For faster navigation, this Iframe is preloading the Wikiwand page for थ्री स्टार क्लब.

थ्री स्टार क्लब

थ्री स्टार क्लब
Logo
पुरा नामथ्री स्टार क्लब
उपनाम(हरू)पाटन
स्थापना१९५४; ७० वर्ष अघि (१९५४)
मैदानदशरथ रंगशाला
मैदान क्षमता१८,०००
अध्यक्षअरूणमान जोशी
म्यानेजरकृष्ण अग्रवाल
प्रशिक्षकमेघराज केसी
घरेलु रङ

थ्री स्टार क्लबएक नेपाली फुटबल क्लब हो । यो क्लब नेपालको एक प्रतिस्थित र सफल फुटबल क्लब पनि हो । जुन नेपलको ए डिभिजन लिग र अन्य साना ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू समेत खेल्ने गर्दछ । यस फुटबल क्लबले २०१६ सिजनमा एएफसी कप को प्लेअफ छनोट सम्मको स्थान हात पारेको थियो भने बोर्दोलोई कप पनि पहिलोपटक नेपाल भित्र्याउन सफल भएको थियो ।

पहिले २०१४ सम्म यस क्लबको प्रायोजकका रूपमा लक्ष्मी विकास बैङ्क रहेको थियो । तर २०१४ पछि यो क्लबले रूस्लान भोड्कासँग प्रायोजकका रूपमा सम्झौता गरेको थियो । नेपाली फुटबल जगतमा थ्री स्टारको सबैभन्दा ठूलो प्रतिस्पर्धिका रूपमा अर्को नेपाली सफल फुटबल क्लब मनाङ मर्स्याङ्दी क्लब लिने गरिन्छ । साथै विभागिय तीन टोलि नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब तथा एपिएफ क्लबहरूलाई पनि ठुला प्रतिस्पर्धिका रूपमा लिने गरिन्छ ।

थ्री स्टार क्लबले आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्ने मैदान दशरथ रंगशाला

थ्री स्टार क्लब नेपालको एक सफल, व्यवसायी तथा चर्चित फुटबल क्लब हो । यस क्लबको स्थापना वि.स.२०३१ सालमा पाटन दरबार स्क्वायर ,मंगलबजारबाट भएको थियो । त्यतिबेला पाटन दरबारका युवा पिडीहरूले खेलकुद विकास गर्न, सामाजिक सद्भावना बढाउन, युवाहरूमा मित्रता तथा भाईचारित्व बनाउन, यस क्लबको स्थापना गरेको थियो । तर आज यो थ्री स्टार क्लबले नेपाली फुटबल जगतमा तहल्का मच्चाउन सफल भएको छ । यस फुटबल क्लबले आफ्नो फुटबल लिगको सुरुवात डि-डिभिजनबाट थालेको थियो । अनि यो क्लबले आफ्नो विकास एकदमै छिटो गतिमा गरेको थियोे । त्यसैले पनि वि.स. २०३९ सम्ममा यो थ्री क्लब ए-डिभिजनमा उक्लिन सफल भएको थियो । वर्तमान समयमा थ्री स्टार क्लबको ३८० जना आजीवन सदस्य तथा १२९ जना साधारण सदस्यहरू रहेको छ ।

नेपालमा अत्यधिक समर्थक रहेको थ्री स्टार क्लबले अहिलेसम्म चार पटक सहिद स्ममरक ए-डिभिजन लिग जित्न सफल भएको थियो । भने एक पटक नेपाल राष्ट्रिय लिग जित्न समेत सफल भएको छ ।

वर्तमान खेलाडीहरू

[सम्पादन गर्नुहोस्]
२०७५ राष्ट्रिय लिगका लागि थ्री स्टार क्लबका खेलाडीहरू

[]

नं. स्थान खेलाडी
नेपाल गोलरक्षक एलान न्यौपाने
नेपाल गोलरक्षक पूर्ण चेम्जोङ
नेपाल गोलरक्षक अभिषेक बराल
नेपाल रक्षापङ्क्ति अनन्त तामाङ
नेपाल रक्षापङ्क्ति रञ्जित धिमाल
नेपाल रक्षापङ्क्ति विजय धिमाल
नेपाल रक्षापङ्क्ति विष्णु सुनुवार
नेपाल रक्षापङ्क्ति अशोक खवास
नेपाल रक्षापङ्क्ति जीवन गुरूङ
नाइजेरिया रक्षापङ्क्ति पिटर सेगुन
नेपाल मध्यपङ्क्ति विक्रम लामा
नं. स्थान खेलाडी
नेपाल मध्यपङ्क्ति निराजन खड्का
नेपाल मध्यपङ्क्ति सुनिल बल
नेपाल मध्यपङ्क्ति रूपेश केसी
नेपाल मध्यपङ्क्ति मिसन लामा
नेपाल मध्यपङ्क्ति मिक्छेन तामाङ
नेपाल मध्यपङ्क्ति दिपेश घले
नेपाल मध्यपङ्क्ति सुशील राई
नेपाल मध्यपङ्क्ति दिपसन राउत
नेपाल अग्रपङ्क्ति अनिल गुरूङ्
नेपाल अग्रपङ्क्ति रञ्जन विष्ट
नेपाल अग्रपङ्क्ति बुद्ध लामा
नेपाल अग्रपङ्क्ति सुसन श्रेष्ठ
नाइजेरिया अग्रपङ्क्ति अजयी मार्टिन
नेपाल अग्रपङ्क्ति जेनिस प्रजापति

