For faster navigation, this Iframe is preloading the Wikiwand page for उलार.

उलार

उलार (उपन्यास)
लेखकनयनराज पाण्डे
आवरण कलाकारदुर्गा बराल
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारउपन्यास
प्रकाशकफाइन पिन्टस (काठमाडौँ, नेपाल)
प्रकाशित मिति
पहिलो संस्करण तन्नेरी द्धैमासिक पत्रिकामा २०५३
दोस्रो संस्करण वि.सं २०५५
तेस्रो संस्करण २०६५
चौथो संस्करण मोटो गाता २०७१
पांचौ २० वर्षे संस्करण, २०७२
आइएसबिएन978-9937-8046-3-9

नयनराज पाण्डेद्धारा २०५२ साल मा लिखित उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्धैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रूपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो ।[][][] यसको तेस्रो संस्करण २०६५ सालमा फाइनप्रिन्ट आइएनसीबाट आएको छ ।[] चौथो संस्करणको प्रकाशक फाइन प्रिन्ट, काठमाडौ रहेको यो पुस्तक २०७१ मा मोटो गातामा [] र पांचौ २० वर्षे संस्करण, २०७२[] मा प्रकाशित भएको हो । एउटा निम्नवर्गीय मजदुर टाँगाचालकको घोडाको मृत्युपछिको वियोगान्त कथा रहेको यो उपन्यास पुस्तक पढ्न शुरु गर्ने पाठकका लागि ८० पृष्ठ रहेको पुस्तकको आकारले गर्दा उपयुक्त छ ।[][]

उलारः तराईतिर टाँगा वा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन नमिल्ने, बिग्रने प्रकृयालाई स्थानीय भाषामा उलार भन्ने गरिन्छ । कतै कतै उनार, उल्लर, उनर भनेको सुनिन्छ ।[]

कवि श्यामलले उपन्यासको पूर्वपीठ लेख्ने क्रममा भनेका यि वाक्यहरूलाई समग्रमा उपन्यासको सारका रूपमा लिन सकिन्छ।- 'उलार' भनेको असन्तुलन हो। सन्तुलन बिर्ग्यो भने टाँगा 'उलार' हुन्छ।[१०]

करिब बीस वर्षअघि प्रकाशित नयनराज पाण्डेको यो सानो उपन्यास नेपाली भाषाका केही उत्कृष्ट उपन्यासमा पर्छ । नेपालगञ्ज सहरको सामान्य टाँगाचालक प्रेमललवालाई नायक लिएर पाण्डेले लेखेको उपन्यासले नेपाली समाजको मनोविज्ञान र राजनीतिको चरित्रको चिरफार गरिदिन्छ । आफ्ने टाँगा पटाँगा प्रयोग गरेका नेतासँग क्षतिपूर्तिको माग गर्न राजधानी छिर्ने प्रेमललवामा अहिले शिक्षा, रोजगारी र सुविधाको क्षतिपूर्ति मागिरहेका आन्दोलनहरूको छाया देख्न सकिनेछ भने त्यो लेखकको सफलता आञ्चलिक भनिने भाषाको प्रयोग र तिख्खर विम्बहरूका साथ समाजको कठोर चित्रको प्रस्तुतिले यो सानो आफ्नो उपन्यासलाई ठूलो साहित्यको दर्जामा पुर्‍याएको हो ।[]

पात्रको भाषा र परिवेशलाई आञ्चलिकताको रङ दिएर लेखिएको उलार उपन्यास सामाजिक अध्ययनका दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ त्यसैले उलार लाई त्रिभुवन विश्वविद्यालयको स्नातक तह, तृतीय वर्षको ऐच्छिक नेपालीको पाठ्यक्रममा समावेश गरिएको छ ।[]

नयनराज पाण्डे कृत उलार मध्यपश्चिमको आर्थिक र राजनीतिक गतिविधिको प्रमुख केन्द्र नेपालगन्जका सीमान्त तहका जनताको संघर्ष र मानवीय संवेदनाको कथा हो । २०४६ सालको पञ्चायत विरुद्धको जनआन्दोलनले ल्याएको प्रजातन्त्रको पृष्ठभूमिमा यो उपन्यास लेखिएको छ। प्रजातन्त्र आएपछि विकास हुन्छ, समानता हुन्छ, अवसर हुन्छ, सुख हुन्छ, शान्ति हुन्छ, आनन्द हुन्छ भनेर सपना देखाइएका गरीब जनताले एक दशकपछि पनि प्रजातन्त्रका पहरेदार नेताहरूबाटै ठगिएको र थिचोमिचो सहनु परेको यथार्थलाई उलार मा नयनराज पाण्डेले कलात्मक चित्रण गरेका छन्।[१०]

प्रमुख पात्रहरू

[सम्पादन गर्नुहोस्]
  • प्रेमललवा
  • द्रौपदी
  • ननकउ
  • कलुवा
  • वसन्ती (प्रेमललवाको घोडा)
  • शान्तिराजा
  • राजेन्द्रराज
  • शिलााबाबु

२०५५ सालमा प्रकाशित गरिएको उलार ले नेपालमा त्यसबेलाको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको प्रतिनिधित्त्व र यिनीहरू बिचको सम्बन्धलाई सामान्य घटनहरूको दृश्टान्तबाटै व्याख्या गरेको छ । राजनीति फोहोरी हुँदा समाजमा पर्ने असरहरूको चित्रण पनि हो उलार, व्यवस्था चलाउने मान्छेमा नै व्यवस्थाको रङ्ग, रुप र प्रकृति निर्भर गर्दछ भन्ने यस उपन्यासको मूल सन्देश हो।[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
उलार
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?