For faster navigation, this Iframe is preloading the Wikiwand page for द कोका-कोला कम्पनी.

द कोका-कोला कम्पनी

द कोका-कोला कम्पनी
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनUS1912161007 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगपेय
स्थापितअट्लान्टा संयुक्त राज्य अमेरिका
स्थापनाकर्ताहरूजोन पेम्बरटोन, कोका-कोलाको रूपमा
आसा ग्रिग्स कान्डलर द कोका-कोला कम्पनीको रूपमा
केन्द्रीय कार्यालय
अट्लान्टा
,
अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
जेम्स केन्सी
(प्रमुख र कार्यकारी अधिकृत)
ब्रायन स्मिथ
(अध्यक्ष तथा सञ्चालन अधिकृत)
उत्पादनहरूकोका-कोला कम्पनीका उत्पादनहरूको सूची
आम्दानीवृद्धि अमेरिकी डलर३७.२७ अर्ब (सन् २०१९)[]
परिचालन आय
वृद्धि युएस$१०.०९ अर्ब (सन् २०१९)[]
वृद्धि युएस$८.९२ अर्ब (सन् २०१९)[]
कुल सम्पत्तिवृद्धि युएस$८६.३८ अर्ब (सन् २०१९)[]
कुल इक्विटीवृद्धि युएस$१८.९८ अर्ब (सन् २०१९)[]
कर्मचारी सङ्ख्या
वृद्धि ८६,२०० (सन् २०१९)[]
सहायक कम्पनीहरूद कोका-कोला कम्पनीका सहायक कम्पनीहरूको सूची
वेबसाइटwww.coca-colacompany.com
कम्पनीको प्रमुख उत्पादन, कोकाकोला

द कोला-कोला कम्पनी वा कोकाकोला कम्पनी, एक अमेरिकी बहुराष्ट्रिय नरम पेय पदार्थ निर्माता कम्पनी हो जसको प्रधान कार्यालय आट्लान्टा, जर्जियामा रहेको छ। कम्पनीको सबैभन्दा ठूलो उत्पादन कोका कोलाका लागि परिचित छ।[] कोका-कोला कम्पनीको प्रमुख लक्ष्य मादक पदार्थ रहित पेय पदार्थ र चास्नी निर्माण तथा खुद्रा बिक्री र बजारमा केन्द्रित छ। सन् १८८६ मा, औषधिसाज जोन स्तिथ पेम्बेर्टोनले आविष्कार गरेको कोकाकोलालाई कम्पनीले उत्पादन गर्ने गर्दछ।[] सन् १८८९ मा, यसको निर्माणको सूत्र र ब्रान्ड,जोन स्तिथ पेम्बेर्टोनले आसा ग्रिग्स कान्डलरलाई $२,३०० मा, बिक्री गरेका थिए जसले सन् १८९२ मा, आट्लान्टामा यसको कार्यालयको स्थापना गरेका थिए। आट्लान्टा, जर्जियामा प्रधान कार्यालय रहेको तथा, डालेवेर सहरबाट सुरुवात गरिएको यस कम्पनीले सन् १८८९ देखि अधिकार प्राप्त वितरण प्रणाली सञ्चालन गरेको छ। कम्पनीले ठूलो मात्रामा थ्रिग्रिएर रहने चास्नीको उत्पादन गर्दछ, जसलाई पछि विशेष क्षेत्रहरूमा केन्द्रित विश्वभरिका विभिन्न सम्बन्धित सहायकहरूका लागि बिक्री गरिन्छ।[]

