For faster navigation, this Iframe is preloading the Wikiwand page for पाँचखाल नगरपालिका.

पाँचखाल नगरपालिका

पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिकाको एक दृष्य
पाँचखाल नगरपालिकाको एक दृष्य
पाँचखाल नगरपालिका is located in बागमती प्रदेश
पाँचखाल नगरपालिका
बागमती प्रदेशको नक्सामा पाँचखाल नगरपालिकाको अवस्थिति
पाँचखाल नगरपालिका is located in नेपाल
पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५१′उ॰ ८५°४८′पू॰ / २७.८५०°N ८५.८००°E / 27.850; 85.800निर्देशाङ्कहरू: २७°५१′उ॰ ८५°४८′पू॰ / २७.८५०°N ८५.८००°E / 27.850; 85.800
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखमहेश खरेल (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखसूर्यमाया दनुवार (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०३ किमी (४० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३५,५२१
 • घनत्व३४०/किमी (८९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
वेबसाइटआधिकारिक वेबसाइट
पाँचखाल नगरपालिका भवन

पाँचखाल नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका पाँचखाल, होक्सेबजार, देवभुमि, वालुवा, अनैकोट र साठीघर भगवती गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कोशिदेखा र खरेलथोक गाविसहरू यसमा गाभिएका थिए।

हाल १३ वटा वडामा विभाजन गरिएको यस नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफलको आधारमा दोस्रो ठुलो नगरपालिकाको रुपमा रहेको छ। यो नगरपालिकाको पूर्वमा भुम्लु गाँउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाँउपालिका र दक्षिणमा तेमाल गाँउपालिका, नमोबुद्ध र धुलिखेल नगरपालिका रहेका छन । पाँचखाल नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिर, अनैकोट भ्यु टावर, दुग्धेश्वर मन्दिर, सुनकोशी नदि किनार आदि परिचित रहेको हुदाँ यहाँ स्थानीय पर्यटन उद्योगको समेत उत्तिकै सम्भावना रहेको देखिन्छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाँचखाल नगरपालिकाको कुल जनसङ्ख्या ३५,५२१ रहेको छ भने यहाँ ७,१४८ घरधुरी रहेका छन्।[]

यस बेंशीको वरीपरि पलाञ्चोक, अनैकोट, रविओपि, जैशिथोक, पात्लेखेतका डाँडा हरूले घेरिएको छ। यसरी कम उचाईमा रहनु, वरिपरि डाँडा हुनु, आदि कारणले यहाँ प्रशस्त मात्रामा गर्मी हुने गर्दछ। यहाँको गृष्म तापक्रम सरदर ३२-३३° सेल्सीयस (९०.९५० फरेनहाइट) सम्म पुग्छ। डाँफे र झिकु खोलाहरूद्वारा सिंचित यो बेंशी मलिलो भएतापनि अघि औलो लाग्ने भएकाले यहाँ बस्ती थिएन। पहिला दनुवार जातिहरूका मात्र बस्ती भएतापनि राजमार्गको विकासले गर्दा अन्य जातिहरूको आकर्षण बढ्दैछ।

सिँचाइको सुविधा, मलिलो पाँगो माटो, यातायातको सुविधा, हावापानीको अनुकूलताको कारण यो क्षेत्र कृषिको लागि महत्त्वपूर्ण क्षेत्र मानिन्छ। धान, मास, गोलभेडा कटहर, आलुको लागि यो क्षेत्र अति महत्त्वपूर्ण छ। जहाँको गोलभेडा र आलु काठमाडौँ उपत्यकाको बजारहरूमा पाइन्छ। यसका अतिरिक्त आँप, केरा, रूखभुइँ कटहर, लिची, कागती, मेवा आदि कर्केटार नामक परम्परागत बगैम्हचा र पाँचखाल बागवानी केन्द्र (७.३५ देक्टर क्षेत्र )बाट उत्पादन हुने गर्दछ।

आठ मा.वि., दुई कलेज ,तीन प्रहरी चौकी, इलाका हुलाक, दुग्ध सङ्कलन केन्द्र आदि कार्यालय रहेको यो क्षेत्रमा चक्रपथ बनाउने, प्रदुषण हरियालीयुक्त बनाउन जिविस, गाविस र प्यारो हरियाली नेपालको सत्प्रयास रहेको छ। []

सडक यातायात

[सम्पादन गर्नुहोस्]

पाँचखालको प्रमूख यातायात मार्ग अरनिको राजमार्ग राजमार्ग हो । यसले पाँचखाललाई धुलिखेल, बनेपाकाठमाडौँसँग जोडेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "धार्मिक एवं पर्यटकीय स्थलहरू", ddckavre.gov.np  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-२६ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
पाँचखाल नगरपालिका
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?