चापाकोट, स्याङ्जा
चापाकोट, स्याङ्जा | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°५७′१३″N ८३°३०′४४″E / २७.९५३७२८°N ८३.५१२३५१°Eनिर्देशाङ्कहरू: २७°५७′१३″N ८३°३०′४४″E / २७.९५३७२८°N ८३.५१२३५१°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | स्याङ्जा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ४,७०२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
चापाकोट, स्याङ्जा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७०२ रहेको थियो जसमध्ये १९९३ पुरुष र २७०९ महिला रहेका थिए भने यहाँ १०८७ घरधुरी रहेको थियो।[१][२]
चारै तर्फबाट डाँडाले घेरिएको चापाकोटलाई नेपालको एक नमुना उपत्यकाको रूपमा लिन सकिन्छ । विशेष गरी दक्षिण भागमा बगने कालीगण्डकी नदी जसलाई शालिग्राम शिलाको खानीको रूपमा चिनिन्छ, त्यसले अझ चापाकोटको सुन्दरतालाई बयान गर्दछ । ब्राह्मण, क्षेत्री, नेवार, सुनार, ठकुरी, सार्की, कुमाल, विश्वकर्मा, यहाँका प्रमुख बासिन्दा भए पनि बाहुल्यतामा भने केहि भिन्नता पाईन्छ । प्राय गरी चापाकोट गाविसको उत्तरी भाग जुन केवारे भञ्ज्याङसँग सिमाना जोडिएको छ त्यो क्षेत्रमा सार्की तथा ठकुरी जातिको बाहुल्यता छ भने पूर्वी भाग जुन सेखाम गाविससँग सिमाना जोडिएको छ त्यो क्षेत्रमा प्राय नेवार तथा विश्वकर्मा लगायतका जातिहरूको बाहुल्यता पाइन्छ । त्यस्तै गरी दक्षिण भाग जुन कालीगण्डकी लाई सिमाना बनाउदै पाल्पासँग छुट्टिएको छ। अनि पश्चिमी भाग जुन पकवादी गाविससँग सिमाना जोडिएको छ त्यो क्षेत्रमा भने प्राय बाहुन जातका मानिसहरू बसोबास गर्ने गर्दछन् । जुनसुकै जातजातिका मानिसहरू भएतापनि यो क्षेत्रको प्रमुख धर्म भने हिन्दुनै हो । प्राय यहाँका मानिसहरू दसैं, तिहार, तीज लगायतका चाडहरू धुमधामका साथ मनाउने गर्दछन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
स्याङ्जा जिल्लाका गाविस तथा नगरपालिकाहरू | ||
---|---|---|
सदरमुकाम: पुतलीबजार | ||
गाविस सङ्ख्या: ६० | अर्जुनचौपारी • आलमदेवी • आरुचौर • आरुखर्क • एलादी • ओरस्टे • कालिकाकोट • किचनास • कुवाकोट • क्याक्मी • केवारे भञ्ज्याङ • कोल्मा बराहचौर • खिलुङ देउराली • चण्डीभञ्ज्याङ • चापाकोट • चिलाउनेबास • चिन्नेबास • चित्रे भञ्ज्याङ • छाङछाङ्दी • जगत भञ्ज्याङ • जगत्रदेवी • टक्सार • ठुलाडिहि • ढापुक सिमलभञ्ज्याङ • तुल्सी भञ्ज्याङ • तिनदोबाटे • थुमपोखरा • दार्सिङ दहथुम • दरौ • निबुवाखर्क • पकवादी • पञ्चमुल • पौवेगौडे • पेलाकोट • पेल्काचौर • पिंडीखोला • फापरथुम • फेदीखोला • बाङ्गेफड्के • बहाकोट • बानेथोक देउराली • बिचारीचौतारा • विरुवा अर्चले • विर्घा • भाटखोला • मग्याम चिसापानी • मल्याङकोट • मनकामना • मलुङ्ग • माझकोट शिवालय • रत्नपुर • राङभाङ • रापाकोट • साँखर • सेखाम • सेतीदोभान • सिर्सेकोट • स्वरेक • श्री कृष्णगण्डकी • वाङसिङ देउराली | |
नगरपालिका सङ्ख्या: २ |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.