रोबर्ट एन्ड्रयु मिलिकन
रोबर्ट एन्ड्रयु मिलिकन | |
---|---|
प्रथम क्यालिफोर्निया ईन्स्टिच्युट अफ टेक्नोलोजी अध्यक्ष | |
कार्यकाल १९२०–१९४६ | |
उतराधिकारी | ली अल्विन डुब्रिज |
व्यक्तिगत विवरण | |
जन्म | रोबर्ट एन्ड्रयु मिलिकन मार्च २२, १८६८ मोरिसन, Illinois, अमेरिका |
मृत्यु | डिसेम्बर १९, १९५३ सन् मारिनो, अमेरिका | (उमेर ८५)
राष्ट्रियता | अमेरिका |
रोबर्ट एन्ड्रयु मिलिकन (मार्च २२, १८६८- डिसेम्बर १९, १९५३) एक अमेरिकी प्रयोग भौतिकशासत्रि हुन् जसलाई १९२३ मा इलेक्ट्रोनको मुलभुत एकाइ चार्जको नाप र प्रकाश विद्युत प्रभावमा उनको कार्यको लागि भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।
मिलिकनले ओबर्लिन कलेजबाट १८९१ मा स्नातक गरे र १८९५ मा कोलम्बिया युनिभर्सिटीबाट डक्टोरेट उपाध हासिल गरे। १८९६ मा उनी युनिभर्सिटी अफ सिकागोमा सहायक प्राध्यापक भए जहाँ उनी १९१० मा पुर्ण प्राध्यापक बने। १९०९ मा मिलिकनले इलेक्ट्रोनको मुलभुत एकाइ चार्ज पता लगाउन प्रयोगको शृङ्खला सुरु गरे। उनले इलेक्टि्क फिल्डमा चार्जयुक्त पानीको थोपाबाट प्रयोगको थालनी गरे। प्रयोगको नतिजाबाट यो निष्कर्षमा पुगियो क थोपामा रहेको चार्ज मुल इलेक्ट्रोनको चार्जको गुणन हुन्छ, १९१० मा उनले आफ्नो प्रख्यात आयल ड्रप एक्सपेरिपेन्टबाट नतिजा हासिल गरे जहाँ उनले पानीलाई विस्थापित गरी आयल ड्रपको प्रयोग गरे जुन एकदम छिटो वाष्पिकरण हुन्छ।
१९१४ मा मिलिकनले समान खालको उपाय र सोचबाट १९०५ मा अल्बर्ट आइनस्टाइनको प्रकाश विद्युत प्रभाव व्याख्या गर्ने समीकरण सिद्ध गर्न सुरु गरे। उनले यसै विधिबाट प्ल्यान्क स्थिरको मान पत्त लगाए । १९२१ मा मिलिकनले युनिभर्सिटी अफ सिकागो छोडे र पासाडेन क्यालिफोर्नियामा रहेको ईन्स्टिच्युट अफ टेक्नोलोजी नर्म्यान बृज भौतिकशास्त्र प्रयोगशालाको निर्देशक बने। त्यहाँ उनल भौतिकशास्त्री भिक्टर हेसले पत्ता लगाएको बाहिरी अन्तरिक्षबाट आउने विकिरणसम्बन्धि अध्ययन गरे। मिलिकनले यी विकिरणहरूलाई "कस्मिक विकिरण " नमाकरण गरे। १९२१ देखि सेवा निवृत नभएसम्म १९४५ सम्म क्याल्टेक कार्यकारी परिषद (त्यस समयको बिद्यालय नियामक संस्था) को अध्यक्ष भए र उनले स्कुललाइ अमेरिकाको अग्रणी अनुसन्धान संस्थामा रुपान्तरण गरे।[१][२] उनले १९२१ देखि १९५३ सम्म सोसाइटी फर साइन्स एण्ड द पब्लिकको बोर्ड सदस्य भएर सेवा गरे ।
जीवनी
[सम्पादन गर्नुहोस्]शिक्षा
[सम्पादन गर्नुहोस्]रबर्ट एन्ड्रयु मिलिकनको जन्म मार्च २२, १८६८ मा मरिसन इलिनसमा भएको थियो । उनको हाइ स्कुल सम्मको शिक्षा मक्योकेटा, लोवामा भयो ।[३] उनले ओबर्लिन कलेजबाट १८९१ मा स्नातक उपाधी हासिल गरे र पिएचडी उपाधी कोलम्बिया युनिभर्सिटीबाट १८९५ मा भौतिकशास्त्रमा प्राप्त गरे ।[४] उनी सोही विभागबाट पिएचडि हासिल गर्ने प्रथम व्यक्ती समेत हुन् ।[५]
मिलिकनको मृत्यु उनकै घर सान मारिनो, क्यालिफोर्नियामा हृदयघातले १९५३ मा ८५ वर्षको उमेरमा भयो र उनको अन्तिम सस्कार "कोर्ट ओफ अनर " मा भयो |
२६ जनवरी १९८२ मा, उनी संयुक्त राज्य अमेरिका पोस्टल सेवाद्वारा ३७ सेन्ट महान अमेरिकन सीरीज (१९८०-२०००) हुलाक टिकटमा सम्मानित भएको थियो।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "ARCHIVES :: FAST FACTS ABOUT CALTECH HISTORY", archives.caltech.edu।
- ↑ "Robert A. Millikan - Biographical", www.nobelprize.org।
- ↑ Millikan, Robert, "Nobel Prize in Physics 1923", nobel.org, अन्तिम पहुँच सेप्टेम्बर २०, २०१२।
- ↑ Millikan, Robert Andrews (1895). On The Polarization Of Light Emitted From The Surfaces Of Incandescent Solids And Liquids (Ph.D.). Columbia University. . https://search.proquest.com/docview/301691116/.
