प्रबन्धकविकिपिडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपिडिया प्रणालीको केही आवश्यक तथा प्रतिबन्धित उपकरण वा विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ। जस्तै:- प्रबन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन्। कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन्। कृप्या प्रबन्धक पदको लागि निवेदन गर्नुभन्दा पहिला प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढ्नुहोस्।
ध्यान दिनुहोला: प्रबन्धक पदको लागि निवेदन गरिसके पश्चात १ हप्तासम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्नेछ जसको उत्तर दिनु वा नदिनु तपाईँ माथि निर्भर गर्छ। तपाईको आवेदनसँगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ। कृप्या आवेदन गरिसके पश्चात इमेलद्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारीमा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईँको आवेदनको बारेमा जान्न सकोस र तपाईँको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।
वर्तमान समय : ११:२२, २५ सेप्टेम्बर २०२४ (युटिसी)
निवेदन फारम बनाउनुहोस्:
तल दिइएको बाकसमा प्रयोगकर्ताको ठाउँमा आफ्नो प्रयोगकर्ता नाम राखेर आवेदन गर्न सकिन्छ।
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
म नेपाली विकिपिडियामा केही वर्षदेखि सक्रिय बनेको छु। हाल सम्म २४ हजार भन्दा बढी सम्पादनहरू (लगभग ५० हजार विश्वव्यापी विकि सम्पादनहरू) जम्मा गरेको छु। मैले एक हजार भन्दा बढी लेखहरू पनि सिर्जना गरेको छु। मैले प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढेको छु र मैले प्रबन्धक बन्नका लागि आवश्यक आवश्यकताहरू पुरा गरेको जस्तो लाग्दछ। म नेपाली विकीको इन्ट्राफेसमा काम गर्न चाहन्छु त्यसकारण म यो प्रयोगकर्ता अधिकारको लागि अनुरोध गर्दैछु। --बडा काजी(कुरा गर्नुहोस्)२१:०५, ६ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
प्रबन्धक अधिकारको लागि निवेदनको समयसीमा सकिसकिएको भएता पनि नेपाली विकिपिडियाका तीन जना महत्वपूर्ण योगदानकर्ताहरूको समर्थन तथा हाल आएर नेपाली विकिपिडियामा प्रयोगकर्ताको संलग्नता न्यून भएको कारण यो प्रस्तावलाई मान्यता दिदै र यहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रबन्धक अधिकार दिदैछु। कृपया यो अधिकारको सावधानीपूर्वक र समुदायको हित र विकासमा प्रयोग गर्नुहुनेछ भनी आशा राखेको छु। धन्यवाद--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस)१९:१७, २९ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
This browser is not supported by Wikiwand :( Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience. Please download and use one of the following browsers:
Your input will affect cover photo selection, along with input from other users.
X
Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?
Oh no, there's been an error
Please help us solve this error by emailing us at support@wikiwand.com
Let us know what you've done that caused this error, what browser you're using, and whether you have any special extensions/add-ons installed.
Thank you!