८१औँ एकेडेमी पुरस्कार
बेलायती सिनेमा स्लमडग मिलिनायरले अमेरिकाको हलिउडमा आ-योजित ८१औँ ओस्कार पुरस्कार समारोहमा सर्वाधिक आठ ओस्कार पुरस्कार जितेको छ।
सो सिनेमामा सर्वश्रेष्ठ सङ्गीतका लागि भारतका एआर रहमानले ओस्कार पुरस्कार जितेका छन्। उनले 'जय हो' गीतको सङ्गीतका लागि यो पुरस्कार जितेका हुन्। रहमानले गीत विधामा गीतकार गुलजारसँगै अर्को ओस्कार पुरस्कार पनि जितेका छन्। कुनै पनि भारतीयले दुई विधामा ओस्कार जितेको यो पहिलो अवसर हो।
यो सिनेमा मुम्बईको एक गरीब केटाको कथामाथि आधारित छÙ जो एक टेलिभिजन क्विज कार्यक्रममा सहभागी भएर करोडपति बन्दछ। यो सिनेमा नौ विधामा छनोट भएकोमा आठ विधामा ओस्कार जित्न सफल रहेको थियो।
स्लम डगका निर्देशक डेनी बोयलले सर्वोत्कृष्ट निर्देशकका लागि ओस्कार जिते। सर्वोत्कृष्ट अभिनयका लागि ओस्कार पुरस्कार 'मिल्का'मा समलैङ्गिक राजनीतिज्ञको भूमिका निर्वाह गरेका सेन पेनले हात पारे।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.