियत प्रतिक्रिया) · छोन्त्रस · केन्द्रीय अमेरिकी संकट · ऋय़ाण · कोरियाली एयरलाइन्स उडान 007 · आर्चर सक्षम पार्नुहोस् 83 · स्टार वार्स · ग्रेनेडाको आक्रमण · जनताको शक्ति क्रांति · तियानानमेन स्क्वायरको विरोध 1989 · संयुक्त राज्य अमेरिका पानामा आक्रमण · बर्लिन पर्खालको पतन · संशोधन को 1989 · ग्लासनोस्त · पेरेस्त्रोइका |
१९९० को दशक | मङ्गोलिया मा लोकतांत्रिक क्रान्ति · जर्मन पुन: एकीकरण ((.)) यूगोस्लाभियाको विखण्डन · सोभियत विखण्डन · चेकोस्लोवाकियाको विखण्डन |
विदेशी नीति | ट्रमन सिद्धान्त · मार्शल प्लान · समावेश · आइजेनहावर सिद्धान्त · डोमिनो सिद्धान्त · केनेडी सिद्धान्त · शान्तिपूर्ण सहानुभूति · ओस्त्पोलितिक · जोनसन सिद्धान्त · ब्रेज्नेभ सिद्धान्त · निक्सन सिद्धान्त · ऊल्ब्रिच्त सिद्धान्त · कार्टर सिद्धान्त · रेगन डक्ट्रेन · रोलब्याक |
विचारधाराहरू | पूँजीवाद (शिकागो स्कूल · कीनेशियनवाद · मनिटरिज्म · नवशास्त्रीय अर्थशास्त्र · आपूर्ति-पक्ष अर्थशास्त्र · थैचरर · रेगनोमिक्स) · साम्यवाद मार्क्सवाद · (मार्क्सवाद-लेनिनवाद · लेनिनवाद · कास्त्रोवाद · युरो-साम्यवाद · ग्वेभारावाद · झुचे · बायाँ कम्युनिस्ट · माओवादी · स्टालिनवाद · टिटोवाद · पिङ-पङ कूटनीति ((.)) ट्रोत्स्क्यिस्म) · उदार लोकतान्त्रिक · सामाजिक लोकतान्त्रिक |
संगठनहरू | |
प्रचार | सक्रिय उपायहरू · ईश्वेस्तिअ · प्राभ्दा · रेडियो नि: शुल्क युरोप/रेडियो लिबर्टी · रातो घोडा · टि.ए.एस.एस · भ्वाइस अफ अमेरिका · रूसको आवाज |
दौडहरू | शस्त्र दौड · परमाणु हथियार दौड · अन्तरिक्ष दौड |
यो पनि हेर्नुहोस् | ब्रिंकनशिप · नाटो-रूस सम्बन्ध · सोवियत र रूसी सैनिक यूएस · सोभियत यूनियन – संयुक्त राज्य सम्बन्ध · यूएस-सोभियत सम्मेलन |
श्रेणी · पोर्टल · समयरेखा |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.