For faster navigation, this Iframe is preloading the Wikiwand page for वन डाइरेक्सन.

वन डाइरेक्सन

वन डाइरेक्सन
सन् २०१५ को विश्व भ्रमणमा प्रस्तुति दिँदै वन डाइरेक्सन, बायाँ देखि दायाँसम्म: लुई टम्लिन्सन, नाइअल होरन, लियाम पेनह्यारी स्टाइल्स
व्यक्तिगत विवरण
उत्पत्तिइङ्ल्यान्ड लन्डन, इङ्ल्यान्ड
विधा
  • पप
  • टिन पप
  • पप रक
सक्रिय वर्षसन् २०१०–२०१६ (अनिश्चितकालीन निष्क्रिय)
लेबल
  • साइको
  • कोलब्लिया
सहयोगीद एक्स फ्याक्टर (तेस्रो स्थान)
वेबसाइटonedirectionmusic.com
सदस्यहरू
पूर्व सदस्य(हरू)

वन डाइरेक्सन वा छोटकरीमा वन डि, एक अङ्ग्रेजी-आयरल्यान्डेली युवा साङ्गीतिक समूह हो। समूहको गठन सन् २०१० मा, इङ्ल्यान्डको लन्डनमा भएको थियो। यस साङ्गीतिक समूहमा नाइअल होरन, लियाम पेन, लुई टम्लिन्सन, ह्यारी स्टाइल्स र जेन मलिक थिए भने जेन मलिकले सन् २०१५ मा, समूहबाट छुट्टिएका थिए। समूहका पाचैँ सदस्यहरूले एकल गायकको रूपमा सन् २०१० मा, सातौँ संस्करणको बेलायती वास्तविक दूरदर्शन गायन प्रतियोगिता "द एक्स फ्याटर"मा सहभागी भएका थिए भने उनीहरूलाई एउटै समूहमा राखिएको थियो र यसको गठन भएको थियो। उक्त प्रतियोगितामा तेस्रो स्थान हासिल गरेपछि उनीहरूको चर्चा चुलिएको थियो र समूहले उक्त कार्यक्रमका निर्णायक साइमन कावलको रेकर्ड लेबल साइको सङ्गीतसँग रेकर्डिङ सम्झौतामा हस्ताक्षर गरेका थिए।[][][] वन डाइरेक्सनले कार्यकाल भरिमा अप अल नाइट (सन् २०११), टेक मि होम (सन् २०१२), मिड्नाइड मेमोरिज (सन् २०१३), फोर (सन् २०१४) र मेड इन द एएम (सन् २०१५) गरी ५ वटा गिती सङ्गालो जारी गरेका थिए। समूहका सबै गिती सङ्गालोहरू सफल भएका थिए भने यसले समग्रमा "ह्वाट मेक्स यु ब्युटिफुल", "लिभ ह्वाइल वि वेर योङ", "बेस्ट सङ् एभर", "स्टोरी अफ माई लाइफ", र "ड्र्याग मि डाउन" लगायतका अति लोकप्रिय गीतहरू उत्पादन गरेको थियो।

समूहले हालसम्म गरी लगभग २०० वटा जति पुरस्कारहरू प्राप्त गरिसकेको छ जसमा ७ पटक ब्रिट पुरस्कार, ४ पटक एमटिभी श्रव्य दृश्य पुरस्कार, ६ पटक बिलबोर्ड सङ्गीत पुरस्कार, ७ पटक अमेरिकी सङ्गीत पुरस्कार र २८ वटा टिन च्वाइस पुरस्कार समावेश छ। समूहले गीत तथा प्रस्तुतिहरूको प्रबर्द्धनका लागि ४ वटा विश्व भ्रमण गरिसकेको छ। सन् २०१३ मा, फोर्ब्सका अनुसार, समूहले अनुमानित ७ करोड ५० लाख अमेरिकी डलर आर्जन गरेको थियो जसले गर्दा समूह ३० वर्षदो मुनिको दोस्रो सर्वाधिक आर्जन गर्ने साङ्गीतिक समूह बनेको थियो।[] समूह सन् २०१३ को जारी गिती सङ्गालो तथा गीतहरू सर्वाधिक बिक्री गराउन सफल भएको थियो। अन्तर्राष्ट्रिय ध्वन्यात्मक उद्योग सङ्घले समूहलाई सन् २०१३ को विश्वव्यापी वर्ष कलाकारको रूपमा नामकरण गरेको थियो।[] फोर्ब्सले समूहलाई सन् २०१५ मा, चौथो सबैभन्दा धेरै आर्जन गर्ने तथा सन् २०१६ मा, दोस्रो सर्वाधिक आर्जन गर्ने समूहको रूपमा सूचीकृत गरेको थियो।[][]

