For faster navigation, this Iframe is preloading the Wikiwand page for कालिम्पोङ जिल्ला.

कालिम्पोङ जिल्ला

कालिम्पोङ जिल्ला
माथि-बायाँबाट घडीको दिशामा: जाङ ढोक पालरी फोडाङ, कालिम्पोङको मोर्गन हाउस, काग्यु थेक्चेन लिंग मठ, ऋश्यपबाट दृश्य, नेओरा उपत्यका राष्ट्रिय निकुञ्ज
कालिम्पोङ जिल्लाको अवस्थिति
देश भारत
राज्य पश्चिम बङ्गाल
विभाजनजलपाईगुडी
सदरमुकामकालिम्पोङ
क्षेत्रफल
 • कुल१,०५३.६० किमी (४०६.८० वर्ग माइल)
जनसङ्ख्या
 (2011)[]
 • कुल२५१,६४२
 • घनत्व२४०/किमी (६२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+05:30 (IST)
वेबसाइटkalimpong.gov.in

कालिम्पोङ भारतको पश्चिम बङ्गाल राज्यको एक जिल्ला हो। यो जिल्ला १ फेब्रुअरी २०१७ का दिन दार्जिलिङ जिल्लाबाट विभाजित भइ पश्चिम बङ्गालको २१औँ जिल्लाको रूपमा गठन भएको थियो।[][] यस जिल्लामा हाल कालिम्पोङ नगरपालिका र तीन सामुदायिक विकास खण्ड; कालिम्पोङ् १, कालिम्पोङ २ र गुरुबथन समावेश छन्। यस जिल्लाको सदरमुकाम कालिम्पोङ १ हो।

अवस्थिति र क्षेत्रफल

[सम्पादन गर्नुहोस्]

कालिम्पोङ जिल्ला भारतको उत्तरी भागमा पर्छ भने यो जिल्ला २६°५१' देखि २७°१२' उत्तर अक्षांश र ८८°५३' पूर्वी देशान्तरणमा अवस्थित छ। कालिम्पोङ जिल्लाले भारतको कुल क्षेत्रफल मध्ये १०५३.६० वर्ग किलोमिटर ओगटेको छ। यो जिल्ला समुन्द्री सतहबाट १२५० मिटरको उचाइमा अवस्थित छ। २३ वडा सहितको कालिम्पोङ नगरपालिका बाहेक यस जिल्लामा ४२ ग्राम पञ्चायतको ग्रामीण क्षेत्र रहेका छन् जसमा तीनवटा सामुदायिक विकास खण्डहरू: कालिम्पोङ प्रथम, कालिम्पोङ दोस्रो र गोरुबथन छन्।

कालिम्पोङ उपविभागको १०५३.६० वर्ग किलोमिटरमा (४०६.८० वर्ग माइल) फैलिएको छ जसमा कालिम्पोङ प्रथम ३६०.४६ वर्ग किलोमिटर (१३९.१७ वर्ग माइल), कालिम्पोङ दृतिय २४१.२६ वर्ग किलोमिटर (९३.१५ वर्ग माइल) र गुरुबथन खण्ढ ४४२.७२ वर्ग किलोमिटरमा (१७०.९४ माइल) फैलिएको छ। कालिम्पोङ नगरपालिकाको कुल क्षेत्रफल ९.१६ वर्ग किलोमिटर (३.५४ वर्ग माइल) रहेको छ।[]

कालिम्पोङ जिल्लाको मौसम मध्यम खालको छ जुन यस जिल्लाका आसपासका जिल्लाक‍ तुलनामा भिन्न खालको छ। गृष्म ऋतुमा यस जिल्लाको अधिकतम तापक्रम २७ डिग्री सेल्सियर हुन्छ भने न्युनतम १६ डिग्री सेल्सियस हुन्छ। हिउँद ऋतुमा भने यस जिल्लाको अधिकतम तापक्रम १७ डिग्री सेल्सियस र न्युनतम तापक्रम ५ डिग्री सेल्सियस हुन्छ। यस जिल्लामा वार्सिक २२० सेण्टिमिटर पानी पर्ने गरेको छ।

