विकिपिडिया:प्रबन्धक मुक्त गर्न सकिने आधारहरू
यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
यस विकिपिडियामा प्रबन्धकलाई पदमुक्त गर्न सकिने आधारहरू निम्नलिखित बुँदाहरूद्वारा प्रस्ट्याइएको छ। यो पृष्ठ समुदायको छलफलको आधारमा बनाइएको हो। यस आधिकारिक नीतिमा भएका कुनै पनि बुँदालाई सुधार गर्नको लागि सबैभन्दा पहिले चौतारीमा प्रस्ताव प्रस्तुत गर्नुपर्नेछ र सो प्रस्तावको निष्कर्ष अनुसार मात्र यस पृष्ठमा सुधार गर्न पाइनेछ।
नेपाली विकिपिडियामा प्रबन्धक मुक्त गर्न सकिने आधारहरू
[सम्पादन गर्नुहोस्]- कुनै पनि प्रबन्धकले तल उल्लेखित समयावधिमा २०० भन्दा कम सम्पादन या प्रबन्धकीय कार्य/लगहरू (मेटाएको लग, निषेध सूची, आयात सूची, सुरक्षण लग र प्रयोगकर्ता अधिकार लग) गरेमा सो प्रबन्धकलाई निस्क्रिय मानिनेछ। यो संख्या सम्पादन र प्रबन्धकीय कार्य/लगहरू जोडेर निकालिनेछ।
- २ जनवरी देखि १ जुलाई (६ महिना)
- २ जुलाई देखि १ जनवरी (६ महिना)
निस्क्रिय प्रबन्धकलाई पदमुक्त गर्ने प्रक्रिया
[सम्पादन गर्नुहोस्]- वर्षमा दुई पटक, माथि उल्लेखित समयसीमामा निस्क्रिय रहेका प्रबन्धकलाई प्रशासकले स्वत: पद मुक्त (माथि लेखिएको बुँदा बमोजिम कुनै प्रबन्धकले सो समयसीमामा उल्लेखित प्रबन्धकीय कार्य गर्न नसकेमा त्यसको लागि सामुदायिक छलफलको आवश्यकता पर्ने छैन) गर्नेछन्। यदि यो कार्य प्रशासकद्वारा २ जनवरी र २ जुलाईमा गर्न नसकिएको खण्डमा सो प्रस्तावलाई मेटामा स्टेवार्डलाई अनुरोध गरेर प्रबन्धकलाई पद मुक्त गर्न सकिनेछ।
- निस्क्रिय प्रबन्धकले पछि फेरि सक्रिय भई आउन चाहेमा प्रबन्धक अधिकारको लागि निवेदन गर्न पाउनेछन् र यदि समुदायको मतको आधारमा निवेदन सफल भएमा, प्रबन्धक अधिकार पुनःप्रदान गरिनेछ।
उपकरणहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.