कोशी प्रदेश सभा
कोशी प्रदेश सभा | |
---|---|
दोस्रो कोशी प्रदेश सभा | |
प्रकार | |
प्रकार | कोशी प्रदेशको एकसदनात्मक व्यवस्थापिका |
इतिहास | |
स्थापित | २०७४ |
नेतृत्वकर्ता | |
अम्बरबहादुर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी पदासीन: २०८० पुस २४ | |
उपसभामुख | सिर्जना दनुवार, नेकपा (एमाले) पदासीन: २०७९ पुस ३० |
इन्द्रबहादुर आङ्बो, नेकपा (माओवादी केन्द्र) | |
संरचना | |
राजनीतिक दल | सरकार (७०)
मत र समर्थन (१) प्रतिपक्ष (२३) |
कार्यकाल अवधि | ५ वर्ष |
निर्वाचन | |
समानान्तर मतदान:
| |
अघिल्लो निर्वाचन | २०७४ |
पछिल्लो निर्वाचन | २०७९ मङ्सिर ४ |
आउने निर्वाचन | २०८४ |
बैठक स्थल | |
जिल्ला समन्वय समितिको कार्यालय, विराटनगर, मोरङ | |
वेबसाइट | |
assembly | |
संविधान | |
नेपालको संविधान २०७२ |
कोशी प्रदेश सभा कोशीको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक कोशी प्रदेशको प्रादेशिक राजधानी मोरङ जिल्लाको विराटनगरमा रहेको छ[१]। कोशी प्रदेश सभामा ९३ जना सदस्य रहेका छन् जसध्ये ५६ जना पहिलो पटक मतदान मार्फत निर्वाचित हुन्छन् भने ३७ जना समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने गर्छन्। यो सभाको अवधि पाँच वर्षको हुने गर्छ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]नेपालको संविधान बमोजिम वि.सं. २०७४ मा प्रदेश सभाको स्थापना भएको थियो। प्रदेश सभाको पहिलो निर्वाचन वि.सं. २०७४ मा भएको थियो। निर्वाचनमा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)ले बहुमत प्राप्त गरेको थियो। कोशी प्रदेश सभाको उद्घाटन वि.सं. २०७४ माघ २२ गते भएको थियो। नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)बाट प्रदीपकुमार भण्डारी पहिलो सभामुख बनेका थिए भने एमालेबाटै शेरधन राई मुख्यमन्त्रीमा निर्वाचित भएका थिए।
यस प्रदेशको पूर्व नाम प्रदेश नं. १ रहेको थियो। वि.सं. २०७४ माघ ४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई प्रदेशको अस्थायी राजधानीको रूपमा कायम गरेको थियो।[३] वि.सं. २०७६ बैशाख २३ गते प्रदेश सभा बैठकले प्रदेशको स्थायी राजधानी विराटनगरलाई तोक्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो।[४] यसै प्रकार वि.सं. २०७९ फागुन १७ गते दोस्रो कोशी प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी प्रदेश पारित गरेको थियो।[४]
सभाहरूको सूची
[सम्पादन गर्नुहोस्]निर्वाचन वर्ष | सभा | कार्यकाल सुरुवात | कार्यकाल समाप्त | सभामुख | मुख्यमन्त्री | दल | |
---|---|---|---|---|---|---|---|
२०७४ | पहिलो सभा | २०७४ माघ २२ | २०७९ भदौ | प्रदीपकुमार भण्डारी | शेरधन राई (मन्त्रिपरिषद्) |
नेकपा (एमाले) | |
भीम आचार्य (मन्त्रिपरिषद्) | |||||||
राजेन्द्रकुमार राई (मन्त्रिपरिषद्) |
नेकपा (एकीकृत समाजवादी) | ||||||
२०७९ | दोस्रो सभा | २०७९ पुस १७[५] | बहालवाला | बाबुराम गौतम | हिक्मतकुमार कार्की (मन्त्रिपरिषद्) |
नेकपा (एमाले) | |
उद्धव थापा (मन्त्रिपरिषद्) |
नेपाली काङ्ग्रेस | ||||||
रिक्त | उद्धव थापा (मन्त्रिपरिषद्) | ||||||
हिक्मतकुमार कार्की (मन्त्रिपरिषद्) |
नेकपा (एमाले) | ||||||
अम्बरबहादुर विष्ट | केदार कार्की (मन्त्रिपरिषद्) |
नेपाली काङ्ग्रेस | |||||
हिक्मतकुमार कार्की (मन्त्रिपरिषद्) |
नेकपा (एमाले) |
समितिहरू
[सम्पादन गर्नुहोस्]नेपालको संविधानको धारा १९५ मा प्रदेश सभाहरूलाई कार्यसञ्चालन कार्यविधिको व्यवस्था गर्न विशेष समितिहरू गठन गर्ने अधिकार प्रदान गरिएको छ।
क्र.सं | समिति |
---|---|
१ | न्याय, प्रशासन र कानून |
२ | सुशासन र योजना |
३ | वित्त |
४ | सार्वजनिक लेखा |
५ | सामाजिक विकास |
६ | उद्योग, पर्यटन र वातावरण |
७ | प्राकृतिक स्रोत र पूर्वाधार विकास |
वर्तमान संरचना
[सम्पादन गर्नुहोस्]दल | संसदीय दलको नेता | सिट[६] | |
---|---|---|---|
नेकपा (एमाले) | हिक्मतकुमार कार्की | ४० | |
नेपाली काङ्ग्रेस | उद्धव थापा | २९ | |
नेकपा (माओवादी केन्द्र) | इन्द्रबहादुर आङ्बो | १३ | |
राष्ट्रिय प्रजातन्त्र पार्टी | भक्तिप्रपाद सिटौला | ६ | |
नेकपा (एकीकृत समाजवादी) | राजेन्द्रकुमार राई | ४ | |
जनता समाजवादी पार्टी | निर्मला लिम्बू | १ | |
जम्मा | ९३ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "प्रदेश नम्वर २ को पहिलो प्रदेश सभा बैठक जनकपुरमा सम्पन्न" (नेपाली) भाषा)। इनरुवा अनलाइन। सङ्ग्रह मिति २५ मार्च २०२१।
- ↑ "भाग–१४ प्रदेश व्यवस्थापिका"। कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१।
- ↑ "सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी", कारोबार दैनिक (नेपालीमा), २०७४ माघ ४, अन्तिम पहुँच २०७९ चैत्र १।
- ↑ ४.० ४.१ अधिकारी, राजु (२०७९ फागुन १७), "'कोशी' रह्यो प्रदेश १ को नाम", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०७९ चैत्र १।
- ↑ "Province 1 Assembly tables two ordinances in its first meeting", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-०२।
- ↑ "प्रदेश १ मा एमाले पहिलो, बहुमतका लागि ७ सिट अपुग" (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०६।
नेपालको व्यवस्थापिका संसद | |||||
---|---|---|---|---|---|
नेपालको सङ्घीय संसद |
| ||||
प्रदेश सभा | |||||
पूर्व व्यवस्थापिका संसद |
|
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.