द कोका-कोला कम्पनीको प्रतीक जुन २०२० सम्म

जुलाई १८८६ मा, कोलम्बस, जर्जियाका औषधिसाज जोन स्टिथ पेम्बर्टनले मूल कोका-कोला पेयको आविष्कार गरेका जुन औषधी पेयको रूपमा औषधी पसलहरूमा बिक्रीका लागि राखिएको थियो।[] त्यस पश्चात्, पेम्बर्टनले निरन्तर मिश्रण प्रयोग गरिरहेका थिए र उक्त वर्षको मे महिनामा उनी आफ्नो लक्ष्यमा पुगेका थिए जहाँ उनको नाम नखुलेको नयाँ उत्पादन कार्बोनपूर्ण पेय पदार्थ, बजारको लागि तयार र बिक्रीको लागि उपलब्ध गरिएको थियो। पेम्बर्टनका व्यवस्थापक, फ्रान्क एम रोबिन्सनले यस उत्पादनको नाम र यसको प्रतीक सृजना गरेका थिए।[] रोबिन्सनले यसमा समावेश दुई मुख्य तत्त्वहरूका कारण (कोका पात र कोला दाना) यसको नाम छनोट गरेका थिए। जोन पेम्बर्टनले यस व्यवसायबाट विश्राम लिँदै, रोबिन्सनलाई यसको उत्पादन बढाउन र थप सफलता हासिल गर्नका लागि प्रोत्साहित गरेका थिए र लगत्तै उनले व्यवसायलाई बिक्री गरेका थिए।[] उनले आफूसँग भएको सीमित बजेटको साथ पेयको प्रचार गर्दै अन्ततोगत्वा सफल भएका थिए।

सन् १८८९ मा, अमेरिकी व्यापारी आसा जी। कान्डलरले पेम्बरटनका उत्तराधिकारीहरूबाट कोका कोला सूत्र र ब्रान्डको खरीद पूरा गरेका थिए। भने सन् १८९२ मा, कोकाकोला कम्पनीको कार्यालय कान्डलरले आट्लान्टामा खोलेका थियो।[] सन् १८९५ सम्ममा, कोका-कोला अमेरिकाको प्रत्येक राज्यहरूमा बिक्री भइरहेको थियो। सन् १९१९ मा, यस कम्पनी जर्जियाको अर्नेस्ट उड्रफको कम्पनीलाई बेचिएको थियो।

कोका कोलाको पहिलो विज्ञापनमा "कोका कोला। स्वादिष्ट! स्फूर्तिदायी! उत्साहजनक! अनौठो!" लगायतका शब्दहरू समावेश थिए।[] कान्डलर आफ्नो विज्ञापन रणनीतिमा व्यापारिक कारोबार गर्ने पहिलो व्यापारीहरू मध्ये एक थिए। सन् १९३८ सम्म, कोका कोलाले लगभग ६०% बजार क्षेत्र ओगटेको दाबी गरेको थियो।[] सन् १९८४ सम्ममा, कोका कोला कम्पनीको बजार साझेदारी यसको नयाँ प्रतिस्पर्धी पेप्सिको कारण २१.८% मा घटेको थियो।

अधिग्रहणहरू

[सम्पादन गर्नुहोस्]

कम्पनीसँग अधिग्रहणको लामो इतिहास रहेको छ। कोका-कोलाले सन् १९६० मा मिनेट मेड नामक एक नरम पेय पदार्थ उत्पादक कम्पनीलाई अधिग्रहण गरेको थियो।[] सन् १९८२ मा, यसले चलचित्र स्टुडियो कोलम्बिया पिक्चर्सलाई ६९.२ करोड अमेरिकी डलरमा हासिल गरेको थियो। पछि, कोलम्बिया पिक्चर्सलाई सन् १९८९ मा, सोनीका लागि ३ अर्ब अमेरिकी डलरमा बिक्री गरिएको थियो।[१०]

यसले सन् १९९३ मा, भारतीय कोला ब्रान्ड थम्प्स अप र सन् १९९५ मा, बार्क्सलाई प्राप्त गरेको थियो।[१०] सन् १९९९ मा, कोका-कोलाले इन्का कोलाको ५०% सेयर $२० करोड अमेरिकी डलरमा खरिद गरेको थियो भने यसले सो मार्फत ब्रान्डको लागि विदेशी विज्ञापन र उत्पादनको नियन्त्रण कायम गरेको थियो।[११] सन् २००१ मा, यसले ओडवाला ब्रान्डको विभिन्न उत्पादनहरूलाई १८.१ करोड अमेरिकी डलरमा हासिल गरेको थियो। यसले सन् २०२० को सुरुवात तिर ओडवालाको अन्त्यको घोषणा गरेको थियो।[१२] सन् २००७ मा, यसले फुज बेभरेज नामक कम्पनीलाई यसका संस्थापक लान्स कोलिन्स र कास्तान्या साझेदारी कम्पनी मार्फत अनुमानित २५ करोड अमेरिकी डलरमा हासिल गरेको थियो।[१३]

