For faster navigation, this Iframe is preloading the Wikiwand page for कोप्पिल्लिल राधाकृष्णन.

कोप्पिल्लिल राधाकृष्णन

कोप्पिल्लिल राधाकृष्णन
Koppillil Radhakrishnan
सन् २०१३ मा राधाकृष्णन
जन्म (1949-08-29) २९ अगस्ट १९४९ (उमेर ७५)
इरिन्जलकुडा, केरला
चिनारीको कारणचन्द्रयान, मङ्गलयान
पुरस्कारपद्म भूषण (२०१४)[]
वैज्ञानिक करियर
क्षेत्रविद्युतीय इन्जिनियरिङ र अन्तरिक्ष खोज

कोप्पिल्लिल राधाकृष्णन[] (जन्म २९ अगस्ट १९४९) भारतीय वैज्ञानिक हुन् । उनी सन् २०१४ को डिसेम्बर देखि भारतीय विज्ञान तथा प्राविधिक इन्जिनियरिङ संस्थानका अध्यक्ष हुन् तथा उनी भारतीय अन्तरिक्ष विज्ञान तथा प्राविधिक संस्थानका अध्यक्ष हुन् ।[] राधाकृष्णनले यसभन्दा पूर्व भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)को अध्यक्ष पदमा रहेर सन् २००९ देखि सन् २०१४ सम्म कार्य गरेका थिए ।[][][]

उनकै मार्गदर्शनमा इसरोले मङ्गलयानलाई प्रथम प्रयासमै मङ्गल ग्रहमा पुगाएर विश्वलाई अचम्भित तुल्याएको थियो ।[][] राधाकृष्णनको सेवानिवृत्ति पछि सन् २०१४ अक्टोबर ३० मा जी माधवन नायरले उनको स्थानमा इसरोका नयाँ अध्यक्ष भएका थिए ।

कोप्पिल्लिल राधाकृष्णनले केरल विश्वविद्यालयबाट सन् १९७० मा इलेक्ट्रिकल इन्जिनियरिङ गरेका थिए । उनी इसरोमा आफ्नो कार्यकाल विक्रम साराभाई स्पेस सेन्टर, तिरुवनन्तपुरममा एभियोनिक्स इन्जिनियरको रूपमा सन् १९७१बाट आरम्भ गरेका थिए । उनी विक्रम साराभाई स्पेस सेन्टरका निर्देशक भएर कार्य गरिसकेका छन् ।

डाक्टर राधाकृष्णनले स्वयं इसरो अध्यक्ष आफ्नो पहिलो प्राथमिकता सालको अन्तसम्ममा उड्ने जिएसएलभीको लागि स्वदेशी क्रायोजेनिक इञ्जिन तयार पार्ने बताएका थिए र आफ्नो यस उद्देश्यमा उनी सफल पनि भए ।[] उनी भारतीय भूभौतिक सङ्घका आजीवन सदस्य हुन् र एक स्तरीय गायक र कत्थककली कलाकार पनि हुन् ।[१०] सन् २०१४ मा भारत सरकारले उनको अन्तरिक्ष विज्ञान तथा प्रविधिको क्षेत्रमा अभूतपूर्व कार्यको लागि पद्म भूषणले सम्मानित गरेको थियो ।

राधाकृष्णनको जन्म केरला राज्यको थ्रिसुर जिल्लाको इरिन्जलकुडामा भएको हो । उनले आफ्नो प्रारम्भिक शिक्षा स्थानीय विद्यालयबाट गरेका थिए भने उच्च शिक्षा क्राइस्ट कलेज, इरिन्जलकुडाबाट गरेका थिए । आफ्नो प्रविणता प्रमाणपत्रसम्मको शिक्षा पश्चात उनले सन् १९७० मा सरकारी इन्जिनियरिङ कलेजबाट इलेक्ट्रिकल इन्जिनियरिङको पढाई पुरा गरे । उनी इसरोमा आफ्नो कार्यकाल विक्रम साराभाई स्पेस सेन्टर, तिरुवनन्तपुरममा एभियोनिक्स इन्जिनियरको रूपमा सन् १९७१बाट आरम्भ गरेका थिए ।

कोप्पिल्लिल राधाकृष्णनलाई सन् २०१४ मा भारत सरकारले उनको विज्ञान र इन्जिनियरिङ अन्तर्गतको अन्तरिक्ष विज्ञान क्षेत्रमा अभूतपूर्व योगदानको लागि पद्म भूषण[] ले सम्मानित गरेको थियो भने त्यसै वर्ष नेचर (जर्नल)ले सन् २०१४ डिसेम्बर १८ मा २०१४ का महत्त्व राख्ने व्यक्तित्वहरूमा स्थान दिएको थियो उनी सँगै मरयम मिर्जाखानी, राधिका नागपाल र अन्यलाई समेत यस सूचीमा राखिएको थियो ।[११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "List of Padma awardees", The Hindu, २५ जनवरी २०१४, अन्तिम पहुँच २६ जनवरी २०१४ 
  2. २.० २.१ "Isro, IISc men get top national honour", The Times of India, २६ जनवरी २०१४, अन्तिम पहुँच २६ जनवरी २०१४ 
  3. "Board of Management", Indian Institute of Space Science and Technology, २०१३।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१६ मिति
  4. "ISRO gets a new chairman", Deccan Herald, २५ अक्टोबर २००९, अन्तिम पहुँच २५ अक्टोबर २००९ 
  5. "Dr K Radhakrishnan made ISRO chief", Press Trust of India, मूलबाट २७ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २००९  वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २००९ मिति
  6. "ISRO chairman K Radhakrishnan retires", Hindustan Times, Press Trust of India, ३१ डिसेम्बर २०१४, अन्तिम पहुँच ३१ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३१ डिसेम्बर २०१४ मिति
  7. "राष्‍ट्रपति ने ‘मंगलयान’ के सफलतापूर्वक मङ्गल की कक्षा में स्‍थापित होने पर इसरो को बधाई दी", पत्र सूचना कार्यालय, भारत सरकार, २४ सितंबर २०१४, अन्तिम पहुँच २५ सितंबर २०१४ 
  8. "पहली ही कोशिश में मङ्गल तक पहुंचा भारत", नवभारत टाईम्स, २४ सितंबर २०१४, अन्तिम पहुँच २५ सितंबर २०१४ [स्थायी मृत कडी]
  9. "2014- अंतरिक्ष विभाग के लिए सफलता का वर्ष", पत्र सूचना कार्यालय, भारत सरकार, २ नवंबर, २०१४, अन्तिम पहुँच १९ नवंबर, २०१४ 
  10. "Dr K Radhakrishnan made ISRO chief", Hindustan Times, २४ अक्टोबर २००९, अन्तिम पहुँच २४ अक्टोबर २००९  वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २००९ मिति
  11. Gibney, Elizabeth; Ledford, Heidi; Lok, Corie; Hayden, Erika Check; Cowen, Ron et al. (डिसेम्बर १८, २०१४), "365 days: Nature's 10", Nature 516 (7531): 311–319, डिओआई:10.1038/516311a 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
कोप्पिल्लिल राधाकृष्णन
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?