For faster navigation, this Iframe is preloading the Wikiwand page for धीरूभाई अम्बानी.

धीरूभाई अम्बानी

धीरूभाई अम्बानी
जन्म(१९३२-१२-२८)२८ डिसेम्बर १९३२
चोरभाद, गुजरात, भारत
मृत्यु६ जुलाई २००२(2002-07-06) (उमेर ६९)
मुम्बई, महाराष्ट्र, भारत
मृत्युको कारणहृदयघात
राष्ट्रियताभारतीत
जातीयतागुजराती[]
पेशारिलायन्स उद्योग, रिलायन्स पावर तथा रिलायन्स क्यापिटको स्थापक
धर्महिन्दु
जीवनसाथीकोकिलावेन अम्बानी
सन्तानमुकेश अम्बानी
अनिल अम्बानी
नीना कोठारी
दिप्ती सालगाओन्कर
पुरस्कारपद्म विभूषण (२०१६)

धीरूभाई हिराचन्द "धीरूभाई" अम्बानी (२८ डिसेम्बर १९३२ – ६ जुलाई २००२) एक भारतीय प्रसिद्ध व्यवसायी थिए, [] उनले आफ्नो नातेदारसँग मिलेर भारतको बम्बेमा रिलायन्स उद्योगको थालनी गरेका थिए । उनी द सनडे टाइसमा एसिया महाद्विपको ५० शिर्ष व्यवसायी मध्ये एकको रूपमा उल्लेख गरिएको थियो ।[] उनले रिलायन्स उद्योगलाई सन् १९७७ मा पब्लिकमा परिणत गरेका थिए र सन् २००७ सम्ममा उनको परिवारको सगोल सम्पत्ति युएसडि ६० विलियन भएको थियो तथा अम्बानी परिबार संसारको तेश्रो धनी परिवार समेत भएका थिए । अम्बानीको मृत्यु ६ जुलाई २००२ मा भएको थियो । [] सन् २०१६ मा उनलाई मरणोपरान्त पदम विभुषणबाट सम्मान गरिएको थियो, जुन भारतको दोश्रो उच्चतम नागरिक सम्मान हो । यो सम्मान उनलाई व्यापार तथा उद्योगको क्षेत्रमा उनको योगदानको लागि प्रदान गरिएको थियो । [][]

प्रारम्भिक पेशागत जीवन

[सम्पादन गर्नुहोस्]

उनले सन् १९६६ मा रिलायन्स उद्योगको स्थापना गरेका थिए र सन् २०१२ सम्ममा यस कम्पनीमा ८५,००० भन्दा बढी कर्मचारी तथा केन्द्रिय सरकारको जम्मा कर राजश्वमा लगभग ५ प्रतिशत योगदान रहेको थियो । सन् २०१२ सम्मा रिलायन्स उद्योगमा फर्च्युन ५०० मा शिर्ष १० को सूचीमा राजस्वको आधारमा सूचीकृत भएको थियो ।  []

उनलाई ठूलो हृदयघात भए पश्चात २००२ जुन २४ मा मुम्बईको ब्रिच क्याडि हस्पिटलमा भर्ना गरिएको थियो । यो उनको दोश्रो हृदयघात थियो, सन् १९८६ फेब्रुअरीको पहिलो हृदयघातले उनको दाँया हातमा पक्षघात भएको थियो । उनी हप्ता भन्दा बढी समयको लागि कोमा रहे तथा उनको उपचारमा विभिन्न डाक्टरहरू संलग्न थिए । उनको मृत्य सन् २००२ जुलाई ६ मा भएको थियो ।

धीरूभाई पछिको रिलायन्स

[सम्पादन गर्नुहोस्]

सन् १९८६ मा भएको हृदयघात पश्चात उनले रिलायन्सको नियन्त्रण आफ्ना छोराहरू मुकेश अम्बानी तथा अनिल अम्बानीलाई सुम्पेका थिए । सन् २००२ जुलाई ६ मा हृदयघातको कारणले ब्रिच क्याडि हस्पिटलमा उनको मृत्यु भएको थियो ।[] सन् २००४ नोभेम्बरमा मुकेश अम्बानीले एक अन्तरवार्तामा उनको भाइ अनिल अम्बानी सँग स्वामित्वको कारण मनमुटाब रहेको स्विकारेका थिए । उनले मनमुटाब घरायसी रहेको समेत भनेका थिए ।[] धिरूभाई अम्बानीको मृत्यु पश्चात समूहलाई रिलायन्स उद्योग लिमिटेड मुकेश अम्बानीको अध्यक्ष भएको तथा रिलायन्स अनिल धिरूभाई अम्बानी समूह अनिल अम्बानी अध्यक्ष भएको दुई संस्थामा टुक्रिएको थियो ।

लोकप्रिय मिडियामा

[सम्पादन गर्नुहोस्]

सन् १९८८ मा धीरुभाई अम्बानीको अनाधिकृत जीवनी, हमिश म्याकडोनाल्ड द्वारा द पॉलिस्टर प्रिन्स शीर्षकको साथ, उहाँका सबै राजनीतिक र व्यापारिक विजयहरूको रूपरेखा थियो। उनको पुस्तक भारतमा प्रकाशित भएन किनभने अम्बानीहरूले कानुनी कारबाही गर्ने धम्की दिएका थिए;[१०] एक अद्यावधिक संस्करण 2010 मा अम्बानी एन्ड सन्स शीर्षक अन्तर्गत बिक्री भएको थियो, र प्रकाशक विरुद्ध कुनै कारबाही भएको छैन।[१०]

फिल्म निर्माता मणिरत्नम द्वारा निर्देशित एक बलिउड चलचित्र गुरु (२००७ फिल्म), कथानकमा समानता भएका कारण धीरुभाई अम्बानीको जीवनमा आधारित रहेको भनिन्छ। यद्यपि रत्नमले यो जीवनी हो भनी अस्वीकार गरे तर यसले वास्तविक जीवनबाट "चरित्रको सार" तान्ने बताए।[११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Indian to the Core, and an Oligarch, ANAND GIRIDHARADAS, The New York Times, 15 June 2008
  2. Srikar Muthyala (२९ सेप्टेम्बर २०१५), "The List of Great Entrepreneurs of India in 2015", MyBTechLife।  वेब्याक मेसिन अभिलेखिकरण १४ जनवरी २०१६ मिति
  3. Dhirubhai Ambani वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०७ मिति. 4to40.com
  4. Dhirubhai Ambani vs Ratan Tata – Difference and Comparison.
  5. "Padma Awards 2016" 
  6. "Padma Awards 2016: Full List", NDTV.com, २५ जनवरी २०१६। 
  7. Pandey, Piyush (9 July 2012) Indian Oil, Reliance Industries in Fortune 500 companies list.
  8. Reliance chairman Dhirubhai Ambani dead. The Times of India (7 July 2002). Retrieved 28 July 2013.
  9. "Mukesh Ambani admits to differences with Anil", Rediff.com, १८ नोभेम्बर २००४, अन्तिम पहुँच ३१ डिसेम्बर २०१० 
  10. १०.० १०.१ "The return of The Polyester Prince", Business Standard, २ अक्टोबर २०१०, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१२ 
  11. "'Guru is not Dhirubai Ambani's story'", Hindustan Times (अङ्ग्रेजीमा), २००७-०१-०९, अन्तिम पहुँच २०२३-१२-१८ 
{{bottomLinkPreText}} {{bottomLinkText}}
धीरूभाई अम्बानी
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?