For faster navigation, this Iframe is preloading the Wikiwand page for गोरखा नगरपालिका.

गोरखा नगरपालिका

गोरखा
पृथ्वीनारायण
नगरपालिका
सदरमुकाम
गोरखा दरवार
गोरखा दरवार
गोरखा is located in गण्डकी प्रदेश
गोरखा
गोरखा
नक्सामा गोरखा नगरपालिकाको अवस्थिति
गोरखा is located in नेपाल
गोरखा
गोरखा
गोरखा (नेपाल)
निर्देशाङ्क: २८°०′०″उ॰ ८४°३८′०″पू॰ / २८.०००००°N ८४.६३३३३°E / 28.00000; 84.63333निर्देशाङ्कहरू: २८°०′०″उ॰ ८४°३८′०″पू॰ / २८.०००००°N ८४.६३३३३°E / 28.00000; 84.63333
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११[]
समावेश (गाविस)गोरखकाली, रानीस्वारा र तारानगर
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)ताप्ले र देउराली (१, ४, ५, ८ र ९)
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • मेयरराजनराज पन्त
 • उप मेयरवीणाकुमारी श्रेष्ठ
क्षेत्रफल
 • जम्मा१३१.८६ किमी (५०.९१ वर्ग माइल)
उन्नतांश
१५२२ मिटर (४९९३ फिट)
जनसङ्ख्या
 • जम्मा४९२७२
 • घनत्व३७०/किमी (९७०/वर्ग माइल)
 • धर्मावलम्बी
हिन्दू मुस्लिम बौद्ध
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
हुलाक कोड
३४०००
क्षेत्रीय सङ्केत०६४
वेबसाइटgorkhamun.gov.np

गोरखा नगरपालिका (पूर्व नाम: पृथ्वीनारायण नगरपालिका) नेपालको गण्डकी प्रदेशमा पर्ने गोरखा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। गोरखा जिल्लाका तत्कालिन गोरखकाली, रानीस्वारा र तारानगर गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर गोरखा नगरपालिका घोषणा गरिएको थियो।

वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार फिनामनरेश्वर गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[] यसै प्रकार सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फाल्गुन २२ मा ताप्ले र देउराली (१, ४, ५, ८ र ९) गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[][][] कुल १४ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ४९,२७२ रहेको छ। नेपालको राजधानी काठमाडौँबाट १४१ किलोमिटर पश्चिम र अमर सिंह राजमार्गको आँबुखैरेनी गाउँपालिकाबाट २४ किलोमिटर उत्तरमा पर्ने यस नगरपालिकाको प्रायजसो भू–भाग पहाडी क्षेत्रले ढाकेको छ भने केहीभाग टार बेसीले ढाकेको छ। पृथ्वीनारायणको नामबाट यस नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका राखिएको थियो जसलाई पछि गोरखा नगरपालिका नामकरण गरिएको हो। ऐतिहासिक गोरखा दरबार बजारको माथिल्लो टाकुरामा अवस्थित छ। तल्लो दरबार, सङ्ग्राहलय, बजार छेउको तल्लो दरबारमा छ। गोरखा जिल्लाको सदरमुकाम समेत रहेकाले यहाँ सबै जिल्ला स्तरीय कार्यालयहरू रहेका छन्।

प्राचीन गोरखा राज्य खडा भएको स्थान नै वर्तमानको गोरखा नगरपालिका हो। द्रव्य शाहद्वारा वि.सं. १६१६ मा स्थापना भएको गोरखा राज्य भविष्यमा बृहत् नेपाल राज्य निर्माणको केन्द्रविन्दु बनेको थियो।[] गोरखा राज्यको बिस्तारबाट नै कालान्तरमा नेपालको एकीकरण सम्भव भएको हो। नेपाल एकीकरणको सूत्रपातस्थल तथा पृथ्वीनारायण शाहको नाउँमा स्थापना गरिएको यस नगरपालिकालाई तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिपरिषदको निर्णयानुसार गोरखा जिल्लाको नाउँबाट गोरखा नगरपालिका नामाकरण गरिएको थियो।[][][१०]

नगरपालिका निर्वाचन इतिहास

[सम्पादन गर्नुहोस्]

वि.सं. २०५४ सालमा भएको नगरपालिका निर्वाचनबाट नगरप्रमुखमा विश्वेश्वरप्रसाद कट्टेल र उप-प्रमुखमा रामशरण बस्न्यात (नेकपा एमाले) विजयी भएका थिए।[स्रोत नखुलेको] वि.सं. २०७४मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका राजनराज पन्त नगर प्रमुख पदमा र सोही दलकी वीणाकुमारी श्रेष्ठ नगर उप-प्रमुख पदमा निर्वाचित भएका छन्।[११]

नेपालको वि.सं. २०६८ को जनगणना अनुसार गोरखा नगरपालिकाको जनसङ्ख्या ८२,५३१ रहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  3. "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  4. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  6. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
  7. बसनेत, बबिता, "पृथ्वीनारायणको गाउँमा", घटना र विचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०१ 
  8. "ताली र गालीमा पृथ्वीनारायणको सम्झना", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०६, "गोरखाको पृथ्वीनारायण नगरपालिकाको नाम परिवर्तन गराई गोरखा नगरपालिका नामकरण गर्ने पूर्वप्रधानमन्त्री भट्टराई स्वयं अहिले पृथ्वीनारायणलाई शुभकामना सन्देश प्रवाहित गरिरहेका छन्।" 
  9. "पहिला सिंहदरबार नै भत्काउने हो कि ?", घटना र विचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०१ 
  10. "खेर गएको राष्ट्रको समय", घटना र विचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०१ 
  11. "गोरखा नगरमा कांग्रेसका मेयर उपमेयर विजयी", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
गोरखा नगरपालिका
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?