For faster navigation, this Iframe is preloading the Wikiwand page for नेपाल विद्यार्थी सङ्घ.

नेपाल विद्यार्थी सङ्घ

यो लेखको तटस्थता अहिले विवादित रहेको छ। यसलाई सुधार गर्न विभिन्न जाँच गरिएको स्रोत तथा वृतान्त प्रयोग गरेर दावा गरेपछि यस लेखलाई सुधार गर्न सकिन्छ। अन्य जानकारीहरू थप्न अथवा सुधार गर्नको लागि वार्ता पृष्ठमा लेख्न सकिन्छ। (August 2018)

नेपाल विद्यार्थी सङ्घ हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन हो नेपाल विद्यार्थी सङ्घ। तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी सङ्घको स्थापना वि. सं. २०२७ सालमा भएको थियो। यस सङ्गठन व्यतिगत स्वार्थ माथी सम्बन्धि छैन। नेपाल विद्यार्थी सङ्घ एक ऐतिहासिक सङ्गठन र एक अनवरत सङ्घर्षिल संस्था हो ।

नेपाल विद्यार्थी सङ्घको इतिहास

[सम्पादन गर्नुहोस्]

आन्दोलन र क्रान्तिको पृष्ठभुमिमा रहि शाहिदको बलिदान र नव मार्गदर्शनको सच्चा क्रान्तिकारी एवं सचेत विद्यार्थीहरूको नवीन मार्गको रूपमा जेलभित्र कमल र मशाल अङ्कित झण्डा निर्माण गरी स्वायम्भुको सत्तलमा जन्मिएको कुरा सर्वबित नै छन् । नेपाल विद्यार्थी सङ्घ निरंकुश, अधिनायकवादी र सामन्तीहरूको विरुद्धमा अनवरत सङ्घर्ष रहि मानव अधिकार, लोकतान्त्र, सामाजिक सदभाव, स्वतन्त्र न्याय, बिधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्र लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनिती, अर्थिक, शैक्षिक एवं समान्त मुलक राष्ट्र निर्माणको अग्रगामी भुमिका निर्बाह गर्दै आएको र गरी रहने प्रतिबद्धता अनुरुप जन्मिएको संस्था नै नेपाल विद्यार्थी सङ्घ हो । नेपाल विद्यार्थी सङ्घले हरेक आन्दोलनको अग्र मोर्चामा रहि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै निरंकुश, तानाशाही व्यवस्थाको विरुद्ध नेपाल विद्यार्थी सङ्घका होनहार विद्यार्थी योद्धाहरूले ज्यानको बलिदान दिएको कुरा इतिहासमा प्रष्ट छन् । नेपाल विद्यार्थी सङ्घको कलम र मशाल अंकित झण्डा मुनि गोलबद्ध रहेका वीर शाहिदहरु कामेश्वर, कुलेश्वास राम, लक्ष्मण, लिला, ठगीराज, श्यामसुन्दर, भरत, खगेन्द्र, रजन गिरि आदि लगायत सयौं शहिदहरूले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको लागि ज्यानको बलिदान दिएको इतिहास हामी माझ छर्लङ्ग छ । नेपाल विद्यार्थी सङ्घको इतिहासको बिषयमा ब्याख्या र विश्लेषण गर्न खोजिएको भन्दा पनि हालको गतिविधि र यथार्थलाई मध्यनजर गरी नियाल्ने प्रयत्न मात्रै गरेको छु । नेपाल विद्यार्थी सङ्घ कुनै व्यक्तिलाई नेतृत्वमा स्थापित गराउने र व्यक्तिगत स्वार्थ पूरा गराउन गुट र उपगुटको लागि जन्मिएको