चिनियाँ पेय निर्माता हुयुआन पेय समूहलाई खरीद गर्नका लागि कम्पनीले २.९ अर्बको बोलपत्र जारी गरेको थियो[१४][१५][१६] जहाँ यस चिनियाँ कम्पनीले कोकाकोलाको बोलपत्रलाई खारेज गरेको थियो। राष्ट्रियता सम्झौताको परित्यागको एक प्रमुख कारण मानिएको थियो।[१७][१८]

सन् २०११ मा, यसले अनेस्ट टि नामक कम्पनीको बाँकी सेयरलाई अधिग्रहण गरेको थियो जहाँ यसले सन् २००८ मा, यसको ४०% स्वामित्व ४.३ करोड अमेरिकी डलरमा हासिल गरिसकेको थियो। [१९]

सन् २०१३ मा, यसले नरिवलको पानी उत्पादन गर्ने कम्पनी जिकोलाई खरिद गरेको थियो।अगस्त २०१४ मा, यसले १६.७% (हाल १९.३९%) मा, अमेरिकी पेय कम्पनी मोन्स्टर बेभरेजलाई २.१ अर्ब डलरमा अधिग्रहण गरेको थियो।[२०][२१] खरिदसँगै कम्पनीको स्वामित्व २५% पुर्‍याउने विकल्प दिइएको थियो जसको उद्देश भनेको, दीर्घकालीन रणनीतिक साझेदारीको रूपमा विज्ञापन, वितरणमा गठबन्धन, र उत्पादनको फैलावट हो।[२२] सन् २०१५ मा, कम्पनीले सुजा लाइफ नामक एक चिसो पेय उत्पादकको अल्पसङ्ख्यक स्वामित्व ग्रहण गरेको थियो।[२३][२४] डिसेम्बर २०१६ मा, यसले पहिलाको साबमिलरको कोका कोला सम्बन्धित सञ्चालन प्रक्रियाहरूलाई खरीद गरेको थियो। [२५]

३० जनवरी २०१६ मा, कोला-कोला कम्पनीले चि लिमिटेडको ४०% स्वामित्व ग्रहण गरेको थियो भने यसको बाँकी रहेको ६०% स्वामित्वलाई ३० जनवरी २०१९ मा, प्राप्त गरेको थियो।[२६] सन् २०१७ मा, यसले मेक्सिकी कम्पनी तोपो चिकोलाई २२ करोड अमेरिकी डलरमा अधिग्रहण गरेको थियो।

३१ अगस्त २०१८ मा, यसले कोस्टा कफीलाई ह्विटब्रेड मार्फत £3.9 मा अधिग्रहण गरेको थियो भने यसको लेनदेन ३ जनवरी २०१९ मा, समाप्त भएको थियो।[२७] अगस्त २०१८ मा, द कोका-कोला कम्पनीले अज्ञात रकम सहित मोक्सीको अधिग्रहण गरेको थियो। १४ अगस्त २०१८ मा, कम्पनीले बडी आर्मरमा अल्पसङ्ख्यक ब्याज घोषणा गरेको थियो। १९ सेप्टेम्बर २०१८ मा, कम्पनीले अस्ट्रेलियाली काममा अर्गानिक एन्ड र ट्रेडिङ कम्पनी लिमिटेडलाई अधिग्रहण गरेको थियो।[२८]

५ अक्टोबर २०१८ मा, कोका कोला कम्पनीले मेड समूहबा तीन संस्थापकहरू: लुक मार्गेट, म्याट डेनिस र ब्राड विल्सन मार्फत यसको २२.५% भाग प्राप्त गरेको घोषणा गरेको थियो।यसको कोका कोला अमातिल लिमिटेडमा ३०.८.% स्वामित्व रहेको छ। यसले कोका कोला अमातिल कम्पनी मार्फत मेड समूहमा ६.९% सेयरको स्वामित्व कायम गरेको छ।[२९]

प्लास्टिक उत्पादन र फोहोर

[सम्पादन गर्नुहोस्]

