सती प्रथा
सम्बन्धि लेख |
महिला विरुद्धका हिंसाहरू |
---|
मुद्दाहरू |
|
यौन हिंसा तथा बलात्कार |
|
सम्बन्धित विषय |
|
फौजौ
ठःभङ सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो।
उत्पत्ति तथा प्रयोग
[सम्पादन गर्नुहोस्]सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन्। सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ "असल पत्नी" हुन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]प्राचीन हिन्दू समाजमा खासगरी शासकवर्गमा राजा महाराजाहरूमा मरेका पतिसँगै जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भनिन्थ्यो। राजाको मृत्यु भइसकेको र श्रीमानको शवसँग चितामा जीवित जल्नु–जलाइनुपूर्व निजले दिने श्राप नै सतीश्राप हो। समाजमा यस प्रकारको सतीप्रथा कहिलेदेखि चल्यो ? निश्चित भन्न सकिन्न। हिन्दूधर्मका अति प्राचीन ग्रन्थहरूमा सतीप्रथाको वर्णन पाइन्न र यदाकदा चर्चा पाइन्छ तर त्यसबेला सती जान बाध्यात्मक थिएन।
राजा महाराजाहरूको मृत्युपछि मृतककी रानीहरुलाई श्रीमान्को शव (लाश) सँगै अथवा अर्को चितामा सुताइन्थ्यो। यसमा राजनीतिक कारणले कुन रानीलाई सती पठाउने कुन रानीलाई नपठाउने भन्ने बारेमा पनि दाउपेच चल्ने गरेको इतिहास पाइन्छ। सती जानु अर्थात् मृतक श्रीमानसंग जीवितै चितामा जल्नुलाई सतीधर्म मानिन्थ्यो। भारतवर्षका गंगा, यमुना, जमुना लगायतका ठूला नदी किनारमा रहेका घाटहरूमा र नेपालका वाग्मती, कोशी, नारायणी, गण्डकी, कर्णाली, महाकाली लगायतका नदी किनारमा सती जाने गरिन्थ्यो।
उन्मुलन
[सम्पादन गर्नुहोस्]भारत र नेपाल मा प्रचलित यो प्रथा लाई भारतमा या ले सन १८६१ मा कानुन द्वारा बन्देज गरेकि थिइन् | वि.सं. १९१० मा जङ्गबहादुर राणा ले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए। तर उनको मृत्यु हुँदा उनका केही रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन्। जङ्गबहादुर राणाले १६ वर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए।
वि.सं. १९४४ असार १४ गते श्री ३ महाराज वीरशमशेर जबराले देशका विभिन्न स्थानमा तैनाथ गढी–गौँडाका हाकीमहरूलाई सती पठाउनपूर्व अनिवार्यतः स्वीकृति लिनैपर्ने, पठाइंदा नारीको स्वीकृति चाहिने, छोराछोरी हुर्केका हुनुपर्ने, गर्भवती हुन नहुने लगायतका कडा नियम तर्जुमा गरी कार्यान्वयन गर्न लिखित निर्देशन दिएका थिए ।
यद्यपि सती प्रथा अन्त्यको घोषणा २५ असार १९७७[१] सालमा चन्द्र शमशेरले गरेका थिए। यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "सती प्रथा अन्त्य भएको १०० वर्ष पूरा, 'बदलिएन सामाजिक सोच", हिमाल खबर, अन्तिम पहुँच १९ अक्टोबर २०२०।
बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.