संस्था होईन, नेपाल विद्यार्थी सङ्घ इतिहासको हरेक कालखण्डमा परिवर्तनको लागि सङ्घर्ष गरिएको ऐतिहासिक उपलब्धिहरूको संस्थागत विकास गराउने र राजनितीक, शैक्षिक, अर्थिक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विविध विषयहरूको असमानता र असन्तुलनलाई समान र सन्तुलन रहन प्रेरित गराउन र नागरिक अधिकारको सुनिश्चित गराउनको लागि जन्मिएको संस्था हो । नेपाल विद्यार्थी सङ्घको छुट्टै विशेष इतिहास रहेकोले इतिहासको हरेक मोडमा नयाँ ढङ्गले परिवर्तन र क्रान्तिकारी भुमिका रहन नयाँ नेतृत्वको विकास गराउने एक लोकतान्त्रिक नर्सरी पनि हुन । जहाँ नेपाल विद्यार्थी सङ्घ, त्यहाँ शान्ती, समृद्धि र गतिशील एवं परिवर्तनकारीहरूको बैचारिक बहस र नेतृत्व विकासको स्थपित गराउने संगगठन हो । नेपाल विद्यार्थी सङ्घले बिगतका दिनहरूमा राजनितीक, शैक्षिक, अर्थिक तथा सामाजिक क्रान्तिको साथै विद्यार्थीहरूको हक हित एवं अधिकारको सुनिश्चितताको लागि अमुल परिवर्तनको नेतृत्व नेपाल विद्यार्थी सङ्घले गरी आएको छ । जहाँ विद्यालय तथा बिश्वबिद्धालय, त्यहाँ नेविसङ्घ र नेविसङ्घको क्रान्तिकारीता भन्ने इतिहास हरेक शैक्षिक स्थालहरूमा हिंसा रहित परिवर्तनको विकास गरिएको छ । नेपाल विद्यार्थी सङ्घ बिगतको क्रान्तिकारीता परिवर्तनलाई कतै इतिहासको पानामा मात्रै सिमित रहने त होइनन् भन्न सकिने अवस्थाको गतिमा हालको नेतृत्वहरु चुक्न खोज्दैछन् । अहिले शैक्षिक राजनितीक तथा अर्थिक क्रान्तिको लागि नेतृत्व भुमिका रहनुको सट्टा शाहिदको अवमूल्यन र अपमान हुन सक्ने गतिविधिमा तीब्र प्रतिस्पर्धा गरि गुटबन्दी मात्रै नभई गिरोहहरूको मोर्चा संचलान गरिरहेको छ । करिब एक दशक देखि नेतृत्व चयन गर्न नसक्ने बिबाद रहेको स्थानमा विधि बिद्यान अनुरुप लोकतान्त्रिक पद्धतिको मुल्य मान्यता अनुसार लोकतान्त्रिक निर्वाचन मार्फत अधिबेशन सकिरहेको छैन । नेपाल विद्यार्थी सङ्घले सङ्घीय संरचना अनुसार शैक्षिक गतिविधि, निजि र सरकारी विद्यालय वीचको आसमान शैक्षिक नीति, सरकारी विद्यालय तथा विश्वविद्यालयमा रहेको असफल शिक्षा प्रणाली र व्यवस्थापन, निजि विद्यालयको चर्को शुल्क, सरकारी विद्यालयका शिक्षक एवं शिक्षिकाको लापरबाही गतिविधि एवं राजनितीकरणको कमजोरीले खस्केको शिक्षा, सरकारी अस्पताल र सरकारी विद्यालयको सेवाप्रति जनविश्वासको कमि, हरेक क्षेत्रमा बढ्दो महँगी, कालोबजारी र भ्रष्टाचार, सरकारी कार्यको सुस्तता आदि जस्ता विषय माथी बैचारिक बहस र सङ्गठनको दृष्टिकोण सहितको सशक्त अभियानको सट्टा गुटबन्दीमा परिणत गर्दै विभिन्न समुहमा रहि एकापसमा व्यक्तिगत दुस्साहस राखी नेतृत्वकर्ता नै बिचलित र