For faster navigation, this Iframe is preloading the Wikiwand page for जगदम्बाश्री पुरस्कार.

जगदम्बाश्री पुरस्कार

जगदम्बा-श्री पुरस्कार
पुरस्कृत (कारण)नेपाली भाषा, साहित्य, संस्कृति लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने सम्मान
देशनेपाल
प्रथम पुरस्कृतबि. स. २०४५
वेबसाइटऔपचारिक साइट

जगदम्बाश्री पुरस्कार नेपालको एउटा प्रतिष्ठित साहित्यिक पुरस्कार हो । यो पुरस्कार मदन पुरस्कार गुठीले प्रदान गर्दछ। गुठीकी संस्थापिका रानी जगदम्बाकुमारीदेवी राणा को २०४५ साल साउन २९ गते निधन भएपछि गुठीकी संस्थापिकाको स्मृतिलाई चिरस्थायी राख्ने उद्देश्यले निधनको ४५ औँ दिन जगदम्बाश्री पुरस्कार विधिवत् स्थापना गरिएको हो ।[]

जगदम्बाश्री पुरस्कार मदन पुरस्कार गुठीबाट दिइने दोस्रो पुरस्कार हो । यो पुरस्कार गुठीको अक्षय कोषको वाषिर्क ब्याजबाट प्रत्येक वर्ष श्रव्य-दृश्य वा अरू किसिमका कृतित्वहरूबाट नेपाली वाङ्मयको श्रीबृद्धिमा उल्लेख्य योगदान पुर्‍याई देश-विदेशका प्रतिष्ठित विद्वान्, विद्वत-संस्था वा प्रतिष्ठानहरूबाट नाम प्रस्ताव गरी पठाएका नेपाली वाङ्मयका साधकहरूमध्येबाट छनौट समितिले आवश्यक छानबिन गरी सिफारिस गरेका वाङ्मय साधक वा संस्थालाई जगदम्बाश्री पुरस्कार प्रायः बडादशैँको नवमीमा प्रदान गरिन्छ । जगदम्बाश्री पुरस्कारका लागि नेपाली भाषाको (नेपाली वाङ्मय) सेवालाई नै एकमात्र आधार मानी पुरस्कृत प्रतिभाको छनौट हुन्छ

यस पुरस्कारको राशि मदन पुरस्कार सरह अर्थात् रु. २,००,०००।- (दुई लाख) नगद र प्रमाणपत्र प्रदान गरिन्छ ।बि. स. २०७५ बाट पुरस्कारको रकम रु. ४,००,००० निर्धारित गरिएको छ ।

यसका प्रथम विजेता हुनुहुथ्यो- स्व. नारायणगोपाल । उहाँलाई तीनदशकभन्दा बढी समयदेखि संगीतको माध्यमबाट नेपाली भाषाका गीतहरूलाई देश तथा विदेशमा समेत प्यारो बनाउन उल्लेखनीय योगदान गरेबापत २०४५ सालमा उक्त पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।

रानी जगदम्बाकुमारी देवी राणाले आफ्ना स्व. पति मदनशमशेर जबरा को स्मृतिमा वि.सं. २०१२ साल असोज १० गते मदन पुरस्कार गुठीको स्थापनाको घोषणा गर्नुका साथै सोही साल मार्ग २८ गते गुठीको दानपत्रमा हस्ताक्षर भई २०२० कात्तिक ३१ गते श्री ५ को सरकारलाई ललितपुर मेजिष्टे्रटबाट (द.न. २०२०।२) विधिवत् दर्ता गरिएको छ । नेपाली वाङ्मयको बृहत क्षेत्रलाई समेटी भिडियो र अरू कृतित्वलाई आधार बनाइ निजी स्तरबाट स्थापित पहिलो पुरस्कार जगदम्बाश्री पुरस्कार हो ।