- ↑ "Robert A. Millikan", IEEE Global History Network, IEEE, अन्तिम पहुँच जुलाई २५, २०११।
भौतिक शास्त्रमा नोबेल पुरस्कार | |
---|---|
१९०१-१९२५ | १९०१: विल्हेम कोन्राड रोन्टजेन १९०२: हेन्दृक लोरेन्ज, पिएटर जीम्यान १९०३: हेन्री बेक्वेरल, पिएरे क्युरी, मारिया क्युरी १९०४: लर्ड रेली १९०५: फिलिप लेनार्ड १९०६: जे जे थोमसन १९०७: अल्बर्ट ए मिशेल्सन १९०८: ग्याबृयल लिपम्यान १९०९: गुग्लिमो मार्कोनी, फर्डिन्यान्ड ब्राउन १९१०: योहान्नेस डिडेरिक भ्यान डर वाल्स१९११: विल्हेम वेन १९१२: गुस्ताफ डेलेन् १९१३: हेइके केमर्लिन ओन्स १९१४: म्याक्स भोन् लु १९१५: विलियम लरेन्स ब्र्याग, विलियम हेनरी ब्रैग १९१७: चार्ल्स ग्लोभर बार्क्ले १९१८: म्याक्स प्लान्क १९१९: जोह्यन्नेस स्टार्क १९२०: चार्ल्स एडुआर्ड गुइल्लौमे १९२१: अल्बर्ट आइन्स्टाइन १९२२: निल बोर १९२३: रोबर्ट एन्ड्रयु मिलिकन१९२४: म्यान्ने सिग्बान १९२५: जेम्स फ्र्यान्क, गुस्टाभ हर्ज |
१९२६-१९५० | १९२६: जां ब्याप्टिस्टे पेरिन् १९२७: आर्थर एच कम्प्टन, सी टी आर विल्सन १९२८: ओवेन विलेन्स् रिचार्डसन १९२९: लुइ, ७औं ड्युक डे ब्रोग्ली १९३०: भेन्कट रमन १९३२: वर्नर हाइजेनबर्ग १९३३: अर्विन स्रोडिन्जर, पल ए एम् डाइर्याक १९३५: जेम्स् च्याडविक १९३६: भिक्टर एफ हेस्, कार्ल डी एन्डरसन १९३७: क्लिन्टन डविसन, जर्ज पेजेट थम्सन १९३८: एनृको फर्मी १९३९: अर्नेस्ट लरेन्स १९४३: अट्टो स्टर्न १९४४: इसिडोर आइज्याक रबि १९४५: वुल्फग्याङ पौली १९४६: पर्सी दबल्यु बृजम्यान १९४७: एडवार्ड भी एप्पलटन १९४८: पेटृक एम एस ब्ल्याकेट १९४९: हिदेकी युकावा १९५०: सेसिल पावेल |
१९५१-१९७५ | १९५१: जोह्न् कक्क्रोफ्ट, अर्नेस्ट टी एस वाल्टन १९५२: फेलिक्स ब्लोच, इ एम पर्सेल १९५३: फृत्स् जेर्निके १९५४: म्याक्स् बर्न, वाल्थेर बोथे १९५५: विलिस इ ल्याम्ब, पोलीकार्प कुस्च १९५६: विलियम षक्ली, जोह्न बार्दीन, वाल्टर एच ब्राट्टेन १९५७: चेन निङ याङ, चुङ्-दाओ ली १९५८: पाभेल ए शेरेन्कोभ, इल्´या एम् फ्र्यान्क, इगोर वाइ ट्याम् १९५९: एमिलियो सेग्र, ओवेन चेम्बेर्लैन १९६०: डोनाल्ड ए ग्लेसर १९६१: रोबर्ट होफस्टाड्ट, रुडोल्फ मोसबेउर १९६२: लेभ लान्डाउ १९६३: युजिन विगनर, मारिया गोपर्ट-मेयर, जे हान्स् डी जेन्सेन १९६४: चार्ल्स् एच् टाउन्स्, निकोले गी बासोभ, अलेक्सान्द्र एम प्रोखोरोभ १९६५: सिन-इतिरो तोमोनागा, जुलियन श्विंगर, रिचार्ड फेञम्यान १९६६: अल्फ्रेड केस्लर १९६७: हान्स बेथे १९६८: लुइ अल्भारेज १९६९: मुरे जेल-म्यान् १९७०: ह्यानेस् अल्फ्भेन, लुइ नील १९७१: डेनिस गेबर १९७२: जोह्न बार्डीन, लीयों नील कूपर, रोबर्ट शृफर १९७३: लीयो एसाकी, इवार गियाभर, ब्रायन डी जोसेफसन १९७४: मार्टिन राइल, एन्टोनी हेविश १९७५: आजे एन् बोह्र, बेन आर मोटेलसन, जेमस् रेनवाटर |
