For faster navigation, this Iframe is preloading the Wikiwand page for विकिपिडिया:स्वागत/नव आगन्तुक.

विकिपिडिया:स्वागत/नव आगन्तुक

विकिपिडिया एक मुक्त ज्ञानकोष हो जो विश्वभरका योगदानकर्ताहरू द्वारा कैयौं भाषाहरूमा लेखिंदै छ । यो जालस्थल एक विकी हो जसको अर्थ कोही पनि - तपाईं पनि - कुनै पनि लेखलाई परिवर्तन लिङ्क (जो सबै लेखहरूमा देखाइएको छ केवल केही सुरक्षित पृष्ठलाई छोडेर) मा क्लिक गरे अहिले परिवर्तन गर्न सक्नुहुनेछ ।

विकिपिडियामा भ्रमण

[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा भ्रमण गर्नको लागि मुख्य पृष्ठमा जानुहोस्, एक विषय खोज्नुहोस् जसमा तपाईंको रुचि छ, र खोज्न प्रारम्भ गर्नुहोस् । प्रत्येक पृष्ठको साथमा एउटा खोज बाकस पनि छ ।

यदि तपाईले केही पढ्नु भो, र तपाईलाई मन पर्‍यो भने त्यो लेखको वार्ता पृष्ठमा एउटा सन्देश छोड्नुहोला ? पहिले वार्तालाव लिङ्कलाई रोज्नुहोस् जसले तपाईंलाई वार्ता पृष्ठमा लिएर जानेछ । फेरि परिवर्तन लिङ्कलाई चुन्नुहोस् ।

यदि कुनै कुरा अथवा लेख लेखिएकै छैन अथवा तपाईंलाई चाहिएको कुरा खोज्नमा समस्या परेकोछ भने हामीलाई रेफरन्स डेस्क सोध्नुहोस् अथवा त्यो विषय मागिएका लेखमा राखिदिनुहोस्।

परिवर्तन गर्ने

[सम्पादन गर्नुहोस्]

विकिपिडियाका पृष्ठहरू(यो पृष्ठ पनि) कुनै पनि व्यक्तिले परिवर्तन गर्न सक्छ । यदि तपाईंलाई पृष्ठमा सुधारको आवश्यकता लाग्छ भने पृष्ठको माथि अथवा तल देखाइएका परिवर्तन लिंकलाई चुन्नु होस्। तपाईंले लगइन गर्नु पर्ने पनि आवश्यकता हुँदैन ।

सहायता गर्न, आरम्भ गर्ने एक सरल मार्ग छ । विकिपिडियाको उपयोग उस्तै तरिकाले गरौँ जसरी तपाईं कुनै पनि ज्ञानकोषलाई गर्नु हुन्छ, तर जब तपाईंलाई कुनै समस्या पर्‍यो - हिज्जेमा गल्ती, सायद, अथवा कुनै अस्पष्ट वाक्य - भए "परिवर्तन" लिंकलाई क्लिक गर्नुहोस् र समस्याको समाधान गर्नुहोस्। पृष्ठलाई परिवर्तनमा संकोच नगरौं; यदि कुनै पृष्ठलाई सुधार गर्ने आवश्यकता तपाईंले देख्नु भएमा त्यसलाई सुधार गरिहाल्नुहोस् । गल्तिहरू गर्ने बारेमा अधिक चिन्ता नगरौं; जब तपाईंले वास्तवमा कुनै गल्ति गर्नुभयो, भने कुनै अरु, पछाडि आउने प्रयोगकर्त्ताले सुधार गर्नसक्छ । तपाईंलाई यो भयानक लाग्न सक्छ! तै पनि यस प्रणालीले काम गर्छ।

नेपाली विकिपिडियामा लेख लेख्नकोलागि तपाईं जस्तै मानिसहरूको आवश्यकता छ । तपाईं एक नयाँ पृष्ठ आरम्भ गर्न सक्नु हुन्छ वा तपाईं कुनै पनि लेखलाई परिवर्तन गर्न सक्नु हुन्छ अथवा बढाउन सक्नुहुनेछ । यदि तपाईंलाई म कुनै लेखलाई बिगार्छु कि भन्ने डर छ?, त्यसो भए जानुहोस् प्रयोगस्थलमा गएर जति चाहियो पृष्ठ परिवर्तनको प्रयोग गर्न सक्नु हुनेछ। तपाईं आफ्नो योगदानलाई सुरक्षित गर्नु भन्दा पहिले, त्यसको झलक पनि हेर्न सक्नुहुन्छ। फेरि तपाईंले या त योगदानको गल्तिहरू सुधार गर्न सक्नुहुन्छ, परिवर्तन रद्द गर्न सक्नुहुन्छ अथवा सुरक्षित गर्न सक्नुहुन्छ।

विकिपिडियाको लेख निष्पक्ष हुनु पर्छ, अलग अलग तरिकाले प्रस्तुत हुनु पर्छ । विकिपिडियालाई दिएको सबै योगदान en:GNU Free Documentation License (GFDL) को अन्तर्गत हुनु पर्छ । अधिक जानकारीको लागी विकिपिडिया:कापीराइट हेर्नुहोस्।

हामीलाई आशा छ कि विकिपिडियालाई योगदान दिनमा तपाईंलाई आनन्द आउने छ।

तपाई पनि जुट्ने?

[सम्पादन गर्नुहोस्]

कुनै पनि व्यक्तिले परिवर्तन गर्न सक्छ , यो त हो, तर खाता बनाउनको लाभ छ यदि तपाईंलाई निरन्तर योगदान दिनु छ, यदि तपाईंलाई यहाँ जुट्नु छ, भने खाता खोल्नुहोस् अथवा नयाँ प्रयोगकर्ताहरूमा आफ्नो परिचय दिनुहोस् (वास्तविक परिचय दिनु आवश्यक छैन) ।

यो पनि हेर्नु होस्

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
विकिपिडिया:स्वागत/नव आगन्तुक
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?