गतिहिन अवस्थामा पुर्याउन खोज्दैछन् । नेपाल विद्यार्थी सङ्घको स्पष्ट दृष्टिकोण सहित एक सशक्त आन्दोलनको स्वरुप लिनुको सट्टा कुनै कार्यक्रममा अतिथिको माला लगाउने, भाषाण गर्ने र आरोपप्रत्यारोप लगाउने बाहेक वर्तमान नेतृत्वको गतिविधि रहेको देखिदैन । एक खाले गुट बिधि पद्धति अनुसार छलफल संवाद नगरी एकासी अधिबेशनको माग गर्दै सडक आन्दोलन, अर्को गुट सङ्गठन शुद्धीकरण तथा प्रशिक्षणको अभियान भनी आफ्नो गुटको मात्रै देख्ने दृष्टिहिन नेता बोकी देश दौडमा लागिरहेका छन् र एकखाले हामी निर्वाचित नेतृत्व हौं हाम्रो कार्यकाल हामीले चाहिएको बेलासम्म टेक्न सकिन्छ पार्टीको नेतृत्व पनि हाम्रै गुटका रहेकोले हाम्रो विकल्प खोज्दैन भन्ने घमण्डी राखि नेताहरूको घरघरमा चाकरी गराउन पनि पछि नपर्ने प्रवृत्ति कुनै विद्यान संबद्ध चाहिँ होइन । वर्तमान नेतृत्वमा रहेका क्रान्तिकारी ठान्ने नेतृत्व वर्गले समयमा अधिबेशन, सङ्घीय ढाचाको आधारमा सङ्गठन बिस्तार, हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लगायत जिम्मेवार निर्वाह गराउनु सबै तहको दायित्व हुन तर एक अर्कामा असफल भनी आरोप लगाउने र आफू चोख्याउने दुस्साहस लिने असफल नेतृत्वहरु एक औचित्यहिन गतिविधिले कसैको हित नहुने देख्दा देख्दै पनि अरुलाई असफल बनाउदा आफू र आफ्नो गुट सफल हुने मुर्खता र दिवा सपना बोक्ने मनसिकताले आम मनोवृत्तिमा मनसिक रोग फैलिन्छ भने मनोदशा जब त्याग्न सक्दैन तबसम्म सङ्गठनले न गति लिन सकिन्छ न सङ्गठन बलियो बनाउन सकिन्छ । सङ्गठनभित्र विधि विधान पनि राम्रोसँग अध्ययन नगरी आफू बलियो बन्न अध्यक्षको जिम्मेवार महामन्त्री र उपाध्यक्ष र सदस्यको जिम्मेवार र कार्य क्षेत्र पनि बुझ्न नसकिने नैतिक बिहिनहरूले कसरी सङ्गठनलाई संस्थागत गर्न सकिन्छ ? हरेक सङ्गठनको विधि सम्बद्ध कार्यबिधि चालेको हुन्छ तर हरेक कार्यमा बिबाद सृजना गरी कुनै गिरोहको मात्रै नेतृत्व लिन खोज्ने जुन दुस्साहस लिएको छ त्यसले कसैको हित र फाइदाजनक हुन सक्दैन । असारमा आँखा फुटेको गोरु जहिले हरियो देख्ने भने जस्तै नेतृत्वमा पुगेर पनि जहिले गुटका कार्याकर्ता मात्रै असल देख्ने दृष्टिहिन प्रवृत्ति जबसम्म रहन्छ तबसम्म सङ्गठनको अवस्थामा गतिहीन रहिरहन्छ । यदि सङ्गठनको विधि पद्धति र मुल्य मान्यतामा रहि संचलन भएको भए स्थानीय निर्वाचन, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको भुमिका उपस्थित र अभियानले निर्वाचनको माहोल कति परिवर्तन गर्न सकिन्थ्यो होला । हुन त नेपाल विद्यार्थी सङ्घले औपचारिकताको लागि केन्द्रिय प्रतिनिधि नखटाएको पनि होइन तर प्रतिनिधिले औपचारिकता निम्त्याउने बाहेक अरु केही