For faster navigation, this Iframe is preloading the Wikiwand page for दुर्लभकुमार थापा.

दुर्लभकुमार थापा

दुर्लभकुमार थापा
नेपाल प्रहरीको प्रमुख
कार्यकाल
वि.सं. २०३५ साउन – वि.सं. २०३९ ज्येष्ठ
पूर्वाधिकारीखड्गजीत बराल
उतराधिकारीदिलबहादुर लामा
सैन्य सेवा
निष्ठा नेपाल
श्रेणीआइ.जी.पी.

दुर्लभ कुमार थापा नेपाल प्रहरी नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक हुन् । [] २०३५ सालमा उनले प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेपछि उनकै अग्रसरतामा निर्मित आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना उल्लेखनीय छन् । सन् २०१३ मा पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए ।

नेपाल प्रहरी

आई.पी.एस. (ईन्डियन पुलिस सर्भिस) तालिम

सन् १९५६/५७ मा तत्कालीन प्रहरी निरीक्षक दुर्लभ कुमार थापाले भारतको माउन्ट आबु स्थित ‘सेन्ट्रल पुलिस ट्रेनिङ्ग कलेज’ मा आई.पी.एस. (ईन्डियन पुलिस सर्भिस) तालिम गरेका थिए ।

नेपाल प्रहरीले ईन्टरपोल सदस्यता

वि सं २०२४ सालमा तत्कालीन आईजीपी रोम बहादुर थापाको कार्यकालमा नेपाल प्रहरीले जापानको क्योटोस्थित ईन्टरपोलको ३६ औँ महासभामा सहभागी भई नेपालले १०० औँ राष्ट्रको रूपमा सदस्यता पाएको थियो । सो क्रममा दुर्लभ कुमार थापाले नै प्रहरी उपरीक्षक (एसपी) का हैसियतले नेपाल प्रहरीको तत्कालीन प्रतिनिधि टोलीको नेतृत्व गरेका थिए ।

सदर प्रहरी तालीम केन्द्र (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) को समादेशक (कमान्डेन्ट)

तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दुर्लभ कुमार थापाले २०२४ चैत्र देखि २०२८ को फाल्गुण सम्म सदर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) को समादेशक (कमान्डेन्ट) जिम्मेवारी वहन गरेका थिए ।

पूर्व क्षेत्र प्रहरी नायव महानिरीक्षकको कार्यालय, विराटनगरको प्रमुख

तत्कालीन प्रहरी नायव महानिरीक्षक (डिआईजी) दुर्लभ कुमार थापाले २०२९ जेठ देखि २०३३ सालको जेठ सम्म पूर्वक्षेत्र प्रहरी नायव महानिरीक्षकको कार्यालय, विराटनगरको प्रमुखको जिम्मेवारी वहन गरेका थिए । []

पश्चिम क्षेत्र प्रहरी नायव महानिरीक्षकको कार्यालय, नेपालगन्जको प्रमुख

तत्कालीन प्रहरी नायव महानिरीक्षक (डिआईजी) दुर्लभ कुमार थापाले २०३३ बैशाख २१ देखि २०३५ सालको बैशाख ०५ सम्म पश्चिम क्षेत्र प्रहरी नायव महानिरीक्षकको कार्यालय, नेपालगन्जको प्रमुखको जिम्मेवारी वहन गरेका थिए । []

प्रहरी महानिरीक्षक

खड्गजित बरालले वि.सं. २०३५ जेठ मा प्रहरी सेवाबाट अवकाश पाएपछि तत्कालीन प्रहरी नायव महानिरीक्षक दुर्लभकुमार थापालाई नेपालको तत्कालीन सरकारबाट प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गरियो । दुर्लभकुमार थापाले वि.सं. २०३५ साउन देखि २०३९ ज्येष्ठ सम्म प्रहरी महानिरीक्षकको कार्यभार सम्हाले । थापाको अवकाश पछि दिलबहादुर लामा (डि.बि. लामा) नेपाल प्रहरीको आइजीपी भए ।

स्रोत

{{bottomLinkPreText}} {{bottomLinkText}}
दुर्लभकुमार थापा
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?