For faster navigation, this Iframe is preloading the Wikiwand page for गौतम अदानी.

गौतम अदानी

गौतम अदानी
Gautam Adani
ગૌતમ અદાણી
जन्म (1962-06-24) २४ जुन १९६२ (उमेर ६२)
अहमदाबाद, गुजरात, भारत
वासस्थानअहमदाबाद, गुजरात, भारत
राष्ट्रियताभारतीय
जातीयतागुजराती
पेशाअदानी समूहको चेयरम्यान
चिनारीको कारणअदानी समूहको संस्थापक र कार्यकारी प्रमुख
जम्मा सम्पति$७ बिलियन (२०१५)[]
धर्मजैन
जीवनसाथीप्रिती अदानी
सन्तानकरण अदानी
जीत अदानी
आफन्तविनोद अदानी (भाई)

गौतम अदानी (गुजराती: ગૌતમ અદાણી; जन्म २४ जुन १९६२) एक भारतीय व्यवसायी हुन् । उनी अदानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । अमेरिकी पत्रिका फोर्ब्स अनुसार सन् २०१५ मा गौतमको कूल सम्पति ८ बिलियन अमेरिकी डलर अछि ।[] उनले सन् १९८८ मा अदानी समूहका स्थापना गरेका थिए । वर्तमान समयमा अदानी समूह कोइला व्यापार, कोइला खनन, तेल र ग्यास खोज, बन्दरगाहहरू, मल्टी मोडल लजिस्टिक, बिजली उत्पादन र ग्यास वितरणमा फैलिएको कारोबार सम्भाल्ने विश्व स्तरको एकीकृत बलियो ढाँचा हो ।[] ३३ वर्षको व्यापार अनुभवका साथ साथै, गौतम अदानी प्रथम पुस्ताका उद्यमी हुन् । एउटा साधारण पृष्ठभूमिका व्यक्ति अदानीले अपेक्षाकृत कम समयमा $८ अरबको व्यवसायिक कारोबारी साम्राज्य आदानी समूहको नेतृत्व गरिरहेका छन् ।[][][]

गौतमको व्यापार यातायात र यातायात सम्बन्धी बलियो ढाँचाको विकासको लागि उनलाई विश्वभरमै १०० सबैभन्दा प्रभावशाली व्यवसायीसहरूमा गनिने गरिन्छ । उनले सन् २००६ मा आधुनिक मुन्द्रा बन्दरगाहको स्थापना गरेका थिए जसलाई सन् २००६ मा लोयड्सले सबैभन्दा उत्कृष्ट बन्दरगाहको सूचीमा अग्र स्थानमा राखेको थियो ।[][] आजको वर्तमान समयमा मुन्द्रा बन्दरगाह भारतको सबैभन्दा ठुलो व्यवसायिक बन्दरगाह हो जसमा सन् २०१३-१४ को आर्थिक वर्षमा १०० मिलियन म्याट्रिक टनको समानको कारोबार भएको थियो ।[]

गौतम अदानीको जन्म गुजराती बनिया परिवारमा सन् १९६२ जुन २४ मा भारतको गुजरात राज्यको अहमदाबाद सहरको रतनपोलमा भएको थियो ।[१०] गौतमको बुवाको नाम शान्तिलाल र आमाको नाम शान्ता अदानी हो र उनी ७ भाईबहिनी छन् । उनका आमाबुवा गुजरातको पूर्वी भाग थराद सहरबाट बसाइसराई गरेर यहाँ आएका थिए ।[] गौतमको विवाह प्रिती अदानी सँग भएको हो जो पेशाले दन्त चिकित्सक र अदानी फाउन्डेसनको प्रबन्धक सञ्चालक छिन् । ई दुवैको दुई छोरा छन् । गौतम आफ्नो प्रारम्भिक शिक्षा अहमदाबादको शेठ चिमनलाल नागीनदास विद्यालयबाट गरेका हुन् । पछि उनले गुजरात विश्वविद्यालयबाट वाणिज्य सङ्कायमा स्नातकको दुई वर्षसम्मको अध्ययन गरेका थिए ।[११]

