For faster navigation, this Iframe is preloading the Wikiwand page for इतिसालात.

इतिसालात

इमारात दूरसञ्चार समूह कम्पनी[१]
مؤسسة الإمارات للاتصالات
व्यवसाय प्रकार
सार्वजनिक
उद्योगदूरसञ्चार
स्थापित५ अक्टोबर १९७६; ४७ वर्ष पहिले (१९७६-१०-05)
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
मुख्य व्यक्ति
इसा इल सुवादिनी (अध्यक्ष)
सालिह् अल अबदुली (कार्यकारी अधिकृत)
हतिम बमत्राफ (सञ्चालन अधिकृत)
उत्पादनहरूल्यान्डलाइन र मोबाइल फोन सेवा, इन्टरनेट सेवाहरू, अङ्कीय दूरदर्शन
आम्दानीवृद्धि ५२.४ अर्ब दिरहम (सन् २०१८)
वृद्धि ८.६ अर्ब दिरहम (सन् २०१८)
कर्मचारी सङ्ख्या
11,000 (2009) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
सहायक कम्पनीहरू
सूची
वेबसाइटइतिसालात.कम

इमारात दूरसञ्चार समूह कम्पनी (अरबी: مؤسسة الإمارات للاتصالات‎, मुआस्सह् अल-इमारात लिल इतिसालात वा इतिसालात (अरबी: اتصالات‎) संयुक्त अरब इमारातमा आधारित एक बहुराष्ट्रिय दूरसञ्चार सेवा प्रदाता हो। हाल यसले एसिया, मध्य पूर्वअफ्रिकामा गरी १५ देशहरूमा यसको सञ्जाल विस्तार छ। फेब्रुअरी २०१४ का अनुसार, इतिसालात विश्वमा १४ औँ सबैभन्दा ठूलो मोबाइल सञ्जाल सञ्चालक हो, जसको कुल प्रयोगकर्ता १६ करोड ७० लाख भन्दा बढी रहेका छन् ।[२] इतिसालात लाई सन् २०१२ मा संयुक्त अरब इमिरेट्स मा फोर्ब्स मध्य पूर्व द्वारा सबै भन्दा शक्तिशाली कम्पनीको रूपमा नामाकरण गरिएको थियोे ।[३]

३१ डिसेम्बर २०१५ मा, इतिसालातले ५१.७ अर्ब दिरहामको राजस्व सङ्कलन गरेको थियोे भने यसले कूल मुनाफा ८७.७ अर्ब दिरहम निकाल्न सफल भएको थियो। कम्पनीको कुल बजार पूजीकरण हाल ८७.७ अर्ब दिरहम रहेको छ।[४] यो देशमा केवल दुई दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू रहेका छन् जसमा अर्को रइमाराती एकीकृत दूरसञ्चार कम्पनी (दु) हो। इतिसालात मध्य पूर्वमा इन्टरनेट केन्द्रहरु मध्ये एक हो जुन यस क्षेत्रमा अन्य दूरसञ्चार कम्पनीहरूसँग जोडिने क्षमता प्रदान गर्दछ। यो मध्य पूर्व र अफ्रिकामा अन्तर्राष्ट्रिय आवाज ट्राफिकको सबैभन्दा ठूलो सञ्चालक हो र विश्वमा १२ औँ सबैभन्दा ठूलो आवाज ट्राफिक सञ्चालक हो। डिसेम्बर २०११ मा इतिसालातले दीर्घकालीन सञ्जालको वाणिज्यिक प्रक्षेपणको घोषणा गरेको थियोे। यसको प्रधान कार्यालय संयुक्त अरब इमारातको अबु धबीमा अवस्थित छ।[५]

इमारात दूरसञ्चार समूह कम्पनी वा इतिसालातको स्थापना सन् १९७६ मा भएको थियो। कम्पनी स्थापना बेलायती कम्पनी, अन्तर्राष्ट्रिय एरेडियो लिमिटेड र स्थानीय साझेदारहरू बीच एक संयुक्त पुँजी कम्पनीको रूपमा भएको थियो। सन् १९८३ मा यसमा स्वामित्वको संरचना परिवर्तन भएको थियो जसमा संयुक्त अरब इमारात सरकारको कम्पनीमा ६०% र बाँकी ४०% स्वामित्व सार्वजनिक रूपमा रहेको थियो।

सन् १९९१ मा, इमाराती सरकारले सङ्घीय कानून जारी गरेको थियो जसले संयुक्त अरब इमारात र अन्य देशहरूको बीचमा दूरसञ्चार तथा ताररहित सेवाहरू प्रदान गर्ने अधिकार प्रदान गरेको थियो।यसले कम्पनीलाई स्वामित्व, आयात, निर्माण, दूरसञ्चार उपकरणको प्रयोग वा सञ्चालनका लागि इजाजत पत्र जारी गर्नका लागि अधिकार पनि प्रदान गरेको थियो। यसले व्यावहारिक रूपमा इतिसालातलाई दुबै नियामक र नियन्त्रण शक्तिहरू प्रदान गरेको थियो जसले देशमा दूरसञ्चार क्षेत्रमा एकाधिकार पूरा गरेको थियो। तथापि, देशको आर्थिक विकासको रक्षा गर्न राष्ट्रिय कानूनले देशको दूरसञ्चार क्षेत्रको विकासको लागि प्रावधान राखेको थियो। [६]