कोकाकोला कम्पनी विश्वको सबैभन्दा ठूलो प्लास्टिक फोहोरको उत्पादक हो। लगातार दुई वर्षमा यसले ३० लाख टन प्लास्टिकका बोतल उत्पादन गरेको छ भने यसले प्रत्येक वर्ष ११० अर्ब प्लास्टिकको बोतलहरू उत्पादन गर्ने गर्दछ। कम्पनीका विश्वव्यापी प्रमुख कार्यकारी अधिकृतले, कोकाकोलासँग हाल कुनै पनि प्रकारको प्लास्टिकको बोतलको प्रयोग घटाउने योजनाहरू नभएको स्वीकार गरेका थिए। कम्पनीले आंशिक रूपमा बोतल सम्बन्धित विधेयक कानुनको विरोध गर्दै यसले बनाएको प्लास्टिकको फोहोरलाई कम गर्नका लागि "केही प्रयासहरू गरेको छ।

सन् २००० को दशकदेखि नै, कोका कोलाका उत्पादन तथा यस कम्पनीलनई नै स्वास्थ्यमा परेको प्रभाव, वातावरणीय मुद्दा, पशु परीक्षण, आर्थिक व्यवसाय अभ्यास र कर्मचारी मुद्दाहरू लगायत विषयहरू उठान गरिँदै आल‍ोचित गरिएको छ। कोका कोला कम्पनीले यी विभिन्न आलोचनाहरू सम्बन्धी धेरै मुद्दा पनि खेपेको छ। सन् १९०९ मा शुद्ध खाद्य तथा औषधि ऐन पारित भएको थियो र कम्पनीले आफ्नो प्रमुख उत्पादनमा थपेको क्याफिनलाई हानिकारक तत्व ठानिएका कारण, संयुक्त राज्य अमेरिकाको सरकारले ४० ब्यारेल र २० किलो कोका कोलाको कच्चापदार्थलाई कब्जा गरेको थियोे।

जातीय भेदभाव

[सम्पादन गर्नुहोस्]