आफ्नो पिताद्वारा अहमदाबादमा स्थापित टेक्सटाइलको व्यवसायमा हात नहालेर गौतम १८ वर्षकै उमेरमा केही १०० रुपैयाँ लिएर भारतको आर्थिक राजधानी मुम्बई पुगेका थिए । उनले आफ्नो करियरको आरम्भ हिरा विक्रेताको रूपमा गरेका थिए । उनले त्यहाँ २ वर्षसम्म महिन्द्रा ब्रदर्स नामक फर्ममा कार्य गरेका थिए । पछि उनले स्वयं आफ्नो हीरा दलालीको कार्य मुम्बईमा स्थापित गरे । उनको कथन अनुसार उनले त्यस समय एक वर्षमा लगभग १० लाख रुपैया अर्जित गरेका थिए, सन् १९८० मा यो एक ठुलो रकम थियो ।[]

गौतमको ठुलो दाई महासुख अदानी, आफूद्वारा खरिद गरिएको नयाँ प्लास्टिक कारखानालाई चलाउनका लागि गौतमलाई मुम्बईबाट अहमदाबाद बोलाए । छिट्टै गौतम अदानी पोलीभिनाइल क्लोराइड, प्लास्टिक निर्माणको लागि प्रमुख सामग्रीक आयात गरेर कमोडिटी व्यवसाय आरम्भ गरे ।[][]

अदानी, उच्च जोखिम लिई व्यवसाय गरेर सफल भएका कारण उनलाई गौतमभाई नाम राखिएको थियो । पूर्व आइआइएम-ए निर्देशक बाकुल ढोलकिया, जो अदानी समूहका शैक्षिक र सिएसआर सुरुवातकर्ता थिए ले एक प्रेस कार्यक्रम्मा भनेका थिए, "उच्च जोखिम वहन गरी सफल हुने थोरै व्यवसायीहरू मध्ये एक अदानी पनि हुन् ।[१२]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Naazneen Karmali, "Gautam Adani", Forbes 
  2. "The World's Billionaires: #249 Gautam Adani", Forbes, २८ मे २०१४, अन्तिम पहुँच १६ जुन २०१४ 
  3. "Adani Enterprises Ltd.", BusinessWeek, २०१४, अन्तिम पहुँच १६ जुन २०१४ 
  4. Nayyar, Dhiraj; Mahurkar, Uday (२० अगस्ट २०११), "Billionaire who Beat the System: A look into profile of billionaire Gautam Adani", India Today, अन्तिम पहुँच १६ जुन २०१४ 
  5. Keshavdev, V. (६ जुलाई २०१३), "The Alchemist", Outlook Business, अन्तिम पहुँच १६ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ मे २०१४ मिति
  6. "Adani among most indebted groups, plans to raise Rs 10,000 crore via share sale", The Economic Times, २८ जुलाई २०१४, अन्तिम पहुँच ९ फेब्रुअरी २०१५ 
  7. ७.० ७.१ Kumar, Mousumi Saha (१६ जुलाई २०११), "Gautam Adani", Success Stories। 
  8. ८.० ८.१ ८.२ ८.३ Mehta, Harit (२०१४-०४-१०), "Gautam Adani, the baron to watch out for if Narendra Modi becomes king", The Times of India, अन्तिम पहुँच २०१४-०४-१० 
  9. "Adani’s Mundra Port crosses 100 MMT mark of cargo handling in a year", Business Line, ३१ मार्च २०१४, अन्तिम पहुँच १६ जुन २०१४ 
  10. Aakar Patel, "Why caste persists in politics", The Hindu 
  11. "Gautam Adani Business Profile", Business Maps of India, २०१४, अन्तिम पहुँच १६ जुन २०१४ 
  12. "Gautam Adani, the baron to watch out for if Narendra Modi becomes king", The Times of India, १० अप्रिल २०१४, अन्तिम पहुँच १६ जुन २०१४ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
गौतम अदानी
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?