१९७६-२००० | १९७६: बर्टन रिचर, स्याम्युल सी सी टिङ १९७७: फिलिप दबल्यु एन्डरसन, सर नेभिल एफ मोट्ट, जोह्न एच् भ्यान भ्लेक १९७८: प्योट्र क्यापिट्सा, आर्नो पेन्जियस, रोबर्ट वूड्रो विल्सन १९७९: शेल्दन ग्लाशो, एब्डस सलाम, स्टेभन वेनबर्ग १९८०: जेम्स क्रोनिन, भ्याल फिच १९८१: निकोलास ब्लोएम्बर्गन, आर्थर एल श्यालो, काइ एम सिगबाह्न १९८२: केनेथ जी विल्सन१९८३: सुब्रमन्यन चन्द्रसेखर, विलियम ए फोलर १९८४: कार्लो रुबिया, सिमोन भ्यान डर मीर १९८५: क्लाउस भोन् क्लिटजिङ १९८६: अर्न्स्ट रुस्का, गेर्ड बिन्निग, हेइनृच रोह्रेर १९८७: जे गेओर्ग बेडनोर्ज, के एलेक्स म्युलर १९८८: लीयोन एम लीडरम्यान, मेल्भिन श्वार्ट्ज, ज्याक स्टेइन्बर्गर १९८९: नोर्म्यान एफ र्यामसे, ह्यान्स जी डेमेल्ट, वुल्फ्ग्याङ पल १९९०: जेरोम आइ फ्रीदम्यान, हेन्री वे केन्डाल, रिचार्ड इ टेलर १९९१: पियरे-गिल्स डे गेन्नेस १९९२: ज्योर्जेस चार्पक १९९३: रसेल ए हल्से, जोसेफ एच टेलर जुनियर १९९४: बर्ट्र्याम एन ब्रोकहाउस, क्लिफर्ड जी शल्ल् १९९५: मार्टिन एल पर्ल, फ्रेडेरिक रेन्स १९९६: डभिड एम ली, डगलस डी ओशेरफ, रोबर्ट कोलेम्यान रिचार्डसन १९९७: स्टेभेन् चु, क्लाउड कोहेन-टन्नौजी, विलियम डी फिलिप्स १९९८: रोबेर्ट बी लाफलिन, हर्स्ट एल स्टोर्मर, ड्यानियल सी शुइ १९९९: गेरार्डस 'टी हूफ्ट, मार्टिनस जे जी भेल्ट्म्यान २०००: ज्होरेस आइ अल्फेरोभ, हर्बर्ट क्रेमर, ज्याक एस किल्बी |
२००१-२०२५ | २००१: एरिक ए कर्नेल, वुल्फग्याङ केट्टेर्ले, कार्ल इ वाइम्यान २००२: रेमन्ड डभिस जुनियर, मासातोशी कोशिबा, रिक्कर्डो गियाकोनी २००३: अलेक्सी ए एबृकोसोभ, भितली एल गिन्जबर्ग, एन्थोन्य् जे लेगेट २००४: डभिड जे ग्रस, एच् डेभिड पोलित्जर, फ्र्यान्क विल्चेक २००५: रोय जे ग्लाउबर, जोह्न एल हल, थियोडोर दबल्यु हान्श२००६: जोह्न सी म्याथर, जोर्ज एफ स्मूट २००७: अल्बर्त फर्त व पितर ग्रुनबर्ग २००८: योइचिरो नाम्बु , माकोतो कोबायाशी व तोशिहिदे मास्कावा २००९: चार्ल्स के। काओ, विलार्द बोइल व जर्ज इ स्मिथ २०१० आन्द्रे गेइम व कोन्स्तान्तिन नोभोसेलोप २०११: सल पर्लमतर, एदम राइस व ब्रायन स्क्मिद्त २०१२ देविद जे वाइनल्यान्द व सेर्गे हारोख २०१४ *इसामु आकासाकी (जापान) *हिरोसी अमानो (जापान) *सुजी नाकामुरा (जापान/संयुक्त राज्य) |
पुस्तक:भौतिकी में नोबेल पुरस्कार · श्रेणी:नोबेल पुरस्कार विजेता भौतिक विज्ञानी · प्रवेशद्वार:भौतिकी · भौतिकीमा नोबेल पुरस्कार |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.