अमलेखगन्ज
अमलेखगन्ज | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°०१′N ८५°०४′E / २७.०१°N ८५.०६°Eनिर्देशाङ्कहरू: २७°०१′N ८५°०४′E / २७.०१°N ८५.०६°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | बारा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ६,७०९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
अमलेखगन्ज नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६७०९ रहेको थियो जसमध्ये ३४१३ पुरुष र ३२९६ महिला रहेका थिए भने यहाँ १३७० घरधुरी रहेको थियो।[१][२] राणा प्रधानमन्त्री चन्द्र सम्शेरले दासप्रथा उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी यस ठांउमा बसाले पछि यो ठांउको नाम अमलेखगंज रहन गएको हो। त्यस भन्दा अगाडि यस ठाउँको नाम भिक्षाखोरी रहेको थियो। नेपालको पहिलो रेल्वे लाईन नेपाल गभर्मेन्ट रेलवेको अन्तिम जङ्कसन पनि अमलेख गंज नै हो। हाल सहरोन्मुख यस ठांउमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखिएको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.