उनीहरूको चौथो गिती सङ्गालो "फोर" जारी भए लगत्तै वन डाइरेक्सन अमेरिकी बिलबोर्ड २०० को इतिहासमै जारी गरिएको सबै चारैवटा गिती सङ्गालोहरू शीर्ष स्थानमा परेका थिए। समूहको तेस्रो गिती सङ्गालो "मिड्नाइट मेमोरिज" सन् २०१३ को विश्वव्यापी रूपमा सर्वाधिक बिक्री भएको थियो भने यसले ४० लाख भन्दा बढी प्रतिलिपीहरू बिक्री गर्न सफल भएको थियो।

उनीहरूको ह्वेर वि आर विश्व भ्रमणले मिड्नाइट मेमोरिजलाई प्रवर्द्धन गरेको थियो र उक्त भ्रमण र साङ्गीतिक कार्यक्रम मार्फत समूहले सन् २०१४ मा, सर्वाधिक आर्जन गरेको थियो।[] यसले अनुमानित २९ करोड अमेरिकी डलर कमाएको थियो[] र सन् २०१४ मा, बिलबोर्डले वन डाइरेक्सनलाई वर्ष कलाकारको रूपमा नामकरण गरेको थियो।[१०] जनवरी २०१६ देखि, समूह पूर्ण रूपमा निष्क्रिय छन् र समूहका सदस्यहरूले एकल गायकको रूपमा कार्यकाल अगाडि बढाइरहेका छन्।[११][१२] सन् २०२० सम्म, समूहले विश्वव्यापी रूपमा जम्मा ५ करोड रेकर्डहरू बिक्री गरिसकेका छन्।[१३]

वर्ष शीर्षक भूमिका टिप्पणी
सन् २०१० द एक्स फ्याक्टर उनीहरू (सहभागी) संस्करण ७
सन् २०१२ आइकार्ली उनीहरू शृङ्खला: आइगो वन डाइरेक्सन
अप अल नाइट: द लाइभ टुर श्रव्य दृश्य गिती सङ्गालो
सन् २०१२–१४ सटर्डे नाइट लाइभ उनीहरू (साङ्गीतिक अतिथि) शृङ्खला: सोफिया भेरगारा/वन डाइरेक्सन; पउल रूड/वन डाइरेक्सन; एमी आडम्स/वन डाइरेक्सन
सन् २०१३ वन डाइरेक्सन: दिस इज अस उनीहरू दस्तावेज साङ्गीतिक चलचित्र
सन् २०१४ वन डाइरेक्सन: ह्वेर वि आर – द कन्सर्ट फिल्म साङ्गीतिक चलचित्र

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. “One Direction: the fab five take America”. द गार्जियन। अभिगमन मिति २७ जुलाई २०१९।
  2. “One Direction make American pop history”. द टेलिग्राफ। अभिगमन मिति १७ जुलाई २०१९।
  3. “How One Direction stayed the world’s biggest band even after it stopped existing”. द भर्ज। अन्तिम पहुँच मिति २७ जुलाई २०१९।
  4. "One Direction"फोर्ब्स 
  5. उद्दरण त्रुटी: अवैध <ref>चिनो; IFPI नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  6. Greenburg, Zack O'Malley (२९ जुन २०१५)। "Celebrity 100: The World's Highest-Paid Superstars Of 2015"फोर्ब्स। सङ्ग्रह मिति १ सेप्टेम्बर २०१६ 
  7. Zack O'Malley Greenburg। "Celebrity 100: The World's Highest-Paid Superstars of 2016"फोर्ब्स। सङ्ग्रह मिति ६ अप्रिल २०१७ 
  8. काउफिल्ड, केथ (२६ नोभेम्बर २०१४)। "One Direction's 'Four' Makes Historic No. 1 Debut on Billboard 200 Chart"। सङ्ग्रह मिति २६ नोभेम्बर २०१४ 
  9. "One Direction top 2013 global album chart"। बिबिसी समाचार। १ अगस्ट २०१४। सङ्ग्रह मिति २ अगस्ट २०१४ 
  10. एलेन, बब (१० अक्टोबर २०१४)। "One Direction's Where We Are Tour Attended by 3.4 Million Fans"बिलबोर्ड। सङ्ग्रह मिति ११ अक्टोबर २०१४ 
  11. सिम्प्सन, जर्ज (४ मे २०१७)। "One Direction REUNION: Niall Horan opens up on WHEN iconic boyband will get back together" 
  12. मिलस, चोल। "Niall Horan: One Direction reunion is 'definitely' happening" 
  13. "One Direction Band's Louis Tomlinson Arrested In Airport Tussle"Agence France-Presse। ९ मार्च २०१८। सङ्ग्रह मिति ५ मार्च २०१७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
वन डाइरेक्सन
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?