भारतका विभिन्न ठाउँहरू जस्तै, कालिम्पोङमा पनि पाँच भिन्न ऋतुहरू हुन्छन्। मार्चदेखि अप्रिलसम्म वसन्त, मे महिना देखि जुन महिना सम्म ग्रीष्म ऋतु, मध्य जुन देखि मध्य सेप्टेम्बरसम्म वर्षा ऋतु र अक्टोबर देखि नोभेम्बरमा शरद आतु र डिसेम्बर र फेब्रुअरी बीचको हिउँद ऋतु पर्छन्। कालिम्पोङ भ्रमण गर्ने उत्तम मौसम वसन्त र शरद ऋतु हो। साधारण वर्षा ऋतुमा भारी वर्षा र निरन्तर वर्षा हुने गरेको छ।[]

कालिम्पोङको सबैभन्दा पुरानो कैद गरिएको इतिहास अस्पष्ट छ। १ सन् १९६४ मा अङ्ग्रेज-भुटान युद्ध पछि मात्र कालिम्पोङको इतिहास कैद गरिन शुरू गरिएको थियो। यस भन्दा पहिले कालिम्पोङको इतिहासमा केही सामग्रीहरू उपलब्ध भएतापनि ती सामग्रीहरू विवादास्पद छन् र प्रमाणीकरण गर्न असम्भव छ। ११ नोभेम्बर १८६५ मा सिञ्चुला सन्धि पछि मात्र कालिम्पोङको महत्त्व र इतिहास राखिन थालिएको थियो।

थुप्रै विद्वान र इतिहासकारहरूले प्रस्तुत गरेका विभिन्न सिद्धान्तहरूको बाबजुद, कालिम्पोङको इतिहासका बारेमा एउटा कुरा निश्चित भएको थियो। प्राचीन कालमा कालिम्पोङ यो सिक्किमेसी वा डोञ्जोङ राज्यको एक भाग थियो जहाँ मुख्यतया तीन प्रमुख समुदायहरू; लेप्चे, भुटिया र लिम्बू बसोबास गर्थ्यो। तात्कालिक समयमा पुरै सिक्किममा समेकित नियम ल्याएको थियो जहाँ यस क्षेत्र पनि पर्थ्यो जसलाई पनि कालिम्पोङ भनिन थालिएको थियो। तत्कालीन शासकहरू मध्येका पछिल्लो समयका राजा, टेन्सुङ नाम्गिएलले (सन् १९६६ मा जन्म र १ १६७० मा सिंहासनमा) तीन पटक विवाह गरेका थिए। उनको पहिलो पत्नी, तिब्बतकी थिइन् जसले छोरी पेण्डे आमोलाई जन्माएकी थिइन्। दोस्रो पत्नी सिक्किमकी थिइन् जसले एउटा छोरो चदोर नामग्याललाई जन्म दिइन् र तेस्रो पत्नी लिम्बू राजाकी छोरी थिइन्।

प्राचीन कालमा यस क्षेत्रलाई दलीमकोट भनेर चिनिन्थ्यो र कालिम्पोङ एकदमै सानो गाउँको नाम थियो जसमा दुई वा तीन परिवारका सदस्यका साथमा ८-९ गाईहरू थिए।[]

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

कालिम्पोङ जिल्लाका भाषाहरू (२०११)[][]

  नेपाली (८७.६१%)
  हिन्दी (३.१८%)
  लेप्चा (२.६७%)
  भोजपुरी (१.१६%)
  अन्य (५.३८%)

कालिम्पोङको थुप्रै जनजाति तथा विभिन्न जातीय समूहको उपस्थिति भएको जिल्ला हो। लेप्चा, भोटिया, लिम्बू, राई, तामाङ, सेर्पा, मगर, गुरुङ, नेवार, छेत्री, बाहुन, कामी, दमाई, सार्की, थामी, याक्खा, सुनुवार, यल्मो आदि यस क्षेत्रमा बेलायती कब्जाको शुरुदेखि नै जनसङ्ख्या विशेष रूपमा कालिम्पोङ सहरमा निरन्तर वृद्धि भएको छ। प्रशासनिक हिसाबले कालीमपोंग जिल्ला इकाइहरू; कालिम्पोङ १ खण्ड, कालिम्पोङ -२ खण्ड, गोरुबथन खण्ड र कालिम्पोङ नगरपालिकामा विभाजित छ।