थ्री स्टारलाई एसियन डिस्टिलरी प्रालिको उत्पादनमा रहेको रुस्लान भोड्काले मुख्य प्रायोजन गरेको छ । यसअघि थ्री स्टारलाई लक्ष्मी बैङ्कको साथ रहँदै आएको थियो ।एक कार्यक्रमबीच क्लब र एसियन डिस्टिलरीले सम्झौता गरेका थियो । थ्रीस्टारका कार्यवाहक अध्यक्ष अरुणमान श्रेष्ठ र एसियन डिष्टिलरीका कार्यकारी निर्देशक राजबहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रायोजनसँगै क्लबलाई रुस्लानले तीन वर्षका लागि ६६ लाख नगद दिने भएको सम्झौता भएको थियो । थ्री स्टारले प्रत्येक वर्ष रुस्लान भोड्काको तर्फबाट २२ लाख नगद पाउने छ ।

२०१६-१७ थ्री स्टारको विवादास्पक सिजन

[सम्पादन गर्नुहोस्]

२०१५ नेपाल राष्ट्रिय लिग जितेर थ्री स्टार क्लबले २०१७ एएफसी कप छनोट चरण आफ्नो स्थान बनाएको थियो ।[] थ्री स्टारले एएफसी कप छनोट चरणको समूह चरणमा उत्कृष्ट प्रदर्शनी गर्दै समुहको शीर्षक स्थानमा रहेको थियो । थ्री स्टारले समुहको एक खेलमा जित निकाल्दै अन्य बाँकी खेलहरू बराबर गर्दै एएफसी कपमा स्थान बनाएको थियो । तर थ्री स्टार क्लबले समूह चरण पार गर्दा पनि एन्फाले टोकिएको समय अवधि भित्र एएफसीमा क्लबको नाम दर्ता गराउन सकेन र थ्री स्टार पहिलोपटक एएफसी कप को अन्तिम फाइनल चरणमा सहभागी हुनबाट वञ्चित हुन पुगेको थियो ।[] यस्तै थ्री स्टारले एएफसी एसिया कपमा सहभागी जनाउन नपाएकाले एन्फासँग ६० लाख क्षतिपूर्ति माग गरेको थियो ।[] तैपनि १० अक्टोबर २०१७ मा एन्फा र थ्री स्टार क्लबले मात्र १५ लाख नेपाली रूपैयाँमा सम्झौता गर्यो । एन्फाबाट न्याय नपाउदा सम्म थ्री स्टार क्लबले कुनै पनि नेपाली घरेलु फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाएको थिएन ।[]

थ्री स्टारको २०१७ एएफसी एसिया कप छनोट चरण नतिजा
सिजन प्रतियोगिता चरण क्लब घरेलु बाह्य स्थान
२०१७ एएफसी कप छनोट चरण मङ्गोलिया इर्चीम एफसी २–० पहिलो
कम्बोडिया नागनवर्ल्ड १-१

घरेलु लिगहरू

[सम्पादन गर्नुहोस्]

घरेलु प्रतियोगिताहरू

[सम्पादन गर्नुहोस्]
  • बुढा सुब्बा गोल्डकप :

    • विजेता:२००५,२००७,२००९,२०१२,२०१८(२०७४)
  • ब्रिटिस गोर्खा कप:

    • विजेता:२०१०,२०११
  • इटहरी गोल्डकप:

अन्तर्राष्ट्रिय प्रतियोगिताहरू

[सम्पादन गर्नुहोस्]
  • भारत बोर्दोलोई कप:

    • विजेता:२०१६

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ए डिभिजन लिग : थ्री स्टारको टोली घोषणा, हेर्नुस् को-को छन् खेलाडी
  2. "तालिका तथा नतिजा", एएफसी, अन्तिम पहुँच १० अक्टोबर २०१७ 
  3. "एन्फाको लापरबाहीले थ्री स्टार क्लब एएफसी एसिया कपबाट बाहिरियो", माइपब्लिका, ८ डिसेम्बर २०१६। 
  4. "एन्फासँग थ्री स्टारको ६० लाख क्षतिपूर्ति माग", द काठमाडु पोष्ट, अन्तिम पहुँच १० अक्टोबर २०१७ 
  5. "एन्फा, थ्री स्टारको सम्झौता", द हिमालयन टाइम्स, अन्तिम पहुँच १० अक्टोबर २०१७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

ढाँचा:थ्री स्टार क्लब

{{bottomLinkPreText}} {{bottomLinkText}}
थ्री स्टार क्लब
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?