गरिएको जस्तो लाग्दैन र देख्दैन पनि । एउटा भनाइ “कुवाको भ्यागुतो समुन्द्रमा कहिल्यै पौडिन सक्दैन, उसलाई त्यो हिलो कुवा नै संसार ठानी पौडी रहेको हुन्छ” मैले भन्न खोजेको गुटबन्दीमा रमाउने नेतृत्व समग्र नेतृत्वको नेता बन्न सक्दैन किनकि उनीसँग नेतृत्व गर्न सक्ने क्षमता नै हुँदैन उसले आफ्नो गुट मात्रै सर्वश्रेष्ठ ठान्छ र देख्छन् पनि ! उनले आफू मात्रै सकिने काम गर्दैन बरु त्यहीँ सङ्गठन पनि समाप्त गरेर छाडिदिन्छ । नेपाल विद्यार्थी सङ्घको ११ औं महाधिवेशनको नेतृत्व नै असफल र असक्षम तरिकाबाट जन्मिएको पनि कुनै दुबिधा त देखिदैन किन कि करिब २७०० जतिको प्रतिनिधिलाई भागबन्डा गर्दागर्दै करिब ४००० पुर्याउने दुस्साहस त्यहीँबाट सुरुवात गरेकै थिए । जिल्लामा कार्याकर्ताले हराएका प्रतिनिधि केन्द्रको भागबन्डा परि केन्द्रिय सदस्य निर्वाचित भएको पनि कमै छैन होलान् । त्यतिबेलाको प्रतिनिधि भागबन्डा गराउदा आफ्नो ड्राइभर, खालासी, भाइ बहिनी टक्कटुक्का पनि नपरेको होइन त्यहीँबाट छनोट हुने नेतृत्वले विवाद रहित सफल नेतृत्व जन्मिने अपेक्षा गर्नु कति मुर्खता र कसरी होइन भन्न सकिला ? हाल नेपाल विद्यार्थी सङ्घमा देखिएको बिबाद बेमौसमको बाजा जस्तै हुन । भर्खरै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको ठुलो हार बेहोर्नु परेको बेलामा भातृ सङ्गठन बेला र कुबेलामा विवाद गरी बस्नु सङ्गठनको नेत्रृृत्वहरूको औचित्य माथी प्रश्न उब्जाउनु हो । यो बेला ऐक्यबद्धता भैइ अगाडि बढ्नुको सट्टा आफै आफैंमा झगडा गर्नु झन् सङ्गठनलाई कमजोर बनाउनु हो । अब सानातिना विवादलाई छोडि आगामी कार्यादिशा बनाएर अगाडि बढ्न सकिए मात्रै सङ्गठनले गति लिन सकिन्छ र गतिशिलता हुनेछ । हाल नेपाल विद्यार्थी सङ्घमा सङ्गठनको हित र समग्र राजनिती बुझ्न खोज्ने समूह र गुट भन्दा पनि सङ्गठनलाई ताहासनहास गराउने गिरोहहरूको समूहले भरिएको संजल जस्तो देखिन्छ । अब नेपाल विद्यार्थी सङ्घको विधि पद्धति र मुल्य मान्यता रहेको भए अबधिभित्र विभिन्न तहको अधिवेशन, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, शैक्षिक, अर्थिक, राजनितीक दृष्टिकोणसहितको स्पष्ट खाका लिएर लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन नेतृत्व तह नैतिक रूपमा जिम्मेवार भइ बिगतको कमिकमजोरी र गलत गन्तव्यलाई सच्याउन समय रहेकोले संस्थागत विकास गराउन सकिएमा वर्तमान नेतृत्वको औचित्यपूर्ण रहने छ []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  1. हाम्रोकुरा
{{bottomLinkPreText}} {{bottomLinkText}}
नेपाल विद्यार्थी सङ्घ
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?