हाल इतिसालात बजार पुँजीकरणको हिसाबले फाइनान्सियल टाइम्सको शीर्ष ५०० निगमहरूमा १४०औँ स्थानमा सूचीकृत छ। मध्यपूर्व पत्रिकाले यसलाई बजार पूँजीकरण र राजस्वको आधारमा छैटौँ ठूलो कम्पनीको रूपमा स्थान प्रदान गरेको छ। देशको सङ्घीय सरकारको विकास कार्यक्रममा कम्पनी तेल उत्पादन क्षेत्रबाहिर सबैभन्दा ठूलो करदाता हो। नोभेम्बर २०१३ मा, इतिसालात साइप्रसको प्रथम दर्जाको अनोर्थोसिस फामागुस्ता फुटबल क्लबको आधिकारिक प्रायोजक भएको घोषण गरिएको थियो।[७]

अन्तर्राष्ट्रिय पहुँच

[सम्पादन गर्नुहोस्]

इतिसालात अन्तर्राष्ट्रिय लगानी एटिसलतको एक व्यापारीक इकाई हो जसले संयुक्त अरब इमिरेट्सको बाहिरका देशहरू जस्तै अफगानिस्तान, इजिप्ट, नाइजेरिया, नाइजर, साउदी अरब, श्रीलङ्का र पाकिस्तानमा दूरसञ्चार सेवाको सञ्चालन गरेको छ । जुलाई २०१७ सम्म, संयुक्त अरब इमिरेट्स बाहिर १५ देशहरूमा इतिसालातले उपस्थिति र सेवा सञ्चालन गरेको छ ।[८]

इतिसालातको अन्तर्राष्ट्रिय उपस्थिति
देश सञ्चालक
 संयुक्त अरब इमिरेट्स इतिसालात
 साउदी अरब मोबिलि
 श्रीलङ्का इतिसालात श्रीलङ्का
 मोरक्को मारोक दूरसञ्चार
 पाकिस्तान पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड
 इजिप्ट इतिसालात मिस्र
 अफगानिस्तान इतिसालात अफगानिस्तान
मौरिटानिया मौरिसनिया मौरिटेल
 माली सोटेलमा
 आइभोरी कोस्ट मूभ
 मध्य अफ्रिकी गणतन्त्र मूभ
 गाबोन मूभ
 टोगो मूभ
 बेनिन मूभ
 नाइजर मूभ
 बुर्किना फासो आेनाटेल

इतिसालात श्रीलङ्का

[सम्पादन गर्नुहोस्]

इतिसालात (श्रीलङ्का) (सिन्हाला: එටිසලාට් ; तमिल: எடிசலாட்) श्रीलङ्काको एक मोबाइल दूरसञ्चार सेवा प्रदायक हो। यो हाल संयुक्त अरब इमारातमा आधारित दूरसञ्चार सञ्चालक इतिसालातको स्वामित्वमा रहेको छ। फेब्रुअरी २०१२ सम्म यसका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू रहेका थिए।[९]कम्पनीले १५ अगस्ट २०१२ मा दोहोरो वाहक विकसित उच्त गति सञ्जाल सेवाहरूको व्यावसायिक प्रक्षेपणको घोषणा गरेको थियो भने यो उक्त सेवाको सञ्चालनमा ल्याउने यो दक्षिण एसियामा पहिलो दूरसञ्चार कम्पनी पनि हो। यसको प्रधान कार्यालय श्रीलङ्काको कोलम्बोमा अवस्थित छ। यसको नारा "तपाईलाई शक्ति" हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "ستشهاد ويب مرسوم قانون اتحادي بشأن مجموعة الإمارات للاتصالات"تصالات الإماراتية 
  2. "इतिसालातका १० करोड भन्दा बढी प्रयोगकर्ता पुगेका छन्"। द नेसनल। १० फेब्रुअरी २०११। सङ्ग्रह मिति १० फेब्रुअरी २०११ 
  3. इतिसालात युएइमा सबैभन्दा शक्तिशाली कम्पनी बनेको छ । वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-१३ मिति खलिजटाइम्स डटकम (२०१२-०३-०१) अभिगमन मिति २०१३-०७-२८
  4. "إيرادات «اتصالات» في الربع الأول" 
  5. "استشهاد ويب تصالات الإماراتية"अरबी समाचार दैनिक (अरबी भाषा)। सङ्ग्रह मिति ८ मे २०२० 
  6. "الرئي البوابة الرسمية لحكومة الإمارات العربية"। इतिसालात। १० अक्टोबर २०१०। सङ्ग्रह मिति १० अक्टोबर २०१० 
  7. "Etisalad to sponsor Anorthosis Famagusta"। आधिकारिक वेबसाइट। २५ नोभेम्बर २०१३। सङ्ग्रह मिति २९ नोभेम्बर २०१३ 
  8. "वार्सिक प्रतिवेदन २०१२", इतिसालात डटकम, अन्तिम पहुँच २०१७-०१-१२ 
  9. फाइनान्सियल टाइम्स अफ श्रीलङ्काको वेबसाइटमा वेब्याक मेसिन अभिलेखिकरण २०१२-०८-२२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
इतिसालात
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?