सिस्ने हिमाल
सिस्ने हिमाल लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला पूर्वी रुकुमको उत्तरी सिमानामा अवस्थित रमणिय एबम् सुन्दर हिमालको नाम हो। यस हिमाललाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ। यो हिमाल कान्जिरोवा हिम श्रीङ्खला अन्तर्गत पर्दछ। यसको उचाईं ५,८४९ मि. छ। यस हिमालमा आजसम्म कोही पनि नचढेको हुनाले यो हिमाललाई कन्या हिमाल पनि भनिन्छ। यो हिमालको वरिपरि विभिन्न सना-ठूला हिम तालहरू रहेका छन्। रुकुमकोटको पूर्वी-उत्तरका मैदान डाँडा वा खोर्सले लगायतका डाँडाबाट सिस्ने हिमालको मनमोहक दृश्य अवलोकन सकिन्छ।
सिस्ने हिमाल सिस्ने गाउपालिका-२,सिस्ने,रुकुमपुर्व, लुम्बिनी प्रदेशमा अवस्थित रहेको छ। यहाँ अझैपनी मोटरबाटो पुग्न सकेको छैन। सिस्ने हिमालको काखमा बल्लेचौर,ओख्रेना,सिस्नेपोखरी(ठूलो सिस्ने) जस्ता सुन्दर र मनोरम गाउहरु रहेका छन। सदरमुकाम रुकुमकोट्बाट करिब ६ घन्टाको पैदल यात्राबाट सिस्ने हिमालको छेउमा पुग्न सकिन्छ तर सिस्नेहिमालको फेदमा पुग्न करिब १ दिन लाग्छ।
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.