सन् २०११ को राष्ट्रिय जनगणना प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २५१६४२ रहेको छ जुन पछिल्लो जनगणना भन्दा २६,४२२ सङ्ख्याले वृद्धि भएको हो। यस जिल्लाको कालिम्पोङ १ खण्डको जनसङ्ख्या ७४,७४६, कालिम्पोङ २ खण्डको जनसङ्ख्यम ६६,८३०, गुरुबथन खण्डको जनसङ्ख्या ६०,६६३ र कालिम्पोङ नगरपालिकाको जनसङ्ख्यम ४९,४०३ रहेको छ।[]

टिस्टा र जलढाका नदीहरूको बीचमा रहेको र कम हिमालयदेखि यसको तलसम्म फैलिएको कालिम्पोङ जिल्ला प्रशस्त वनस्पति र जीवजन्तुको बगैँचाको रूपमा परिचित छ। यस जिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, तोरी, कोदो, आलु तथा अन्य अन्न बालीको रूपमा सुन्तला, अदुवा, अलैँची आदि उत्पादन गरिन्छ।

यस जिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस जिल्लाको गुरुबथन खण्डमा मात्रै ६ चिया बगानहरू अवस्थित छन् जसले उच्च गुणस्तर चियाको उत्पादन गर्दै आएको छ। चियाको गुणस्तरमा पर्याप्त स्वाद र कोमलता भएका कारण यस जिल्लामा उत्पादन भएको चियाको स्वाद विश्वभरि पुगेको छ। यस चिया बगानहरूले दिगो रोजगारी प्रदान गर्नु बाहेक यसको प्राकृतिक सुन्दरता र प्रकृति मनपराउने पर्यटकहरू भित्रिने गर्दछन्। यस आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले यहाँको हरियो बगैँचा क्षेत्रका रोमाञ्चकारी सौन्दर्यहरूको आनन्द लिन्छन्। कालिम्पोङ जिल्लाका ६ वटा चिया बगानहरू गोरुबाथान विकास खण्ड अन्तर्गत पर्दछन्। जुन यस प्रकार छन्; सामाबेयोङ, माथिल्लो फागु, तल्लो फागु, कुमाई, अम्बियोक र मिसन पहाड हुन्।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "District Census Handbook: Darjeeling", censusindia.gov.in, Registrar General and Census Commissioner of India, २०११। 
  2. "Carved out of Darjeeling, Kalimpong a district today", टाइम्स अफ इण्डिया, अन्तिम पहुँच १४ फेब्रुअरी २०१७ 
  3. http://www.hindustantimes.com/kolkata/kalimpong-district-may-stoke-gorkhaland-fire/story-0clHDbeqUyadP0M928AqsJ.html
  4. "Directory of District, Sub division, Panchayat Samiti/ Block and Gram Panchayats in West Bengal, March 2008", West Bengal, राष्ट्रिय जानकारी केन्द्र, भारत, १९ मार्च २००८, मूलबाट २५ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २००८ 
  5. ५.० ५.१ "जिल्लाको बारेमा विस्तृत जानकारी", जिल्लाको आधिकारिक वेबसाइट, अन्तिम पहुँच १६ मङ्सिर २०७६ 
  6. "Table C-16 Population by Mother Tongue: West Bengal", Census of India, Registrar General and Census Commissioner of India।  see Kalimpong-I, Kalimpong-II, Gorubuthan blocks
  7. "Table C-16 Population by Mother Tongue: West Bengal (Urban)", Census of India, Registrar General and Census Commissioner of India।  see Kalimpong (M).

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
कालिम्पोङ जिल्ला
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?