हालसम्मका जगदम्बाश्री पुरस्कार विजेताहरू

[सम्पादन गर्नुहोस्]
सम्मान नाम
जगदम्बा-श्री २०७८ दुर्गाप्रसाद श्रेष्ठ[]
जगदम्बा-श्री २०७७ भैरवबहादुर थापा[]
जगदम्बा-श्री २०७६ शान्ति ठटाल[]
जगदम्बा-श्री २०७५ बैरागी काइँला[]
जगदम्बा-श्री २०७४ शान्तदास मानन्धर[]
जगदम्बा-श्री २०७३ दुर्गा बराल (वात्स्यायन)[]
जगदम्बा-श्री २०७२ लीलबहादुर क्षत्री[]
जगदम्बा-श्री २०७१ अङ्गूरबाबा जोशी
जगदम्बा-श्री २०७० शिव रेग्मी
जगदम्बा-श्री २०६९ रत्नशमशेर थापा
जगदम्बा-श्री २०६८ संशोधन मण्डल
जगदम्बा-श्री २०६७ दुर्गालाल श्रेष्ठ
जगदम्बा-श्री २०६६ राजेन्द्र विमल
जगदम्बा-श्री २०६५ रामशरण दर्नाल
जगदम्बा-श्री २०६४ कृष्णप्रसाद पराजुली
जगदम्बा-श्री २०६३ तीर्थबहादुर श्रेष्ठ
जगदम्बा-श्री २०६२ भैरव रिसाल
जगदम्बा-श्री २०६१ फणीन्द्रराज खेताला
जगदम्बा-श्री २०६० अलि मियाँ
जगदम्बा-श्री २०५९ कृष्णप्रकाश श्रेष्ठ
जगदम्बा-श्री २०५८ डायमनशमशेर राणा
जगदम्बा-श्री २०५७ धर्मराज थापा
जगदम्बा-श्री २०५६ नेपाली शिक्षा परिषद्
जगदम्बा-श्री २०५५ गोविन्दबहादुर मल्ल ‘गोठाले’
जगदम्बा-श्री २०५४ अम्बर गुरुङ
जगदम्बा-श्री २०५३ ठाकुरप्रसाद गुरागाई
जगदम्बा-श्री २०५२ हरिप्रसाद 'गोर्खा' राई
जगदम्बा-श्री २०५१ इन्द्रबहादुर राई
जगदम्बा-श्री २०५० तारादेवी
जगदम्बा-श्री २०४९ नेपाली साहित्य सम्मेलन, दार्जीलिङ
जगदम्बा-श्री २०४८ केदारमान व्यथित
जगदम्बा-श्री २०४७ नरबहादुर भण्डारी
जगदम्बा-श्री २०४६ मदनकृष्ण श्रेष्ठहरिवंश आचार्य
जगदम्बा-श्री २०४५ नारायणगोपाल

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

[सम्पादन गर्नुहोस्]
  1. जगदम्बा-श्री
  2. दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा-श्री सम्मान र नवराज लम्साललाई मदन पुरस्कार
  3. थापालाई जगदम्बा-श्री सम्मान र इङ्नामलाई मदन पुरस्कार,हिमालखबर, बिहीबार, ७ असोज, २०७८
  4. वर्ष २०७६ को मदन पुरस्कार 'महारानी'लाई, जगदम्बा-श्री शान्ति ठटाललाई, Pahilopost, 20th September 2020, 04:01 pm | ४ असोज २०७७
  5. २०७५ सालको जगदम्बा–श्री र मदन पुरस्कार प्रदान,हिमालखबर, शुक्रबार, ३ असोज, २०७६
  6. २०७४ को जगदम्बा–श्री र मदन पुरस्कार अर्पण,हिमालखबर, बिहीबार, २५ असोज, २०७५
  7. मदन पुरस्कार-२०७३ ‘धृतराष्ट्र’लाई, जगदम्बा-श्री वात्सायनलाई, अनलाइनखबर, २०७४ भदौ ११ गते २०:१५ मा प्रकाशित
  8. जगदम्बा–श्री र मदन पुरस्कार विजेता एकै थलोमा, हिमालखबर, शनिबार, ९ वैशाख, २०७४

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
जगदम्बाश्री पुरस्कार
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?