For faster navigation, this Iframe is preloading the Wikiwand page for जेम्स जोयस.

जेम्स जोयस

'जेम्स अगस्टिन एलोयसियस जोयस' (२ फेब्रुअरी १८८२ – १३ जनवरी १९४१) आइरिस उपन्यासकार, कवि र साहित्यिक आलोचक हुन्। उनी २०औँ शताब्दीका सबैभन्दा प्रभावशाली र महत्त्वपूर्ण लेखकहरूमध्ये एक मानिन्छन्। जोयसको उपन्यास युलिसिस (१९२२) एक महत्वपूर्ण कृति हो जसमा होमरको ओडेसीका अध्यायहरू विभिन्न साहित्यिक शैलीहरू, विशेष गरी चेतनप्रवाहमा समानान्तर छन्।

उनका अन्य चर्चित कृतिहरूमा डबलिनर्स (१९१४) नामक कथासङ्ग्रह र ए पोट्रेट अफ दि आर्टिस्ट एज अ योङ् म्यान (१९१६) र फिनिगन्स वेक (१९३९) जस्ता उपन्यासहरू पर्दछन्। उनका अन्य लेखहरूमा तीनवटा कविताको पुस्तक, एउटा नाटक, पत्रहरू र पत्रकारिता समावेश छन्।

जेम्स जोयसको जन्म डब्लिनको मध्यमवर्गीय परिवारमा भएको थियो। उनले सर्वप्रथम क्लोङ्गोव्स वुड कलेज र पछि ओ’कनल स्कूलमा अध्ययन गरे। आफ्ना पिताको अस्थिर आर्थिक अवस्थाका कारण उनको पारिवारिक जीवन चुनौतीपूर्ण भए तापनि जोयसले शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे र सन् १९०२ मा युनिभर्सिटी कलेज डब्लिनबाट स्नातक गरे। सन् १९०४ मा, उनले भविष्यकी पत्नी नोरा बार्नाकललाई भेटे र उनीहरू यूरोप गए। उनले पलामा छोटो समयका लागि काम गरे र त्यसपछि अस्ट्रिया-हङ्गेरीको ट्रिएस्टेमा अङ्ग्रेजी शिक्षकको रूपमा काम गरे। केही समय रोम र डब्लिनका लागि यात्रा गरेको अपवादबाहेक सन् १९१५ सम्म उनी ट्रिएस्टेमा रहे। यस समयमा जोयसले आफ्नो कविता सङ्ग्रह च्याम्बर म्युजिक र लघुकथाह सङ्ग्रह डब्लिनर्स प्रकाशित गरे। उनले ए पोट्रेट अफ दि आर्टिस्ट एज अ योङ् म्यानलाई दि इगोइस्ट नामक पत्रिकामा क्रमबद्ध रूपमा प्रकाशित गर्न सुरु गरे। प्रथम विश्वयुद्धको अधिकांश समय जोयसले स्विट्जरल्याण्डको ज्युरिचमा बसोबास गरे र आफ्नो प्रसिद्ध उपन्यास युलिसिसका लागि काम गरे।

युद्धपछि जोयस सन् १९२० मा पेरिस गए र १९४० सम्म पेरिस उनको प्रमुख निवास बन्यो। युलिसिस सन् १९२२ मा पेरिसमा प्रकाशित भयो तर यसलाई अश्लील ठहर गर्दै बेलायत र अमेरिकामा प्रतिबन्ध लगाइयो। यो उपन्यास ती देशहरूमा तस्करीमार्फत लगियो र मध्य १९३० सम्म गैरकानूनी रूपमा प्रकाशित गरियो। जोयसले आफ्नो अर्को प्रमुख कृति फिनिगन्स वेक सन् १९२३ मा लेख्न सुरू गरेको १६ वर्षपछि सन् १९३९ मा प्रकाशित गरे। यस बीचमा जोयस धेरै ठाउँमा यात्राका लागि निस्किए। सन् १९३१ मा उनले लण्डनमा नोरासँग कानूनी विवाह गरे। उनले बारम्बार स्विट्जरल्याण्डमा आँखा सम्बन्धी गम्भीर समस्या र छोरी ल्युसियाको मानसिक स्वास्थ्यको उपचारका लागि यात्रा गरे। दोस्रो विश्वयुद्धको समयमा जर्मनीले फ्रान्स कब्जा गरेपछि जोयस सन् १९४० मा ज्युरिच फर्किए। सन् १९४१ मा ५८ वर्षको उमेरमा पेटको अल्सरको शल्यक्रियापछि उनको देहान्त भयो।

युलिसिसलाई प्राय: विश्वकै उत्कृष्ट पुस्तकहरूको सूचीमा उच्च स्थानमा राखिन्छ। जोयसको लेखनशैलीले धेरै लेखक, चलचित्र निर्माता र अन्य कलाकारहरूलाई प्रभावित गरेको छ। उनको लेखनीमा सुक्ष्म विवरण, आन्तरिक एकालाप, शब्दको बुनाइ, परम्परागत कथानक र पात्रको विकासको क्रान्तिकारी परिवर्तन जस्ता विशेषताहरू हुन्छन्। यद्यपि जोयसले आफ्नो वयस्क जीवनको अधिकांश समय विदेशमा बिताए, उनका कथा मुख्य रूपमा डब्लिनमा केन्द्रित छन् र उनीसँग जोडिएका पारिवारका सदस्य, शत्रु र मित्रहरूको छविबाट प्रभावित देखिन्छ। विशेषगरी युलिसिस पुस्तक डब्लिनका गल्ली र सडकहरूमा आधारित छ। जोयसको भनाई छ — "म सँधै डब्लिनको बारेमा लेख्छु किनभने यदि मैले डब्लिनको मर्मलाई बुझ्न सके भने, मैले संसारका सबै शहरहरूको मर्मलाई बुझ्न सक्छु।"[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. अनुप जोशी, "जेम्स जोयसको कथा: एभलिन", साहित्य पोष्ट। 
{{bottomLinkPreText}} {{bottomLinkText}}
जेम्स जोयस
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?