नोभेम्बर २००० मा, कोका कोलाले जातीय भेदभाव सम्बन्धी मुद्दालाई सुल्झाउनका लागि १९.२५ करोड अमेरिकी डलर भुक्तान गर्नेमा सहमति जनाएको थियो र अमेरिकामा अल्पसङ्ख्यक कर्मचारीहरू प्रतिको व्यवहार, व्यवस्थापन र सत्कार गर्ने तरीका बदल्ने वाचा गरेको थियो। सन् २००३ मा, कोका कोलाको वार्षिक बैठकमा प्रदर्शनकारीहरूले, अश्वेत व्यक्तिहरू कम्पनीमा शीर्ष प्रबन्धनको प्रतिनिधित्व नगरेको दावी गरेका थिए भने उनीहरूले श्वेत कर्मचारीहरूले भन्दा कम पारिश्रमिक पाएको र प्रायः उनीहरूलाई कमबाट निकाल्ने गरिएको समेत दाबी गरेका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ १.४ १.५ "2019 Annual Report (Form 10-K)", द कोका-कोला कम्पनी, फेब्रुअरी २४, २०२०, अन्तिम पहुँच सेप्टेम्बर ५, २०२० 
  2. "Who Invented Coca Cola?", Whoinventedit.net, अन्तिम पहुँच नोभेम्बर २, २०१२ 
  3. "Coca-Cola: Neuer CEO hat das Ruder übernommen", lebensmittelzeitung.net, अन्तिम पहुँच २०१७-०६-०७ 
  4. Coca-Cola, "Coca-Cola auf einen Blick" (पिडिएफ), अन्तिम पहुँच २०१७-०९-१४ 
  5. "Where did Coca-Cola really come from? Company responds to surprising rumor", TODAY.com, मूलबाट सेप्टेम्बर ७, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ६, २०१८ 
  6. ६.० ६.१ Pendergrast, Mark (२०१३), For God, Country, and Coca-Cola: The Definitive History of the Great American Soft Drink and the Company That Makes It, 3d ed., न्युयोर्क: Basic Books। 
  7. ७.० ७.१ "What Coca-Cola's Marketing Blunder Can Teach Us About America", टाइम, मूलबाट अगस्ट २१, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ६, २०१८ 
  8. "7 strategies Coca-Cola used to become one of the world's most recognizable brands", बिजनेस इन्साइडर, मूलबाट सेप्टेम्बर ७, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ६, २०१८ 
  9. "History of The Minute Maid Company", Fundinguniverse.com, मूलबाट जनवरी ५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २९, २०१२ 
  10. १०.० १०.१ Sellers, Patricia; Woods, Wilton (अक्टोबर १३, १९९७), "WHERE COKE GOES FROM HERE", Fortune, मूलबाट अगस्ट २१, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १०, २०११ 
  11. "Strong Cola Taste, Macho Personality", मूलबाट फेब्रुअरी २६, २००९-मा सङ्ग्रहित। 
  12. Barq's Root Beer: History वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २१, २०१२ मिति, Coca-Cola. पहुँचमिति: जनवरी २०१३।
  13. https://knowledge.wharton.upenn.edu/article/branding-lessons-from-inca-kola-the-peruvian-soda-that-bested-coca-cola/
  14. "Coke Finishes Buyout of Zico; Uzzell Becomes President, Rampolla to Advise", BevNET.com, मूलबाट मार्च ८, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०१६ 
  15. "Coca-Cola all in on coconut water maker", मूलबाट मार्च ८, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०१६ 
  16. "ZICO™ Beverages Joins The Coca-Cola Family", The Coca-Cola Company, मूलबाट मार्च ८, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०१६  वेब्याक मेसिन अभिलेखिकरण मार्च ८, २०१६ मिति
  17. "Coca Cola, Form SC TO-T, Filing Date Oct 30, 2001", secdatabase.com, मूलबाट मे १३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २७, २०१३ 
  18. "Coke Buys Odwalla" वेब्याक मेसिन अभिलेखिकरण मे १५, २०१० मिति. (October 30, 2001).CNN Money.
  19. Business, Alicia Wallace, CNN, "Coke says it will kill more 'zombie' brands, weeks after dropping Odwalla", CNN, अन्तिम पहुँच २०२०-०७-२२ 
  20. "Coca Cola, Form 10-K, Annual Report, Filing Date Feb 21, 2007", secdatabase.com, मूलबाट मे १३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २७, २०१३ 
  21. "Coca-Cola Buys Fuze Beverage" वेब्याक मेसिन अभिलेखिकरण मे ११, २०११ मिति. (February 12, 2007) Boulder Daily Camera.
  22. "Coca-Cola, Form 10-Q, Quarterly Report, Filing Date Apr 30, 2009", secdatabase.com, मूलबाट मे १३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २७, २०१३ 
  23. Esterl, Mike, "Coca-Cola Buys Minority Stake in Suja Life", The Wall Street Journal, आइएसएसएन 0099-9660, मूलबाट मार्च ८, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०१६ 
  24. "Organic Juice Startup Suja Adds Unlikely Partners: Coca-Cola, Goldman Sachs", Forbes, मूलबाट मार्च ८, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०१६ 
  25. Jarvis, Paul (डिसेम्बर २१, २०१६), "Coca-Cola Buys AB InBev Out of Africa Unit for $3.2 Billion", Bloomberg News, ब्लुमबर्ग, मूलबाट फेब्रुअरी १, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १, २०१७ 
  26. "Topo Chico Acquired by Coca-Cola", Food & Wine, मूलबाट अगस्ट ११, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०८-११  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-११ मिति
  27. "Coca-Cola to buy Costa coffee for £3.9bn or $4.9bn", BBC News, अगस्ट ३१, २०१८, मूलबाट अगस्ट ३१, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३१, २०१८ 
  28. "Coca-Cola acquires beloved Maine soda Moxie - The Boston Globe", BostonGlobe.com, मूलबाट अप्रिल २४, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०२-१७ 
  29. Wiener-Bronner, Danielle (२०१८-०८-१४), "Coca Cola is fighting Gatorade by investing in BodyArmor", CNN Business, अन्तिम पहुँच २०२०-०५-२६ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  • वित्त सूत्रहरूका लागि व्यवसाय आँकडा

ढाँचा:कोका-कोका ब्रान्डहरू ढाँचा:कोका-कोलाका विविधताहरू ढाँचा:नरम पेय

{{bottomLinkPreText}} {{bottomLinkText}}
द कोका-कोला कम्पनी
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?